May 28, 2009

सुर्ता


केवल गंगा गुरुङ

साँझको वेला लुकेर
त्यो भुन्टे मोरोलाई भेट्दा जाँदा
तगारामा अल्झेल
लुङ्गीको सिउनी नै उध्रियो
खै,
अव कसरी जाउँ
यो उध्रिएको लुङ्गी देखाउँदै
घर फर्की आए
उसले त भन्दो हो
निष्ठुरी रै छे मट्याङग्री मोरी
यस्तो ठण्डामा मलाई क क्र्याएर
आफु आगो ताप्दै बसे
अव कहाँ पत्याउला र ?
त्यो बाईफालीको कुरा
आफुलाई भने कस्तो पीर
फेरि जाउँ भने
बाउ आमाको सिनो खान नपाएको बाघ
बिचरा मेरो भुन्टे
त्यो असती तगारा
बाटैमा बस्नु पर्या त्यसलाई
कसो गरु अव
लुङ्गीको सिउनीसँगै
मेरो मायाँ पनि उध्रिने हो की ...?

No comments: