Sep 30, 2009

समर्पण


नवराज सुब्बा

च्व...च्व...
के यो दुनियाँ त्यति निष्ठुर रहेछ ?
र गयौ संगै लिएर आफ्नो लास पनि !
ति म्रो सिंगान पुछिदिने यी हातले
आज म आफ्नै आंसु पुछ्दैछु ।

आइरह्यौ हरदम सम्झनामा
आज आफैलाई छाम्दाखेरि पो भेटें
एउटा चीज तिम्रो म संगै छुटेछ
लैजाऊ यो समर्पण
उप्रान्त बिर्सिदेऊ यो दाजुलाई ।

हेर !
मसंग तिमीलाई
त्यहां काम लाग्ने
केही कुरा अब बांकी छैन ।

Sep 28, 2009

लिम्बुवान सःङ्ला


विष्णु यक्सो लिम्बू

लिम्बुवान हाङ्गप् आम्नाःन्द्याङ् मेन्दुक्
आम्नाःप्त्याङ् मेन्दुक् आम्लेम्याङ् मेदे?रु ।
केधुम्ब्याङ् मेन्लो केसुक्प्याङ् मेन्लो, इङ्लेक्वा साःके मेजआङ्
इस्वाबाहा?रे इङ्लेक्मा मेहे?रु ।

लिम्बुवान लाजे? लिम्बुवान मेप्मा मेन्घोमा आल्लो,
आग्दाङ्बा हक्चुम्भो ?
लिम्बुवान लाजे? केयुङ्बा केरेक्ले नुरिक्
इःत्तुम्लो सिक्कुम्मो ।

खेने? नु आङ्गा, यम्बा नु चुक्पा मेन्ल?ए लच्छा,
मेम्बोङ्ए मेबोङ्नेन् ।
लिम्बुवान इत्यङ्बा खाम्घु चोःक्मा नाःक्म्याङ् मेन्दुक्, हाःप्म्याङ् मेन्दुक्
मेन्नाप्पे मेनोङ्नेन् ।

लेन्दिक् नु सेन्दिक् सिमा नु हिङ्मा मेन्ल?ए चुम्हा? मे?धक्लः मेयाक्
मेल?आ आभा?रे।
कुसाङ् ए लःन्मा आन्हे?रुम्ने?न् गर आम्लाःक्लो
याङ्सि इङ्लेक्हा?रे ।

मेन्ना ए सेक्खा हाङ्हाङ् ए ल?रिक् कोप्मा?रः ते?मा चोःक्मारः ते?माल्ले
मेन्बोङ्म्ना हेन् वा? गः ?
बृटिश गोरखाहा?रे जोहाना लुम्ले मेघोसुबा हेक्के
लन्ला?बा लत्थिक् कः ।

कुनिङ्वा तुक्काङ्, कुमिक्वा खेक्क्खेःक् कुमिक्वा तुःक्नु
मालाजेन् हाःप्इल्ले ।
नासःक्पा हेक्के ओमेत्वाङ् वा?गर साक्मुरा थायाङ् वे? नेबाहारेन्
योःक् पोङ्लो ताःन्दिल्ले ।

ताप्लिजोङ, लिम्बुवान
आल्लोः ललितुपर नेवा:ला

Sep 27, 2009

हरामी


विक्रम सुब्बा

व्यापारी:
सानैदेखि पसेँ म व्यापारमा
आपूर्ति गरेर चाहिने सामाग्रीहरू
‘सेवा’ समाजको गरेरै कमाएँ नाफा
बढाएँ जायजेथा, जोडेँ गाडी र बंगला
बढेको छ सबतिर बलियो पहुँच मेरो
कुलकुटुम्बका सामु छ मेरो ठूलो ईज्जत
त्यसो त मलाई मात्र थाहा छ
'भित्र म कति हरामी छु भनेर ।’

हाकिम:
पहिरेको छु सिन्दुर सरकारको
गर्छु तमाम कामकुरा मिलाएर नियमहरू
ठानेर सेवक आफुलाई
गरेर अर्पित जनताको खुरुखुरु 'सेवा'मा
पदोन्नति भएको छ भाग्यले सालैपिच्छे
हरेक साल थपेकोछु सम्पति पनि
बनाएपछि मैले घर यहाँ
नामै रहेकोछ 'सिडिओ टोल' यो बस्तीको
'हाकिम'का रुपमा सुनाम चलेकोछ
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’
शक्ती-दलाल जो आफुलाई ‘नेता’ ठान्छ:
जितेकोछु चुनाव जसरी पनि बहुमतले
अखाडामै पुगेर बिरोधीको
गरेको छु अनगिन्ती सामाज सेवा
मुलुकका नदी बेच्ने दर-भाउको
निर्णय पार्टीमा गराएँ मैले नै
मिच्दा सिमाना देशको कसैले
कुटनैतिक सम्बन्ध मित्र राष्ट्रसँगको
नबिग्रने किसिमको
रणनीति तयार गरेँ मैले नै पार्टीमा
म अघि लागेपछि विकासका काममा
मौरीझेँ उर्लिन्छन् जनता
यी गाउँघरहरू म नभए
हुन्छन् माऊबिनाको चल्लाजस्ता
जता गए पनि भेट्नेले
गर्दछन् स्रद्धा 'नेताजी' भनेर
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

वकिल:
तर्क शक्तिले क्लाइण्टको पक्षमा आफ्नो
सफल भएकोछु सैयौँ फैसला गराउँन
राम्रो फिस दिन्छ जसले
वकिल-धर्म नै हो गर्नु उसैको काम
खाएर कसम यही धर्मको
जिताएको छु आमा मार्नेलाई पनि
र सरकारी गोप्य सूचना बेच्नेलाई पनि
हुन्छन् थर्कमान सबै गाउँमा मसँग
भेट्नासाथ ‘वकिल साप’को सम्मान गर्छन्
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

पुजारी:
म पुजारी !
भगवान र मानिस दुबैको
बिचमा कल्याण गर्न उभिएको
नभए म यी दुबैको हुनेछ बिजोग
म छु र त मेरै हातमा
दिन्छन् भक्तजनले चढाउँने प्रसाद
भक्तजनले पाउँने आशिर्वाद पनि
देवताहरु पठाउँछन् आशिर्वाद मेरै हस्ते
म छु र त भक्त-देवता दुबैको
जीवनमा खुसहाली छाएकोछ
मैले जो दुबैतिर प्रसाद सप्लाइ गरिदिएकोछु
तथापी ‘सप्लाई’ मेरै तजबिजमा हुन्छ
कि कसलाई के कति दिने
र राख्ने प्रसाद कति आफैले?
यसरी म
भगवान र मानिस
दुबैको लागि कल्याणकारी पवित्र पुजारी हुँ
त्यसो त मलाई मात्र थाहा छ
‘भित्र म कति हरामी छु भनेर ।’

अभियान


टंक सम्बाहाम्फे

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
के कस्तो अभियानमा छु होला भनेर
तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ
वास्तवमा अभियान
संकल्पको यात्रा हो
विश्वासकोगोरेटो हो
कसैले नगरेको हुन सक्छ संकल्प
कसैले नवुझेको हुनसक्छ दायित्व
तर जिवन भए पछि
स्वतह त्यो एउटा अभियानमा समाहित भएको हुन्छ
कसैलाई व्यस्तताले थाहा नहोला
कसैलाई वास्तै नहोला
कि जिवन कुनै अभियानमा छ भनेर
जव हामी अभियान थाहा पाउछौ
तव संकल्पको शुरुआत गर्र्छौ
जिवन यात्राको अनेकौ मोडहरुमा
र केहि गर्ने आट भरोसा वाधेर
संकल्प संगै दायित्वलाईअगाडी वढाउने
उत्साह जन्माउछौ
अथवा अभियानलाई दायित्वको संगालो भने पनि हुन्छ
किनभने संकल्प छैन भने दायित्व पनि हुदैन
दायित्व छैन भने संकल्प पनि हुदैन
दायित्व र संकल्प छैन भने जिवनै हुदैन
जिवनै नभए पछि संकल्प पनि हुने कुरो भएन
त्यसैले मानिसमा संकल्प र दायित्व भए झै
जिवनसंग सपनाहरु पनि गासीएका हुन्छन्
कसैलाई लाग्दो हो
अभियान नचलाए पनि जिवन चलिरहन्छ
तर त्यसलाई त्यहि कुरा थाहा नभएको हुन सक्छ
कि जिवन सुचारु हुनु नै अभियान हो भनेर
वास्तवमा
विना संकल्प
विना दायित्व
विना अभियान
जिवन सम्पूर्णता वन्न सक्दैन
बाच्नुसंग सम्झौता गर्दा
अभियान अभियान जस्तो नलाग्न सक्छ
तर अभियान भने थाहा नपाउनुसंगै चलिरहेको हुन्छ
त्यसकारण
कुनै अभियानमा छुर्इन भने पनि
कुनै दायित्व लिन्न भने पनि
कुनै संकल्प गर्दिन भने पनि
अभियानमा जुटेकै हुन्छ
दायित्वले थिचिएकै हुन्छ
संकल्पमा वाधिएकै हुन्छ
अभियानको आभाष नहुनेलाई
दायित्ववाट मुक्त भए झै लाग्दो होला
दायित्वको वोझ थाहा नहुनेलाई
संकल्प नगरे झै लाग्दो होला
तर थाहा नहुनेलाई थाहा नहुनुसंगै
उसको सम्पूर्णता चलिरहेको हुन्छ
तसर्थ जिवन भए पछि
अभियान हुन्छ
दायित्व हुन्छ
संकल्प हुन्छ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
त्यो वेग्लै कुरा हो
तर अभियान भने निरन्तर चलिरहेकै हुन्छ

राष्ट्रिय गीत


दिलिप योन्जन

देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

आमालाई रुवाई यो भुमी रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

बिरता देखाई नहसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

अस्टिन, अमेरिका

म गएँ है आमा


हस्त गौतम मृदुल

म गएँ है आमा भन्दै गयौ, फेरी फर्केर आयनौ
आसामायिक निधन भयो हामीलाइ देख्न पाएनौ

कस्तो दशा यतिबिधि धनजनको अपुरणिय क्षेती
के बिपत्ती आइ परयो गृमाउदा भयोनी ठुलो खती
खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा परयौ
जीवनभर आँशुमा डुवाइ हरे अकालमा नै मरयौ

आँखा ओभाएका छैनन शोकले चेत खुलेको छैन
शोकलाइ शक्तिमा बदल्नलाइ कोही सफल भैन
संयोग होकी नियतीको खेल कालले खोसी लग्यो
हेर्दा हेर्दै ति जिवित शरिर सुनकोसीमा नै बग्यो

स्तब्ध पारी अचानक हरे कैलै नर्फने गरी गयौ
बिचल्ली पारेर आफन्तलाइ अनयास बिछोड भयौ
सिंगो बस्ती नै आँशुमा डुब्यो शोकामग्न भयौ
अन्तिम श्रद्धान्जली चढाउदै भावविबहल भै रोयौ

सुकुटेमा भएको बस दुर्घटनामा सुनकोसीमा परी दिवंगत हुनेहरुलाइ श्रद्धान्जली

भालेको अण्डा


स्यानु पाईजा

छोपेर पनि सर्बाङ्ग
उ भुतुक्कै लजाएको बेला
बेल पाक्दै छ
चराहरु भाका फेर्दै छन
आकाश ले रँग फेरेको छ
लाटो कोसेरो रात भरि उड्छ
बिरालो डराउँछ
कुकुर नौलो मान्छे होईन
आफन्तै लाई पनि शंका गर्छ
पोथी ओथारो बसेको बेला
सुलसुले ले सताएको छ
भिटामिन मिसिएको दाना ले
भाले ले अण्डा पारेकोले छक्क छ
यहि नै हो उ लजाउनु को कारण
उ सबेरै को कुनै प्रहर पनि
बाँस्न सकेको छैन
बिचरा बोईलर को बिउ
भयङकर जीऊ भएर के काम
न कोर कोराउनु न कुखुरी काँ
केटा केटी फर्सी मा रंग दल्दैछन
महिलाहरु लाई कसौटी ले कसेको छ
बोली फेर्न लागेका केटाहरु
लाजै नमानी कन्डम फुकेर खेल्दैछन
भाले को अण्डा लिलाम हुदैछ
त्यस्तै मा हल्ला चल्यो
कालीपारी कुखुरी को अन्डा लाई
भाले को अन्डा भनेर
दश लाखमा बेचियो रे
हल्ला पनि कस्तो
उस्कै सराप बनेर आको
अब त्यसले मर्नु पर्छ
बेला न कु-बेला रेटिनु पर्छ
छेउ म अमलेट फ्राई हुदै गर्दा
उस्ले पनि मर्नु पर्छ

पात्लेखेत-७ ,म्याग्दी

गजल


बसन्त मोहन अधिकारी

अमृत भनेर मैले बिष पिएको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

आँशु पुछेर उनको आफै रुदैछु आज
यो खुसी लुर्टाई मैले आँशु साँचेको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

भिजेर उनको विष ढल्दैछु सडकमा
मलाई डसेर मार्ने र्सप पालेको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

आफन्त त्यागेर मैले उनको साथ दिदा
सिन्दुर भरेर मैले चिता मागेको रैछु ।
जीवन दिएर मैले मृत्यू रोजेको रैछु ।

गजल


आचार्य प्रभा

नखाएको बिषले पनि मार्दो रैछ यहाँ
षड्यन्त्रको जालमा पनि पार्दो रैछ यहाँ।

जिन्दगीलाई जितै जितमा राख्छु भन्नेले
जानी जानी बाजी पनि हार्दो रैछ यहाँ ।

मनलाई कठोर बनाइ बाँच्न खोजे पनि
एकान्तमा आसुँ पनि झार्दो रैछ यहाँ ।

तिम्रै समीप सधैं नै बाँच्छु भन्नेहरुले
चालै नपाई मनको माया सार्दो रैछ यहाँ ।

साँचो कुरा,सत्य बचन बोल्ने बहानामा
मनको कुरा खोल्न पनि टार्दो रैछ यहाँ ।

(अमेरिका )

गजल

केशब आचार्य

बैँशालु त्यो उमेरमा ,तातो हावा चल्न सक्छ
मात धेरै चड्यो भने ,जवानी त्यो ढल्न सक्छ।

पुर्णिमाको जूनसँगै ,मन्द मन्द हिँडे पनि
सामिप्यमा दुई जोवन ,तात्तिएर बल्न सक्छ ।

चिसो हुन्छ कहिलेकहीं ,बाधिएको रात पनि
एक्लो मन कहिलेकहिं ,आगोसरी जल्न सक्छ।

मनै त हो ढुङ्गासरी ,जत्तिसुकै बाँधे पनि
चिसो हुन्छ फलाम तर ,भट्टी भित्र गल्न सक्छ ।

(अमेरिका )

गजल


इप्सुल मगर

रानी वनमा कोईली गाउँदा मूनाल नाच्यो अरे
जोडी ढुकुर परेवा झैं मायाँ गास्यो अरे

सुनगाभाले गुराँससँग सिन्दुरको पैँचो माग्दा
गुलाव फूल पनि आज काँढासँगै हास्यो अरे

समय सँगै परिवर्तन हुनुपर्ने रितु देख्दा आज
पतझरमा न्याउली रुँदा पानी वस्र्यो अरे

उषा र सान्ध्या भेट कहिल्यै पनि नहुँदा
ग्रहणमा चन्द्र र सूर्यले आँशु झार्यो अरे

साँच्ची नै शीतलताको प्रतीक जुनेली रातले पनि
मानवतामा स्वार्थीपन देख्दा औंसीमा आँखा छोप्यो अरे

अभीष्ट र्इच्छा


खगेन्द्र थापा

हिजोसम्म आशाको क्यानभासमा रंगिएको यो मन,
रङ र कुचीको अभावले छट्पटार्इ छट्पटार्इ
आज मानवताको मरुभूमीमा मुर्छित भएर ढल्न लाग्दा
अचानक छङ्गछङ्ग बग्ने झरना जस्तो, कञ्चन लेकाली ताल जस्तो
निर्मल सागरको उर्लदो छाल जस्तो, विषैविषले भरिएको बोत्तल देख्छ,
अभागी हातहरु त्यतै लम्कन्छन् नजर त्यहीँ लठिन्छ
सायद, फगत एउटा अन्तिम आशा पसारेर
अर्ध चेतनामै मैले टुलुटुलु हेर्दैगर्दा, गम्दागम्दै, सोच्दासोच्दै,
अमृतमय त्यो काँचको बोतल प्याट्ट फुट्छ
त्यसैले होला, म आत्तिएर बेस्सरी चिच्याउँदै हुन्छु
कलेटीपरेका ओठ बाँउदै बिछिप्त स्वरले,
केवल, पानी.....पानी.....भनेर,
तर
"असिम दुःख बेदनाका माझ अझै किन बाँच्नु पर्ने -"
मैले, म भित्र लीन भएर चिन्तन गर्दैगर्दा
ऊ भने, खुरुखुरु बालुवा भिजाउँदै हुन्छ
बोतल र मेरो जिजिविषा लत्याएर
सधैँ, सधैँका लागि हाम्रो जीउने आशा बत्त्याएर
तर पनि, सासले साथ नछोड्दा सम्म
बाँच्ने आशाहरु सल्बलाउँदै थिए यो दधिची हृदयमा
तब त म, जीवन मरणको संघार टेकेरै पनि
विक्षिप्त ढुक्ढुकीको रथ हाँकीरहेथेँ
खियाले खाईसकेका मेरै गाउँबस्तीहरु माझ,
आतंकले क्षतविक्षत् मनस्थितिका साथ
छिनछिनमा हरे कृष्ण हरे राम जपेर
खाँटी पागलको उपमा खेपेर,
अनुभूतिहीन म, त्यतिबेला कम्पित स्वरमा बर्बराउँदै थिएँ
यो मुलुकमा अब पनि यस्तै भाँडभैलो मच्चिई रहन्छ भने
"भो, प्यासी रहरहरु नमौलाउन् घार्इते मनलाई जंजिरले बाँधी दिन्छु
छिचिमिराहरुले दिउँसै ताण्डव नृत्य देखाइ रहन्छन् भने
मुर्छित रहरलाई पहाडले थिचिदिन्छु,
अझै आत्मदाह नहुने हो भने, जिउने आशा नमर्ने हो भने,
बाँचेर मैले हिड्नै पर्छ भने ।"