Aug 23, 2008

मेरो यात्रा अब अन्तरिक्ष तिर


डि.वी. पालुङ्वा

गुज्रिएर म्याद सपनाको त्यो मधुमासमा
उपेक्षित त्यो मृत्युको ढोका ढकढक्याएर
नखोलिएका ती देउलहरुबाट
च्यातेर तमसुक जिन्दगीको
एउटा वेवारिस लासको उठाएर मुचुल्का
पुरा हुन नसकेको फेहरिस्त
न्यायधिशको इजलासबाट
तारिक लिएर फर्किएको म
आखिर
आखिर गुन्जायस के हो भनेर कसैलाई सोधिन
भगवान संग फेरी कहिल्यै संम्झौता गरिन
र भगवान्लाई गाली गर्नु पर्छ भन्ने मैले कहिल्यै ठानिन
वास्तवमा यो मेरो इश्वर प्रतिको आस्था हुन सक्छ
किनकी
कालीको अघि वलि चढाएर
एउटा गर्धन छिनेको भालेको
दुइ तीन मिनेट पश्चात विस्मृतीको भुइमा
नियन्त्रणको अन्तिम स्वास
मेरो अभिब्यक्तिको सारांस हुन सक्छ
तर यो बुझ्न सक्ने क्षमता
आमाको हृदयले मात्र राख्न सक्दछ।
यो मेरो विश्वास हो ।
मैले मेरो आमाको मुटुलाई सधैं स्वास्थ्य राख्न
जिन्दगीको कठिन सिंडीहरु उक्ले
यद्धपी ती उचाईहरुबाट स्वाभिमानका हातहरु
हल्लिन कहिल्यै सकेन ।
यस्तो दुर्दशामा
यी अङ्गालोका सिथिलताहरु बिचौ बिच
आंधी र हुरी सहितको वगिरहंदो रहेछ नदी
मेरो सास फेराईलाई बांच्नुको अर्थ दिएर
यो वर्तमान्को आलो ब्यथालाई अतित तिर धकेलेर
एउटा गढनिर अढेसा लिदै
योद्वाको उपाधी नमिल्दै
एउटा अध्यांरो रातलाई स्वीकार नगरेको कहिले पो छ र ?
हावामा झुण्डीएका हेण्डल पक्रेर
भुमण्डलीकरण प्रदुशणयुक्त अणुहरुबाट
मिश्रीत अक्सिजनको टैंक भिरेर
अन्तरिक्क्ष यात्रा सुरु गर्दैछु ।
यस धर्तिको माया बोकेर
दिन दिनै टाढा हुदैंछु ।

summer season 2008

साम्लो

भीमा खजुम 'मुसुम्'

इभुत्तुङबा आनिङवाल्ले इदाःक्किन् केभाःक्खु आइन्
सेल्लेङगोओ केनावा?चइःत्तिन् केधाःप्सु आइन ।

मुयङे एःत्ति कन् निङवा?ओ मेवानाम्बिन् केसेसुल्ले
मिक्चाल्किल्ले ता?जेङङी फुङवान्मा येन् केदेसुल्ले
मेन्जुप्ना फुङ फेक्ते लुङमाहाक्को मिमरेन्
सेप्माङ माक्तङु आङगा? आन्छि? लच्छा हिमरेन्

केवेप्पा कन् इच्छिङरेन् च्वात् लाम्मिन् केसाःत्तु आइन्
मेम्बाःत्तेसाङ यरिक पाःन्हा? बाहेक्कए केबाःत्तु आइन्

लामेरिङहा? केइःक्खुर मिम्जिगेन् लाम् केदयुल्ले
तुक्खेहा?रेन् कुगाङमाहा? फुत्लुम् सान्दरे केमयुल्ले
पनुनुबा कुबे साप्सिङ कन् नेत्ति थक्लारेन्
निन्धो चोगुङ् फुङ्इक् चोःक्मा आन्छि? हिङ्मनरेन्

पालाम मासीकबाट साभार

पालाम्


यासेली योङ्हाङ

यक्माहिम् तेहिम्, लुङ्मा? पहिम् ।
वाबुन्दाक् से से युङ्वामा ए,
'पिरती सीता' लुङ्वामा ए ।

थक्मेप्पा वाभुन् केसात्तुन् ना,
कुधेसा नुरिक् कबाःत्तुन्ना ।

सेमिक्ला परि? कोम्माहा?आ,
मेन्छाम्गेन् याप्मि पोङ्माहा?आ ।

मुन्धुमले कुदिम् पाःन्हा? चा?रिक्
आत्तिलाम् थे ये बे लुङ्ङा ल?रिक् ।

सेन्दोरे पान्हा? केसाप्तु वै'छ,
कुधेसा नुरिक् केबाःत्तु वै'छ ।

आलुङमा? निङवा? केदोगुन्ने,
पनोदिङ् सेन्दो केजोगुन्ने ।

फक्ताङ्लुङ् सेसे नाङ् ए नाङ्लो,
केबान्हाः ताःक्तुङ् तोक्वा थाङ्ओ ।

साम्यो नु साक्थिम् लुङ्मा? सोम्लो,
मुन्धुम् नु हाबेक् कोप्मै पोङ्लो ।

सेक्मुरि अन्दङ् फेक्के साङ्ङा,
लुङ्ङामे याम्मो हेक्के साङ्ङा ।

उप्लुङगे याक्पे उक्पेल्ले ग,
इनोसा इङ्गा? चुक्पेल्ले ग ।

नाम्लाङगेन् मक्काङ् फात्रा पोःक्लो
निमा नु लेÞमा थेआङ होःप्लो ।

हुक्चोत् नु नाक्चा फोःक्सुङ्रक्लो,
मेल्लेसाङ् साप्मा कोत्तुङ्रक्लो ।

पोरोक्मि माङ्ले इक्सा चोगु,
तरङ्दिङ् ताङ्साङ् ताम्भुङ् युक्खु ।

थक्सा नु पुसा इक्सा लिक्खु,
नाभोःन्जि नाहा? यङ्घङ् याक्तु ।

तरङ्दिङ् ताङ्साङ् इक्सा खाम्मो,
खेप्सुङ्बारक्लो आम्बि याम्मो ।

नासिङ्गेन् थक्ला मेन्ने गआ,
मेन्छाम्गेन् याप्मि मेन्ने गआ ।

इक्सारेन् खेम्सिङ् मेलाःरेन् मु,
खाम्बेक्मेन् ला?सिङ् मेला?रेन् मु ।

थाङ्गेत्लाम् सेरि लराङ् खाम्मो,
पोराक्मि माङ्ङनि् इःत्छिङ् याम्मो ।

तागेरा माङ्ङो पेलि फाक्ते,
आत्छुम् नि चोःक्मै मुइङ् नाःक्ते ।

तागेरा माङ्ले इःत्छिङ् तेसु,
पोरोक्मि माङ्ले मुइ खोसु ।

मुइदिङ् कुसिक् सामा फुक्खु,
याप्मि थक् चोःक्नु सक्मा याक्तु ।

पेलि पान् साःत्तु याप्मिन् पारे,
इक्सादिङ् खाम्बेक् खेम्सिङ् यारे ।

चम्जुम्लुङ् नाङ्जङ् फदाङ्मा ए,
'पिरती सीता' आदाङ्मा ए ।

अक्के नि मेबाःत्तु थेबा पाःरे,
मुन्धुम् हा? चेङनु तुम्याङहा?रे ।

थे लेमा होःप्लो इङ्गा? ग ए,
खेप्सुङ्बारक्लो कन् पाःन्हा? ए ।

पाःन्जेङ्लेन् कुबे मेबङ्ङेन्छाङ्,
पाःन्नोःक्हा? थेप्पेत् मेदङ्ङे्न्छाङ् ।

सिक्कुम् नु पयम् निङ्वा? ताःमा,
आदाङ्मै केवा मुन्धुम्सामा ।

आदाङ्मे इङ्गा? पेलि फाक्का,
हुक्सोदिङ् सिभाक् लेप्मि नाःक्का ।

वरक्थाङ् पेरे साम्दाङ् खेवा,
सुरुङ्लो ता?जेङ् हुक्सो सेवा ।।

सेःन्दो
ए थाङवामा यङघ्ङ् सन्धिङसा ए,
इगेःक्पा निङ्वा- याम्मोआङ् ए ।

लाङदेन् नु फुङदेन् केलाङ् लक्चुम्
केदङी वै'छ केरेक्ए चुम् ।

केलाङ् नु लक्चुम् सुहाङ्मा ए,
मिम्जिमा 'सीता' लुङ्ङामा ए ।

हुक्सोदिङ् सिभाक् पेलि फाक्कि,
लुङ्मेन्दिङ् लाङ्देम् लेप्मि नाःक्कि ।

माराम्थाङ् खाम्ला आक्के लोङ्ङी
सेन्दोधिक् थाङ्घुङ् आक्खे पोङङी ।

पोरोक्मी माङ्ले थे चोग्बा इ,
आनि? ए थेमा आबोःख्बा इ ।

आन्निसिङ् धारिक् हाःत्ति हाःत्ति,
आदुम्माङ् आबाःत् मिम्जि वाःत्ति ।

एःत्मा नु पाःत्माङ् मिम्जि युङ्बा,
सेन्छिङ् नु पेःक्माङ् नेर्वेत् योःम्बा ।

थेमाभाङ् अक्खे मिम् युङ्बाबे,
मिम्जिरे कुबोक् थेवाबा बे ?

आक्केरिक् मिम्मिन् पोःक्खे येबे,
काक्तगि हाःत्लेÞ मिम् चोगु बे ?

मिम्जिरेन् युक्ना थेधेस्मा बे,
मिम्जिरेन् फुङहा? थेधे वाबे ?

मेल्लेमेन् सेक्खा केसाःक्पा रो,
कन् पाःन्हा? इङ्गा? मेलेआन् लो ।

लासारि चङ्साङ् फुङ्वामा ए,
साम्निामा 'सीता' लुङ्ङामा ए ।

निसुम् ग आन्छिन् होःप्तेए साङ्,
आनिहि फोसे आबिरेआङ् ।

साङ्सिङ्ले मिक्खु सेमि लागुम्,
फेन्छाङ्गेन् लाङ्देम् सेवा थाङ्घुङ् ।

अक्वामा सेवा सि?लाङ् पोःक्का,
नोगप्लेन् सेन्लेन् निङसाङ चोक्का ।

निङसाङलेन् इङवा कासेबारो
हुक्सोदिङ् सिभाक्काङ् आसेवारो ।।

निङवा-हुपः अगन् पालामइन् पालाम् सक्पेवारे तङबे २, खानिन् २/३, काक्खानिन् १२, २०६३/५०६६
तङ्गप्पो सिसादिङ् 'सीता पिरती'रे सेन्दोइसिक् साप्तुबा पालाम्रेन् नोगप्पारो । -सक्

पालाम मासीकबाट साभार

Aug 10, 2008

चित्रकार बुवा


डी.वी. पालुङ्वा

मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो
र यो कलात्मक चित्र अपेक्षाकृत
दर्शन र ब्रम्हाण्डको एउटा कुनामा
आफनो खेत इमान्दारिताका साथ खन्दछ
र आफनो खेत खन्दा अर्काको सांध नमिचेर
एउटा आदर्श किशानको अहम् भूमिका निभाएर
मुन्धुम फलाक्ने त्यो चित्र त्यो फेदाङमा
जो हरेक वर्ष न्वांगी पुजा गर्दछ
उधौंली उभौंली पुजा गर्दछ
र चासोक तङनाम् मनाउछ
र तागेरा निङवाफ्माङलाइ साक्क्षात त्येही भेट गर्दछ
र त्यो विशुद्ध चित्रमा पापको कुनै बिम्ब छैन
अत पाप मुक्त हुन वैवल पढ्नु दरकारै छैन
वैवल घोक्नु सरोकारै छैन
नवाज पढ्नु हाम्रो रितमै छैन
कुरान घोक्नु हाम्रो रिवाजमै छैन
अनि म को हु भनेर पाष्टरले
मलाई चिनाइ दिनु परेकै छैन
र आफनो मुल घरको ढोकाबाट वौलाएर
दिन दहाडै र्स्वर्ग जाने बाटो खोज्नु
अकर्तब्यहरुको संसार रोज्नु छैन
र कसैको घोडा बांध्ने अस्तवल चाहार्नु छैन
र यो किपटको मालिक मोही भएर
कसैको मठमा गएर तिरो बुझाउने छैन
र कुनै साम्राज्यबादी पुजारीलाइ प्रणाम् गर्ने छैन
र कुनै साम्राज्यबादी पुजारीको खराउलाई
पोष्टकार्डमा खरिद गरेर
युमासाम्माङको थानमा सजाउनु छैन
आत्मघाती डाक्टर बनेर
आफनै शरिरमा सियो घोच्ने अपराधी हातहरु हुने छैन
ब्राउन सुगर र अफिम्को सर्को तान्ने नाक हुने छैन
डायलको स्वाद फड्कार्ने जि व्रो हुने छैन
सद्धाम् हुसेन्को मृत्यु दण्ड हेर्ने आंखा हुने छैन
र त्रि्रो मृत्युको खवर सुन्ने कान् हुने छैन
र यी अवयवहरु पांचौ ज्ञानेन्द्रीय नभएका चित्र हुने छैन
र यी इन्द्रियहरु निस्क्रिय भएर अमुर्त चित्र बन्ने छैन
अब तिमी नै भन
यो चित्रमा के के हुने छैन ?
छैन भने अब मेरो बुवा जस्तै कुशल चित्रकार बनेर
एउटा असल तस्वीरको आदर्श चित्रकार वनेर
त्यस्तै सपना बुन्ने ति म्रो पृय रङ्गीन चित्र
ति म्रो कौशल्यतामा झुकेर सधैं प्रणाम् गर्दछ ।
कविता उनै असल चित्रकार बुवाहरुको निमित्त ।

हङकङ

Aug 9, 2008

पर्खिरहेको छ समयले निरन्तर



मोती चाम्लिड.


पर्खिरहेको छ समयले निरन्तर
युरेनियमको वोराहरुलाई सम्हालेर
संसार झलमल्ल वनाउने
उत्तर कालखण्डका नवजात वैज्ञानिकहरुलाई
न्यूक्लियरको तागतलाई जोहो गरेर
आकाश ताक्दै व्रम्हाण्डमा अर्को
एउटा पृथ्वीको खोजी गर्ने
यूरी गागरिन र नील आर्मस्ट्रंगहरुलाई
पर्खिरहेकै छ समयले निरन्तर
सद्भाव पकडने कर्मयोगीहरुलाई
यहुदीहरुको अत्याचारको भण्डाफोर गर्ने
येशु क्रिष्ट र अरवीहरुलाई मान्छे वन्न
र वनाउन सिकाउने पैगम्वर मुहम्मदहरुलाई
मुर्खहरुलाई वुद्ध वन्न सिकाउने
जस्तोसुकै कुलघरानाका भएपनि
मान्छेको धर्ममा जन्मिएका सिर्द्धार्थहरुलाई
पर्खिरहेको छ समयले निरन्तर
असलै असल मान्छेको कर्म गर्ने
धेरै धैरै मदर टेरेसाहरुलाई
अफगान, इराक, प्यालेष्टाइन जस्ता
जताततै आइया आथुहरुमा झिझो नमान्ने
फलोरेन्स नाइटिंगेलहरुलाई
जमीन हल्लाउने महाभूकम्प टाल्न सिस्मोग्राफलाई
सिचुवानको केन्द्रमण्डलसम्म ओराल्न सक्नेहरुलाई
पर्खिरहेको छ समयले निरन्तर
इण्डोनेसिया सुमात्रालाई लछेप्रै पार्ने
सुनामीलाई समुद्रैतिर धकेल्ने
प्रतिरोधात्मक शक्तिको सफल अन्वेषकहरुलाई
प्रकृतिलाई जित्नै नसकेपनि
प्रकृतिको विनासकारी तमासालाई
धित मरुञ्ज्याल लडेर
कमसेकम ठेगान लगाउनेहरुलाई
समयले भन्दैछ कि जवसम्म घाम सेलाउदैन
त्रि्रो हाम्रो अस्तित्वको दुखिरहने व्यथा
स्विकार गर्नु अनिवार्य नियति हो
फेरि पनि जन्मनै पर्छ सत्य वोल्ने
रेडियोका आविष्कारक गुग्लेल्मो मार्कोनीहरु
एड्सले सताएको संसारलाई मुक्ति दिने
नयां अनुहारमा थपिएका लुइ पाश्चरहरु
कालोलाई सेता पार्न सक्ने थोमस एडिसनहरु
सुखी र शान्ती भूमीको खोजीमा
समुद्रमा नहराउने कालोम्वस र डिगामाहरु
त्यसैले म लेख्छु र भन्छु
पर्खिरहेको छ समयले निरन्तर
युग वदल्ने, व्रम्हाण्ड छिचोल्ने
माथि भनिए झै महान, मान्छेहरुलाई
किनभने सूर्यलाई नझुकाई
रातमा दिनमा हरेक क्षणमा
नियालीरहेको छ निहारिकाले
अनि निहारिकाले भन्दैछ समयलाई
तिमी निराशावादी नै भएपनि आशावादी हौ
आशा नै मुक्ति हो, जुक्ति हो अनि सवथोक हो
पर्खिरहेको छ समयले निरन्तर, निरन्तर, निरन्तर
कालचक्रमा घुम्दै फिर्दै आउने कर्मयोगीहरुलाई
त्यसैले हामी पनि विश्वस्त हुनुपर्छ
समय पक्कै नपुंसक हुदैन
तर विचित्रको हुन्छ अवश्य
भविष्यको अर्को नाम हो रहस्य ।

२१ जुलाई २००८
हेन्नेसि रोड वानचाइ