Dec 9, 2010

गित

सुरेश सुब्बा

झापा मोरङ्ग सुनसरी कीन मिचिदै छ ?
हाम्रो हक र अधिकार कीन खोसिदै छ ?

अरुण पूर्व मेची सम्म लिम्बुवानमा पर्छ ।
उत्तर चीन दक्षिण भारत सीमा कायम गछौँ ।
एकसय नब्बे बर्षौ हाम्रो र्इतिहास छ ।
सन्धी पत्र लालमोहरले यही पुष्टी गर्छ ।

झापा मोरङ्ग सुनसरी कीन मिचिदै छ ?
हृाम्रो हक र अधिकार कीन खोसिदै छ ?

ऐतिहासीक लिम्बुवानको राज्य हुनु पर्छ ।
सीमा मिच्ने दलालहरुलाई खबरदारी गछौँ ।
हाम्रो सीमा मिचिएमा खुन बग्न सक्छ ।
लिम्बुवानको र्इतिहासले यही पुष्टी गर्छ ।

झापा मोरङ्ग सुनसरी कीन मिचिदै छ ?
हाम्रो हक र अधिकार कीन खोसिदै छ ?

Sep 26, 2010

जन्मघर जाँदा

जगत नवोदित
लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडा सँगको मेरो भेट करिब एक दशक पछीको थियो यो। रहरलाग्दो टिन एजको अन्तिम खुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो भएर। त्यतिबेला छोडेका साना साना नानीहरु बढेर चिन्नै नसकिने भई सकेछन । तर धन्य प्रमिला बहिनिलाई मैले चिने, उन्ले पनि भुलेकी थिईनन रहेछ। "अबुइ! जगत दाजु एक्लै! खोइ त भाउजु ?" तिनले पहिलो नजरमै प्रश्न तेर्साइन। भन्ने हो भने यो प्रश्नको जवाफ मैले कतिलाई कसरी कसरी दिए आँफैलाई थाहा छैन । नढाटी भन्ने हो भने मैले जीवनमा सबसे धेरै फेस गरेको प्रश्न पनि यसै सँग सम्बन्धित छ। ठटेउली गर्दै भने-" कहाँ एक्लै हुने नि, मेरो साथ् बाबा हुनुहुन्छ, ठुलिदिदी नि हुनुहुन्छ अनी थाहा छ मेरो भान्जी नि छ। अब भाउजु नै खोजेको हो भने चाही उहा घरमा खाना पकाएर देवरको बाटो हेरीरहनु भको होला। " मेरो कुराले उनी अवाक्क भईन शायद। अरु कुरा छोडेर हाम्रो लागि खाजा बनाउन पट्टी लागिन ।
प्रमिला बैनिको यो घर हाम्रो लागि होटेल जो लामिडाँडाको लागि एकदम प्रचलित थियो, अहिले पनि रहेछ । फरक यती पाए उतिबेला सासुमाले सम्हालेको जिम्मा अहिले बैनी जो घरको बुहारीमा आईपरेको रहेछ । खाजा खाएपछी हामीले लामिडाँडालाई चाडै छोड्नु थियो र लाग्नु थियो हलेशि महादेवको दर्शन गर्न।
हामी सँगै जानेमा थपिए फ्रेन्च नागरिक अन्ना र भारतीय नागरिक निकेश। हामी सँग यात्राको लागि दुइ किसिमका उपायहरु थिए। एक -साझा बसमा मौरे सम्म जानु र दिक्तेलबाट आउने हलेशी जाने साझा बस पर्खनु। दोस्रो- सोझै गाडी रिजर्ब गर्नु र आफ्नो गन्तब्यमा हुइकिनु। दोस्रो बाटो हामीले समात्ने निर्णय गर्यौ । तर दुर्छिमे ड्राइभर रमेश भाईले सुरुमा दोब्बर सुल्क सुनाएर मनै झन्डै परिवर्तन गराइदिए। जे होस् रमेश भाईले त्यही दिन हलेशी पुर्याएर दिक्तेल फर्काउने सर्त आठ हजार रुपयामा स्विकारे। त्यसपछी सुरु भो हाम्रो गाडीमा यात्रा । बाबा गाडीको अगाडि बस्नु भयो बाँकी हामी पछाडि बस्यौ। गाडीको पछाडि सिट्को एक साइडमा ठुल्दिदी इमान, भान्जी आईरिस र म अनी अर्को पट्टी अन्ना, निकेस र मौरेसम्म जाने बुइपाली दिदी हुनु हुन्थ्यो। गाडी गूड्न मात्र सुरु गरेको बेलामा खलाशी भाईले गाडी रोक्न ढोका ढक्ढक्यायो। नभन्दै एकजना राष्ट्रिय पोशाकमा सजिएका मोटो मान्छे आँखा अघी हाजिर थिए। उनले सरासर गाडीमा जिउलाई भित्राए। ठाउँ उसै पुरा भईसकेको त्यसमाथी मोटो ज्यानलाई कहाँ हुने खाली ठाउँ ? त्यही पनि कती अफटेरो नमानी मेरो छेउमा घुस्रिए ।
" मलाई छोडेर कहाँ हिंड्न लागेको?" उल्टो ड्राइभर भाईमा खनिए उनी।
ड्राइभर भाईले केही नबोली गाडी चलाउन सुरु गरे। मैले पनि केही बोल्ने मन गरिन। जसै गाडी चल्न सुरु भो हाम्रो ज्यान उफ्रन सुरु भो। खाल्डाखुल्डी, सागुरो, भिरालो र अत्यन्तै जोखिम खाल्को बाटो देखेर सब कुरा हराम भो। यस्तो असजिलो समयमा पनि उनले धेरै कुरा गर्न भ्याए। चिन्जान भो। उनले आफ्नो गाउँदेखी काठमाडौं सम्मको औकात सुनाए, केबल एक फोनको भरमा सब काम हुने बयान समेत बताउन भ्याए।यो सब कुरामा मलाई कती रुची थिएन। बस मनमा सोचिरहेथे- यिनको ज्यानले मलाई सकस नदिए यो लामो यात्रा अली जाती हुने थियो । दिदि पनि भान्जिलाई चेपेर असजिलो भईरहनुभको थियो। तर बोल्न चाँही केही बोल्नु भएको थिएन।
मौरेमा गाडी पुगेपछी बुइपाली दिदी ओर्लनु भो र ति महासय नि बिदै नमागी आफ्नो बाटो लागे। कसो कसो अनौठो लाग्यो। गाडी अगाडि गूड्न सुरु भए पछी रमेश भाईले भने-"के गर्नु अघी नि सितैमा चढेर गको। अस्ती हुदोको नि बाँकी छ। खाली सितैमा चडने बानी भको। सामन्ती प्रबितिका मान्छेहरु देखी कहिले मुक्ती नपाईने रहेछ। "
देख्दाको महासयको बानी हेर्दा ड्राइभर भाईको कुरा पत्याउन लाएक थियो। तर मलाई बोल्न मन लागेन। हामी जती जती हलेशी तिर नजिकियौ, दिन उती उती रिसाउदै कालो हुँदै गयो। कुहिरोले ढाकेर बाटो छेक्न थाल्यो। घामले अनुहार कतै देखाउन सकेन। बाटो झन साह्रै भिरालो हुँदै आयो। ओ हो कस्तो साइत परेछ आज -मनमा नमिठो लागेर आयो। पानी पर्ला पर्लाको परिस्थिती भोग्दै हामी अघी गूडिरहयौ।
मालथुम्की डाँडाको छेउमा बाटो रहेछ भिर । त्यस माथी ढुङ्गाको पहाड फोडेर बाटो बनाइएको रहेछ। त्यस अफ्ठेरो ईलाकामै रमेश भाईले जिप रोके। सुरुमा त कारण थाहा नै भएन। एक्छिन पछी भने थाहा भो उनले हातमा धुपबत्ती बोकेर गाडी बाहिर निस्किए । बाटोको अली माथि उक्लिए, उनले नियमित पूजा गर्ने ठाउँ रहेछ त्यो । ड्राइभर भाईको प्रार्थना पुरा भए पछी भने हाम्रो यात्रा फेरी अघी बढ्यो।मालाथुम्की डाँडा काटेर अर्को डाँडा ननाग्दै हातमा किताब बोकेका केही स्कुले नानीहरुले बाटोको छेउमा उभिएर हात हल्लाइरहेका थिए । उनिहरुको सन्केत गाडी रोक्ने थियो । पानी आउनै लागेको त्यो बेला उनिहरुलाई छोड्नु हाम्रो मनले मानेन। चेपाचेप नै भए पनि हामी यात्रा गर्ने परिस्थितीमा पुग्यौ ।एस् एल सि को फलामे ढोका पार गर्न जाच दिरहेका ति तीन जना नानीहरुसँग ड्राइभर भाईको अली अली चिन्जान रहेछ । आखिर उनी पनि परे त्यही गाउँको ।
स्कुले नानीहरु सँग कुराकानी गर्दा थाहा लाग्यो अर्को दिनको परिक्षाको बिषय रहेछ- जन्सङ्ख्या र बातावरण । मलाई जिज्ञासा लाग्यो- साची अहिले नेपालको जनस्ङ्ख्या कती पो छ?
“खोइ हामीलाई त थाहा छैन दाई “- अली बोलक्कड बहिनिले बोलिन।
“हैन यती प्रश्नको जवाफ नदिनेले भोली के परिक्षा दिन्छौ हौ ?”- ड्राइभर भाईले सोझै कुरा राखे।
“उतर सबै जान्न जरुरी छैन दाजै,सरहरुले नै आएर सिकाउनु हुन्छ”- अर्की बैनिले नढाटी खाटी कुरा सुनाइन।
सरहरुले नै सिकाउने त्यस्तो परिक्षाको अर्थ र त्यसमा पास हुने बिद्द्यार्थिको महत्व कती होला मैले मन मनै सोचे
सरहरुको बारेमा नकारात्मक टिपणी गर्न नि सकिन कारण मलाई क,ख सिकाएर ३५ बर्ष शिक्षक जीवन गुजार्नु हुने मेरा पूजनिय बाबा हाम्रो सम्बाद सुनिरहनु भएको थियो। म बालक छदा बाबाले सिकाउनु भएको गुरुहरु प्रतिको श्रद्दा म कहिले भुल्न सक्दिन। जीवनको उज्यालो बाटो देखाउने गुरुहरु मेरो लागि सधैं नै आदर्णीय हुन्छन।
जब गाडी हलेशीथान नजिकै रोकियो तब सबै जना ओर्लियौ । स्कुले नानीहरु गाडीको भाडा तिर्न खोज्दै थिए। “लु!आजको यो भाडाले चाँही तिमीहरुले खाजा खानु है !अनी परिक्षा राम्रो गर्नु”- मैले बोले।
उनिहरु धन्यवाद बोलेर बिदावारी भए । सहयात्री राकेश र एन्ना पनि एउटा फोटो खिचेर हामी बाट छुट्टिए । ड्राइभर भाई र उस्को साथीलाई एकै छिन छोडिराखेर हामी भने लाग्यौ भगवानको दर्शन गर्न। मुख्य द्वारको बाहिर पट्टी फूलपाती, धुपपाती बेच्नेको लाम रहेछ। भगवानको बास छेउमा उनिहरु बिच चल्ने ग्राहक तानातानको खेल हेर्न लाएक थियो।
रु १ दिएर ८० पैसा चानचुन पाइने रहेछ। गजब नै लाग्यो । मैले रु ५ को नोट दिएर ४ रुपया चानचुने पैसा बोकेर भगवान दर्शन गर्न छिरे। हलेशीथानलाई एक फन्को मारेर गाडी छेउ पुग्दा साँझले बास माग्न थालिसकेको थियो। हामीले हलेशी छोड्दा झमकै साँझ परिसकेको थियो। हामी जती जती दिक्तेल भेट्न अघी गूड्यौ रात उती उती रिसाउदै कालो कालो बन्दै आयो। रात आफु मात्र रिसाएर आएन आउँदा आफु सँग कालो बादल पनि लिएर आयो । मौरे छेउ पुग्ने बेलामा त असिना सँगै पानी पनि दर्कियो । खलासी भाईले हतार हतार छानाको झोला भित्र हुले। ड्राइभर भाई बोल्यो- “भगवानले नुहाउनु भो “, हामीले सहमती जनायौ ।
पानी दर्किरहयो र हाम्रो गाडीको पाङ्ग्रा पनि अनवरत चलिरहयो। मौरे पुग्दा पानी रोकियो तर बाटो पुरै हिलाम्य भई सकेको थियो। मौरेको जाडो रातमा तातो चियाको सुर्को तानेर हामी फेरी दिक्तेलको बाटो लाग्यौ। नुन्थलाको जङ्गल काटेर मुढे डाँडा पुग्दा दिक्तेल बजारमा टिल्पिल टिल्पिल बत्ती बलिरहेको देखियो। मन दङ भयो । आफ्नो जिल्लामा गाडी चढेर बिजुली बत्तीको उज्यालो देखेको यो पहिलो अवसर थियो मेरो । मन यसै फुरुङ भएर आयो । तर मुढे डाँडामा पहिले पहिले पिईने ईन्द्रकला बैनिको तातो चिया भने उस दिन पाईएन। कारण गाडीको बाटोले त उन्को दोकान नै बाइपास गर्दो रहेछ। हामी दिक्तेलको रत्नपार्कमा ओर्लदा घडीले १० बजेको सुचना दिसकेको थियो । त्यती अबेर सम्म पनि बाबा, भाई, बहिनी र भान्जिको मायाले दाई बाटो हेरेर बसिरहनु भको रहेछ। दाइले बासको प्रबन्ध होटेल फुयालमा मिलाउनु भको रहेछ। थाकेको ज्यानले सिर्फ आराम खोजिरहेको बेला राम्रो बिछयौनामा पल्टिना साथ् निन्द्राले छोपीहाल्यो।
रात बित्यो र समय क्रमसँग उज्यालो बोकेर बिहान् आयो । बिहानि सँगै मेरो दिक्तेल माया बोकेर आँखा अघी आयो । तर दिक्तेलको रुप पहिले जस्तो थिएन बिच बाटोको ताकिलहरु सब भत्काएर बिच बजार बाट गाडी हिंड्ने बाटो बनाइएको रहेछ ।
ठाउँ ठाउमा गाडीको पाङ्राले बनाएको गहिरो डोबले मलाई दिक्तेलको आङ भरी घाऊ नै घाऊ लागेको प्रतित भो ।
दिक्तेलको रुप बद्लिए पनि मलाई माया गर्ने धेरैको मन बद्लिएको थिएन । बिहानिको चिया खाँदै गर्दा सागर दाई सँग भेट भो । माउन्ट एभरेस्ट जस्तो प्रतिष्ठित बोर्डिङ स्कुलको प्रिन्सिपल सागर दाई मलाई चिने देखी भाई झै व्यबहार गर्नु हुन्छ । त्यो व्यबहार दसबर्ष पछी पनि कतै बद्लेको थिएन। तर उहाको शरीर भने निक्कै बद्लिएछ । उ बेलाको लुते सागर दाई अब त मोटे सागर दाई हुनु भएछ। जिल्लाको धेरै बिषयमा उहा सँग कुरा भयो, छोटो बसाईमा । दिउसो-बाबाको पुरानो नागरिकता नयाँ बनाउनु थियो । बाबालाई अघिल्लो दिन गाडीको उचाल्ने र पछार्ने यात्राले निक्कै गलाएको थियो , उसो भएर मैले नै उहाको काम गर्न जागरुक बने । सरकारी कार्यलयमा पुगेर सम्बन्धित कारीन्दा सँग बुझ्दा त काम उसदिन हुन नसक्ने बुझियो । म यसो फर्कन लागेको दिदी चन्दा टुप्लुक्कै देखा पर्नु भो । चन्दा दिदी मेरो ठुल्दिदिको सहपाठी दिदी- मलाई सानै देखी माया गर्ने दिदी भेटेर खुशी लाग्यो । उहाको अनुहारमा पनि आस्चर्यको खुशी भाब देखे। दिदी त त्यही नै काम गर्ने कर्मचारी हुनुहुँदो रहेछ, भलाकुसारीमा उहालाई मेरो समस्या थाहा भो। तुरुन्त सम्बन्धित बिभागमा मेरो कामको लागि उहाले बोल्नु भयो। मेरो कामको फायल अघी बढ्यो ।
दिदिले चिया मगाउनु भो। आफ्नो साथीहरु सँग चिनाउनु भो अनी यसो नि भन्नु भो - "मेरो भाई त लाहुरे भएर पनि जस्ताको त्यस्तै रहेछ। किन आज सम्म एक्लो ?" म सँग खाट्टी उतर थिएन सिर्फ मुस्कुराए। कुरा बुझ्दै जाँदा स्कुले साथी सिताराम र शान्ताकुमार पनि त्यही कर्मचारी रहेछन । एक किसिमको गर्ब भयो । "यहाँ हाम्रो हाकिम भएर बस्नु पर्ने मान्छे लाहुरे भएर किन गएको ?" सहपाठी सितारामले मनको कुरा खोले। फेरी पनि म सँग खास उतर थिएन । बस मुस्कुराए ।
सब चिन्जानको भएपछी त मेरो काम सोचे भन्दा धेरै नै छिटो भयो । काम सकी सबैसँग बिदा भएर होटेल फर्कदा मन्मनै सोचे- "नेपालमा कर्मचारी नचिनी काम सरासर हुने समय कहिले आउँला । सोझा सिधा जनताको लागि सरकारी काम कहिले सजिलो होला।"
होटेलमा पुग्दा शान्ता बैनी साथीहरु सँग भेट्न भनेर आएकी रहिछिन । नयाँ कवी,कवयित्रिहरु,पत्रकारहरुको सानो हुद्दा सँग भेट हुँदा म नौलो अनुभुतीले छोइए। सिर्जन्सिल मनहरु मेरो लागि आँफै आफन्त लागेर आउछन । उनिहरुको उभार, जिज्ञासा र जागरुकता देखेर मेरो धराने दिनहरु जीवन्त भएर आए। उनिहरुसँग आत्मियता गासियो र फेरी भेट्ने गरी हामी छुटियौ ।
होटेलको कोठामा प्रबेश गर्दा थाहा भो बाबा र भेना मलाई कुरिरहनु भएको रहेछ । उस साँझ ठुल्दिदिको घर जानुपर्ने निम्तो थियो । निम्तो सकेर बिहान् होटेल फर्कदा रुपाकोट एफ एम का निर्देशक टङ्क थापा सँग भेट भो । उहा उमेर र अरुपनी कती कुराले म भन्दा जेठा भए पनि हामी बिच मित्रताको भावना सबसे बलियो छ । चिया खाँदै उहाले सामुदायिक रुपाकोट एफ एम को बारेमा धेरै जानकारी गराउनु भो।
नेपाल भरिको सामुदायीक एफ एम रेडियोहरुमध्ये उत्कृष्ट स्टेशनको रुपमा रुपाकोट एफ एम पुरस्क्रित भएको थाहा पाउदा मन खुशीले आल्हादित बन्यो। यो प्राप्तीसँग धेरैजनाको दु:ख जोडीए पनि मुख्य दु:ख स्टेसन म्यानेजर टङ्क थापाको देखे । उनी जस्तो सिर्जन्सिल युवाको अभाब आजको हाम्रो समाजलाई सबसे धेरै छ । दिउसो उही एफ एम मा अन्तर्वर्ताको लागि निम्तो गरेर टङ्कजी बिदावारी भए । फुयल दाइको त्यो होटेल भन्ने हो भने धेरैको जमघट हुने थलो रहेछ। अब होटेलमा जिल्लाका नाम चलेका नेताजीहरुको हुल आयो। हुल सँगै साहित्यकार बिष्णु आभुषण आउनु भो । धेरैको लागि उहा नेता भए पनि मेरो लागि चाँही साहित्यकार हो । हामी बिच साहित्यको नाताले नै दाजु भाईको दरिलो सम्बन्ध भएको छ। जिल्लाको साहित्यिक बातावरणको बारेमा बताउनुको साथै आगामी दिनको योजना समेत सुनाउनु भो । राष्ट्रिय बाङमय प्रतिस्ठानको लागि भवन निर्माण गर्ने उहाको सोच भने मलाई एकदम राम्रो लाग्यो।
मध्यदिन हुन पूर्व हाम्रो सल्लाह मुताबिक टङ्कजी सँग भेट भो शहिद मनोज जोशीको घर अगाडि अनी हामी हानियौ रत्नपार्क तिर। बाटोमा साथीहरु भेटिए र यसै क्रममा कबी जे पि फिरन्ते सोल्मा जाने बाटोको घुम्तिमा भेटिए । उनले साहित्यकारहरुको मीटिङका लागि निम्तो समेत दिए। टङ्कजी र म भने सबै सँगको भेट्लाई सक्दो कम गर्दै छिटो छिटो बाटो काट्ने प्रयासमा थियौ । टङ्कजी भन्दै हुनुहुन्थ्यो "अहिले बिजुली जान्छ अनी हाम्रो योजना नै पुरा हुन्न ।" साँच्चि नभन्दै हामी बिजुली गएकै समयमा रुपाकोट एफ एम को कार्यालयमा पुग्यौ । अन्तर्वार्ता लिन कार्यक्रम संचालक भिम राइ तयारी भएर बस्नु भको रहेछ तर बिजुली नै नभए पछी बेहुलाबेहुली बिनाको बिहे जस्तो भो । तर बिजुली नभको त्यो मौकामा अरु साथीहरु सँग कुरा गर्ने मौका मिल्यो । अर्की कार्यक्रम सन्चलिका बैनी सम्झना भुजेलले अतितमा रेडियो नेपालमा सुनेको मेरो अन्तर्वार्ताको सम्झनै सुनाउनु भो । रेडियो कार्यक्रम प्रती बहिनिको लगाब सुनेर लाग्यो तिनी रेडियो प्रस्तोताकै लागि सही मान्छे हुन।
भाग्य बलियो रहेछ हाम्रो आश मरेको बिजुली आयो अनी भटाभट अन्तर्वार्ता नि रेकर्ड भयो । भिमजीका प्रश्नहरु गर्हौ र सापेक्षिक थिए । म सक्दो हलुका नबनी सान्दर्भिक उतर बोले। अन्तर्वार्ता सकियो र बिजुली नि गयो, कस्तो सम्योग!
अन्तर्वार्ता सकेर होटेल पुग्दा बाबा आफ्नो जागिरे जीवनका सहयात्री बाबुराम सर सँग कुरामा मग्न हुनुहुँदो रहेछ। बाबुराम सर मेरो प्राथमिक कालको गुरु जस्लाई आफ्नो अघी पाएर म एक्चोटी फेरी बालक विद्यार्थी झै भए। उहाहरुको साथ म संलग्न हुँदै गर्दा नै बाहिर कसैले “जगत दाई” भनेर बोलाएको नारी स्वर सुने। ढोका बाहिर हेर्दा थाहा लाग्यो बहिनी बिमला केयर्लेस आएकी रहिछिन। बैनी एक्लै आईनन । उनी आउँदा पाईला भरी साहस, मन्भरी आट अनी आँखामा झरिलो विश्वाश बोकेर आइन।
"दाई आउनु हुने कुरा थाहै भएन । म त घर गएकी थिए । बल्ल अहिले आउँदै छु । ल कती दिन बस्नु हुन्छ? अब एउटा कार्यक्रम हामी आयोजना गर्छौ ।" बहिनिले एकाएक आत्मियता पोखिन ।
"मेरो नि छोटो छुट्टी सबै कुरा गर्न भ्याको छैन। हप्ता दिनको लागि आको । तीन दिन त बिती सक्यो। खोइ!कार्यक्रम गर्न त समय मिल्ला र?"- मैले सङ्का गरे।
"किन नमिल्ने दाई । म सब ठीक गर्छु ।" - बहिनिको आवाजमा विश्वाश थियो । एउटा आगो जस्तो रापिलो जोश छोडेर बैनी बिदा भइन ।
दाई बिहानै एस एल सि परिक्षा निरिक्षण गर्न उभोखोला लागि सक्नु भको थियो। बाबुराम सर पनि बिदा हुनुभए पछी बाबा र म घर हिंड्ने तर्खरमा थियौ । झोलितुम्ली बोक्न होटेलका काइला दाइले एउटा भाई खोजी दिनु भको रहेछ ।
घरको आगनी टेक्दा घामले मेवा खोलाको साघु तरेर सेरा खेतको आधी बाटो उकालो चडदै थियो । घरको चुला चौकामा मनले आमा खोज्यो । आमाको ठाउँ भाउजुले सक्दो आत्मियताले भर्दै जानु भएको रहेछ। आमाले रोपी जानु भएको सुन्तलाको रुखहरु पनि बुढो हुँदै गएछन । भाउजु भन्दै हुनुहुन्थ्यो- "यस्पाली त सुन्तला राम्रो फलेन ।" सबै भन्नु समय त रहेछ नि। कुनै बेला त्यही सुन्तला बोटै थेग्न नसक्ने गरी फल्थ्यो, अब बिस्तारि नफल्ने हुँदै गईराछ र समयको कुनै घडी सुन्तलाको त्यो बोट त्यहा हुने छैन ।
मनमा जता जतै आमाको अभाब खड्किए पनि स्वेच्छा र प्रज्ञा छोरीहरुले मेरो मनलाई सक्दो बहलाई रहे। स्वेच्छा कम बोल्ने भए पनि कान्छी प्रज्ञा त ठट्टा गर्न समेत सिपालु रहिछिन।
भोली पल्ट गाउँ भरिका बाजेबजुहरु,बडाबडिहरु, काकाकाकिहरु, अनी स-साना नानीहरुलाई भेट्ने मौका मिल्यो । समकालिन दौतरीहरु गाउँमा बाँकी रहेनछन । कोही बिहे गरेर माइत गाउँ छोडेछन, कोही जागिर गर्न शहर पसेछन, धेरै चाँही ईलम खोज्दै पर्देश गएछन। गाउँ पहिले जस्तो रमाइलो लागेन मलाई ।
तर गाउँको औधी माया लागेर आयो । कहिले छोडेर नजाउ अनी गाउँमा केही गरु जस्तो पनि लागेर आयो। भोली पल्टको दिन घरमा गन्थन मै बित्यो । केही गाउँले दाजुभाईहरु सँग भलाकुसारी गर्दै अनी घरमा भाउजुले तयार गर्नु भको घर तरुल खाँदै चैत्र महिनाको त्यो अन्तिम दिन तिर हामीले माघे सन्क्रान्तिलाई सम्झियौ ।
भोली पल्ट टिकेट्को चाजो पाजो मिलाउन दाई र म दिक्तेल उक्लियौ । टिकट सेल गर्ने पसल पुग्नु अघी मेरो अतितको मिल्ने साथी दीपेन्द्रको पसल आयो । दीपेन्द्रको ड्याडी मेरो अंकल पसलमा बसी रहनु भको रहेछ । "अंकल नमस्ते! कस्तो छ तपाईंलाई? अनी खोइ त आन्टी ?" मैले धेरै प्रस्न गरे एकाएक। अंकल निधार खुम्चाएर एकाएक भाबुक भन्नु भयो । "आन्टी त यो संसारमा छैन बाबु !"
अनपक्षित अंकलको कुरा सुनेर म छक्क परे । एक प्रकारको गहिरो शोकले मन छोयो । कस्तो अभरो छ यो जीवन? अंकलले बोलेको कुरा झुटो भए हुन्थ्यो भएर आयो तर सत्य तितो थियो । दीपेन्द्र जीवनलाई पछाउदै जापान पुगेको त थाहा थियो तर उस्को जीवनको यो दु:खद दुर्घटना मलाई थाहा थिएन । आन्टिले कती चोटि स्कुल बाट भोकाएर आउँदा खाजा बनाएर खुवाएको, छोरालाई जस्तै माया गरेको खुब याद भयो । सोच्दै नसोचेको त्यो खबर सुनेपछी मन दुखी बन्यो । अंकलले चिया खाएर जाउ भन्नु हुँदै थियो, खाने सब इच्छा मरेर गयो ।
टिकट काउन्टरमा जाँदा उस्तै मन अमिलो भयो । अर्को २ हप्ता दिन सम्मको लागि नियमित उडानको टिकट पाउने कुनै सम्भावना थिएन। । अब के गर्ने होला भनेर एक्छिन त म बिचार सुन्य नै भए। तर जसो तसो २ घण्टा सम्म कुर्दा च्आटर्ड फ्लाइटको टिकेट मिल्ने भयो । दु:खको कुरा उडानको दिन भोली पल्ट थियो । केही अरु दिन बस्ने योजना भए पनि हामी सँग बिकल्प थिएन । यसैले दाजुभाई सल्लाह गरेर बाबा र मेरो लागि भोली पल्ट बिहानको लामिडाँडा काठमान्डौको लागि टिकेट लियौ।
बिमला बहिनी र साथीहरु बसेर साहित्यिक भलाकुसारी गर्न धेरै मन गरे पनि समय अभाबले गर्दा सकिएन। हतार गरेर दाई र म घर झर्यौ । तर झर्दाझर्दै सानैमा पढेको सारदा प्राथमिक स्कुलको प्राङ्गण टेकेर झर्यौ । स्कुलको नयाँ भवन बनेछ तर पुरानो भवन आधी भत्केछ । भत्किएको भवन कै सम्झना फोटो खिचेर हामी हतार घर झर्यौ ।
हामी चाडै फर्कने कुराले भाउजु कती पनि खुशी हुनु भएन।
"यस्तो हतारो थियो त नआएकै बेस-" भाउजुको दुखेको मन बोल्यो।
"म अर्को चोटि अली समय दिने गरी आउछु भाउजु । सानो मन नगर्नु न ल "- मैले सक्दो सम्झाए।
दिक्तेल देखी लामिडाँडाको लागि गाडीको ब्यबस्था भए पनि दिक्तेल सम्म त पुग्नु नै थियो। लामिडाँडाको ९ बजे एयरपोर्ट समयमा पुग्न दिक्तेल बिहान् ४ बजे नै पुग्नु थियो । यस्को लागि घर देखी २ बजे हिंड्नु थियो । बिहानै भाउजुले साइतको लोहोटा मुल्ढोकामा सजाउनु भएको थियो। हामीलाई दिक्तेल सम्म पुग्न अन्तरे काका, उहाकै छोरा दयाराम र दाजु ज्ञान साथै जानु भयो । दिक्तेलमा गाडी चढेर जब मुढेको उकालो लाग्यौ, मिर्मिरे उज्यालो भुइमा बिस्तारै झर्दै गयो ।
दिक्तेल आउँदा हामीलाई अध्यारो रातले घेरेको थियो अहिले दिक्तेल छोड्दै गर्दा उज्यालोले ढाक्दै आईरहेको थियो । समय कै खेल त रहेछ जीवन । धेरै काम भएर पनि अधुरो झै लगिरहेथ्यो मेरो जन्मघरको यात्रा । सम्झे - दोर्पामा मावली गाउँ जानै भ्याईन, कमला मेडमको घर जाने निम्तो पुरा गर्नै सकिन, सरस्वती स्कुलका सरहरु सँग भेट गर्ने मौकै मिलेन , बैंक चोकका कमल दाई सँग गफिने मौकै मिलेन आदी आदी । सोचे- ओ हो यो जीवन अपूर्ण छ , अधुरो छ । गाडी बिस्तारै मौरे तिर हाकिदै थियो । गाडीमा ड्राइभर दाईको रङरसे गीत घन्किरहेको थियो तर म भने मेरो भाउजु पुष्पालाई खुब मन पर्ने गीत सम्झीरहेको थिए । भाउजुले मलाई एक्चोटी गाएर नै यो गीत सुनाउनु भएको थियो -
" जिन्दगी यो फुल फुलको थुङा हुँदैन
उदाउने र अस्ताउनेको तुङ्गो हुँदैन"
गाडी हामीलाई बोकेर लामिडाँडा तिर हुइकिरहेको थियो, हुइकिरहेको थियो गाडी लामिडाँडातिर ......!

Sep 23, 2010

मेरो खाली सिउँदो


केवल गंगा गुरुङ

मेरा आशाका किरणहरु
डुब्न लागेको घाम जस्तै भएछन्
जलिरहेको दियो पनि
निभ्नै लागेछ
कस्तो हुरी आयो प्रिये !
तिम्रो र मेरो माया बीच
तिमी नहुँदाको खाली सिउँदोलाई
सवैले उपेक्षा गरिरहेछन्
तिमी त वादलपारीको देशमा बसेर
मेरो रमिता हेर्दै हौला
मेरो दुर्गती देख्दा तिम्रो मन
अलिकति पनि दुखेन ?
म तिम्रै पखालिएको सिँदुरका डामहरुको
रक्षाको निम्ति भीषण लडार्इ लडिरहेछु
के तिमीलाई आनन्द लाग्यो ?
मेरा रोएका दिनहरु हेर्दा...... ?

आवेग


बिमल गिरी

तिमी सङ्गको मेरो
प्रेमको उर्लदो आबेग
जिन्दगीको मिठो अनुभुती
साझ बिहान
बिभत्स रोइरहेछ
धरमराउदै अगाडि बढिरहेछ
सडकका किनारहरुमा
तोलिन्दो र धुपिका
बुट्टाहरुमा ।

किन रुन्छन
हारेकाहरु भन्थे
अनौठो पिडाले
सिथिल हुँदा
आर्तनाद सङ्ग
बलिन्द्र धारा बगाउदै
रात कति बिते बिते
कालरात्री छाए
अर्थहीन दिशा
सुन्य सापटिमा
किन? रेटिन्छौ
सुनपातीका काल्लाहरुमा ।

तिम्रा गहिराइमा
गर्बाधान गर्नेहरुले
तिमीमा डुबेर
कति बिसाए
ढाक्रे र तोक्मा ?
शक्तिमा उन्मत्त भएर
रुझ्नुको मजामा
पुरा जीबन
हृदयमा पोखिए
दुख्न बाँकी छैन अब
चिथोरिएका
छातीका
रापिला खोल्साहरुमा।

चारपाने झापा
हाल: बेल्जियम, ब्रुस्सेल्स

Sep 11, 2010

अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी


किराती भोगेन एक्ले

तनावमा छु
आजको अस्त
भोलिको उदय
या भनौं बिपना र सपनाको ठीक बिच
उभिएर खुब तनावमा छु

विगतको समीक्षा
आगतको सम्भाबीयताको अध्ययन
वर्तमानको हरेक क्षण
मनले मगजलाई घोची रहन्छ
यथार्थमा आदर्श गल्ने पो हो कि
खसेर भीरबाट सुन्दर कल्पनाहरू
थेचारिएर मन थलिएर
बा कुँजिने हुँ संधैलाई
खुब तनावमा छु

अग्ला घरहरूका चेपचाप
गाडिएका जराजुरी जतनले उखेलेर
छासछुस पारेर रहरका लामा हाँगाबिंगा
सानो आफ्नो आँगन अगाडिको कटेरोमा
संधैलाई बास सार्ने मेसोमा लागेको बखत
सोची रहेको छु
कतै म त्यो काराङकुरुङ त बन्दिनँ
जो संधै अनुकूल तापको खोजिमा
जीवनभर कहाँ कहाँ उडी रहन्छ
पटक पटक साइबेरिया छाडी रहन्छ
पटक पटक फेरि फर्की रहन्छ
अ हो, कल्पनाले नै रिंगटा चल्छ
भोलि त्यो भोगाईको नियति बनिदियो भने !
सोच्दा नै मात्र तनावमा छु
कहिलेदेखि यसरी कहिलेसम्म
मेरो आफ्नै माटोसंग
मलाई हिड्न सिकाउने बाटोसंग
मैले तर्सनु, तर्कनु पर्यो/पर्ने
त्यो माटोमाथि निस्फिक्री फुल्न
त्यो बाटोमाथि निर्धक्क हिड्न
केले, कसले किन रोक्यो, रोकी रहन्छ ?
त्यहैँ छ त
अजम्बरी फुलेको च्याब्जुको चिहान
ऊसले फाँडेको खोरिया
पहरा काटेर ल्याएको कुलो
तितेफापर र घैयाको बीउ पनि अझै
पुरानो मटियामा संचित नै छ त
सयौं मल्ला भेडा-बाख्राको खेवा
उधौली उभौली गर्ने लेख बेंसी
हजारौं चौंरी र भैंसी चर्ने खर्कहरू
पुस्तौं पुस्ता चोक गाडिएको निसानी
ठूलो चप्लेटी ढुंगा
सबै सबै अलगै छ त
के नपुग थियो/छ मलाई
खालि मानव बिक्री मुल्यसंगै
महत्वाकांक्षाको बढोत्तरीले
राजी खुसी बेचिने लतमा फसेर म
बहादुर बनेर
कवाडी मालमा दरिएको त छुइनँ ?
प्रश्न आफैंमाथि बर्सिन्छ कोर्राजस्तो
र चहराउँछ बेस्सरी
थुर्थुर काम्दै मैले बक्नु पर्छ
हो, हो
तर
तर म किन कसरी अम्बली बनें
कुलतमा फसें
कसले फ्याकिरहेको छ
मतिर भाङको लड्डु
कसले उकासी रहेकोछ निरन्तर
त्यो विषाक्त गुलियोमा भुल्न
र आज चेतमा आउनु खोज्दा
उम्कनु खोज्दा कुलतबाट
किन यो तनाव
खुब तनावमा छु ।

बाँडेर मान्छेलाई तासका चक्किहरूमा
जीवन थुतेर मृत्यु फ्याक्नेहरू,
सिधा दिएर घुमाई लिनेहरूको बफदारीमा
घर गोठ छाडेर बेवारिसे
महलहरूको रखवारीमै कपाल पकाउने
अर्को अनि अर्को पुस्ताको उदयमा
गर्व गर्नु नै मेरो धर्म हो ?
गाउँ बस्ति रित्याएर उजाड
सयौंतले भवनहरूको सहर बसाउने
कुल्लीहरूको लगातारको उत्पादनमा
हर्षमान्नु नै मेरो कर्म हो ?
अधिकार छिनेर काखको सन्तानको
गानिएको दुधको पीडा सहँदै
मेमको बेबीको मीठो निदरीको लागि
रुन्चे स्वरमा लोरी गाउँनुदेखि
आधा निद्रा सुतेर
आधा निद्रामा उठेर
चर्पी सोहोर्नु,.....चुलो पोत्नुसम्म
भ्याई नभ्याई नपुगेर
विवश निचोरिन्दै
सितन बनेर गिद्धे दृष्टिको
अस्मिता लुटिएपछि
असन्तुलित मस्तिष्कमा बाँचेर
रित्तिनु नै मेरो जीवन हो ?

यदि यसोहरू होइन भने
कहिलेदेखि यसरी कहिलेसम्म
मेरो आफ्नै माटोसंग
मलाई हिड्न सिकाउने बाटोसंग
मैले तर्सनु, तर्कनु पर्यो/पर्ने
त्यो माटोमाथि निस्फिक्री फुल्न
त्यो बाटोमाथि निर्धक्क हिड्न
केले, कसले किन रोक्यो, रोकी रहन्छ ?
उघारेर आँखा चेतनाले
पन्छाएर रंगीचंगी कागजका छेकाबार
अस्ताएर परदेश
झुल्कन खोज्दा आफ्नै कोठेबारीमा
किन तुवाँलो लाग्छ मनमा
किन सुनौलो देखिन्दैन बिहानी
ऊफ खुब तनाबमा छु ।

Aug 21, 2010

चमेलीको चिठी


दिव्य गिरी

सधैंको जस्तै आज पनि
तिम्री दुःखी चमेलीको सादर प्रणाम
तिम्री विरही चमेलीको सदा सम्झना ।

हिजो-अस्तिका चिठीहरू
आँसुले लेखेथें
विछोडको पीडामा बगेको आँसुले कोरेथें
तर आज यो चिठी
रगतले लेखिरहेछु
हो, रगतले
तिम्रै भाइहरूको रातो रगतले
तिम्रै दाजुहरूको तातो रगतले
तिम्रै आमा-बुबा र
दिदी-बहिनीहरूको आलो रगतले ।

साँच्चै, मेरो प्रिय खसम
यतिवेला यो वर्तमान
रगतको आहालमा चुर्लुम्म डुबेको छ
यतिवेला यी बस्तीहरू
आँसुको झरीमा निथ्रुक्क रूकेका छन् ।

मेरो प्रिय परदेशी खसम,
हिजोआज,
म स्वयम् घाइते बाँचिरहेछु
म स्वयम् पीडाको पहाड अग्लिरहेछु
म स्वयम् आँसुको नदी बगिरहेछु
र, कसरी लेखुँ गाउँघरको खबर
घरहरू बलेको खबर
मनहरू जलेको खबर
रगतको आहाल जमेको खबर
आँसुको भेल बगेको खबर
अलाप-विलाप र रूवाबासिको खबर
गन्ति गर्नै नभ्याउने लाशहरूको खबर
दिनदिनै मलाम जानु परेको खबर
सम्पूर्णमा भन्नुपर्दा सिँगै देशले बरखी बारेको खबर ।

देखेर हजारौं टुहुराहरूको मुहार
देखेर हजारौं विधवाहरूको अनुहार
हरदम यो मन हजारौं टुक्रामा विभक्त हुन्छ
हरदम यो छाती चरचरि चिरिन्छ ।
खासै भन्नुपर्दा यतिबेला
चराहरूको चिरविर गुञ्जने आँगनमा
बन्दुक र बम् पड्किरहेछन्
परेवाका बथान उड्ने आकाशमा
भय र त्रासको मुस्लो उठिरहेछ
अशान्ति र अँध्यारोको आँधी चलिरहेछ
यस्तो परिवेशमा
यो सङ्कटग्रस्त देशमा
मेरो प्यारो खसम् ,
तिम्री चमेली पनि सुरक्षित छैन ।

त्यसैले यसवेला
मभित्र तिमीभन्दा पनि बढी
शान्तिको खाँचो छ
तिम्रो मायाकोभन्दा पनि बढी
शान्तिको भोक छ ।

फूल हुँ म


टंक सम्वाहाम्फे

फूल हुँ म वनको नलाए तिमीले ओइली झर्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नपछ्याउन सक्छौ यी मेरा यात्राहरु
नसझाउन सक्छौ यी मेरा सपनाहरु
अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

नस्विकार्न सक्छौ यी मेरा वाचाहरु
नगाउन सक्छौ यी मेरा गीतहरु
विरानो भए आफ्नो विरानै सम्वन्ध भई दिन्छु
पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु

संगीत - दिनेश सुब्बा
स्वर - सुनिता प्रधान

केही विम्बमा रत्नपार्क


प्रकार अन्तर

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो.........

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच .........
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

यथार्थको धरातलमा रहेर बाँच्ने रहर छ


कल्पना तुम्रोक

साइनोको नाताले नबाधिए पनि
बाधिएको थियौ वाचाहरुको बन्धन्ले

तिमी थियौ
म, थिए
र नै यो संसार थियो
जस्तो लाग्थ्यो ।

ति बन पाखा हरियाली लाग्थ्यो
गगन चुम्बि महल अग्लो थियो ।

समुद्रको छालमा लहर थियो
किनकी तिमी थियौ, र म थिए ।

लाग्थ्यो तिमी नहुदा
यो समुद्रको छालमा
लहर नै छैन
बन पाखा हरीयाली हुने छैन
महल भासीने छ
याहा केहि हुने छैन
किनकी तिमी नहुदा
म, हुने छैन ।

एक्कासी छायो सन्नाटा
चल्यो आधि हुरी
बज्रपात भयो वाचामा
खहरेको बाढीले
फालिए एकातिर बगरमा

मनको वाटोहरुमा
पाइला खोज्दै हिडे
आफैलाई खोज्दै भौतारिए
अव तिमी छैनौ
तर.....अव म छु ।

तितो भएको
ति मिठ्या सपनाहरु भुल्दैछु
वास्तबिक्तासंग
सत्यताको जिवन जिउन सिक्दैछु ।

आहा यहाँ त
हरियाली वन पाखाको
संरक्षण गर्न बाँकिनै रहेछ
महलहरु त अझ
मर्मत गर्नु पर्नेरहेछ
कोशीस गर्दैछु ।

साच्चै आज मैले सच्चा जिन्दगी पाएकोछु
किनकी आज म, यो संसारको अस्तित्व बुझ्दैछु
संसारमा म हुनुको अर्थ खोज्दैछु
त्यसैले आज वन पाखामा हरियाली छ
समुद्रको छालमा लहर छ
गगनचुम्बि महल अग्लो छ ।

किनकी ममा यथार्तको धरातलमा रहेर बाँच्ने रहर छ ।

Jul 27, 2010

गजल


आचार्य प्रभा

अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ?
बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ?

आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ
आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

हिमाल नै,शान हाम्रो,भन्ने कुरा,कँहा गयो ?
बैमनष्य ,पालेर पो,शत्रु बनी,ठड्यौँ किन ?

शान्ति हाम्रो, देशलाई,आवश्यक,हुनुपर्छ
अशान्ती र,अन्यायमा,हामी सबै अड्यौँ किन ?

अनमोल,बस्तु बिर्सी, हामी अन्धो,बनिरह्यौं
बनावटी,मोती टिपी,आँखाभरी,जड्यौँ किन ?

(देशकै गुनासोमा समर्पित गजल )
(रचना -अप्रिल २७ /२०१० )

ओ ! मेरी हिमाली रानी


र्इश्वर चाम्लिङ

ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ यो मनमा
ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा
माया बसे जस्तो छ हामीमा
ओ ! हिमाली रानी
माया बसे जस्तो छ हामीमा ।
सायद तिम्ले माया लायौ होला मलाई
तिम्ले माया लायौ भा'
किन माया लायौ म सुयोगवीर जस्तै मान्छेलाई
अब रुने भयो ति म्रो मन पारीजात भएर
चालै नपाई माया बसेको वा मैले माया लाको'भा
सायद यो ठूलो भुल भयो
म त चाँडै फर्कन्दैछु हिमाली रानी
फर्कनु पर्छ मैले त्यहि परदेशमा
अब रुने भयो यो मन पनि ति म्रो सम्झनामा
अब बग्ने भयो बलिन्द्र धारा आँशु तिम्रो तिर्सनामा
मेरी हिमाली रानी
तिम्ले इशारा गर्‍यौ की ?
मैले प्रेमपत्र लेखे ?
माया बसिसके छ हामीमा
माया कसरि बस्यो
माया किन बस्यो
त्यो त मैले चाल पाईन तर माया पक्का बसेछ हामीमा
नत्र, किन चिसो बतासले मलाई पछ्याइ रहन्छ
र म अनुभूत गर्छु हिमाली चुम्वनको
नत्र, किन म घरि न घरि उत्तर तिर तिमीलाई चिहाँउछु
र प्रेमिला मुस्कान साट्छु तिमीसँग
अझ भनौ,
भुतुक्क हुन्छु र मुस्कुराउँदै हेरिरहन्छु , मस्किरहन्छु
म हरेक चोटी मुस्कुराउँदा
तिमी पनि त मुस्कुराएकी हुन्छ्यौ
म हरेक चोटी मस्किन्दा
तिमी पनि त झन धेरै मस्किराखेकी हुन्छ्यौ
म त तिम्रो मायामा पागल भएको छु
विहानी किरणको बुर्इ चढिआएर चुमिदिउँ तिमीलाई
कि भुँइकुहिरोसँग काँत लाग्दै आएर गम्लङ्ग अङ्गालो हालि दिउँ तिमीलाई
ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ मनमा
तिम्रो झलकहरू नाचिरहन्छ यी आँखाका नानीहरूमा
अब रोएरै बित्ने भए ति पर्देशि दिनहरू
अब झन दुखि हुने भयो यो पर्देशि मन
ओ ! मेरी हिमाली रानी ।

२८ मार्च २०१०

औलाको बहश


स्यानु पाईजा

कयौ औला चोर औलाको नामले मरे
अचेल चोर औलाहरु अदालतमा छन
आफुलाई जबर्जस्ती चोर औला भनेकोमा
उस्को वकिल बहश गर्दै थिए-
परापुर्वकालमा हर्पेको ध्यू निकालेको भरमा
कयौ पुस्ता पछिको औलालाई चोर भन्न पाईन्न
कयौले टिगर पनि यसैले दवाउछन
के तपाई भोलि शिकारी औला भन्नु हुन्छ ?
बिरताको कदर गरेर तक्मा दिनु हुन्छ ?
या अपराधी,ज्यानमार औला भनेर फाँसी दिनु हुन्छ ?
मैले माउस यसैले चलाउछु माउस औला भन्नु हुन्छ ?
बुढी औलासँग मिलेर नाक भित्रको रौ उखेल्छु
के भोली यो औला लाई चिम्टी औला भन्नु हुन्छ ।
टिगर दवाउने औलाले प्रतिवाद गर्यो
टिगर दबाउने काम मेरो हो अरुको अधिकार नखोस्दा राम्रो
प्रतिपक्षले वकिलले बिचैमा रोकेर प्रतिवाद गरे
जसरी चोर औला भन्दा तपाई को औलालाई पीर पर्छ
बुढी औला भन्दा मेरो क्लाईन्टलाई पनि पिर पर्छ
एक्कै गर्भबाट एकै दिन जन्मेका औला किन बुढी ?
फेरी औलाको लिंग हुदैन महोदय
न यो बुढो हो न बुढी न तरुनी
मेरो औलाको आपत्ती छ मोहदय
सबै भन्दा महत्व पुर्णकाम यसैले गर्छ
त्यो हो नागरिकता लिदा लगाउने ल्याप्चे
फेरी गलत अर्थ नलगाउनुस महोदय
ल्याप्चे अनपढहरु लगाउछन
यो औलालाई अनपढ औला नभन्नुस
यो भगवानले बनाएको युनिक औला हो
सन्सारमा फरक छ भने त्यो फरक यहि औला चक्रमा छ
फेरी अरु औला को आपत्ती आयो
हाम्रो औला पनि छोडाएको आलु जस्तो छैन महोदय
हामी पनि युनिक रेखा लिएर जन्मिएका छौ
अब ल्याप्चे लाउने बेलामा हामीलाई पनि स्थान दिनु पर्छ
थुप्रै बर्षको बहश पछि पनि कुन औलालाई के भन्ने
अदालतलाई निर्णय गर्नु मुस्किल छ रे
औलाहरु लाई आफुलाई मन पर्ने नाम आदालतलाई बुझाउनु भनियो।
तर कुनै औलाले पनि आफ्नो नाम यो हुनु पर्ने मस्यौदा बुझाएका छैनन्
तिन औला मिलेर चम्मच उठाउछन र चाउमिन खान्छन
पाँच औला मिलेर हुस्कीको ग्लास उचालेर पिऊछन
मुडक्डी कसेर नाक ओडारा-ओडार गर्छन
बर्षौ देखि अदालत मा छन नामको लागी
बहश र आपत्ती गर्दछन
चोर औलाको बहश
नेपालको राजनिति जस्तै गन्जागोलमा छ
जान्नेहरु औलालाई जस्तै जनतालाई जातको लागी लड्न उक्साउछन
औलाहरुलाई अदालतमा लडाए जस्तै
जनतालाई हरेक गल्लीमा राजनितकले लडाउदैछ
कहिले अन्त होला यो अन्तहीन बहश

पात्लेखेत-७, म्याग्दी

अचम्मको सम्सार


दीपेन गर्बुजा

प्राकृतिक स्रोतले भरिपूर्ण
हाम्रो नेपाल
सरकार गरीब जनता धनी
कस्तो अचम्मको सम्सार ?
मेची देखी महाकाली सम्म
फैलिएका जनताहरु
सरकारी राहतको आशामा छन
सरकार भने पहाडमा
जुकाले टोके झै भएका छन्
उच्च शिर हाम्रो सगरमाथा छ
बिकास भने हात्तिको हिदाईमा छ
जल-श्रोतको धनी देश हाम्रो नेपाल
सरकार गरीब जनता धनी
कस्तो अचम्मको सम्सार ?
नया युवा-युवतीहरुलाई
बिदेसी मोहको वातवरण
सृजना नगरिदेउ
आफ्नै जन्म-भुमीमा
रोजगारको व्याबस्था गरिदेउ
रोजगारको लागि बिदेसिनु पर्ने
सरकार गरीब जनता धनी
कस्तो अचम्मको सम्सार ?

आज तिमीलाई सम्झीएर


केवल गंगा गुरुङ्ग

आज तिमीलाई सम्झीएर फुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो

एक थुगाँ भए पनि मेरै लागी फुली देउ
प्रेममय रसहरु फुल भरी भरी देउ
फुल तिमी तिम्रै रसमा भुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो

सुन्दर सिर्जनाको एउटा थुगाँ तिमी हौ
माया विश्वास छ र त आज हामी छौ
तिम्रो जिवन सागरमा डुब्न मन लाग्यो
तिम्रो प्रेमको लहारामा झुल्न मन लाग्यो

Jun 29, 2010

लिम्वूवानको खातिर


टंक सम्वाहाम्फे

सेवारो आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ
हिउदको ठिही र वर्षाको झरीबादल सहेर
कति मेलापातमा मात्र सिमीत रहने
धनको लोभ र लालचमा फसेर
कति परदेशी मात्रै भैरहने
अव त हामीले आफ्नै लिम्वूवानको जोहो गर्नुपर्छ
र लिम्वूवानको सुनौलो भविष्यलाई खोज्नु पर्छ

आदाङवे
अव हामीले यो देशमा
आत्मानिर्णयको अधिकार खोज्नु पर्छ
हरेक तह र ताप्कामा
हाम्रो सहभागीतालाई अनिवार्य वनाउनु पर्छ
हक र अधिकारको लागि एकाधिकार चिरेर
हामी अगाडी अगाडी वढ्नु पर्छ
लिम्वूवानको लागि
हामी सवै लिम्वूहरु लड्न तयार हुनु पर्छ
किनभने हामीले
जाति भाषा र संस्कृतिको संरक्षण गर्नु छ
समग्र लिम्वू र लिम्वूवानको उत्थान गर्नु छ
त्यसैले आदाङवे
यसवेला हामीले
लिम्वू र लिम्वूवानको लागि
केहि सोचेनौ भने
लिम्वूवान राज्यको लागि
लागि परेनौ भने
मात्र इतिहास वन्नेछौ
जो हिजो लेखिएको थियो त्यस्तै
अव साच्चै लिम्वू भएर जाग्नु पर्छ
लिम्वूवानको खातिर

आदाङवे
हतारमा पो हुनुहुन्छ कि ?
वेफुर्सदी नै भए पनि
आउनुहोस्
किनभने अहिले देशलाई
पुन : निर्माण गर्ने वेला भएको छ
लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ

Jun 27, 2010

गजल


सूर्यविक्रम याक्खा

अब मेरो देशमा वुद्व चाहियो
पात्तीले चोखो पार्ने शुद्व चाहियो ।

देशको विकाश रोजगार दिने ,
एउटा शमशेर जुद्व चाहियो ।

अब मेरो देशमा वुद्व चाहियो .........
कुर्सी ताक्ने ,खुट्टा तान्ने प्रथा रहे ,

फेरी दशवर्षे जनयुद्व चाहियो ।
अब मेरो देशमा वुद्व चाहियो
पात्तीले चोखो पार्ने शुद्व चाहियो ।

मिति - २०१० / ०६ / २२

समायका अनेक कथा


स्यानु पाईजा

मान भन्ज्याङबाट ओरालो वाटो
गन्तब्यको क्षितिज धमिलो देखिन्थ्यो
तोक्माले अडाएका भारिहरु भित्र
खोई के छन के थाहा ?
उ त भरिया न हो
निस्तो सपनालाई रंगिन आकार
बजार पसेको बेला रंगिन मेला
हिजो मैले भन्ने गर्दथे
म मेरो कुरा सनेर कान्छी फुपु
यो केटाले गरि खान्न भन्नु हुथ्यो
लाहुरेले गाउँ बन्ने भए
मेरो गाउँमा पुरै एक गोर्खा पल्टन छ
गाउँ बन्नु पर्ने नि ?
किन गाउँ झन रित्तो छ ?
पैसाले गाउँ,देश बन्ने भए
हरेक दिन कति पैसा नेपाल भित्रिन्छ
यस्तो गाँउ के हरेर बस्नु
पैसा बोकेर गाँउनै बसाई सर्दछ
यहि बसौ भन्दा...............
स्वास्नी छोरा-छोरीले दु:ख पाउछ भन्थिन
क्रान्ती गर्नु भन्दा गाह्रो हुन्छ
आफु भित्रको शान्ती चिन्नु
शान्ती कहाँ ? छ ?
अचेल उनिलाई
एक किलो आलुको भाउले तर्साउछ
चार मुन्टो रायोले रायो बारी सम्झाउछ
महिनै पछि खस्ने बम
घरको किराया र स्कुलको फि ले सताउछ
केटाकेटी के सिक्दैछन चिन्ताले सताउछ
म कान्छी फुपुले भने जस्तै गरि खान थालेको छु

पात्लेखेत-७, म्याग्दी

Jun 22, 2010

राजनीतिमा जे देखियो


लिलिमहाङ

छतिस सालमा पाकिस्थानमा जुल्फिकरअलि भुट्टोलाई
के झुण्ड्याईएको थियो फाँसीको लट्खरामा
बस् नेपालमा आयो राजनीतिको धमिलो भेल
जालहारीहरु लागिहाले खेल्न माछामार्ने खेल
त्यसैबेला आफुपनि सत्रवर्षे नौजवान
किन मान्थ्यो र चुपचाप बस्न त्यो मन
माछाखाने सपनामा जालहारीहरुको पछिलागियो
राजाको देशमा त्यसो गर्नुहुन्न भनि सम्झाउने
बा-आमाका अर्तिउपदेश नसुनि भेलतिरै भागियो

घोटाएर सिद्धान्त पिलाउने कामरेडहरु भन्थे
हाम्रो भविष्यमा सपनाको सून्दर संसार छ
तर लड्नुपर्ने लडाईहरु अपार छ
जित्नकालागि माकस्रवाद र लेनीनवादको
हामीसँग शक्तिशाली हतियार छ

त्यसैले लड जीवन संघर्ष हो
संघर्ष नै जीवन हो
बोलका संगित र गीतहरु गुञ्जिएका
अझै अभिलेख रहेछन मानसपटलमा कतै जस्तो
भईरहेको पाउँछु अतितलाई सम्झँदा

बिस्तारै वाढी सङिलंदै गएपिछ
पुरानै जालीले नै नदीहरु कब्जा गर्दै गयो
माछामार्न धेरै कष्टगर्न रुचि नगर्नेहरु
उसैको पछिलागेर साझेदारी खोज्न थाले
थोरैमात्र भागमा चित्त बुझाउनेहरु
त्यहि कित्तामा धमाधम लागिहाले
ठूलोभाग खोजेर अर्घेल्याईं गर्नेहरु
कोहि विदेश भागे कोहि जेल लागे
घोटाईएको सिद्धान्तको राग अलाप्ने
म जस्ता बबुराहरु मान्छेको कुहिरोभित्रै
वर्षौं वर्ष त्यतै निस्सायियौं

ढाई दशकपछि आएको ठूलो बाढीमा
गणतन्त्रको ह्वेल भन्थे मनुवाहरु
ठूल्ठूलो स्वरमा कराईरहेछन जालहारीहरु
कोहि भन्छन् यसलाई तैर् याउने नाउ मसँग मात्र छ
कोहि भन्छन् टाउको दक्षिण फर्केकोले
यसमा मेरो सर्वश्व अधिकार लाग्छ
तर फेरिपनि मान्छेहरु पुच्छर मात्र देखापरेको
चर्चा परिचर्चा गर्दै गरेको सुनिन्छ
थाहा छैन टाउको कसले बेस्कन अठ्याएको छ

धेरै भयो पूर्वका रैथानेहरुले तितेमाछामा अधिकार गुमाएको
सङ्लिएको कावेलीमा असलाको शिकार गर्नेहरु
भदौरे बाढीमा तितेमाछालाई जालो थाप्ने
तर आज उनीहरुको तमसुक बेपत्ता भएको छ
खोजिमा निस्किएका जत्थाहरुलाई
उनीहरुकै नाईके भनाउंदाहरुले
अलमलाएर दिग्भ्रमित पारिरहेका छन्
इतिहासको विरासतबाट जित्ने युद्धहरु
भडुवाहरुको कारणले हारिरहेका छन्

पहिचान र अधिकारको पुलबाट
तर्नुपर्ने जाँघर निकै नै ठूलो थियो
समुहमा मिलेर लस्करै नछुट्टिने यात्रा गर्नुथ्यो
तर भेडाबथान धपाउने गोठाला जस्ता चित्त भएकाहरु
अगुवाभई पङ्तीमा उभिदिनाले
छिचोल्न गाह्रो भैरहेको छ जाँघरहरु
किनभने तीनिहरु स्वार्थै स्वार्थको पासो थापेर
मनगढन्ते शिराबाट यात्रालाई चिरा पार्दै छन्
अभ्रक भैनसकेको मुक्तिको मियोलाई किरा पार्दैछन्

पहिचान र मानवसँस्कृतिरहित सिद्धान्त रटेर
रोटीको लागि गर्दै गरेकॊ राजनीति त्यागेर
धेरै सुन्दर अवसरहरुबाट टाढा भागेर
पुर्खौली विरासत र माटो खोज्न पाईला टेक्दा
समाईरहेको राजनीतिमा अहिले जे देखियो
भविष्यका सपना बुन्ने अशाका त्यान्द्रोहरु
नछिनुन भनेर आज कविता लेखियो
सेवारो !

Jun 21, 2010

यस्तै छ साथी...


भानेन्द्रकुमार सम्बाहाङ्फे

यस्तै छ साथी, यहाँको हाल, बेहालै बेहाल् छ ।
क्यै भयो भने, भैहाल्छ बन्द, नेपाल जल्दैछ ।

बिहान निस्की, फर्कन घर, साह्रै नै गाह्रो छ
बँचेर हिँड्न, यहाँ त साथी, साँच्चै नै साह्रो छ
गएकी छोरी, पाठ्शाला पढ्न, फर्किन्छे फर्किन्न ?
बिग्रियो साथी, देशको हाल, भयको राज छ ।

मारिन्छन् मान्छे, सजिलै यहाँ, लुटिन्छन् सम्साँझै
बेपता पार्नु, मानिस यहाँ, भा'को छ पेशा झैं
सेवक् हौँ भन्ने, रक्षकहरु, मस्तिमा बाँच्दैछन्
त्यसैले साथी, नेपाली हामी, भा'छौं है टु'रा झैं ।

Jun 16, 2010

तिमी रिसाउनुको अर्थ


सरोज पङ्हाङ्गो

होला
मैले केही भने
अर्थात
-
झोक्किएर
तिम्रो स्वप्निल संसारमा
लात बजारे ।
फलत :
तिमी रिसायौ
र सर्तबाट
अलग्गियौ ।

अलग्गिनुको
'अर्थ'
अर्को बाटो रोज्नु
अर्थात फेरी एउटा
शक्तिको स्रीजना गर्नु
यही न हो
-
तिम्रो र मेरो बर्तमान
र बर्तमानभित्रको
खोक्रो आदर्श ।
धेर थोर
तल - माथि
म र हामी बिचको कुरा
हिजो हामी थियौ
आज म र मेरो
भएका छौ !
अब त -
स्वतन्त्रता छ तिमीलाई
आफु खुशी चल्न सक्छौ
उडाउ
'हिट्लर' को 'यान'
हामी हेरौं ;

सक्दैनौ
मेरो प्रिय मित्र !
बिदुवा आमाइको स्वप्ना जस्तो
स्वर्निम सुहागरात -
बिना बित्थामा
अर्को स्वप्ना
बिलखबन्द हुनसक्छ
बिच बाटोमै -
फ्यात्त ......

त्यसैले
तिमी जित्दैनौ
र म पनि -
अब आउँदा युद्दहरु
हिजो जस्तो
सजिलै !
नकि -
तिमी रिसाउनुको अर्थ
-
यहाँ अर्को पर्तिस्पर्दा जन्मिनु हो
आक्रमण बड्नु र ...
एउटा ब्रिहत शक्ती टुक्रिनु हो
त्यसैले आउ !

मित्र- 'बरु तयार होउ'
अर्को परजय भोग्न -
अस्ति झैं
चुप्चाप ......

गजल


दिव्य गिरी

कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे
संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे ।

बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि
मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे ।

स्वार्थी यो दुनियाँमा स्वार्थरहीत कोही छैन
मत्लव खातिर कोढीको पाउ मल्छ मान्छे ।

अवसर अवसरमा फाइदा लिन पल्केपछि
समय-समयमा आफ्नो रुप बदल्छ मान्छे ।

वैरी खोज्न टाढा जानु पर्दोरहेनछ मित्र !
आफन्तको छातीमा नै मुगी दल्छ मान्छे ।

कसैलाई गन्दैन, आफ्नो-आर्को कोहि भन्दैन
शक्तिको घमण्डले काँढा भएर फुल्छ मान्छे ।

धन, बल र शक्तिको तुजुक जब सकिन्छ
अनि पो चैतको आँधीमा रुखझैँ ढल्छ मान्छे ।

सेडा, त्रि.वि.वि., कीर्तिपुर

घाइते सिपाही


अप्जसे कान्छा

अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन
बाँकी जीवन भर्ने बुट्‍टा छैन
देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा
खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन

संसार हेर्ने तिम्रो दृष्टि छैन
फेरि पैला जस्तो हुने सृष्टि छैन
देशको आँखा जोगाउन लडेथ्यौ तिमी
आँखा हुनेहरुले तिमीलार्इ हेर्ने हो कि होइन

युद्धमा छुटेको अंग,आशा फर्किएको छैन
बहादुरीको तक्मा चर्कीएको छैन
देशको लागि लड्‍दा घाइते भयौ तिमी
तिम्रो तक्माले बाँकी सास चल्ने हो कि होइन
ब्रेकन,वेल्स

गजल


बिष्णुनन्द चाम्लिंग

नेताहरु साह्रै भुक्छन्
एकलेअर्कोलाई थुक्छन्

संविधानको स नजान्ने
सभासद भई पुग्छन्

राजनीतिको बारे सोधे
प्रतिगामी भन्दै फुक्छन्

ढुकुटीमा आँखा गाडि
मौका छोपि सारा लुट्छन्

जनताले गुहार माग्दा
कानमा तेल हाली सुत्छन्

चुनाउ शुरु भए नेता
जनता सामू फेरि झुक्छन्

http://bishnunandacham.blogspot.com/
१७ एप्रील ०१०

बिष्णु नन्द चाम्लिंग
इन्द्रेणिपोखरि ३ खोटांग
हाल - हंगकंग
८५२-६३४०७०१४

Jun 2, 2010

अमर लिम्बुवान


नगेन्द्र ईङनाम "आठराईली"

शीरमा छ उच्च फक्ताङ्लुङ
फैलिएका छन स्वतन्त्र सबै थूम
हिमाल,पहाड र तराईको संगमस्थल
थरीथरी आवाज एकसाथ गुञ्जन्छन
परीपरीका ताल यहाँ संगै बज्दछन
अनेकतामा एकताको प्रतीक हो
सबैको साझा लिम्बुवान
अमर ! अमर ! अमर ! रहोस
हाम्रो लिम्बुवान ! ! !

May 19, 2010

फेरि पनि एकलब्बेको औंला काटियो भने !

लिलिमहाङ (२०५१)

मैले सुनेको महाभारतको कथामा
धनुवाँणका एउटा बहादुर
जसको एउटै व्यथा थियो
उसलाई जातीय कारणबाट
धनुवाँणको शिक्षा लिन गुरुबाट अस्वीकार गरियो

जुन कथामा अर्जुन जस्तो
महावीरको पनि उपस्थिति थियो
एकलब्बेले आफ्नै परिश्रमले
अर्जुनकै गुरुको मूर्ति बनाएर
धेरै धेरै अभ्यास गर्दै स्वयम् शिक्षा लियो
अन्तमा अर्जुनलाई पनि धनुविद्यामा जितिदियो

गुरुलाई असाध्येय असहृय भयो
किनभने एकलब्बे अर्कै जाति थियो
निपुणतामा अर्जुनभन्दा माथि चढ्यो
क्षेत्रीय गौरवता तल झर्‍यो
राजवंशमा ठूलो चोट पर्‍यो

धनुवाँणको चमत्कारी खेलमा अर्जुनको हार भयो
गुरुदक्षिणा भनेर दोर्णाचार्यले
एकलब्बेको बुढिऔंठा नै काटेर लियो
उनले पनि चुपचाप नै काट्न दियो
के थाहा त्यो निमुखा एकल्ब्बेलाई
त्यो त दोर्णाचार्यको एउटा षड्यन्त्र थियो

पाखण्डको महाभारत सुनेपछि
मेरो मुटु धनुवाँण भएको छ
सोझैमात्र सोच्ने मेरा दिमागहरु काँण बनेको छ
सेलाईसकेका घाउहरु फेरि बल्भिmएको छ
इतिहासको त्यान्द्रो धागोबाट
दुराचारीहरु जलाउने आगो सल्किएको छ

त्यसैले खबरदार छ मेरो तीनिहरुलाई
किनभने मेरा नशानदीहरुमा
एकलब्बे सल्वलाउन थालेको छ
अब उनी चेतनाको धनुवाँण लिएर
यहिभूमिमा जन्म लिने छन्
अब उनले धनुवाँणको शिक्षा लिन
हस्तेनापुर जानु पर्ने छैन
उनको गुरु उनको नै कुलको हुनेछ
फेरि पनि उनको औंला काटियो भने
पाखण्डि दोर्णाचार्य निर्दोष सावित भएर बाँच्ने छैनन् ।

May 14, 2010

पाँच मुक्तक


दिव्य गिरी

एक
फूलले चारैतिर सुवास बहाएजस्तै
बैँसालुको शिरमा गुराँस सुहाएजस्तै
कति सुकिलो र मोहक देखिएकी तिमी
भर्खरै हिमालले बर्षात्मा नुहाएजस्तै ।

दुर्इ
सिम्सिमे बर्षाले तिम्रो देह धोएर गयो
सिर्सिरे बतासले तिम्रो केश छोएर गयो
फूलका थुँगाथुँगामा खोजेकै हो उसले
तिमीलाई नपाउँदा वसन्त रोएर गयो ।

तीन
सौन्दर्यपूर्ण ति म्रो त्यो यौवन लहलह छ
मुस्कानमा जादु छ, अधरमा मह छ
मडारिइरहेछ मायाको आँधी म भित्रभित्रै
सम्हाल, झारिदेला ति म्रो फूलजस्तो देह छ ।

चार
घाइते भएको छु तिम्रो नजरको तीरले
सुक्दै गएको छु तिम्रो पिरतीको पीरले
छट्पटाएको छु पाखामा परेको माछा सरि
घोच्नु पर्दैन अब मलाई तातो झीरले ।

पाँच
हिँड्दा हिँड्दै अनायास नयन हाम्रो ठोकियो
लाग्यो, रातमा उदाउने जून दिनमै देखियो
किन हुन्छ यस्तो उकुस्मुकुस् छाती भित्रभित्रै
कि यतिबेला बहँदा बहँदैको पवन पनि रोकियो ।

वुढीआमा

सूर्यविक्रम याक्खा

युद्घमा शान्त्तिका नासोहरु
खोज्दै छिन् ,
क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र
हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी
वटुल्दै छिन् ।
चाउरीका अनुहारले टुलुक हेर्दै ,
आशुको तरेलीमा ,
सुस्केरा हाल्छिन् , ऊ खुर्इ
कपाल सेतै फुलेकी
कुप्रोपरि लौरोको साहाराले
ताते-ताते चालमा लम्किन्छिन ।
मन वहृकाएर
एक्लै फत्फताउदै
निरिह यात्रामा
गन्तव्य विहिन
फड्को मार्दै ,
नदेखिएका पासोहरु संग
खोई:शान्त्तिका नासोहरु
चिच्याईन चित्कार आवाजमा
आँखा राता-राता पारिन्
शरिरका रौहरु ठाडा-ठाडा पारिन् ,
जिङ्गग्रिङ्ग कपाल संगै जूरुक उठिन्
रिसले रन्थनिदै ,
छात्ती ठोकिन् ,
वुढीआमा ,……..!!

मोरङ्ग

Apr 21, 2010

प्रफुल्ल पुरूष


देवु सुदामा

माथी
देउरालीको
मुल पिउनुछ
वा-आमाले
धेरै
कर गरे पनि
यसै एकसरो
जीउनुछ
कल कले
जीवनको
छेउमारी दाउंदै
तीनखपनका
हाटमेलामा
शीरको ढाका
चोमोलुङ्मा
ढल्काउनुछ
तुफान
वैंशको भलवाडी
पकन्दीसंग
कुर्लनुछ
नुनाको पौरख
गलाको मफलर
फन्को मारेर
मनहरू
सोमितहरुको
सम्झनामा
त्यसै
भुसुक्क
भुल्नुछ
फेरी हाटमा
चारान
पालाम भनेर
चेसुङ् सोमितहरूकै
चाम्रे वुकाउनुछ
रहर
सिरिपङ्घेको
उधारै भए पनि
ताना तान्नुछ
नभए
नेत्तिफुङ्वा
अधुरो हुन्छ
उता
साहेब्नीहरूको गाउँमा
गाउनुछ
सरल गीत
जीवनको
सरलैमा..सर..
अनि
थक् थाम् थाम्
थक् थाम् थाम्
रौद्र रुप
जीवनको
नाम्दाते झार्नुछ
खै
माथी
देश वनाउनेहरू
हाम्रो चतुरेमा
कौडा हान्दैछन् कि
पीङ्को पिरा
खोसाखोस गर्दैछन्
थाहा छैन
जाने वेलामा
सहिदहरूले
के भनेर
गएका थिए
प्रफुल्ल पुरूष

Apr 8, 2010

पारि गाउँको निष्ठुरी


केवल गंगा गुरुङ

वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्‍यो यो मुटु माझ ।

उनको घरको टल्किएको टिनको छानोदेखि
उनको तिर्सना मेट्ने मेरो चाहना
उनको घर छेउको पाखुरीको बोट हेरी
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।

यो बर्खा सुरु भएपछि कति पीर
मेरो मनमा
उडी आउने वादलदेखि कति कति
डर मेरो मनमा
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा
त्यो पारी गाउँको निष्ठुरीलाई ।

आजभोलि त आली खन्न पनि आउँदैन
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?

गजल


इप्सुल मगर

जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?

भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?

आफ्नै रगतमा संगीन रोपे तर पाइन मैले सुख
सामन्तीको भाषा सवै बुझ्न नसकेर हो की ?

राम्रो निद्रा पनि रातमा ला’कै छैन मलाई
प्रगतिशिलहरुको खुट्टा तान्न नपाएर हो की ?

जीवन तेरो बेकार भयो भन्छन् साथी संगीनी
शायद उनीहरु जस्तै मस्तिमा लाइन नपाएर हो की ?

स्वतन्त्रताको लागि आवाजहरु


टंक सम्वाहाम्फे

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
वस्ति वस्ति ,गाउँ गाउँ
गाउवस्तिवाट शहरतिर
वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु
जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर
गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि
घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि
उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि
तर आवाजहरुको स्वतन्त्र वेग लिएर
शहर पस्ने प्रतिनिधी आवाज
सपनाको मोहमा फसेर
भूलिदिन्छ गाउवस्तिका सुकोमल आवाजहरु
अनि ज्यु र हजुरीयामा
शीर निहुर्याउछ भुस्याहा कुकुरले पूच्छर तल पारे झैं
नयाँ ठाउको मादकताले गन्तव्य विर्सेर
भौतारीन्छ वटुवाले वाटो भुले झैं
र रमिते वन्छ
शहरको कुनै उद्यानमा गाडिएको निर्जीव मुर्ति झैं
यस्तै छ यहाँ भूतकालवाट वग्दै आएको
वर्तमान इतिहास
अव इतिहास कसरी भविष्यमा लेखिनेछ त्यो थाहा छैन
तर एक पेट र एक जीन्दगीको लागि
जीउदै मर्ने मान्छेहरुलार्इ
इतिहास भन्दा भोकोपेटको महत्व धेरै हुन्छ
आवाजहरु यसरी नै आवाजवाट हराउदै गए पछि
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु

हरदम यसरी नै इमान्दार आवाजहरुको विश्वास लुट्दै
भन्छन् गाउवाट शहर पस्नेहरु
अव इतिहास आवाजहरुको हातले आवाजहरु कै लेखिने छ
तर इतिहासको लेखनी सुरुआत हुदा
युध्दका सामग्रीहरु थोपरीन्छन् हाम्रा हातहरुमा
या भोक , शोक र रोगहरु
कल्पना गर्नुहोस आफै
कसरी लेख्न सक्छ यी हातहरुले साचो इतिहास ?
वाच्नुको लडाइमा समस्याले धावा वोलिसहेको वेला
इतिहास समाधान वन्दैन त्यसवेला
अलिकति सपनाको चारो छरीदिएर
अलिकति इतिहासको चर्चा गरीदिएर
त्यसको अभिमानमा
व्यर्थै फस्दै आएकाछौ युगौ देखि प्रलोभनमा
जस्ले फुकाएका छौ विस्तारै कस्सिएका मुठ्ठीहरु
र भुल्दै गएका छौ दृढ संकल्पहरु
लगाम विनाको समय घोडा हाकेर
शहर पसेका घोडचढीहरु
एकाएक भीडहरुमा विलाए पछि
फसेका छौ त्यसै त्यसै अन्योलको भुमरीमा
दिशाविहीन वनेकाछन् गतिशील हाम्रा लक्ष्यहरु
त्यसैले आफ्नो भाग्यको फैसला आफै गर्न
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु

Mar 29, 2010

तिम्रै सम्झना


कल्पना तुम्रोक

तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

फक्रनु अनि फल्नु जिवन रे
के भमरा बिना फुलको अस्तित्व हुदैन र ?
किन यो मनहरु लाग्छन रित्तो रित्तो
तर कहि कतै कसैको आवागमनको पुर्वाभास जस्तो
अनि फेरि उही बियोगको कोशेली जस्तो ।

तिमी आउछौ भन्ने आशमा
मनको ढोका खुल्लै छोड्न सकिन
एक्लिएको यो रित्तो घरलाई
छोडेर हिड्न पनि सकिन ।

छल्किएको नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

भो मलम नलगाउ घाउहरुमा
झनै पोल्छन भतभती
चर्किन्छन चरचरी
बाँच्न देउ मलाई
मेरो आफ्नै जिवन
थकित भएको यो मेरो तन ।

कोहि आउला भन्ने आशमा
दोबाटोमा कुरिन
बैरागी भइ खरानी नी घस्न सकिन
आँखाहरु टोलाइ रहे परार्इहरु आफ्ना भएन
दिल खोलेर मनको कुरा
भन्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

आमाको चित्कार


अविचन्द्र र्इङनाम

कहालिएर चिच्याउदै रोइ रहेछिन आमा
भन्छीन आउबचाउ मेरो अश्मितालाई
बिभिन्न रङ्ग र रुपका भए ता पनि
मेरा सन्तती नै हौ तिमीहरु सबै
भबिश्य तिमीहरुकै लागी हो - २

ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले
काटन लागे ति मेरा हिडने खुट्टाहरु अनि
दुश्मनहर संग लडने ति मेरा हातहरु
मलाई फाल्न खोजि रहेछन यो धर्तिमा
केवल मेरो धुकधुकी मात्र राखेर यहा- २

जन्मिए म बाट धेरै सन्ततीहरु यहा
तर तिनै भए मेरा बैरि आज यहा,
नभएका होइनन सपुतहरु यहा, तर
लिए हुर्मत तिनीहरुको यिनै लाछीहरुले
बनाए क्षत बिक्षत अनि शक्ति हिन - २

बिश्वास नास्तिकहरुले गरुन वा नगरुन
नून पानीको कसमलाई बेवास्ता गर्दा
एकतिसेको बेहाल भएको छिपेको छैन
अब एकाईसेहरुले पनि बुझेनन भने
समय आउनेछ लिएर मेरो करामत - २

हुन नदेउ बाघको छालामा स्यालको रजाई
संघर्ष गर एकथोपा रगत रहे सम्म यहा
यदि मेरो सपुत हौ भने तिमीहरु सबै
एकजुट भएर अघी बढ हात मिलाएर
म सक्ति बनि आईरनेछु पछि पछि - २

मेरो ऐतिहासिक अस्तित्वलाइ बचाएर
तिमीहरुको भविश्यको निर्माण गर यहा
यहिछ मेरो चित्कार तिमीहरु सबलाई
बुझिदेउ यो लिम्बुवान आमाको चित्कार
सुनिदेउ कान खोलेर यो आमाको चित्कार - २
यो आमाको चित्कार ।

मुजोत्लुङ हाङबाट

Mar 18, 2010

सस्तो शहिद

प्रकाश श्रेष्ठ ‘प्रीयतमा’

के हो शहिद, को कसरी बन्छ शहिद
सोध्ने हो भने थाहा छैन होला
जसले सडकमा टायर बालेर चक्काजाम गर्छ
जसले शहिद घाषणाको माग गर्दछ,
जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ
जसले क्षतिपूर्तिको माग गर्दै
विकास निर्माणमा अवरोध सिर्जना गर्छ

तिनलाई के थाहा
चक्का जाम गर्न पाएपछि,
बन्द आहृवान गर्न पाएपछि,
शहिद घोषणको माग गर्न पाएपछि,
सरकारबाट १० लाख क्षतिपर्ति पाएपछि,

विचरा मर्ने मर्‍यो, मर्नेलाई के थाहा
आफनो नाममा यत्रो विधम्सा मच्चाएको
राष्टषको ढुकुटीबाट रकम असलेको
मर्नेको बहानामा सारालाई बिचमै बिचल्ली पारेको
बाच्ने र बचाउने आशमा दौडिएकालाई अलपत्र पारेको
के शान्ति पाउला तिनको आत्माले
के तिनले बुझेको होला शहिदको अपमान भएको ।

बाटो काट्न लाग्दा दर्घटनामा मरेपनि
आफनो अस्तित्व रक्षा गर्दा बलत्कारी मरेपनि
हाडी गाउमा जात्रा हेर्न जादा भिरबाट लडी मरेपनि
व्यक्तिगत रिस र्इष्याले हत्या भएपनि
आखिर सडकमा टायर त बलेकै छ
चोकचोकमा नारा जुलस त निस्केकै छ
शहिदको माग भएकै छ

राष्टष निर्माणमा जिवन वलिदान गर्ने पनि शहिद
बसबाट खसेर मर्ने पनि शहिद
छतमा बसेर आन्दोलन हेर्ने पनि शहिद
हुदा हदै हेर त गुन्डागर्दी गर्ने पनि हुने भए शहिद

यदि जो जहा जसरी जहिले मर्दा मार्दा पनि हुने भए शहिद
किन मनाउनु पर्‍यो शहिदको नाममा एक दिनका दिवस
किन शोक सभा र श्रद्धाञ्जली गर्न पर्‍यो
आखिर सबै वन्ने भएपछि सस्तो शहिद

Mar 12, 2010

थु..इक्क


देवु सुदामा

सपनाको एक क्षण
..........र हामीहरु
उकाली चढ्दै गयौं
हाम्रा पाइलाहरु
हल्का र आतुर थिए
हाम्रो म्यराथुनमा
शुभेचछुकहरु
विजय स्वागतको तुल टाँग्दै
पुष्पवृष्टिको
गरम तयारी गरिरहेका थिए ।
हामी आधार शिविर नाघेर
लगातार बढ्दै गयौं
हाम्रो जोश
तारिफ योग्य थियो
झाडीहरु फाँड्दै
मसिना गोरेटाहरुलाई
चौडायुक्त बनाउँदै लग्यौं
डांडाको जुन प्रकाशमय थियो
प्रकृति अनुकुल थियो ।
एक क्षण अनायस
एउटा
निक्कै पुरानो संचार सेटबाट
अस्पष्ट धोत्रेस्वर सुनियो
ओभर् रोमियो चार्ली
ओभर्.. रोमियो..ओभर
र..लगतै
गन्तव्यको जूनमा
अचानक ग्रहण लाग्यो
हामी करायौं
छोड..,छोड...,.....,
जूनमा कालो धव्बा पोतिन्दै गयो
जूनलाई बाँधेर
होस्टे हैंसे..
होस्ट..हैंसे
वेस्सरी तान्यौं हामीले
डोरी झ्वाट्ट चुंडियो
म झल्याँस्स व्यूझिएँ
थु..इक्क
विपनाको त्यो क्षण
केहि समयअघि
भयावह भीरबाट
संगै लडिमरेका
गोठालो र गाईको
गन्धे सिनो पो
तान्दै रहेछौं।

Mar 8, 2010

बगर


प्रतीक चाम्लिङ

हामी,
दुर्इ समानान्तर रेखामा
तिमी अनि म बाचिरहेछौं
तिमी बगीरहेछौं/ हिडीरहेछौं निरन्तर निरन्तर
अनन्त सागरसम्म
म तिम्रो लहरहरुलाई कुरेर
जीवनको सन्ताप जलाई
हराएको मिलनभित्र
लडिरहेको बगर म ।

तिमीलाई पच्छ्याउदा पच्छ्याउदै
म छाडिएको बगर
निष्ठूरी तिमी
प्यासमा छट्पटाएर मलाई
सागरमा पौडिने
कस्तो तिम्रो बानी ?
यति सम्म तिमीलाई पच्छ्याए
न त म पारी तरे
न त म वारी तरे
लम्पसार म बेहाशीमा
किनार म बगर भएर पल्टिरहें ।

तिमी जीवनका मिठा गीतहरु सुसाउदै
शीतलताको कवज खेल्दै
बगीरहेको तिमी भाव सागरमा
विझाउदै म आफैमा
सक्दो म दुख्छु
म आफैमा जल्छु
शायदै आफैमा बल्झेर होला
म बगर भएर बाच्न सकिरहेको छैन
फेरी.....फेरी
तिमी बाढी भएर आउछौ
मलाई डुबाएर जान्छौ
तर...तर
तिमी कहिल्यै डुब्दैनौ
जीवन डुब्दै र सुक्दै
बगर म पल्टिरहन्छु
दिनभरी घामको छहारीमा
छातीभरी आगोको राप पोको पारेर
रातभरी जूनको शीतमा
प्यास मेटाउदै
अघोषित मृत्यु युग युग बांचिरहेछु ।

खोटाङ्ग खिदीमा-८, हाल-हङकङ

Mar 5, 2010

सागरको रङ्ग र मेरो लुङा


देवु सुदामा

आजकल देश र गाउँमा
सडक र सदनमा
के छ हौ लुङा
उहिल्यै .....
हाम्रो पालामा त
विना सडक,विना सदन
छर्लम्....म्म तीनइन्ची
ख्याल ख्याल नै हुन्थ्यो
ख्याल ख्याल मै हुन्थ्यो
हामी सँगसँगै
ख्याल ख्याल नै बाझ्थ्यौं
ख्याल ख्याल मै मिल्थ्यौं
हा...हा...हा...हा...
लुङा र म
विना शर्तको
विना कैफियतको
एउटा पृथक इतिहास थियौं
हाम्रो नूनपानीको कसम
साँचै सतोसत थियो ।
हो हौ लुङा
हामीलाई कहिल्यै
खाम्बोङ्वाको अभिमान भएन
बरु तेक्तानालाई
आफ्नै जीउमा पालेर
मा..थी टुप्पीसम्म पुर्यायौं
बरु हामी लमतन्न सागर भएर
धेरै पापी पात्तर कोलम्बसहरुलाई
लाल्चाको क्षितिज
सफेद उघारी दियौं
हामीमा कहिल्यै
सुनामी छाल आउन सकेन
ती क्षणहरुमा म
तिम्रो मुहारबाट
स्वच्छ नीलिम सागरको रङ्ग
अन्जुलीमा उठाएर
एक ठिटले हेरि रहन्थे ।
घामको जूवा धेरै झुल्कियो र
धेरै अस्तायो हौ लुङा
हामी सवै सवै
त्यही गतिशील घामको
नवीन आयतनलाई
थाप्लोमा थेग्न
आ-आफ्नोबाटो लाग्यौं
यस फेर नि हौ लुङा
म पनि मुङ्लानतिरै छु हौ
मुङ्लाने चालामा विदा मनाउँदै
हाक्पारे ख्याली मनमनै गाउँदै
पुर्खाहरुलाई पानीको अप्सानी चढाएर
सागरको एक विटमा वसेकोछु र
आफ्नो अन्जुलीको नीलिम जलमा
त्यतिखेरको तिम्रो मुहार
धीत मरुन्जेल हेरिरहेको छु।
खुशीको कुरा नि हौ लुङा
हाम्रा वीर पुर्खाहरूको विरासत
जीउँदा लालमोहरहरूलाई
वलियो मुठ्ठीले समातेछौ हौ
मुङ्लाने थकाइ गर्हो भए पनि
तिम्रो न्यास्रो सार्हो लागे पनि
तिम्रो बलियो मुठ्ठि सम्झेर
खुशी छु हौ लुङा
छदम् इतिहासले मेट्न नसकेको
हाम्रो सीमानाको रक्षा गर्छौ भनेर
ढुक्क छु हौ
तर नि हौ लुङा एउटा कुरा
आफ्नै हलसंग जुध्योभने
कि त सिङ् भाचिन्छ
कित भीरबाट घर्ल्याम्म खसिन्छमा
बढ्दै जाँदा पथमा
लड्दै जाँदा रणमा
रघु राना र बखतसिँहरुलाई
सकुनी र विभीषणहरुलाई
राम्ररी पो चिन्नु पर्छ है
म तिम्रो मुहारभरिको
नीलिम स्निग्ध रङ्गलाई,
म तिम्रो बलियो मुठ्ठिलाई र
काङ्सोरे साहासलाई
यत्तै टाढाबाट
संग्रामी सैलुट अर्पण गरिरहेको छु।

Mar 3, 2010

निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती


डी.बी. पालुङ्वा

प्रियतमा के म तिमीबाट एउटा शुन्दर
तर श्वेत पङखको उडान भन्दा कोमल
असिम आकाशबाट
यी धर्तिका क्षितिजहरु माथि पुरै
स्वेत एवं रेसादार पर्दा खसालेर
एउटा अनौठो स्पृहतामा
अनुपम भेटको आशा गर्न सक्छु ?

किनभने यतिखेर म
यो धर्ति र महासागरको छातीमा टेकेर
गहन तर रहस्यमय प्रबृत्तबाट अथवा
यो उद्धेक लाग्दो दलदलबाट
एकै क्षण मुक्त भएर
एउटा आँधीले भत्काएको चाँदमुनि
तिम्रो मायाको पछयौरीको फेरो समाएर
तिम्रो हृदयको सिकुवा सम्म आउने आँट गरें

यद्धपी कृपया तिम्रो हृदयको आँगनमा
गुलाफको फूलले कुनै महत्व नराखे पनि
यस महान घडीमा यी बन्द ओँठमुनि
एउटा इतिहासको किताबलाई तासीमा राखेर
खाली माया र स्पृहताको चाँदमुनि सुनसान फाटकमा
यो म प्रतिको तिम्रो प्रेम या घृणाको दहबाट
गोप्य तवरले बाहिर आएर
बैजयन्ती मालाले सिँगारिएको एउटा
स्वर्गिय स्वप्निल स्मृतिको देउरालीमा
तिमीलाई मेरो हार्दिक निमन्त्रणा छ लाई
स्वीकार गरी देउ र आउ एकै क्षण
यो निख्लाम आकाश माथि
यो अप्ठयारो ठाउँको घाउ अथवा पिलोको कुरा
यहाँ अभिब्यक्ति अथवा प्रदर्शनको कुनै गन्जायस नभएता पनि
जहाँ एउटा तिर्खाएको छाती र
यी म्याद सकिएर मुर्झाई सकेका फूल र पातहरुबाट
अलग हुँदै उराठ लाग्दो र रुग्ण रुखका
फैलिएका हाँगाहरु छन्
आएर लहरार्इ दिने धृष्टता गरी दिन सक्छौ ?

यो तिमी प्रतिको मेरो अनुकम्पाले
तुरुङ घिसार्दै निस्पृहतामा अथवा
तिम्रो पछयौंरीमा
एकै क्षणको मेरो समर्पणलाई
स्वीकार गरिदेउ मेरी प्रमोदिका
म यो विनोदको काविल छु या छुर्इन
तर यो मेरो सरोकारको पूर्णता भने होईन

किनभने मैले तिम्रो हृदयलाई जितेको
अथवा त्यो बिजयउत्सवको महान क्षणलाई
म कुनै पनि महान पुरस्कार सँग तुलना गर्न सक्दिन

किनभने जतिखेर अर्कौ एउटा हृदय
यति रोमान्चित अनि बिलक्षण बनेको थियो
जस्ले त्यो सालिन कोमलता र सौंदर्यको थुङगालाई
अरु लोभी आँखाहरुको अगाडी छोपेर सधैं
आफ्नै आँखाहरुको अगाडी राख्न चाहान्थ्यो

यद्धपी शुन्दरता र सौंदर्यको आकर्षण र शक्ति
न कसैको बसमा हुन्छ ,
न कसैले आफनो बनाएर राख्न सक्छ ,
न त सधैं छोपेर राख्न सकिन्छ

अत : यो संसारलाई उस्ले
अविश्वासको आँखा भित्र बन्दि बनाएर राख्यो
या त उस्ले स्वयमलाई
एउटा असल कलाकार सम्झयो

किनभने बाँच्नलाई कला एउटा अपरिहार्यता
एवं सार्थकतामा , बाहाना अदभुत बिषय होइन ।

परन्तु : यसो भन्दैमा एउटा असल कलाकार
खाली दर्शन र आदर्शको कुन्जमुनि
दोष मुक्त भने हुनै सक्दैन

किनभने दर्शन र आदर्शमा मात्रै
वास्तविकताले सधैं सम्झौता गर्न सक्दैन
तर मलाई विश्वास छ क्षमा एउटा अपबाद होइन

तथापी एउटा फकिरलाई
र्इश्वरबाट कुवेरको आशिर्बाद भन्दा पनि
महान कृपा हुन सक्छ ।

त्यसो भए आउ एउटा सम्झौता गरौं प्रियतमा
यो दुनियाँ भन्दा पर , एउटा सहृदयको चाँदमुनि
यो असिम आकाशबाट , यी धर्तिका क्षितिज भरि
स्वेत एवं रेशादार पर्दा खसालेर
म प्रेमको गीत गाउछु , तिमी कोरश भर
म बाँसुरी बजाउछु , तिमी घुंघुरु बजाउदै सरगम नाच
किनभने समर्पण छन यहाँ यी काँधहरु
तिमी यस माथि तिम्रा कोमल हातहरु राख
म तिम्रो केशराशी बिस्तारै हटाउछु , तिमी मेरो ओँठ चुम
म पहाड भई उभि दिन्छु , तिमी यसै माथि लहरार्इ देउ
म प्रेमको महासागरमा निदाई दिन्छु
तिमी यसै माथि एउटा गहन समर्पणमा
मायायुक्त हातहरु फुकाएर जाउ ।

Mar 2, 2010

देश


स्यानु पाईजा

कहिले कहि लेखि सके पछि
मेटाएका लाईनहरुमा
मन भित्र देश हराएको छ
देश भित्र मन हराएको छ
एउटा उदाङ्गो मन भित्र
अश्सील रहरहरु जन्मिएको छ
जुन खोई कुन मुड मा
पोस्टर भरि देश पोखिएकोछ
बिचरा यि भित्ताहरु
बिना सित्तैमा कित्ता कित्ता हुन्छन
कहि सेतो रँगले जिन्दाबाद
कहि निलो रँगले मुर्दाबाद
कहि सफल पारौ,कहि बिफल पारौ
गाली बोकाईएका निर्दौष भित्ताहरु
दुई बिद्वान कानेखुशी गर्दै भिए
भित्ताको पनि कान हुन्छन
यो कुरा अरुलाई नभन्नुहोस
त्यो लाई अमेरीकाको भिषा मिलाई दिए
जनजातिलाई बुद्वको मुर्ति बोकाएर फर्काईदिए
पड्के बिटो बोकेर शहरमा बस्छ
गाउँले को के चिन्ता ?
सबै मोटर बाटो खन्न मै ब्यस्त छन
बाटो बने पछि देश बनेको सम्झन्छन
यस्तो सुनेर-
कहिले कहि लेखि सके पछि
मेटाएका लाईनहरुमा
मन भित्र देश हराएको छ
देश भित्र मन हराएको छ
म अल्मलि रहेको हुन्छु
देश भित्र मन खोजु कि
मन भित्र देश खोजु

पात्लेखेत- ७ , म्याग्दी

निष्ठुरीलाई मैले


दिलिप योन्जन

ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले
मनमा बसी मुटु रेटी बैगुनीले अहिले !

जति सियो फाटिरने कस्तो मेरो मन
खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन
जति बिर्सियो उति आउने निष्ठुरीको याद
नशा पिए मेटीन्दैन बरै बैगुनीको प्यास !

झर्ने आसु बगिरंछ दिन रात सधै
हास्दै हेर्छन जोरी पारी भन्दैन बरै
कसम किन खाए मैले निष्ठुरीको साथ
जन्म२ जिउला भन्थे उडाई छाडी बास !

अस्टिन, अमेरिका

Feb 15, 2010

गजल


देवु सुदामा

लाखौं माया दिउंला तिमिलाई,मेरी मन की परी तिमी
क्षितिज पारी उडी नजाउ मेरी तन की चरी तिमी।

पागल प्रेमी वनेको छु तिम्रो यादमा यतै कतै
ढुक ढुकीमा तिमी हुन्छौ नशा नशा भरी तिमी।

गोंधुलीको अंगालोले तिमीलाई नै खोजिरहन्छ
पंख फिजाई उडी आउ सात सागर तरी तिमी।

पल क्षणमा याद तिम्रो नशा नशा भरी तिमी
नयनको परेलीमा नाची दिने चरी तिमी
रानीगाउँ-6 पाँचथर

Feb 3, 2010

सङ्कटको द्वारबाट अब हामीले निक्लनै पर्छ


डी. वी. पालुङ्वा

यहाँको ब्योम मार्ग पहिल्याएर
कुनै द्वार खोल्न सकिन
निश्चित रुपमा
यहाँको चट्टान संग कुर्इना जुधाउनु
मेरो लागी एउटा भ्रम मात्रै रहेछ ।
यहाँ कुबेलामा भाले बाँस्नु र
यो अशुभताको प्रभातले
यस्तै खाले दिनहरुको सङकेत दिदैछ

यहाँ एउटा गन्तब्यको लागी
दिल बहादुर लिम्बुको विसंगत मृत्यु अनि
यस्तै खाले धेरै संगती अनि विसंगतीहरु
भनुन हाम्रै
घटना एवं दुर्घटनाहरु
हाम्रो जीवनको उत्तरार्द्धमा यस्तो खाले
विर्सजन प्रति मलाई पश्चताप छ ।

अथवा यो वल्लो किनारको जलधारमा उभिएर
यो गालामा हात लगाउनुको के अर्थ छ ?

यो वितृष्णा र कुण्ठाको वैशाखी विसाएर
अब म सवलाङग हिड्न चाहान्छु

यहाँ एउटा लामो अन्तरालपछि
दृष्यहरु नजर बन्द भएका छन् ।
म यहाँ कतै देखिईन , कतै चिनिईन
यो ट्वान्टी फोर आवरको उज्यालो प्रकाशमा

यस्को बिरोधमा पूर्वबाट एउटा जुलुस निकाल्नै पर्छ
यहाँका बगैंचाहरुमा , हाम्रा मसिना बिरुवाहरुको
यहाँका जडताहरुबाट शोषित
यहाँका पर्यावरण नमिलेको
निरस माटो देखि दमित
मसिना फूलहरुलाई
स्थानान्तर एउटा चैतन्यमा रोपेर
आफ्नै सार्वभौमताको , आफ्नै परिवेशको उष्णतामा
वेरिईन दिनु पर्छ , बाफिन दिनु पर्छ , चिसिईन दिनु पर्छ
एउटा जडतालाई उत्कृष्टतामा बदलेर
पूर्वबाट उदाएको शुभ प्रभातलाई
हामी सबैले स्वागत गर्नै पर्छ
अब एउटा द्वार खोल्नै पर्छ
र त्येहीँबाट हामीले निक्लनै पर्छ ।
हङकङ

Jan 30, 2010

कहाँ होली नुमाफुङ ?

किरण सुब्बा

जब कञ्चनजङगा र फक्ताङलुङको पबित्र शिरबाट
आस्थाका सुनौलो किरणहरु पोखिन थाल्छन्
म त खोज्छु उनको आकृति यतै कतै,
तीनजुरे र सन्दकपुरको प्राकृतिक छटाहरुमा
गाउँ-बेंसी र माइती घरको न्यानो स्पर्शहरुमा
सायद विजयपुर र मोराहाङगको उर्बर फाँटमाथि
गरिब किसानको सपना बोकी झुलेकी छिन्,
निस्फिक्री धानको बाला बनी नुमाफुङ

जब काटिन लागेको हिमालको शिर देख्छु
बाडिन लागेको पुज्य भूमिको मर्म सुन्छु,
तराईका स्थिर पाउहरु दक्षिण खिंचिएका पाउछु
खोज्छु उनलाई महाकाली र मेचीका अंगालोभित्र,
तर सतलज र टिस्टामा बगेका साइनो खोज्दै,
अमरसिंग, बलभद्र र कांगसेरोका बीरता बिउताउन
कांगरा र पूर्णियाका हाम्रा ऐतिहासिक धरोहरमाथि
फुलेकी होली राष्ट्र भक्तिको प्रतिक बनी नुमाफुङ

जब रोजगारी, अवसर र उन्मुक्तिको खोजीमा
सुन्दर सपनाहरु बुनी युवा लाहुर लाग्छन् ,
बिछोडले न्यास्रो बनेको गाउँ बस्ती र मांगहिमहरुमा
खोज्छु उनलाई च्याब्रुङ, मादल र सारंगीको धुनसगैं
हाक्पारे, सोरठी, चुटका र झ्याउरे भाकाहरुमा ,
देख्छु कि कतै आमाबुबा र चेलीको मुस्कानभित्र
सायद पारिवारिक मिलनको मिठो पल उन्दै,
पर्खेकी होली लालीगुराँस सजाई डाँडाभरि नुमाफुङ

लण्डन, बेलायत
तारिक: ८ जनुअरी २०१०

Jan 26, 2010

गजल


देवु सुदामा

सोरिक् पक्खुम्लो लाङ्गाङ्हा
नुरिक्आङ् पक्खुमलो लाङगाङहा ।

ताराप्पो मेगेरा नाम्मिहा
चाङ् चाङ् आङ् पक्खुम्लो लाङ्गाङ्हा ।

तगि पेक्माल् आलेङ्साङ
पोगिआङ् तोन्दुमलो लाङ्गाङ्हा ।

सोसोरिक पक्खुम्लो लाङ्गाङ्हा
लुमलुमआङ् पक्खुम्लो लाङ्गाङ्हा ।

रानीगाउँ - ६ पाँचथर

Jan 19, 2010

पीडा वोध र उन्मुक्ति


केवल गंगा गुरुङ

टेकिएका कोमल धर्तीमा
जव
अप्रत्यासीत चट्याङ्गहरु
बेजोडले बर्षीदिन्छ
यी अल्हादित मनहरु
टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छ
तव
जोड्नलाई अस्विकार गर्छन्
यी संसारका प्रशिद्ध विचारहरु
कतै अलच्छिनाको
लान्छाना लगाउँछन्
कतै विचार विचार मिलेर
पूर्व जन्मको पाप ठान्छन्
यस्तै हुँदो रहेछ यहाँ
स्वार्थी संसारमा
यस्तै हुँदो रहेछ यहाँ
परिमार्जित शहरमा
जस्तो कि
अभियान्तकारीले वनाएको
उहि पुरानो जापानीज घर जस्तो
तर मर्म बुझ्ने कस्ले ?
आँसु पीउँनु निद्रा हराउँनु
अनि अनाहक मै दोषी देखाईनुको पीडा
आफ्नै छाती ननिचोरीए सम्म
आफ्नै मुटु नटुक्रिए सम्म
त्यसैले अव यी संकुचित विचार विच
रमाउँने रहर छैन मलाई
जहाँ म अनाहक मै वेश्या ठम्याईन्छु
जहाँ म क्षणभर सँगै वस्दैमा
कसैको रख्खेलको उपनाम पाउँछु
कतै अव सजिएर
बाटो वारपार गर्दा पनि
नगर वधु सम्झी मोल सोध्ने हो कि ?
एक्लै भेटे बाटोछेकी
समय तोक्ने हो की ?
त्यसैले म
आदर्श अनि अहंकारी शहर छोडी
फराकिलो विचार भएको
सानो गाउँमा वसार्इ सर्दैछु ।

म र सपनाहरु


टंक सम्वाहाम्फे

कुमारी सपनाहरु हुलका हुल
विहानीले
आँखा नउघार्दै
ताजा हावाको स्पर्श लिएर
वाधिन खोज्छन् मेरो आलिङ्गनमा

सपनाहरुको न्यानो मायाँ
ताप्न नपाउँदै
त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन

थकथक लाग्छ
मनमा दिनै भरी
सपनालाई चुम्न पाए हुन्थ्यो भनेर
र त्यसको खोजीमा धुइपत्ताल
उपायहरुको साम्राज्य फैलाउछु
भरोसाको सडक निर्माण गर्न
हैरान हैरान हुदै
समयको पछि पछि दगुर्छु
तर पनि जीवनमा सपनाहरु
सुकोमल वनेर आएका छैनन्
मात्र दृश्यमा वरीपरी
पदार्पण हुन्छन्
तर त्यसको अनुभव गर्न सकिएको हुँदैन
सपनाहरु
परीपरीका / थरीथरीका
रङ्गरङ्गका
खै ! कस्का हुन् यति धेरै सपनाहरु ?
कहाबाट आएका हुन् ?
कस्का लागि बनेका हुन् ?
थाहा छैन
तर तिनै सपनाहरुलाई देखेर
त्यसै त्यसै हतासीन्छु
त्यसै त्यसै वतासीन्छु
अनि आफ्नै सम्झेर वुन्न थाल्छु
हरक्षण सपनाहरुलाई
तर एउटा सपना वुनी नसक्दै
अरु धेरै सपनाहरु थपीन्छन्
तव मलाई लाग्छ
सपना केवल वुन्न कै लागि मात्र हो
किनकी सपनाहरु वुन्दावुन्दै
जीन्दगीका धेरै वषन्तहरु टाढी सके
अव कति वुन्ने होला ?
यो भन्दा पनि धेरै सपनाको तान
मात्र रहर टुसाई रहन्छ
तर त्यो कहिल्यै फक्रदैन
केवल यतिका समयहरुसंग
सम्झौता गर्दा पनि
अझै आफ्ना वनेका छैनन् सपनाहरु
तर पनि
कुमारी सपनाहरु हुलका हुल
विहानीले
आँखा नउघार्दै
ताजा हावाको स्पर्श लिएर
वाधिन खोज्छन् मेरो आलिङ्गनमा

सपनाहरुको न्यानो मायाँ
ताप्न नपाउँदै
त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन

Jan 18, 2010

चोरको स्वर


देवु सुदामा

- लानवेलामा लुटेर लग्यो
थुतेर लग्यो
चोरेर लग्यो
सोरेर लग्यो
सन्दूक फोरेर लग्यो ।
-लग्यो उस्ले
हामीलाई सुत्न लगाएर
हामी कुम्भकर्ण जस्तै
सुतेको वेला लग्यो
हामीलाई मात्न लगाएर
हामी मातेको वेला लग्यो
हामीलाई नाच्न लगाएर
हामी हा...हा...देवी ....
.....भैरवी.....जगाईए..भन्दै
नाचीरहेको बेला लग्यो
जब हामी व्यूंझियौ
जब हामी झस्कियौं
हाम्रा हातहरू रित्ता थिए
हाम्रा घरहरू रित्ता थिए।
- लग्यो उस्ले
फुर्क्याएर लग्यो
घुर्क्याएर लग्यो
पाखुरा सुर्क्याएर लग्यो
फकाएर लग्यो
छक्याएर लग्यो।
-लग्यो उस्ले
अन्याय गरेर लग्यो
अत्याचार गरेर लग्यो
उस्ले हाम्रो सर्वस्व लग्यो
हामी दिक्क थियौं ।
कालान्तरमा उस्लाई
डोकोले छोप्यौं
थुन्चेले छोप्यौं
पासोमा पार्यौं
अहिले उ आफ्नो अस्तित्वको
नितान्त अन्तिम बिन्दुमा
अथवा फाँसीको तख्तामा उभिएको छ
तर पनि अझै भन्दैछ
दिन्न । दिन्न ।। दिन्न ।।।
तिमीहरुको माटो दिन्न ।

रानीगाउँ-6,पाँचथर

Jan 10, 2010

लिम्बुवान र सङ्ग्रामको समय


नगेन्द्र ईङनाम "आठराइली"

स्वाधीन नेपालको ईतिहासमा
लिम्बुवान राज्यको अस्तित्वमाथि
अनावश्यक कालो बादल थोपरेर
ओझेलभित्र पार्न खोजिंदै छ
दुबो, ढुङ्गो, पाथिभरा देवी,
तांबा, तुलसी र लालमोहर साक्षी छन्
कहिल्यै नमेटिएको लिम्बुवान नामलाई
षडयन्त्रै षडयन्त्रमा मेटाउन खोजिंदै छ
यसैले मुक्ति योद्धाहरुको आव्हानमा
अब यहां स्वतन्त्रताको सङ्ग्राम चल्दैछ,

मेरी आमा !
यो त सङ्ग्रामको समय हो
आंसुसरिको आंखा र भारि मन लिएर
मलाई कम्पित हातहरुले नरोक्नु
यो बेला त
बरु,
सिथिल पाउहरु अझ दह्रो बनाएर
"मुक्ति सङ्ग्राममा" जाउ छोर भनेर
हिम्मत थपि दिने बेला हो ।

चिन्ता नगर आमा
हाम्रो लिम्बुवानको रखवाला-
काङसोरे बाजेको कसम तिमीलाई
ईतिहास रचेर जाने सहयात्री
शहीद माङतोक लिम्बू
अनि शहीद मनिल तामाङ
दुवै जनाको जीवनदानको कसम
मेरो छाती बैरीको बन्दुकले फोर्ने छैन,
दुस्मनको चक्रब्युहमा कहिल्यै फस्ने छैन
म त स्वयम् सङ्ग्रामको आंधीहुरी भएर
लक्ष्यतर्फ चर्को बेगमा बेगिएको छु
स्वन्तन्त्रताकोलागि लड्न डराएका,
स्वन्तन्त्रताकोलागि जुट्न नजानेका
अन्यौल मानिसहरु बस्ने गाउंगाउंसम्म
लिम्बुवानका सबै थुमथुमहरुसम्म
सङ्ग्रामको ज्वाला भएर सल्किएको छु,
लिम्बुवानको नाम मेटाउन खोज्ने
सबै निरन्कुशतन्त्रीहरुको जङ्गलमा
डडेलो लाएर म सखाप पारि दिनेछु
कदम कदमको चालले होइन
मैले अब,
फड्को मारेर अघि बढ्नु छ
किनकि,
यो समय सङ्ग्रामको समय हो ।

लिम्बुवानको कसम आमा !
सङ्ग्राम अघि बढि रहनेछ
म मृत्युका हरेक तिरहरुलाई छलेर
क्रान्तिबीरको नामले अमर अमर बांच्नेछु
मलाई अझ साहस देउ आमा
तिम्रा शब्द शब्दहरुको तागतले
लिम्बुवान आन्दोलनमा उर्जा थपिदिनेछ
आज लिम्बुवानका मुक्ति योद्धाहरुलाई
तिम्रो प्रेरणा र बुद्धिमताको खांचो छ
ती योद्धाहरुको थोपा थोपा पसिनाले
क्रान्तिको ज्वालामा आगोका फिलिङ्गो थप्नेछ
क्रान्तिबीरहरुको पराक्रम बढ्दै जाने छ
झुठा ईतिहासका किताबहरु जल्दै जानेछन
एकपछि अर्को गर्दै लगातार
निरङ्कुशताका बारहरु ढल्दै जानेछन
सङ्ग्रामको सक्तिवान सुनामी अंधीबेहरीले
दुष्टहरुको बस्ति बस्ति बगाएर लानेछ
तिम्रो यो क्रान्तिबीर छोराले पक्कै पनि
एउटा सिङ्गो आवाज बुलन्द गर्ने छ
जय लिम्बुवान !
लिम्बुवान अमर रहोस !!
यही सङ्ग्रामको ताकतले
नयां ईतिहासको रचना गर्नेछ ।

तिम्रो योद्धा छोराको कसम आमा
स्वतन्त्र सङ्ग्राममा होमिएको तिम्रो छोरो
आफ्नो सङ्ग्रामको अन्त्य गरेर
चांडै नै उज्यालो नयां बिहानीमा
विजय जुलुस साथमा लिएर
विजय उत्सव मनाउनलाई
आफ्नो आमाको सामुन्ने
आसीर्वाद थाप्न आई पुग्नेछ
जबसम्म लिम्बुवान सुनिश्चित हुनेछैन
तबसम्म मुक्ति सङ्ग्राम पनि टुट्नेछैन
एकताको आव्हानमा आवाज उर्लिरहनेछ
जाग जाग लिम्बुवानीहरु हो !
यो समय सङ्ग्रामको समय हो ।।

(यो कविता लिम्बुवान प्राप्तीको आन्दोलनमा संघर्षरतहरुमा समर्पित)

Jan 5, 2010

नसुर्ताउ किस्नेदाइ


देवु सुदामा

आफ्नो मुठ्ठिभर इतिहासको
काइते हरफहरु
सच्चिन
सुध्रिन लाग्यो भनेर
केरुङ
,देवान र चाम्लिङदाइहरुको
शाश्वत उदघोषहरु सुनेर
निक्कै डराउन थालेछौ किस्नेदाइ
निक्कै सुर्ताउन थालेछौ किस्नेदाइ
-
सत्य र साँचो कुरामा
केलाइ डराउनुहौ किस्नेदाइ
केलाइ सुर्ताउनुहौ किस्नेदाइ
दाइहरुले अव
तथ्य वोल्न लाग्नुभएको हो
केही भेद खोल्न लाग्नुभएको हो
दाइहरुको कुरा
घामजस्तै साँचो हो,किस्नेदाइ
-
तिम्रो बेपारीसुत्र
मेची पारीको जापानजस्तै
एकादेशको कथाजस्तो
मिचाहा दलाहा र नक्कली राष्र्टियताले
दाइहरुको सोझो मन
-
नछोएको साँचो हो नि किस्नेदाइ
दाइहरुको कुरा
घामजस्तै साँचो हो किस्नेदाइ
-
दाइहरुको मुन्धुम सवै जलाएर
मलामी नपाएको भाषामा
सर्वेभवन्तु
....निरामया को मन्त्र जप्दै
खीरको लड्डुचांहि आ
-आफू खाएर
भाङको लड्डूचांहि
दाइहरुलाइ ख्वाइएको साँचो हो नि किस्नेदाइ
दाइहरु अब
व्यूँझनु भएको हो किस्नेदाइ
तिमीले वेद फलाकीरहेको बेला
दाइहरुको मुन्धुम
कहाँ बगिरहेको थियो किस्नेदाइ
तिमीले कौमुदी र अमरकोष घोकिरहेको बेला
दाइहरुको आनीपान
कुन हातले मेटीरहेको थियो किस्नेदाइ
-
हो किस्नेदाइ
तिमीले मदनमेलामा धान नाचेकै हो र
तिम्रो विहेमा वुढी आमैहरुले रातभर
रत्यौली खेलेकै हुन
बुढा बाहरू
सँगै मलामी र सँगै जन्ती हिडेकै हुन
तर एउटा कुरा किस्नेदाइ
सँगै हिडिरहेको लङ्गडोलाई लडाउनु र
अर्को अन्धाको आँखामा छारो हाल्नु
कत्ति इमान्दारी हो किस्नेदाइ ?
खेलपुरे खेतको वड्तमसुकमा
दशमा दुई र सयमा तीन शुन्य थपेर
कलमीको सही धस्काउने
तिमी नै थियौ नि किस्नेदाइ
कर्म गर फलको आशा नगर भन्ने
तिम्रो गीताको यो
कस्तो सार हो किस्नेदाइ ?
दाइहरुको कुरा
घामजस्तै साँचो हो किस्नेदाइ
-
मन्त्र र देउता साट्नु
चानचुने कुरा होइन भने
समयको जोरविजोर फाइदामा
मुक्कुमलुङमा पाथीभरालाई
भगवती र महादेवीको उपमा
कस्ले दियो किस्नेदाइ ?
याक्खा वागवंशीको
सुम्नीमा र पारुहाङ्लाई हलेसीमा
पार्वती र महादेवको मखुण्डो
कस्ले ओडायो किस्नेदाइ ?
वर्ण र जातको
आँखा र नाकको मृत्युरेखालाई
कुन हातले कोर्यो किस्नेदाइ ?
तिमीजस्ता धेरै सुकुम्बासीहरुले
दाइहरुको हकमाथी
वलात हुकुम गरेको
साँचो हो नि किस्नेदाइ
खोज्दै जाने हो भने
जोड्दै लाने हो भने
तिम्रो धूर्त मितेरी साइनोभन्दा निर्मम
तिम्रो बाको वैतरणीभन्दा निर्मम
छिपाइएका धेरै खोटहरु
दुखेका धेरैचोटहरु
दाइहरुको छात्तीमा अझै
सघन अंकित छ किस्नेदाइ
दाइहरुको कुरा
घामजस्तै साँचो हो किस्नेदाइ

लिम्बुवान लिम्बुहरुको होइन भने
कस्को हो किस्नेदाइ?
खम्वुवान खम्वुहरुको होइन भने
कस्को हो किस्नेदाइ?

रानीगाँउ--6 पाँचथर