Sep 4, 2011

तिम्रो यादमा

कृष्णकला वनेम

तिम्रो यादमा हिजो आज आफै भित्र हराउछु
तिम्रो कोमल छाती भरी जही तही लहराउछु

सयौ डाडा पारी तिमी यादमा आउछौ मनभरी
कल्पनामा भेट्न आउछु यो मनको सागरतरी
आखाको नानीमा तिम्रो तस्बिर राखी सके
मुटुको पाना भरी तिम्रै नाम लेखी सके
तिम्रो यादमा ……………………………

जहा तिमी भए पनि धड्कि दिन्छौ छातीभरी
साथै तिमी नभए नि पाउछु सधै सपनाभरी
रोज्नु थियो एउटा मैले तिमीलाई रोजी सके
जुनी भरी जिउने मैले कसम खाई सके
तिम्रो यादमा ……………………………

8/27/2011,Saturday……

पत्रसाहित्य भाग - १

टंक सम्वाहाम्फे
प्रिय क्रिसा
नयाँ सन्दर्भको मझेरीबाट उज्यालो आभा सहितको अभिवादन
समयले मोड्दै ल्याउँदा यो मोडमा आईपुगेर जीवन र जगतलाई बुझ्ने प्रयास गर्दैछौ । हुन त हाम्रा पूर्खाहरुले पनि यो जीवन र जगतलाई आफ्नै ढङगले नबुझेका अवश्य होइनन् तर समयको अन्तरालसंगै ती बुझाईहरु फरक हुदै गएकाछन् । किनकी तिमीले र मैले भोग्दै गरेको जीवन र जगत त्यो पहिलेको समय भन्दा निक्कै भिन्न खालको छ । सोचाईमा उस्तै लागे पनि बुझाइले र भोगाईले ती फरक हुनुका रङगहरु देखि सकेका छौ । हुन त कतिलाई यी रङगहरुको अभास नभएको हुन पनि सक्छ । किनकी जीवन केवल कामसंग मात्रै,ब्यवहारसंग मात्रै,द्रब्यसंग मात्रै वा आफुले अरुलाई सम्वन्ध सेतुको हात नबडार्इ एक्लै अथवा आफ्नै मात्र सोचेर जीवन जीउदा भोलिका आपति दिनहरु एक्लै ब्यहोर्नु पर्ने हुन्छ । त्यसवेला मात्र आफन्त विनाको जीवन जीउनु कति पीरो हुन्छ भन्ने कुराको अनुभूत हुन्छ । त्यो हामीले जीउदै गरेको जगतमा नभएको होइन तर ती कुराहरु पाठको रुपमा सिक्दै पाईला अगाडी बढाउँनु एउटा साग्लो र चेतनशील मानिसको कर्तब्य पनि हो । खाली एउटा जीवन जीउनु मात्र जीवन अवश्य होइन र त्यसले समाजमा त्यति ठुलो महत्व पनि राख्दैन । किनकी मानिसले समाजमा सामाजिक भएर बाँच्नु पर्दछ अनि बाँच्नु सक्नु पर्दछ । यदि सामाजिक भएर बाँच्न सकिएन भने मानिस हुनुको अर्थ पनि रहदैन ।
मानिस मानिसको लागि,परिवारको लागि,समाजको लागि,देशको लागि अहिले आएर अन्तर्राष्ट्रको लागि पनि बन्न पुगेको छ । यसरी हरेक कुराको परिभाषा,ब्याख्या,बिश्लेषण,अर्थमा परिवर्तनको प्रकाशले पहिलेको भन्दा बेग्लै वा नविन बन्दै ,बनाउँदै ल्याएको छ र लगेको छ । जो हामी हरेक दिन ती क्षणहरु संग,परिस्थितीहरु संग हातेमालो गर्दै आईरहेका छौ । यो नयाँ समयसंग सम्झौता गर्दै हामी ती अवस्थाहरुको सामना गर्न तत्पर हुनु पर्दछ र भैरहेकाछौ । नत्र समयको धुलोले नराम्ररी पुर्न सक्दछ ।
जीवन जीउनको लागि त कर्तब्य संग,बिचार संग,भावना संग,मानवियता संगर्,दर्शन संग,सम्भावना संग,ब्यावहार संग, आत्मियता संग अथवा जीवनले पुरा गर्नुपर्ने सबै बिषयबस्तुहरुसंग गासीनु पर्दछ । यदि यी कुराहरु हामीले हाम्रो मार्गमा उठान गर्न सकेनौ भने कामहरु अधुरा हुन्छन् अनि हामी आफै पनि अधुरो नै रहन पुग्छौ । किनकी त्यहाँ बुझ्नु पर्ने,जान्नु पर्ने,भोग्नु पर्ने,देख्नु पर्ने,अनुभव गर्नुपर्ने कुरा छुट्दछन् । यी सबै महत्वपूर्ण तत्वहरु जीवनमा छुटे भने निश्चय नै अलङकार विहीन हुन्छौ अथवा अशोभनीय जीवन मात्र बाँच्न पुग्दछौ । एक जीवन वा एक जुनीमा ती हामीले सोचेका,भनेका,देखेका कुराहरु पुरा हुने छेकछन्द हुँदाहुँदै बेपर्वाह बन्नु हाम्रो ठुलो कम्जोरी हुन पुग्दछ । उपाय खोज्न नसक्नु,उपाय भेट्न नसक्नु,उपाय देख्न नसक्नु झन कम्जोरी माथीको अर्को कम्जोरी हो । हामीले जान्दाजान्दै वा थाहा पाउदा पाउदै आफ्नै बेहासीलाई पाल्नु जीवनबाट आफैलाई बाहिर पार्नु हो । यो जगतमा,यो जीवनमा अनेकौ विकल्पहरु हुँदाहुदै जीवन यति मात्रै हो भनेर अथवा सपना पनि यति नै मात्र हुन भनेर तिमीले आफैलाई किन नियन्त्रणमा लिन खोज्यौ ?र प्रकृतिको बिरुद्धमा किन उभ्यायौ क्रिसा ?
अहिले सम्मको जीव विज्ञानले पनि कुनै जीवजन्तु वा प्राणीहरुको जीवन यति र यस्तै हो भनेर किटान गर्न नसकेको अवस्थामा तिमीले किन जीवनलाई अन्तिम रुपमा सोच्यौ होला यहि आश्चर्य लाग्दछ मलाई । जीवशास्त्री चार्ल्स डार्बीनले भनेका छन् हरेक प्राणी त्यो समयसंग अनुकुल हुन आफ्नो स्वरुप र सीलस्वभाव परिवर्तन गर्दै लैजान्छन् । यो पाठ अलिकति तिमीले अध्यायन गरेको भए निश्चय नै यो समस्याको उपस्थित हुदैन थियो होला । मानिसले जीवन र सपनालाई यति नै हो भनेर कसैले जीउन र सपना देख्न छोड्दैनन् । किन तिमीले आफ्नै बिरुद्धका सोचहरु उभ्यायौ ? मानिसहरु आफ्नो संरक्षणको लागि के के गर्न चाहन्छन् । र साच्चै भन्ने हो भने आफ्नो बिरुद्धमा कसैले पाइला चाल्न सक्दैनन् । चाल्नु पनि हुँदैन ।
तिमीले सोच्यौ होला एक बिन्दुमा पुगेपछि रहरहरु ,इच्छाहरु,आकांक्षहरु अथवा जीवनले चाहेका सबै कुराहरु अर्को बिन्दुमा सर्दैनन् । तर तिमी अलिकति गलत मार्गमा रहेछौ । किनकी आफुले जीएको संसार नै सारा हो । आफुले देखे,भोगेका नै अन्तिम देखाई र भोगाई हुन् । तर त्यो तिम्रो भ्रम मात्र हो अथवा तिम्रो अज्ञानता हो । किनभने कुनै कुराको अन्तिम भन्ने कुरा हुँदै हुँदैन यो संसारमा । तर हामी भने अन्तिम सत्यको खोजीमा हुन्छौ । तर कसैले पनि अन्तिम सत्य देखेका,भेटेका,जानेका हुदैनन् । सानो अन्दाज मात्र गर्ने गरीन्छ त्यहि हो कि भनेर । आज तिमीले जीएको संसार भन्दा अर्को संसारको किन कल्पना गर्दैछौ । अर्को यात्राको, बिचारको, भावनाको,चाहनाको,इच्छाको किन आकांक्षा राख्दैछौ ? त्यो वेला त्यहि र त्यति नै सारा ठानी दिँदाको परिस्थितीले आत्मग्लानीमा पक्कै परेका छौ होला ।
भ्यागुताले कुवा भित्र रहदा कुवालाई सम्पूर्ण संसार ठान्दछ तर जव कुवा भन्दा बाहिर निस्कदछ तव मात्र अर्को ठुलो,राम्रो,फराकिलो,रङगीन संसार देख्न पुग्दछ । र उसले हिजोको भोगाई र सोचाईबाट पाश्चताप महसुस गर्न पुग्दछ । हो आज त्यसरी नै जीवनलाई,संसारलाई बुझ्न नसक्नुले यो दुर्गती भोग्न विवश हुनु परिरहेको छ । तिमीले सोच्यौ होला त्यसवेला ठिक गरे तर आज त्यो कर्म बेठीक भएको छ । आजको यो गतिशील समयले एकछेउमा ठीक भएको बिषयवस्तु अर्को छेउमा पुग्दा बेठीक भैसकेको हुन्छ । हामीले आजको परिवर्तीत समयलाई आत्मसाथ गर्न सकेनौ भने अत्यान्तै ठुलो गलतको ब्लाक होलमा फस्न सक्छौ जस्ले हामीलाई सिनित्तै निली दिन्छ र हाम्रो अस्तित्वको अन्त्य भैदिन्छ । हामीले आफ्नै खुट्टामा बन्चरो हानेर घाइते बन्नु छैन । तर आज तिमी आफ्नो गलतमा प्रायश्चित गरी रहेकी छौ होला । गलत पछिको समयलाई सच्याउँन निक्कै गाह्रो हुन्छ तर केहि हदसम्म सच्याउँन नसकिने भने पक्कै होइन । अव आउँने नयाँ समयलाई हामीले र्स्पर्श गर्न नयाँ बिचारसंग,जीवनसंग अथवा नयाँले बाधेर ल्याएका सबै अन्तरबस्तुहरुसंग परिभाषीत हुन सक्नु पर्दछ । सार्थक जीवन जीउँनको लागि समयमा नै सोचविचार गरेनौ भने बाँच्ने ठाउँहरु आफै साँघुरीएर जान्छन् । अध्यायनसंगको अनुभवले नयाँ चेतनाको अभिवृद्धि हुन्छ । हामीलाई नयाँ चेतनाको अवश्यक पर्दछ । चेतना जीवनको मुल प्रवाह हो । चेतना जीवन यात्राको उज्यालो प्रकाश हो । जस्को उज्यालोले एउटा सुनिश्चित बाटोमा निर्धक्क पाईला बढाउँन सक्दछौ । हामीले नयाँ जीवन जीउनको लागि आफुलाई चाहिने पुराना आधारहरु लिदै नयाँ समयको यानमा चढेर अगाडी बढ्नु उचित हुन्छ । अव हामीले यहि उचित अवधारणाहरु अवलम्वन गर्दै नयाँ जीवनको खोजीमा पछि नपर्न आग्रह गर्छु क्रिसा तिमीलाई ।

जीन्दगी भित्र

सुरेश सुब्बा

जीन्दगी भित्र जेलिएको यो जीन्दगी ।
दुःखै दुःख र पिडाहरुमा पिल्सीएको यो जीन्दगी ।
कहिले तिम्रो यादहरुमा अल्झील्छ यो जील्दगी ।
कहिले तिम्रो तस्बीरहरुमा बल्झीन्छ यो जीन्दगी ।

सँगसगै मर्नेबाच्ने कसम खाएको यो जीन्दगी ।
बाचा र बन्धनले नछेकीदो रहेछ यो जीन्दगी ।
न त सँगै मर्न नै सक्यो यो गीन्दगी ।
न त सँगै बाच्न नै सक्यो यो जीन्दगी ।

जीन्दगीको कथा अन्त्य भएको यो जीन्दगी ।
सँगै या एक्लै जीउनु नै रहेछ यो जीन्दगी ।
तिम्रो अनुपस्थितमा आत्तिएको छ यो जीन्दगी ।
तिम्रो सम्झनामा तड्पिएको छ यो जीन्दगी ।

मर्नु र बाच्नुको दोसाधमा छ यो जीन्दगी ।
सधैसधै आँशुमा डुबेको छ यो जीन्दगी ।
थाहाँ छैन् कति बाच्छ अब यो जीन्दगी ।
थाहाँ छैन् काहाँ र कहिले मर्छ यो जीन्दगी ।

जीन्दगी बिनाको जीन्दगी भएको छ यो जीन्दगी ।
सदा सदाको लागी टाढीए छ तिम्रो त्यो जीन्दगी ।
के नै गर्न सक्छु र एक्लीएको छ यो जीन्दगी ।
अर्को जन्ममा भेट्ने आसामा जीएको छु यो जीन्दगी ।।।