May 25, 2009

गजल


केदार सुनुवार "सङ्केत"

सानो छँदाको आउछ याद हात समाई डोर्याएको
मेलापात जाँदा आमा मकै भटमास छोडाएको ।

रीत पुर्राई डोली चढी परार्इ घर पुगे पनि
याद छहै बर्षै पिच्छे निधारमा टीको नटुटा'को ।

आज हामी सम्स्याले जति टाढा पुगे पनि
नबिर्सनु एउटा कुरा एकआपसमा सघाएको ।

दिदीज्यूका बेदनामा आफु पनि डुबि दिंदा
"सङ्केत" पनि सत्यहोला झण्डै कसो नहरा'को ।

एउटा दिदी पूर्व तिर अर्को भने पश्चिममा
किन कुरा उस्का गर्नु जिउदै लाश जलाएको ।

केहो-केहो यो जीवन बुज्नु खोज्दा झनै गाह्रो
हो तेसैले आजभोली म निन्द्रामा कराएको ।

दुःखका कुरा मात्र गरे जस्तो भयो मैले आज
भो नखौजौ अव त्यो सागरमा मोती हराएको ।

दिदीहरुमा समर्पण

1 comment:

Unknown said...

केदार जी तपाईंको गजल त मैले बुझ्नै सकिन नि । कस्तो गजल लेख्नु भा'को हो? काफिया मिलेन कि ।