Jan 29, 2011

झस्किन्छु




करिना सुब्बा

झस्किन्छु तिम्लाई सम्झी अधेरी त्यो रातमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा

मीठो गीत सुनाउँथ्यौ छाती माथी टाँसी
मायाँ गरि सुम्सुम्याउँथ्यौ मेरो केश रासी
ओठहरु चुमी दिन्थ्यौ गोधुली त्यो साँझमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा

छुट्यौ हामी वाध्यतामा मीठो माया साँची
वैशालु यी तृष्णा अनि चाहनालाई वाँधी
पर्खाई पनि मीठो लाग्छ तिम्रो त्यो यादमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा

रेखा दृष्टि


लोक सिंगक

रेखा दृष्टिहरु
उभिएका छन्
यथार्थ रेखीय भुगोलमा
खोल्न-
क्षितिजहरुको वास्तविक प्रतिवेदनहरु
बादलको रंगिन इतिहासहरु
अहोरात्रिका यथार्थ कथाहरु
बत्तिमुनि अध्याराका झंकारहरु
त्यस्तैं दृष्टि रेखाहरु पुगेका छन
यद्घ बिभिसिका-
हैटिहरुमा, काबुलहरुमा
कस्मिरहरुमा, गाँजा क्षेत्रहरुमा
युगिन शान्तिका प्रवचनहरुसँग
रेखा दृष्टिहरु
निरंकुशतामा चोटिलो बाण हुन
विभिधतामा एकताको विभिसिका हुन
र समानताको असारहरुमा
आलि लगाऊने बाउँसे हुन
जे होस रेखा दृष्टिहरु
जोडिएका छन-
मानव जीवनसँग
मानव विकास र इतिहाससँग
हिटलरहरु/मुसोलिनीहरुसँग
कार्लमाक्सहरुसँग
र धेरैं वाद र विचारहरुसँग
फरक यति छ
कुसैलाई थाहा होला कसैलाई नहोला
कुनै प्रष्ट देखिएला कुनै नदेखिएला
कुनै शसप्त सम्बन्धहरुमा मात्रहोला
भने कुनै आध्यात्मसँग जोडिएको होला
रेखा दृष्टिहरु
कग्निटिभ डोमाइनहरु हृन्
साइकोमोटर डोमाइनहरु हृन्
किनकी
सम्बन्ध छ यसको
तनहरु देखि मनहरु सम्म
मनहरु देखि तनहरु सम्म
अ भनौं
भवसागर मनोविज्ञानहरुसँग
कुनै रेखा दृष्टिहरु
उदाउछन् सूर्यसँगैं
अस्ताउछन् सूर्यसँगैं
कुनैं सेन्ट्रि बस्छन् निस्पट अध्यारोमा
अझ
पानीमा-जल सेन्ट्रि
जमिनमा-थल सेन्ट्रि
वायुमा-वायु सेन्ट्रि
चुमेर निस्सीम क्षितिजहरु
यहाँ रेखा दृष्टिहरु पर्छन्
उस्तैं-उस्तैं गरी
हर्कवीर र माइकल ज्याक्सनहरुमा
कछाड र दोचाहरुमा
बर्का र पछ्यौंरीहरुमा
भेदभाबका आँखाहरु हुन्नन्
समान छन् रेखा दृष्टिहरु
क्रिसमसहरुमा
न्हूदया भिन्तुनाहरुमा
चासोक तङ्नामहरुमा
ल्होसारहरुमा
अनि सोनाम लोसारहरुमा
त्यसैंले
रेखा दृष्टिहरु-
पहिचानका धरोहर हुन्
समानताका जड शुत्र हुन्
सहिष्णताका खानि हुन्
र शान्तिको दृष्टिहरु हुन्

Jan 22, 2011

गजल


इप्सुल मगर

सम्झना गर्दा तिम्रो एकान्तमा टोलाई रा' छु
कल्पना गर्दा तिम्रो विन्ति सुन वोलाई रा' छु

कहिले कहि भेट्दा पनि गाह्रो मान्छौ वोल्न किन
सत्य तिम्लाई मायाँ गर्छु भन्न म डरार्इ रा' छु

नभने नी बुझी देउ न प्रिये मनको ब्यथा
साँच्ची प्रिय यादमा मुटु मैले जलाई रा' छु

एकहोरो हो की मायाँ निष्ठुरी झैंलाग्छ कहिले
तैपनि तिमी पाउने आशा मनमा झुलाई रा' छु

तिमी नै हौ सवथोक मेरो नभन्दिनु होइन
त्यसैले त लक्ष्य भेट्न पाईलाहरु डोरार्इ रा' छु

समय र रेखाहरु


टंक सम्वाहाम्फे

जव समयसंगै रेखाहरु
कहि सामान्य
र कहि असामान्य हुदै दौडिन थाल्छन्
तव त्यसको आकृति र प्रकृतिसंग
रुमल्लिन पुग्छौ
अनि युक्लिड बनेर
रेखिय बिचारहरुको जन्मलाई
बिश्लेषण गर्न थाल्दछौ
त्यतिले मात्र नभएर
पाइथागोरसको ज्यामितिय रेखाहरुबाट
स्वयम सिद्ध तथ्यको खोजी गर्दै
जीवनका नयाँ तथ्यहरु
निरन्तर खोतल्न थाल्दछौ
के हामी युक्लिडको
रेखिय बिचारहरु संग मात्रै
सहमत छौ र ?
के हामी पाइथोगोरसको
ज्यामितिय तथ्यहरु संग मात्रै
अंगालिएका छौ र ?
पक्कै हामी यी बिचारहरु संग मात्रै
सहमत छैनौ
किनकी हामीसंग पनि बिचारहरु छन्
किनकी हामीसंग पनि तथ्यहरु छन्
त्यो वेलाको समय रेखा
र यो वेलाको समय रेखामा
निश्चय नै धेरै फरकहरु जन्मि सकेका छन् ।
लाग्दछ हरेक प्राणीका
आ आफ्नै रेखाहरु हुन्छन्
जहाँ उनीहरुको जीवन यात्रा
शुरुआत भएर अन्त्य हुँदछ
र हामी मान्छेहरुको
चेताना/ यात्रा
गन्तब्य/सपना
बिचार/भावना
र जीवन
सवैको बेग्ला बेग्लै हुन्छन् ।
यहाँ कतिलाई हामी
सामान्य रेखाभित्र पाउँछौ
यहाँ कतिलाई हामी
असामान्य रेखाहरुको कोणमा भेट्दछौ
यहाँनेर यसरी रेखाहरु
विभाजित भएर गएकाछन्
समयसंग
परिस्थितीसंग
बिचारसंग
अथवा रेखासंग जोडिएका अनेकौ कुराहरुसंग
के त्यसो भए समयसंग
रेखा हुन्छ त ?
वास्तवमा समय भन्दा यताका रेखाहरु
हामी देख्दछौ
हामी अनुभूत गर्दछौ
त्यसैले त रेखाहरुबाट सम्मोहित भएका हुन्छौ
समय भन्दा उताका रेखाहरु
अदृश्य छन्
तर समयलाई छिचोलेर
यहाँ सम्म आई पुग्दा
अनायासै रेखामा
पाइताला उचालि रहेका हुन्छौ
त्यस कारण समय र रेखाहरु
हाम्रो जीवनसंग गाँसीएर बाँचि रहेकै हुन्छन् ।
रचना काल - २०१०/१०/२९

Jan 16, 2011

आई दियौ


करिना सुब्बा

आई दियौ मायाँ लिई बैशाकको हुरी भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु
किनार भई साथ देउ सागर वनि चुमी दिन्छु
वजाई दियौ वासुरी मन छुने धुन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

वषन्त तिमी वनि देउ फूल वनि फूलि दिन्छु
रात भई साथ देउ जुन भई चम्कि दिन्छु
वहि दियौ सीतल मनमा विहानीको पवन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

Jan 15, 2011

रेखा संसार


लोक सिंगक

सुन्यमा विन्दुबाट शुरुभएर
रेखाहरु
भुगोलमा व्यप्त छन्
पर्दाले छेक्दैंन रेखा
रेखाहरुको
पर्दा अगाडि, पर्दा पछाडि
सम्बन्ध उस्तैछ
-बादलसँग
-मानवसँग
-अरुसँग
-या भनौं सबैसँग
थाहा छैन हामीलाई रेखा सागर
जताततै रेखै रेखा
यानेकी संसारनै अनुबन्ध छ
रेखाहरुबाट-
आर्किमिडिजको सिद्घान्त
आइज्याक न्यूटनको सिद्घान्त
अल्बटआइन्सटाइनको सिद्घान्त
रहन सक्दैनन् टाढा
त्यस्तै बाधिएको छ पनि
मथिङ्गलमा
विगत, वर्तमान र भविष्यका
दस्तावेज प्रश्तुत भईरहेको बेला
रेखा सम्बन्धछ
कल्पना-यथार्थसँग
यथार्थ-कल्पनासँग
प्रत्यक्ष र अप्रक्ष रुपमा
त्यस्तै यथार्थमा-
रेखाहरु
रेटिना र वस्तुको सम्बन्ध जस्तैं
ढुङ्गा र माटोको संयोजन जस्तैं
अपरिहार्य छ
भनौं कल्पनामा
काल्पनिक रेखाहरु हुन्छन्
यथार्थमा
यथार्थ रेखाहरु हुन्छन्
रेखाहरु छन्
कल्पना भन्दा पनि पर
भावना भन्दा पनि पर
तर कुन रेखाले जीवन सम्बन्ध राख्दछ
र कुन रेखा घातकछ
थाहा हुदैन अर्कै कुरा हो
तर रेखाबाट जन्मिएर
हामी रेखामा उभिएका छौं
जुन रेखाहरु-
अनन्त सम्म छन्
नदेखिने तर महशुस गर्न सकिने
देखिने तर महशु गर्न नसकिने
दृश्य , अदृश्य, सुषुप्त रुपमा
भौतिक-अभौतिक
यत्र-तत्र सबैतिर

Jan 12, 2011

खिचे तस्विर




करिना सुब्बा

खिचे तस्विर तिम्रै लागि हृदयमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

हुरी आउदा पहाड बनि मलाई छेकी देउ है
घाम लाग्दा बादल बनि सीतल र्छाई देउ है
फूलि दिए तिम्रै लागि फूलवारीमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

फूल हुँ म टिपी लान्छन् काँडा बनि देउ है
मुटु भित्र मेरो मायाँ साँची राखी देउ है
सपनी हुँ तिम्रो लागि निदरीमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

Jan 7, 2011

एकान्तमा एक्लै


करिना सुब्बा

एकान्तमा एक्लै एक्लै हाँस्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु

लाज लाग्छ कता कता तिम्लार्इ सम्झी दिदा
पहिलो भेटमा तिमीसंग न्यानो मायाँ साटी दिदा
वन पाखामा तिम्रै गीत गाउँन थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु

फूल टिपी मेरो शीरमा तिम्ले सीउरी दिदा
मेरो उजाड संसारमा तिमी आर्इ दिदा
जुनेली तिम्रै छायाँ देख्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु

Jan 2, 2011

गीत


करिना सुब्बा

गोदाबारी फूलबारीमा पहिलो मायाँ साट्यौ
दुर्इ आत्माको मिलन संगै संसारलाई भुल्यौ

सिरीरी बताससंगै हाम्रो मायाँ उड्दै थियो
कोइलीको भाका संगै हाम्रो मायाँ गाउँदै थियो

शिशिरको उजाडमा पनि बषन्त झैं हरियाली थियो
दुर्इ आत्माको तृष्णा मीठो प्रेममा लिप्त थियो

जुन पनि हामीलाई देखि लजाएको थियो
हिमाल पनि हामीलाई देखि मुस्कुराएको थियो

हाम्रो चोखो मायाँ संगै धड्कन बढ्दै थियो
प्रकृतिले पनि हामीलाई चिहाई रहेको थियो