May 11, 2009

म जन्मेको माटोमा अब


स्यानु पाईजा

एउटा पोको मनको कुनामा
उकुसमुकुस बन्द छोडेको
कहिल्यै नखोलिने गरी बन्द छ
छिमेकीहरु मलाई चिन्दिन भन्छन
म छिमेकी चिन्दैन
यहि कतै मेरो पुर्खाको
झुपडीको जग पुरिएको छ अरे
म जन्मेको माटोमा अव
नयाँ नयाँ घर बनेकाछन
हरेक घर घरको टुपी पलाएको छ
कहि मन्त्र फरफराएको छ ध्वजा भरि
कहि क्राईस्ट सुली चढेको छ
कहि ॐ ॐॐॐ ॐॐॐ
कहि ‌साईबाबाको जगल्टा
कहि रजनीशको दाह्री
पेप्सी र कोलाको होल्डिङ बोर्ड जस्तै
हरेक घरको टुप्पीमा सजिएको छ
हर्लिक्सको बिज्ञापनले भन्दैछ
नपिए पछि परिन्छ
त्यै भएर म पनि रगत बचेर
हर्लिक्स पिउने मान्छे हु
मेरो घर नै छैन
तै पनि मेरो घर नबन्दै
होल्डिङ बोर्ड टाङ्नु भन्नेहरु
दैनिक स्यामपल लिएर आउछन
म जन्मेको माटोमा अव
धर्मको ब्यपार हुन्दैछ
होल्डीङ बोर्ड हरेराएरै
यहाँ अव मान्छे कै किनबेच हुन्छ
फेरी नयाँ भर्सनमा
मलाई कस्ले सस्तो कमारो बनाउँछ
म जन्मेको माटोमा अव
मेरो चिहानको लागी बच्छ कि बच्दैन ?
साहेद मेरो लास को अन्तष्टि कसरी गर्ने
मेरा सन्तान जन्मेछन भने झगडा गर्लान
म जन्मेको माटोमा अव------
मान्छे र मानवता कता ?
Only Hindus May Enter
Non-Muslim Prohibited
यि कहि लेखिने र देखिने सुचना हुन
हामीले नै जन्माएको बिभेद भित्र
जस्ले जसरी लेखे पनि
यो आधुनिक युगको छुबाछत
मैले हर्नै नसक्ने गरि मौलाएकोछ
म जन्मेको माटोमा अव
मेरो चिहानको लागी बच्छ कि बच्दैन ?
साहेद मेरो लास को अन्तष्टि कसरी गर्ने
मेरा सन्तान जन्मेछन भने झगडा गर्लान
म जन्मेको माटोमा अव मानवता हराउदैछ
आधुनिक युगको छुबाछत मौलाउदैछ,
बनमारा झार बरु ओईलाउदैछ
म जन्मेको माटोमा अव मृत्य पनि
तमसा बन्ला भन्ने चिन्ता छ मर्ने हरुलाई
चिन्ता छ बाँच्ने हरुलाई !
म के शन्देश मागु चिरा चिरामा छरिएका
आत्मा भित्र प्रेतआत्मा लुकाएका
मान्छे र मानवता लाई

पात्लेखेत-७ , म्याग्दी

No comments: