May 11, 2009

तिम्रो मनको डायरीमा


केदार सङ्केत

तिमी त्यसरी नजिक भएर
मनभरि फुल्छयौ भन्ने
पहिल्यै थाहापाएको भए
कित सुटुक्कै भनेकी भए
ऊ पनित नजिक- नजिक भएर
समयमै
मैन बतिझैँ पग्लिन्थ्यो होला
तिम्रै चाहनाको
भित्र कतै कामातुर मझेरीमा ।
पछिपो थाहा भयो
तिम्रा थाकेका मन
लोलाएका आँखा र
सुकेका ओठहरुमा
अतृप्त कामवती चाहनाहरु
अपेक्षित भएर
सरिर र नसाहरुमा
सलबलाउन थालेको पाँउदा
बेर्थै ठानी पग्लीदियो ऊ पनि
आगोमा घिंउ पग्लिएझैं
जीवनको मनोरमता सँगै ।
धेरै दिन सम्म
मनका फक्ल्याँटे दोभानहरुमा
मोदित स्पर्श सँगै
हिमनदीझैँ सललल
बग्दै गयो
पहरै-पहरा
पहाडनै-पहाडमा
तिम्रै गाँउको
खोल्सै-खोल्साहुदै
-चिस्यानहरुमा
-बुटयानहरुमा
जहाँ तिनीहरु एकाएक
जीवनको गोलार्ध भित्र
हराउन थाले ।
जीवन आफै एउटा
प्रयोगशाला
त्यो प्रयोगशालाको
दिव्यदृष्टि भित्र
चरम स्वाद
आनन्द- अनुभूति
वेदना-वियोग
हर्ष विस्मतमा
ठोक्किन्दै-घस्रदै
वहदै जाँदा
तिमीमा प्रकटित
हिम-पहाडहरुमा
जीवन-जँङ्गलहरुमा
चिप्ला बाटाहरुमा
चिप्लिदै लड्दै
उत्रेछौ
निश्चिन्त दोभानको फेदमा ।
जहाँ एकाएक
अङ्गहरु, विरङ्गभएर
रुपहरु, वेरुपभएर
मनहरु, बेइमानभएर
क्यनभासमा कोरेका
लुप्त कठिनभावका
कोरिएका चित्र झैँ
हाम्रो आकृती
यत्रतत्र
जताततै झुण्डीरहेको थियो
किनकि उन्को मन
ऊ मान्छेको मन भित्र भन्दा
जीवनमृत भएर
टाढा कतै अरुसँङ्गै
अलमलिएझैँ लाग्थ्यो ।
तिम्रो मनका डायरीमा
मैले केवल तिनै कुरावाहेक
सत्यहोला
अरुकेहि पढ्न सकिन ।

No comments: