Feb 29, 2012

प्याराग्लाईडिङको त्यो क्षण

केवल गंगा गुरुङग
एकैक्षण आफुलाई चरा सम्झे । अर्को जन्ममा म त चरा भएर जन्मिन पाए । अँ मान्छेले मारेर खाइदिन्छ अनि । म नभेट्ने गरी उड्छुनी । वालपनको वार्तालापहरु पनि सम्झे - सम्झे म चरा भएछु यो जुनि मै अर्को जुनि कसले देखेको छ र ?मान्छेहरु भोलीको विश्वास गर्देनन् अर्को जुनीको त के । अनि खुसीले गदगदिए अर्को जुनिको कल्पना विपनामा पाएर । हवाई खेलकुद संघको आयोजना र साथी डेवीडको कारणले जुरेको थियो । यो खुसी मलाई । १३औं प्याराग्लाईडिङको प्रतियोगिताको उदघाटनमा उडान भर्ने अवसर मिल्यो मलाई साथीको अनुरोधमा । खुसीले अघिल्लो रात निन्द्रा नै परेन । पैसा नतिरी क्रसकन्ट्री उड्न पाउनु त सौभाग्य हो मेरो लागि । त्यो भन्दा पहिला पनि ४० मिनेट उडेको थिए डेविट सँगै तर इच्छा पुरा भएको थिएन मेरो । नत्र नेपालीलाई ४५०० तिरेर मात्र उडाईन्छ । साथीको नाताले निशुल्क उडान भर्ने मौका जुरेको थियो । सुन्दर नगरी पोखरालाई पर्यटन विकाशको हेतुले राखिएको यो प्रतियोगितामा धेरै देशका प्रतियोगी माझ नेपालीहरु पनि थिए । कोही शोलो त कोही टेण्डम एक्लै उड्नेलाई शोलो र प्यासेन्जर सँग उड्नेलाई टेण्डम भन्दा रहेछन् । मेरो टेण्डन थियो । कोरिया र यूरोप जस्तो मुलकमा विजेता बनिसकेका संसारको ५०औं उत्कृष्टमा पर्ने स्पेनि मित्र डेविटसँग उड्न पाउनु मेरो निम्ती खुशी र भाग्य दुवै थियो । चरा झै आकाशमा बादल माथि फनफनी घुम्दै तलको जङ्गल, गाउँबस्ती, गोरेटो, शहर, ताल, नदीहरु हेर्नुको मजा नै अर्को । कतै म भगावन त हैन आकाशबाट पृथ्वी हेर्ने जस्तो कल्पनाले मन रोमाञ्चीत थियो । २,५३५ मिटरको उचाईमा एक घण्टा ३७ मिनेटको उडान एकदमै सफल रह्यो । पाईलटहरु उडान बिग्रने डरले पुरानो, निडर र स्वास्थ्य प्यासेन्जर खोज्दा रहेछन् । म त्यो भित्र परे । उडान पछिको रात पनि निन्द्रा परेन । त्यसैको उपज हो यो । यस्तो धेरै कुराहरु छन् त्यसबाट हामी सिक्न सक्छौं । सरकारले ध्यानमा राखी सर्व -सुलभ तरिकाले प्याराग्लाईडिङ तालिमको व्यवस्था मिलाउन सके प्याराग्लाईडिङ कम्पनीहरुले सिजनमा विदेशी पाईलटहरुको प्रतिक्षा गर्नु पर्देन थियो कि ।

पोखरा