Apr 11, 2012

असुरक्षित काठमाडौ

टंक सम्वाहाम्फे

जनयुद्धको चपेटाले
लपेटिएर बल्ल तङग्रीन लागेको नेपाल
लोकतान्त्रीक गणतन्त्रको
पछ्यौरी ओढ्दा नओढ्दै
असुरक्षित बनेको छ काठमाडौ
शान्ति
सुरक्षा
संविधान
अलमल्लमा परेको छन्
तर पनि जनताहरु अपेक्षाकृत छन्
देशको
उच्च ओहदामा बस्नेहरु
नेताहरु
कार्यकर्ताहरु
देशको नियम कानुन
बनाउँनु भन्दा
देशको शान्ति सुरक्षा
बलियो बनाउँनु भन्दा
सत्ताको खेलमा
जनतालाई छक्याउँन
सांसदमा होहल्ला गर्छन्
म प्रश्न गर्न चाहन्छु
म यो देशको नागरिक
भएको हैसियतले
राष्ट्रपति ज्यू
प्रधानमन्त्री ज्यू
अन्य मन्त्री ज्यूहरु
सभासद ज्यूहरु
हामी जनताको लागि
खोइ संविधान ?
खोइ शान्ति सुरक्षा ?
खोइ बास,गाँस,कपास ?
चुनाव क्षेत्रमा आएर भोट माग्दा
थुप्रै सपनाहरु देखाएका थियौ
बाटो घाटो,पुल बनाउँने छु
गरीवको लागि राहत बाड्ने छु
समाज बनाउँने छु
समग्रमा देश बनाउँने छु
तपाईको बोली हामीले
बिश्वास गर्यौं
त्यसैले त तपाई
राष्ट्रपति बन्नु भो
प्रधानमन्त्री बन्नु भो
मन्त्री बन्नु भो
सांसद बन्नु भो
अनि कुर्सीमा आसीन हुनु भो
तर हाम्रा सबै सपनाहरु कुल्चेर
आफ्नो मोजमा
आफ्नो मस्तिमा
बैदेशीक भ्रमण गर्दै
देशको गरीवी भुल्यौ
जनता भुल्यौ
तिमीलाई थाहा छ ?
टनकपुर
सुस्तामा
कालापानी
मात्र नभएर थुप्रै नेपाली भूभागहरु
मिचिएको छन्
किन देश सुरक्षाको निम्ति
चुपचाप कुर्सीमा निदाउँनु हुन्छ ?
तर आज
तिमी हिड्ने बाटो
तिमी बस्ने घर
समग्रमा असुरक्षित बनेको छ काठमाडौ
अहिले भर्खरै एउटा बम
त्रि्रो खिलाफमा पड्किएको छ
जहाँ निर्दोष र निहत्था जनता
ढलेका छन्
त्यसको अर्थ तिमीलाई थाहा छ ?
जनताहरु
संघीयताको लागि
जातियताको लागि
पहिचानको लागि
अस्तित्वको लागि
बममा परीणत भएर
त्यसरी विष्फोट भएका छन्
सत्तामा बसेर
ती सबै कुराहरुको सम्बोधन
गर्न सक्छौ कि सक्दैनौ ?
यदि सक्दैनौ भने
सरकार छोड
पार्टी छोड
ती ओहदाहरुमा बसी रहन
तिमीलाई सुहाउँदैन
नैतिकताको पाठ सिक
जबर्जस्ति बिचार लाद्न नखोज
अव जनताहरु
तिम्रो बिरुद्धमा
बम भएर बिचारहरुमा पड्कने छन्
तिमी आफुलाई सुरक्षित नठान
अव सबै ठाउँ असुरक्षित छन्
किनकी तिमी हिड्ने बाटोमा
शान्ति छैन
सुरक्षा छैन
अमनचयन छैन
हो त्यसैले त
असुरक्षित बनेको छ काठमाडौ

२०६९ को नव बर्ष

सावारा योङ्हाङ

उल्लासमय
वातावरणमा हर्ष बिभोर भएर्
खुशिको दिबश मनाउदै मनाउदै
यस फिजोस चारै दिसा तृकाल झै
मनब मुक्ती र सभ्यताको मार्गमा
अदभुत्,आदम्य,निडर निस्वार्थ
अट्ल अजर अ्मर हिमाल जस्तो,
कोशी र कणालिको बेगवान छाल्
भएर्,पाखा पखेरा गाउ बस्तिमा
सप्त रङ्गी ईन्द्रेणिको मुस्कान्
छर्दै,छर्दै,निस्पस्ट निस्तब्धभित्र्
उज्यालो दिपज्योतिको पुल्टो बालेर्
ढृड सङ्कल्पको बाचा बाधेर्
आउ है ल २०६९ को नव बर्ष ,,,,,|

मानस्पट्लको
खुल्ला मैदानमा आश्राय दिएर्
राखेको,ईर्ष्या,घृणा,कुचेस्टा,डाहा,
कुबिचार्,नकरात्मक्,छलकपड्का
षड्यन्त्र,को जड्सुत्रहरु नरसङ्हार्
तिलान्जली सदा सर्बदा दिएर्
नवबर्षको पावन अवसरमा समग्रहले
मनब मुक्ती र आर्थिक बृदिको बिकुल्
फुक्दै,महान कार्यको सुप्राराम्भ गर्दै
महागुरु,बुद्ध्,शिता,भृकुटि,टेरेशा,नोर्गे,
हिलारि,पाशाङ्ग्,र पारिजात्,जस्तै
सफलताको शिखरमा पाइला राखेर्
मातृभुमिको प्रतिस्ठा बिस्वबिख्यात्
बनाउन्,झुपडिको पिडिमा,बलेसिमा,
मझेरिमा,गोधुलिमा,र आगनिमा,
बिहानिको उज्यालो किरण भएर्
आउ है ल २०६९को नव बर्ष ,,,,,|

परिवरण नमिलेको
माटोमा दुखद जिबन ब्यतित गर्दै,
भोक प्यासमा छट्पटाउने असहाय,
असक्त्,निरिह्,अवला,र अपहेलितहरुको
सहारा सहानुभुती करुणा द्या माया,
मलम को कयौ हात बन्न सफल बनेर्
राज्यको नजरबाट ओझेल परेको
अन्कटार अभेग्,एबम अप्ठ्यारामा
पिर्,ब्यथा,बेदना र अन्धबिस्वासको
परकस्ट्,समाप्त हटाउदै,सेपिल्लो
चिस्यानिमा,पारिल्लो घाममले धर्तिमा
छोएर्,हसिलो मुहारमा चादनिको स्वारुप्
तिमी आउ है ल २०६९को नव बर्ष्,,,,,|

परिबर्तित्
ॠतुमा नौ शुबास चलाई राख्न्
पट्ट्बाझो मरुभुमिको छातिमा बसन्त
बनेर हराबारा सुन्दर बनाउन मनमोहक्
स्वार्गको अनुभुतिमा झुल्ने बगैचाको
मुस्कानमा,सैपत्री ,नागबेलि,रोजमेरी
गुलाब ,अन्द्ङ्ग्,चमेलि,चुवा,बुक्कि
चिमल धएरो आदी आदी अमर अजर्
बनेर आउ है ल २०६९को नव बर्ष ,,,,|

मृयुमा मलामि
बाच्दाको जन्ती दुख र शुखको
शाथी आत्मिय हितैसी पुरक बनेर्
गरीबको झुपडिमा आशा र अभिलाशाको
आय आर्जन ढिकुटी भकारिमा हिरा
मोती मणिको बतिस लक्षिणले युक्त
रुन्छे मुहारमा शृङ्गार पट्टार धपक्
भएर निरन्तर पाईला चाल्ने मार्गमा
पुस्प गुच्छा र अबिर जात्रामा सारी
कलस जोरगाग्री को शाथमा स्वागतको
चाहल पहल अनन्त यात्रामा लक्ष्यको
शिखर चुम्न शान्ती र आन्दको कर्म्
योगी मार्ग चित्र बनेर समग्रहमा
आउ है ल २०६९को नव बर्ष ,,,,|

पाँचथर नागी ५

लोकतन्त्र

रामचन्द्र जोशी

गरीब नून रोटि भात गर्छ ढुक्क भोजनै
पिलाउने त आशका रसादि साथ व्यञ्जनै
छ कानुनी त राज जो पुजिन्छ लोकधर्मि त्यो
जहाँ सबै समान छन् त्यही त लोकतन्त्र हो ।।
बसेर उच्च आसनै ति गौरबी त जन् भए
समान न्याय जो गरी सदा ति नम्र भै रहे
बुझेर लोकधर्म जो बढी अगाडि जान्छ त्यो
कपास, गास, बास बाँडिने त लोकतन्त्र हो ।।
चुनाव भो र छानिए ति जन्प्रतीनिधीहरु
बनेर सार्वभौम नागरीक बाँकि जन्हरु
किसान देखि ठालु एक गुञ्छ हेर देश जो
समानता सबै बराबरी त लोकतन्त्र हो ।।
पलाइ शान्तिका मुना गरी पराग सेचन
उदाइ देशमा प्रभा गरी प्रकाश वर्षण
सदा सुकान्ति छर्कने र झल्झली उदाइयो
छ प्रेम कञ्चनै जहाँ त्यही त लोकतन्त्र हो ।।
अवाक जो ध्वनी थिए बुलन्द धेर पारिए
गरेर पत्रकारिता स्वतन्त्र बाँच्न पाउने
छ धर्म जात औ समान वर्ण पूजिएर जो
गरेन भेदभाव क्यै त्यही त लोकतन्त्र हो ।।

मालाखेती ७ अत्तरिया
अध्यक्ष निशानी साहित्य निकेतन अत्तरिया

गजल

कृष्णकला वनेम

ईवा सिरान, ह्वाकु छेउमा, रातभरी चल्यो गोली
बुढी आमा, रुदा रुदा, भिज्यो गुन्यू चोली

आकाश पताल, चारतिरको, आक्रमण थ्यो बरै
करुण स्वरमा, सुने एउटा, आमा भन्ने बोली

रुझ्दै थियो, आकाश पनि, अंधेरी त्यो रातमा
खोला खोल्सा, भरी सबै, बग्यो रगत खोली

भन्थे सँधै, बन्दुक हैन, कलमले युद्द गर
आज आफ्नै हातले, बोक्नु पर्यो सेतो डोली

एउटै देशको, दाजु भाईले, पारे चोक्टा लाम्टा
क्रिया गर्न, शोक मनाउँन, पाईन कपाल छोडी

खबरदार

लोकेश याक्थुंबा

मान्छेले मान्छे नसम्झेको
म एउटा मान्छे
म कुटिए
म लुटिए
त्यो दिन ,
मेरो अस्तित्व लुटियो
मेरो पहिचान लुटियो
मेरो मौलिकता माथि धावा बोलियो
मेरो सर्बस्व खोसियो/
त्यो दिन
म हेरिरहे
टुलुटुलु नियाली रहे
मात्र हेरे
मात्र नियालीरहे
न त प्रतिकार नै गरे
न त केहि बोल्न नै सके
त्यो दिन,
मेरो हातखुट्टा बाधिएका थिए
मेरो मुखमा बुच्चो लगाइएको थियो/
तर ,
म पहिले जस्तो थिए
अहिले त्यस्तो छुइन
पहिले जहाँ थिए
अहिले त्यहाँ छुइन
त्यसैले ,
खबरदार
मलाई छुन नखोज
मलाई कुट्ने प्रयास नगर
मलाई फेरी लुट्ने प्रयास नगर
अब म,
एक मुठी सास रहे सम्म कुट्न सक्ने छैनौ
एक थोपा रगत रहे सम्म लुट्न सक्ने छैनौ /