May 7, 2009

सबैलाई एउटै सजाय हुनु पर्छ


स्यानु पाईजा

उनकै वरीपरी डुलेर
उनलाई मनपर्ने कुरा सुनाएर
जानी जानी मैले अन्याय गरे
पहिलो चोटी उनीलाई
आई लभ यु भने
उनको रहर मैले सोधिन
उनको ईच्छा सोधीन
मायामा मैले जित्नुको पिडा
उनि गर्भबती भएर सहिन
पुगेर मृत्युको मुखमा
कठोर यातना सहेर फर्किईन
यो नारीको पिडा नबुझ्ने
पहिलो पुरुष भने म मात्र होईन
यहाँ सयौ छन म बाहेक पनि
जस्ले महिनाको सिमित रकम पठाएर
बफदार पतिको अभिमान बोक्छन
अंगालोमा अरुलाई बेरेर
पत्नीलाई तिम्रो बारेमा हल्ला सुने
फोनमा काल्पनिक कुरा पोख्छन
जीन्दगीको माझधारमा ल्याई
छाडी दिने महान मायालु हरु
तिमीलाई जन्माउने आमाको पिडा
तिमिले कहिल्यै बुझ्ने छैनौ
किन कि तिमीले गर्भबती बन्नु पर्दैन
बर्षौ शिशुको पाईखाना बन्नु पर्दैन
रात अनिदो बस्नु पर्दैन
सानो सानो बिमार मा आत्तिएर
डाक्टर, धामी-ओझा धाउनु पर्दैन
घर-ब्यबहार सँग जुझ्दै
पतिको ताना सुन्नु पर्दैन
साहेद यो कोहि पति लेख्दैछ
असल पति होईन
अरबपति बन्ने सपना बोकेर
उस्ले रोजेको रोजाईलाई भुलेर
तर उ न पति नै बन्न सक्ने छ
न अरबपति नै --------------
उ हमेसा कंगाल नै रहेनछ
हरेक मोडमा पर्खने पत्नी
पर्खाईमा नै मर्नेछिन
म जस्तै तिमी, तिमी जस्तै उ
सबैलाई एउटै सजाय हुनु पर्छ
अर्को जुनी मा तिमीले नारी हुनु पर्छ

No comments: