May 31, 2008

मुन्धुमसंगै अग्लिएको फक्ताङ्लुङ


टंक वनेम

युरेसिया खण्डको विशाल
समुन्दी पिँध धसिन्दा
अभेद्य पर्खाल भएर उभ्ने तिब्बती ढाल
नडगमगाईकन उभि रहृर्‍यो
समुन्द्रको सतह चुलिन छाडेन
शायद-
त्यही विजयोत्सवमा
हिउँका सेता अक्षताहरुले
हिउँको बृष्टि बर्षायो
आस्थाको आसन जमाएर
ठिङ्ग उभ्न सक्यो फक्ताङ्लुङ
प्रभातको रातो घाम नाच्यो
प्रत्येक बिहान फक्ताङ्लुङमाथि ।

जूनको उज्यालोमा सम्मोहित
खाम्बोङबाका सम्मोहन रातहरु

बग्न थाल्यो धमिलो तमोर
सृष्टिको गाउँदै मुन्धुम् यात्रा
यो शाश्वत सत्य देख्दा देख्दै
भ्रमका आँखाहरु
नाङ्गै देख्छ फक्ताङ्लुङ
साङलो देख्छ
कमेरे माटोको उर्लदो नदी
के यती सजिलै
आस्थाको बाँध भत्किन्छर ?
र नाङगिन्छ फक्ताङ्लुङ
हिउँ बिनाको फक्ताङ्लुङ
कङगङलुङ हुन सक्दैन
न कुम्भकर्ण हुन सक्छ
हिउँको सेतो ताजमा
तन्नेरी जून र तरुनी घाम
टल्कयो भने मात्र
आस्थाको घाम हो
हिउँ बिनाको फक्ताङ्लुङ
फक्ताङ्लुङ हुन सक्दैन
त्यो दृष्टि भ्रम हो
र रङ्गनि प्रलाप
हेरौं
कस्ले नङ्गाउँन सक्दो रहेछ
त्यो आस्थाको हिमाललाई
कस्ले उल्टो बगाउँदो रहेछ
तमोर र काबेलीको अथाह भेललाई ।

फक्ताङ्लुङ सृष्टिको उचाई हो
त्यहीबाट
मुन्धुम्को बीउ रोपियो
त्यही बीउ बोकेर
आस्थाका पाइतलाहरुले
वर्तमान नापी रहेछ
हाउ लुङवा !
हिउँबिनाको फक्ताङ्लुङ देखेर
को जान सक्छ ?
त्यो मृत्युको परामधाम
को बाँच्न सक्छ ?
पानी बिनाको तमोर हेर्दै
आदाङमा आदाङबासे !
निलो पहाड हुन सक्दैन फक्ताङ्लुङ
हिउँको दरबार भत्काएर
आस्थाका जराहरु उखेल्दै
हिउँसंग उभ्ने फक्ताङ्लुङ मात्र
मुन्धुमसंगै अग्लिएको फक्ताङ्लुङ हो
ए फक्ताङ्लुङ वासी हो !
होचिन आँटेको फक्ताङ्लुङलाई
उचालौं हाम्रो काँधहरुले
आकाश छुने गरेर ।

May 30, 2008

याक्थुङ्बा चुम्से--

लोकेश याक्थुङ्बा
याक्थुङ्बा चुम्से फेनलाम रे तरङ सेख्खाए काक्तिरो
सिक्कुमदीङ निङ्वा तङ्सुम आङ लिम्बुवान नाक्तिरो

निसाम आङ होप्ते थोबोआङ मये हेन्छिङे हेन्छिङ वामारे
मुयकरक आनी आबोक्से आबे थि-सा रे चेसुङ हामारे
साम्यो नु साक्थिम चोगुमाङ आर फेन निङ्वा साक्त्तिरो
सिक्कुमदिङ निङ्वा तङ्सुम आङ लिम्बुवान नाक्तिरो

लाजे दाङबा याक्थुङ्बा आनी खासिङ मेनित्मारे
केरेक आम्नाप्ते आम्देरे खेन; पानमेन्दङ याप्मिहारे
याक्थुङ्बा चुम्से फेन लाम रे तरङ सेख्खाए काक्तिरो
सिक्कुमदिङ निङ्वा तङ्सुम आङ लिम्बुवान नाक्तिरो

फाकुम्बा-१, ताप्लेजुङ्

May 18, 2008

वन्द गर गोर्खा भर्ति


भूपेन्द्र चेम्जोङ 'मुक्कुम'

वन्द गर गोर्खा भर्ति
वन्द गर मानव विक्री
लाहुरे वनेर कहिले घर नफकर्ने वेलायती भर्ति
चाहिएको छैन,
तिम्रो कुत्सित साम्राज्य रक्षार्थ वहादुरी पोखाउने छुइन
पानी भन्दा पातलो रगत छैन मसंग
वन्द गर तिम्रा पोखरा क्याम्प
जहाँवाट छिर्ने गर्दछन् कहिले नओसिने वहादुरी वमहरु
कहिले नभुत्तिने भालाहरु ,
जहाँवाट नेपाली आइन्स्टाइन, गौतम वुद्ध, कार्लमार्क्सहरु
निर्यात भइरहेका छन् फोहोर पानीको भाउमा
जहाँ राष्ट्रियता निलाम भइरहेको छ
लेफ्ट-राइट लेफ्ट-राइट कवाजहरुसंगै
आमालाई सदा सदाको लागि रुवाएर
आफ्नो राष्ट्रियता लाई
पातलो पाउण्डको जलपले लेपन गरेर
जलिरहेकाछन् दिनहुँ जस्तो वीएनओको पातलो
कागज भएर
वन्द गर पहरा थाम्ने छाती नाप्न
फिर्ता लैजाउ तिम्रा मृत्यु पत्र जस्ता
राता पास पोर्टहरु,
अव सेतो पाउडर धसेर कुहीरे वन्नुछैन
फिर्ता लेउ मेरा हरिया पासपोर्टहरु
जहाँ वीरता हाँसेको छ ,
जहाँ सरगमाथा उभिएका छ
जहाँ पालाम ,हाक्पारे, रोधी , कौडा गुन्जिरहेकोहुन्छन्,
चाहिएको छैन तिम्रो सुलिसको भीसी तक्मा
फिर्ता लैजाउ तिम्रा भेदभाव पूर्ण दर्ज्यानीहरु
उठाउ तिम्रा अध्यगमनमा कार्यलयहरु
पूर्खाको रगतले पोतिएको प्यारो भूमी
पर्राईलाई सुम्पेर वेवारिसे नागरिक वन्नु छैन अव
तिमीले सयौ वर्षा नदिएका सम्पति एकै वर्षा
साँवा व्याज फिर्ता गरेका छौ ,
फर्काउ मेरा वर्षोनी ५ अरवको सम्पति
तिम्रो रक्षाको लागि विना शत्रुताको लडाइ
अव मैले लड्नु छैन
अव मेरो पालो आइसकेकोछ
मेरो सगरमाथाले मलाई वोलाइरहेकोछ
मेरो अरुण, कर्णाली र लुम्विनीले वोलाइरहेकोछ
मलाई मेरै आमाले वोलाएकि छिन
प्यारो प्यारो शव्दमा
अव यदि सक्छौ भने तिमी
मेरो धरतीमा आउ
भिसा लिएर आउ
सगरमाथाको देशमा आउ
वुद्धको देशमा आउ
तिमीलाई स्वागत छ
तर याद राख तिम्रो देशमा
मलाई कहिले लाहुरे वन्न नवोलाउ
अव म लाहुरे वनेर आउदिन तिम्रो देशमा
मलाई मूर्खताले साटेको वहादुरी चाहिएको छैन
म पर्यटक भएर आउनेछु , मेरो देशको दूत भएर आउने छु
मैले होइन अव
तिमीले मलाई स्याल्यूट गर्नुपर्छ ।

May 8, 2008

इमेत्नामा हु (ओक्केमा छ )


भगत सुब्बा
-
साङगो सक्मारे कुन्दाङमा इमेत्नामा हु ,
नारा चइतले कुन्दाङमा इमेत्नामा हु ।
सिक्कुम्मनिङवाओबा फुङ्गनु लाम फोएरो ,
ए इकला उङनु आदाङमे साम्लोएरो ।
ओरा । हा
कोरशमा (पालामको पिस)

ए साङगो सक्मारेकुन्दाङमा , आसिक्सम्मा तुम्मे ,
साम्ब्रिप्पानु मेन्छेमना , आथक्लालिङगेन चुम्मे ।
सिक्कुम्मओबा सेक्मुरीफुङ्ग , माला चन्नु चन्नु ,
मेन्निमेनथा आसाम्माङ्गङे , केनारान सम्नु सम्नु ।।
कोरश पालाम पिस

इक्शाखाम्बेक चङथो लाङनु , वामा सिराअ थाङ्गङा ,
हाक्पारे नु ख्याली पालाम , पाप्मा सिराआ थाङ्गङा ।
साक्कथुनथुन्नु मेत्लकाम्गाम्ओ , लाङसोन सन्एल्ले ,
कुस्रक्पाओ के लाङनु हुक्सोहा, , साङ्गनुखा लन्एल्ले ।।
ए इमेत्नामा आसाम्माङ्गङे , लाम थाताङ्गङे ओ ,
लक्कन्दी पेओ नाक्एल्ले , पान छाताङ्गङे ओ ।।

शब्दार्थहरु

(१)इमेत्नामाको अर्थ नेपालीमा लेखान्त भावी , बिधाता , शारिरिक सम्रचनाकी निर्माती , मानवीय चोलाकी रखवाली , सँरक्षिका , एवम् सपाना बिपना हर क्षण , हरेक पलहरुमा साथ दिदै संगै रहने चोलाकी देबी ।
(२)सांगो सक्मा फोक्सोको बाहिरको अक्सिजन हावाको सम्बन्ध अर्थात श्वाश प्रवाश (रियसपिरियसन) ।
(३) नारा चइत ..चोलाको स्वारुप , आकार प्रकार , अनुहार
(४) सिक्कुम्मनिङवा ..आत्मा ज्ञान । भित्रिय आत्मा ज्ञानको कुरो ।
(५) फोएरो ..चलाउदै बढाउदै लान्छु है ।
(६) ओ रा ह ..पकन्दी जस्तै कोरशको अलाप हो ।
(७) थक्लालिङगेन ..सम्पुर्ण शरिर
(८) साम्ब्रिप्पा ..मानवीय शारिरिक छांया । हाम्रो जिउको छांया ।
(९) सेक्मूरी ..याक्थुङबा (लिम्बु) को जातिय पहिचानी फूल । सिरको फूल । लिम्बुवानी राष्ट्रिय फूल ।
(१०) साक्थन्थुन् ..च्याब्रुङ्ग नचाइको थुप्रै तालहरुमध्येको एक ताल जस्लाई मध्यन्नतिर नाचिन्छ ।
(११) मेत्काम्गाम् ..या काम्मा ..बेहुला बेहुलिको फिलामाथि फिला र हातको पन्जामाथि पन्जा खप्टयाई राखेको मूल लगनको बेलामा नाचिने

च्याबूङ्गको एक प्रमुख तालको नाम ।
(१२) कुस्रक्पा ..नेपालका आदिबासी जात जातिहरुको हरेक प्रकारको नचाइको शुरु र अन्त्य यही तालबाट हुन्छ । त्यो धामी नाच होस या चण्डी अथवा धान नाचको लाम्बरी (लाम फरिक) या अन्य कुनै ।
(१३) हाक्पारे ..याक्थुम्बा (लिम्बु)हरुको शास्त्रीय (क्लाशिकल) गायनको संज्ञा हो ।
(१४) ख्याली ..धारा प्रवाहमा बोल्नु पर्ने लिम्बु भाषाको छन्दात्मक सम्बाद हो । सबैभन्दा गारो बिधो हो यो । चानचुने दिमाग हुनेले यो ख्याली आंटै गर्दैन । कवितै कविताबाट सवाल जवाफ गर्नु सक्नु पर्छ ।
यस्तो भन्न सक्ने सयमा १०सम्म मुस्किलले पाइन्छ । त्यसैले यो बिधा लिम्बु जातिमा लोप हुन लागीरहेको छ । जुन क्यासेटतिरमात्र सुन्न पाइन्छ । वास्ताबिक्तामा थोरैमात्र । ख्यालीको बचाउको निम्ती यस्को प्रतियोगीताको आयोजनाहरु गरी रहनु पर्छ ।
(१५) पालाम् ..लिम्बुवान राज्यको सबैभन्दा बढी चल्तीको भाषाको नाम हो पालाम । पा भनेको पुर्खा र लाम भनेको बाटो अर्थात पुर्खाहरुको सांसकृतिक पक्षको बाटोलाई अबिरलरुपमा पछयाइरहनुको अर्थ बताउछ । पालाम् शब्द र संज्ञाले ।
(१६) लकन्दी ..शाही बरियात । शशस्त्र अंगरक्षकहरु द्धारा शुशजित र शुरक्षित बेहुली पुरयाउने जन्ती जस्मा छोरामान्छेको संख्या ६ जनाभन्दा धेरै हुनु हुदैन । बेहुला र लकन्दे र चार जना बन्दुके (बडीगार्डहरु) जस्मा बेहुला तर्फो २ र बेहुली तर्फो २ गरी चार जना हुन्छन । तर हिजाज जनैधारीहरुको सिकोगरी लिम्बुहरुले आफनो संस्कारहरुमा बिकृती र बिसंती भित्रयाउदै छन भन्ने गुनासो । बिषेश धरानको लाहुरे सामाजबाट गोडधुवा (दैजो) र पुरुष जन्ती जाने चलनको । जुन खराब हो ।