Oct 30, 2009

रुखमा बस्ने चमेराहरु


इन्द्रकूमार श्रेष्ठ सरित्

हिंडन् बाटा छन् स्पष्ट
लक्ष्य छन् प्रष्टै
आँट छ, जोश छ, जाँगर छ
तर सहज छैन यात्रा
यत्रतत्र छन् नदेखिने अप्ठ्याराहरु
बगलीमा छूरा राख्नेहरु नै रामनाम ओडेर
मूखले गर्छन् राम राम सीताराम ।
जंघार तर्न नदिन
शिखण्डीहरु र्ग्छन् अनेक अभिनय
भिर्छन् मञ्चमा भिन्न भिन्न रुपाकृति
मूखै अगाडि र्छछन् प्रशंसाका फुलबूट्टाहरु
तर पीठ पछाडि गर्छन डाहा इर्श्याहरु
आफु भर्‍याङ्गमा उक्लेर पनि अग्लिन नसकेको पीडा
अरुको खोइरो खन्नमै लगाउछन्
लिलीपूटहरु बूझ्दैनन
डाहा, र्इश्या र आरीशले आफु क्षमतावान भइन्न
सूजनाको क्षेत्रमा व्यक्तित्व विकासको क्षेत्रमा
त्यसैले गर्नैपर्ने थूप्रै थूप्रै काम छन्
हृातेमालो गर्न सक्दा
अंध्यारो भगाउन नसकिने पक्कै होइन
मरुभुमिमा पनि फुल फूलाउन
नसकिने त पक्कै होइन
तर बन्द, हडताल र विरोधको माझमा
सृजना फक्रिन सक्ने कूरै भएन
लिएर अरुको हूर्मत
आफु इज्जतिलो भएको मृगमरिचिका पाल्छन्
अरुलाई नंग्याएको भ्रममा
परिवर्तन, चेतना र अग्रगमनका बिरेाधीहरु
गणतन्त्रको धरातलमा टेकेको अभिनय गरिरहंदा
ज्नताको माझमा झनै नांगिरहेका हून्छन् ।
तरहरा(सून्सरी) हालः काठमाडौं

मायाँको लाश


केवल गंगा गुरुङ

आज विहानै देखें एकनासले
मुसल धारे वर्षा
यी पहाडिया गोरेटोहरुमा
जताततै भासीएका
अवरोध छन् सारा बाटाहरु
कहि कतैजाउँ भन्दा
त्यहि वेला चस्किएर
मुटुवाट केहि निस्किए जस्तै
छट्पटिए जस्तै खल्वलिए जस्तै
त्यस्तै वेला कतै पारी
सहनाई गुञ्जि रहेछ
म एकान्त भई सुन्छु
कसैको सिउँदो रंगीएछु
त्यहि वेला हरियो निगालोको
दुर्इ सिठ्ठा विच सेतो कात्रो वेरी
मेरो मायाँको लाशले
ठाउँ खोजी रहेछु
सानो टुक्रा घृष्णा खोजी रहेछु
अनि दीपमा पतंग वनि
जल्न खोजी रहेछ ।

जे छ देऊ


खगेन्द्र थापा

फूलले बास्ना दिन्छ, बिनास्वार्थ सुन्दरता दिन्छ
के थाहा उसलाई, दिनुहुन्छ हुन्न, र पनि दिन्छ
जूनले निस्वार्थ शीतलता र उज्यालो प्रकाश दिन्छ
के थाहा उसलाई दिनुहुन्छ हुन्न, तर पनि दिन्छ
तिमीमा चाहि के स्वार्थ छ र ?
तिमी त मान्छे हौ, तिमीमा ज्ञान छ, विवेकी छौ
के छैन र तिमीमा ? त्यसैले देऊ
फूल नै नभए पनि फूलको जस्तो सुवास देऊ
जून नै नभए पनि जूनको जस्तो आभा देऊ
दिंदैमा तिम्रो मन रित्तिदैन, जिउने आशा देऊ
आफ्नो पन सिद्धिदैन, बाँच्ने अभिलाशा देऊ ।
कामले दाम दिन्छ, सुन्दर नाम दिन्छ
स्वाभिमान दिन्छ, अझ अमूल्य सम्मान दिन्छ,
के थाहा उसलाई दिनुहुन्छ हुन्न, र पनि दिन्छ
घामले उज्यालो बिहानी दिन्छ, सुन्दर जवानी दिन्छ
के थाहा उसलाई दिनुहुन्छ हुन्न, तर पनि दिन्छ
तिमीमा चाहि के स्वार्थ छ र ?
तिमी त मान्छे हौ,
तिमीमा बोध छ, बुद्धिमानी छौ
बरु, के छैन र तिमीमा ?
त्यसैले, तिमीसँग जे छ त्यही देऊ
घाम नभए घामको जस्तै ज्योति देऊ
केही नै छैन भने पनि पसिनाको मोती देऊ
दिंदैमा तिम्रो ज्यान सिद्धिदैन, स्वाभिमान रित्तिदैन
बरु, बाँचुन्जेल मान पाउँछौ मरेपछि सम्मान पाउछौ
त्यसैले जति सक्छौ देऊ, जे सक्छौ देऊ, जसरी सक्छौ देऊ,
केहीनभए, घृणा होइन माया देऊ, शीतल छायाँ देऊ दिनचै देऊ
एकरत्ति कन्जुस्याँर्इ नगरी देश र जनताको लागि केही न केही देऊ ।

खाडी देश नआउनु है चेलीहरु


चकेन्द्र राई (कैदी)

एउटा नेपालीको आशुले
अर्को नेपालीको मन रुन्छ भने
एउटा नेपालीको दुःखले
अर्को नेपालीको मन छुन्छ भने
भन्नु पर्छ हामी नेपाली हौं भनेर ।
हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर ।
हामीलाई
तुलसी महत्तो को यथार्यले रुवाएको छ ।
डोल्मा सेर्पाको अकल्पनिय दुर्घट्नाले रुवाएको छ ।
धेरै नेपाली चेलीहरु जेलको चिसो छिडीमा
दिनहरु गन्दै सजायहरु काटिरहेको
नमिठो समचारले हामीलाई रुवाएको छ ।
मुटु भरी चोट र मन भरी बेदना मात्र लिएर
नेपाल फर्कनु परेको मायावतिको कथाले
हामीलाई रुवाएको छ ।
एकै पल्ट १५ जना चेलिहरु नेपाल फर्कनु पर्दाको
तितो सत्यले हामीलाई रुवाएको छ ।
हो हामी धेरै पल्ट रोएका छौ ।
किन कि हामी सबै सबै नेपाली नै हौं ।
तपाई भन्नु होला
आफ्नो घर र जन्मभुमी फर्कदा पनि किन रुनु भनेर ।

तर
फर्कनलाई मात्र त गएका होइनन नी ती चेलीहरु ।
कहां गए आफ्नो र परिवारको मिठो सपनाहरु
आफ्नो आत्मा भित्रको सुन्दर कल्पनाहरु
नेपाल फर्कनु भन्दा पहिला
भोक भोकै बिताएका दिनहरु
चिसो भुईमा काटेका रातहरु
दिईएका कठोर यातनाहरु
भोगीएका नमिठो सास्तीहरु
च्यातिएको कपडाहरु
लुटिएका इज्वतहरु
खोसिएका अस्मीताहरु
गरीएका बलात्कारहरु
के यसैका लागी बिदेशिएका हुन त नेपाली चेलिहरु
अनि कस्को मन शान्ति हुन्छ नी
तर जति नरमाईलो लागे पिन
आखिरी म पनि त के गर्न सक्छु र चेलीे
अलिकति सहानुभुति प्रकट गरि दिन्छु ।
ज्यादा भए दुई थोपा आशु खसाली दिन्छु ।
त्यसैले चेलिहरु
दया नभएका कठोर आत्माहरुमा
मानवता नै नभएको मानव बस्तिहरुमा
तिम्रो कमोलताको र तिम्रो समर्पणको
कुनै अर्थ र मुल्य हुदैन ।
कसैले सुन्दैनन तिम्रो चित्कारहरु
ताल परे चुस्छन निचोर्छन उल्टै बरु
तिमी संग धेरै जिन्दगीहरु जोडिएका छन् ।
खाडी देश तिमीले सोचे जस्तो छैन ।
खोजे जस्तो छैन ।
केहि छ त तुलसीको जस्तो पिडा छ ।
मायावतिको जस्तो दर्द छ ।
डोल्माको जस्तो आशु छ ।
त्यसैले मेरो अनुरोध छ ।
खाडी देश नआउनु है चेलिहरु ।।

(समर्पण ति चेलीहरुलाई जो पराई मुकुलमा लुटिन बाध्य छन् ।)

एकान्तमा एक्लै

मनोज काफ्ले 'मनसुन'

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

सैशबमै जीवन ढल्यो नसा पिए सरी लड्यो
येस्तै हुने थाहा थियो रुनु जानाजानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

फेरी फर्की हेरेउ तिमीले ढकमक्क जोबन मेरो
नहेर भो छाती चिरी दुख्ख को यो खानि परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

गजल


समृध्दि सायद

क्या झुर !माने भयो साला जिन्दगी
भाँड्मा जाने भयो साला जिन्दगी

देख्दा अरुको लाग्दछ उम्दा किन ?
इर्श्याले खाने भयो साला जिन्दगी

चडछु उभो भन्ठान्यो आँफैले
उधोँ नै लाने भयो साला जिन्दगी

भएका पनि बाटो लागे क्यार्!
बेकार ठाने भयो साला जिन्दगी

कसै गर्दा पनि नभएपछि
चिलिम ताने भयो साला जिन्दगी

अधुरै रहन गयो


योगेन्द्र गिरी,संघश,

उकाली र ओराली अनि
डाडा र सीतल चौतारीहरुमा

तिमी आउने बाटो हेर्दै कुर्दै बसी रहे
बिबसताले सताएरै भए पनि

सुन्दर सपना अनि मिठो कल्पना संगालि
तिम्रो आगमनको दल-दल भित्र फसे

रंगी चंगी फूलबारीमा फूलहरुलाई गन्न सकिन
बिर्सी जाने निष्ठुरीलाई केहि पनि भन्न सकिन

सुभकामना छ निर्मोही तिमीलाई यति ठुलो
संसार किन आज बिरानो भयो

तिमिसगको मनको धोको अधुरै रहन गयो
मुटुभरिको न्यनो माया छ

छाडी जाने निस्ठुरी तिमीलाई

धुपू-१ लेब्रंग
संखुवासभा
हाल - मुलुक बहिर
ईमेल- yogendra.yogen@yahoo.com

Oct 15, 2009

जती चुम्यो


दिलिप योन्जन

जती चुम्यो उती मिठो, पिपल पाते ओठ
तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग !

जति हेर्यो उती राम्री, चन्चले तिनको रुप
मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप
मिठो बोली गाजालु आखा, मनै चस छुने
हासी हासी बोल्छे जब, मोहनी नै लाउछे !

फुलै पनि फिका लाग्छ, किन२ तिन्लाई देख्दा
एक्लो जिबन अधुरो भाछ, तिमी साथ नहुदा
गोधुलीमा तिम्रो रुप प्रिया, लाग्छ जस्तै जुन
जति सुन्यो झनै मिठो, मायामा पिरतीको धुन !

अस्टिन, अमेरिका

माफगर


कृष्ण प्रसार्इ

बिर्सौभन्दा झन् बढी आइ रहने,
सवका सव सम्झनाहरु छन् अहिले पनि
घुर्मौला आँखाहरुमा समेटिएको एउटा क्षितिज,
नआओस भन्दा भन्दै आएको मलामी साँझ
र तिमीले आफ्नै चौबन्दीमा बेरेको कोरली रहर
कता गए सवै ?
तिमी अनुकुल भएको छ मेरो मन,
सबै सबै साँक्षी राखेर-
सपनाकामा चुराहरु बजेर विउँझेको विहान छ मसँग अहिले
फेरि पनि-
त्यही पुरानो परेली दोब्रिएको तिम्रो आँखामा-
अनन्त अनन्त इच्छाहरुको महासागरमा हराइरहेको-
आकाश भन्दा पनि माथिको काफल फलेको मन खोज्दैछु ।
पारिजात पाउलिएको तिम्रो अनुहार-
र नदी जस्तै बगेर हराएको तिम्रो बैश पनि छाम्दैछु
तिमी आफैले भन्थ्यौ-
मान्छेको जीवन,
आँसुको असार पस्किए जस्तो कसैगरी हुन्न
अंगालोमा उनिने रहरलाई
उमेर फुलेको हिमाल जस्तै बनाएर
जीवन जिउँन कदापि सकिन्न
यस्तै यस्ता शब्दहरुको खेती गरेर
तिमीले कोरेका साँध सिमानाको हेक्काभित्र
लक्षण रेखा नाघ्न नसकेको सम्झना पनि आलै छ अहिले
कसरी भन्नु मैले,
निसङ्गकोच म पस्न चाहान्थे नौनी जस्तै त्रि्रो आखाको नानीमा-
र खेल्न चाहान्थे कुराउनी जस्तो तिम्रो कमलो मनभित्र ।
कस्तो नियति !
मनभित्र पस्ने-
प्रवेशाज्ञाको पर्खाइमै
सिमलको भुवाझै
ओइलायो/उड्यो-
मेरो गोधूलि मन-
म रोएँ-
आसु सकिए पछि पनि रोएँ,
साउनसँग आँसु पैचो लिएर झरी रोएँ ।
आँसुवापतको सौदा कटाएर
गर्न बाँकी रहेको हिसाव किताव अधुरै छन् तिमीसँग
अलिकति बान्की परेको तिम्रो अनुहार-
हेरे वापतको तिरो तिर्नु थियो मैले,
मेलापातमा छुटेका कुइनेटाहरुको-
ब्याजै सहितको बाली बुझाउनु थियो मैले ।
अलिकति पर्ममा गोडेका गराहरुको,
रहल साँवा चुक्ता गर्नु पनि थियो मैले ।
हिउद बास्नु अघि-
सित हास्नु अघि,
पूर्णिमा पस्नु एकदिन अघिको जूनसँग,
तिमीले मागेको वर,
कतै म नै थिएँ भने पनि-
माफगर !
म यतैकतै सहरमा-
तिमीलाई खोज्दै,
नभेट्टनिे गरी हराएको छु ।

गीत


केदार श्रेष्ठ गगन

पराईसँग उनी हिड्दा चल्यो मनमा हुरी
विति गाका दिनहरु याद आयो फेरि ।

आँसु रोक्न खोज्दा किन झर्छ मूल फुटी
रातभरि जागै हुन्छु सधैँ हुन्छ छटपटी
मेरो मनको राजा भन्दै बस्थिन् बाटो कुरी
विति गाका दिनहरु याद आयो फेरि ।

कसलाई भनु मनको कुरा वह कहाँ पोखुँ
छचल्किएर बग्छ आँसु कसरी म रोकुँ
बिसु्र भन्दा उनकै याद आउँछ घरि-घरि
विति गाका दिनहरु याद आयो फेरि ।

भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू.ए.ई.च्याप्टर

अवसान


समृध्दि शायद

साथीहरु सोध्छन्"खै! नयाँ केही"
जवाफमा एक जोर ओठहरु तन्काउछु ।
"किन?यस्तो आजभोलि"
प्रश्नहरुको ओइरो खेप्न नसक्दा
प्रश्नहरुको ओइरो खेप्न नसक्दा,
फुत्त शब्द निस्कनछ ,
"अवसान"
"कस्तो नि!"-ठिमाहाहरुको प्रश्न ।
कस्तो-कस्तो मलाई नै थाहा भएन ।
बैंशमा रहरहरुको अवसान
आवश्यकताहरुको लर्कोमा प्रेमको अवसान
प्रेममा आत्मियताको अवसान ।

समयको उत्तरार्धसँग
खुशीहरुमा बैंशको अवसान
इच्छाहरुमा जाँगरको अवसान
ढर्रामा जीवनले,
नौलोको अवसान गरिएछ ।
"अवसान"
गर्ने क्रम जारी छ
केही न केही ,कतै न कतै
शायद
लत नै बसेछ क्यार्!
र त
सम्बन्धहरु पनि
त्यसै-त्यसै विना कारण
अवसान
गर्ने चस्का पसेको छ म भित्र .........

तिहारको सम्झना


योगेन्द्र गिरी

बसेको छु दिदि परदेशमा रोएर
बस्नु पर्यो मिसिनको तातो राप

अनि पसिनाले मुख धोएर
याद आउछ दिदि सप्तरंगी टिका निधारमा

बाचे भने आउनेछु अर्को तिहारमा
दिन,महिना अनि वर्ष बिते यो बिरानो ठाउमा

यस बर्षको तिहार पनि घकिन्न्दै छ रे मेरो सानो गाउमा
कुन दिनमा विदेश पसेछु दिदि दुखी मेरो कर्म

कसले सुनी देला, कसले भुझी देला गरिब भाइको मर्म
ओंइलियो होला सयपत्री र मखमली माला

यो परदेशी भाई लाई पर्खी बस्दा
माफ़ गर्नु है दिदि परदेशी भाई लाई

बाध्यता ले र बिबसताले गर्दा आउन सकिन
नगास्नु है दिदि सयपत्री र मखमली फूलको माला

दोबाटो र मुलबाटो मा कुरी बस्नु है दिदि
म फर्की आउने अर्को साल

धुपू-१ लेब्रंग संखुवासभा
हाल - मलेशिया
इमेल- yogendra.yogen@yahoo.com

शिशुगजल


आचार्य प्रभा

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका लाउन सकिन दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु
सयपत्रिको मालामा ,मुस्काउन सकिन दाजु ।

रमाइलो त्यो पल अनी खुशीको मिलन पनि
चाहेर पनि यो मनले,पाउन सकिन दाजु ।

तिहारको रमझम,देउसे,भैली मनमै छ
अन्धकारमा म,जून बनी छाऊन सकिन दाजु ।

(परदेशबाट )

Oct 9, 2009

सागर भेट्न जादैछु


लोकेश याक्थुंगबा

सागर भेट्न जादैछु म मुहानबाट टाढा टाढा भएर
नरोक मलाई नछेककसैले पहाड डाँडा काडा भएर

बिसाल पहिरोआएर छेके पनि अबछेकिने छैन म
लाखौ लाख बाधहरुलेरोके पनि अबरोकिने छैन म
कहिले खहरे भएर बग्न पाँउ कहिले नदी चाहि भएर
नरोक मलाई नछेककसैले पहाड डाँडा काडा भएर

गन्तब्य पुगेरयही ठाँउमा फेरिपनिफर्केर आउनेछु
बसन्त ल्याउनमनसुन भई सबैमा बहार छाउनेछु
सागर भेट्न जादैछु म मुहानबाट टाढा टाढा भएर
नरोक मलाई नछेककसैले पहाड डाँडा काडा भएर

फाकुम्बा,ताप्लेजुंग

Oct 7, 2009

नागरिक सर्बोच्चतामा मेरो मत जाहेर


डी.वी. पालुङवा

धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त
प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन

अझ यो राजनीतिक अवतरणमा
यहां लोगो र झण्डा फरक भएर
आखिर के नै भो ?
जहां नीति र सिद्धान्त एकातिर भए पनि
सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा
यी दुर्इवटा अनुहारमा एउटै आंखा, एउटै दृष्टि,
एउटै दृष्टिमा एउटै दर्शन
नत्र यिनीहरुको छातीमा पक्रेर सोधि हेर त,
कि यिनीहरु एउटै आमाका
सहोदर दाजु भाइहरु हुन की होइनन् ?

जसले भ्रष्ट, शोषक, सामन्ती, र साम्राज्यबादीहरुको सधैं
कुटी र दरबारमा र्इटा लगाई रह्यो
र ठुलठुला गेट र ढोकाहरुमा
रक्षाकवच बनेर उभियो, अनि
हरेक ढोका र झ्यालमा कालो सिसा लगायो र
कालो सिसामा कालै पर्दा लगायो अनि
त्यही भित्र कुकृत्यको श्रृंखलाहरु थप्दै र
सम्पादन गर्दै गयो,
अब यस श्रृंखलाका खलनायकहरुको छिट्टै अवसान हुदैछ

किनभने
जसले धेरैलाई अनि म समेतलाई बिरोधी बनायो
तर आजका यी निस्क्रिय दिनहरुलाई आजलाई यही बिदाई
आजको यो खैरो सांझलाई आजलाई यही बिदाई
तर भोलिको सांझ ति म्रो शोक गीत लेख्न
मलाई फुर्सद हुने छैन

किनकी यो कुटिल डबलीमा
अब म चिहान खन्दैछु ।

जहां इतिहांसको कालखण्डहरुले पुरेको
प्रजातन्त्रको बर्खिलाप गर्नेहरुको बिरुद्धमा
आम बिचारहरु संग हिड्नेहरुको बिरुद्धमा
सडक अवरुद्ध गर्नेहरुको बिरुद्धमा
अब म ब्लास्टिङ पड्कन्दैछु र
नागरिक सर्वोच्चताको सडक विस्तार गर्दैछु

अब म मोराकोट आउँदैछु
जहां नियतबस लेखिएका दर्शन र आदर्शका
दास्तावेजहरु च्यात्न
कुख्यात घुस्याहा र कामचोरहरुको
कठालो पक्रेर, जनताको अदालतमा घिसार्दै
एउटा बृत्तबाट उत्तराजनीतिक संरचनाको
गजबार भत्काउँदै पुनराबृत्तबाट
पुनःसंरचनाको घोचा गाड्दै
बिकेन्द्रीकरणको शेरमा
कम भन्दा कम मुल्य र मान्यतामा
एउटा महत्वपूर्ण टेन्डरको आव्हान गर्दैछु ।

के तिमीलाई मञ्जुर छ ?

छ भने आउ, यो संम्झौता पत्रमा
एउटा जटिल एवं महत्वपूर्ण हस्ताक्षर गरौं ।

तिमी बांच्नै पर्छ नम्रता

चकेन्द्र राई कैदी

खाना नाना र छाना मात्र होईन
मान्छेका आधारभुत आबश्यकताहरु.......।
कसैको, माया, बिश्वास,साथ र सेक्स पनि
आधारभुत आबश्यकता नै मान्नु पर्छ
आजका मान्छेहरुले...........।
उसो भए के गल्ति गरिन त नम्रताले..........?
सामाजीक जघन्य अपराध?
त्यो चौरास्तामा गरिएको कृष्ण लिला थिएन।
त्यहि प्रयोनको लागी रचिएको तमासा पनि थिएन।
यो सुनेर कति भित्र भित्रै लजाय होलान।
कतिले मज्जा लिदै ताली बजाए होलान।
कस्को के लाग्छ र सगै सुतेको साथिले
मस्त निन्द्रामा छुरी हाने पछि.............।
अरुको प्रगती नै आनो मृत्यू माने पछि।
अर्काको बेइज्वत नै आनो परम धर्म ठाने पछि.........।
दुनियात्र् हारेकै त छ आत्माघातीहरु संग.।
उ धर्म राज जस्तै विश्वासको पात्रा
राम जस्तै आदर्श...........।
तर
तेतिन्जेल मात्र.........?
यहा त पक्षको कुरा हुन्छ बिपक्षको कुरै हुदैन...........।
फेरी यहात्र्
कौरब र पाण्डबहरुको कथा दोहोरीदैछ।
जुवामा हार्ने पाण्डवहरुको कुरै हुदैन।
यहा त द्रोपतिलाई मात्र दोषि ठहराईदैछ।
निर्दोष सीता को यति धेरै चर्चा हुन्छ।
दोषी रावणको कुरै हुदैन..........।
यस्तै छन् हाम्रा सामाजिक मान्यताहरु।
तर
नम्रता बाजी हारे पनी जिवन बाकी छ।
फेरी पनि तिमी हास्नु पर्छ।
बागमती जस्तो भएर होईन साली नदी जस्तै।
पवित्र भएर तिमी बग्नु पर्छ।
सिता र साबित्रा जस्तै आदर्श भएर बाच्नु पर्छ।
हो तिमी बाच्नै पर्छ नम्रता...........

गजल

केशब आचार्य

बाढी आउंदा जिन्दगीमा,ठुलै भेल तर्नु पर्छ
हिँड्दै जाँदा कहिलेकँहि आँधीभित्र पर्नु पर्छ ।

जित मात्र कहाँ हुन्छ,खेल खेल्दा सधैं भरी
अन्जानमा चिप्लिइदा,केही तल झर्नु पर्छ ।

झुक्किएर ठेस लाग्छ,समतल बाटो हिँडे पनि
नँसोचेको कर्म पनि कहिलेकँहि गर्नु पर्छ ।

जिन्दगीका पलहरु,गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी,हाँसी हाँसी सर्नु पर्छ।

(अमेरिका )

उडाइ लग्यो सानो संसारको छानो


आचार्य प्रभा

रहेन अस्तित्व तिम्रो अब
खै!तिम्रो रूपको महत्व
अनी खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरु ,
अनी धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
"नम्र"लाग्दथ्यो तिम्रो स्वभाव
"नम्रता"नाम पाए झै
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिइे सजाए झै
त र अब लाग्यो ............,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधिबेह्री बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनी तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनी बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनी कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ "सानो संसारको छानो"
अनी सर्वाँग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ...............,
हो यही नियती भोग्नु पर्‍यो तिमीले
बैंश र रूपको आडम्बरमा फंसेर ,
अब सोँच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानिको ज्वालामा दन्केर ।

(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )