Mar 25, 2009

“करेशा फ्रेश” सब्जी पसलेका कुरा


स्यानु पाईजा

आलु चार रूपैयाँ किलो
टमाटर छ रूपैया किलो
खुर्सानीको यति,लौकाको उति
लामै सुचि छ भित्ता भरि
यस बर्ष म्याग्दीलाई
वायरलेस नेटबर्कले छोयो
थ्याक्स महाबीर पुन
kresahfresh@yahoo.com
जानेर नजानेर याहुको बिज्ञापन
करेशा फ्रेशको शान मैले
भर्खरै किनेको नयाँ कम्प्युटर
नाफा त निक्कै भयो कि क्या हो
मैले सुन बेचेर किन्न नसकेको
तिमीले तरकारी बेचेर किन्यौ
ब्ल्याकमा त बेचिनौ ?
सुन-चाँदी पसलको मोहन दाईको मजाक
स्थानीय पत्रिकाले लेख्छ-
कम्प्युटर सस्तो भयो
अब तरकारी पसलेले पनि किने
ल हेर्नुस छापियो करेशा फ्रेशको फोटो
फोकट मै भयो मेरो बिज्ञापन
साहेद त्यही भटेर होला
दैनिक थपिने नयाँ च्याट फ्रेण्डस्
पहिलो सम्बोधन- हाय फ्रेश दाई
बासी तरकारी छ ?
आज आलुको शेयर घटेछ नी !
अर्कोले सोध्छ गाउँ बाट–
ईस्कुशलाई ईङलिसमा के भन्छ दाई ?
कुईरेलाई पकाईदेको नाम के हो सोध्दैछ
अ अअअअअअअअअअ खै के भन्छ ?
रुखमा फुल्ने मुला हो भन्देउ न हा-हा-
साहेद उ रिसायो होला गयो
अर्को आउछ बिदेश बाट-
ओके ले कस्को स्वास्नी भगायो र ?
बेनीमा धडेरी लाई कति हजार हात छ ?
उमेशले कत्तिको कमाको रैछ ?
बिबेकको धर पुरा भयो ?
कस्को को सँग चक्कर छ ?
मलाई जब्वरजस्ती कुराउटे बनाउनु खोज्छन
आमालाई कस्तो छ ? सोधेन्
बाबालाई कस्तो छ ? सोधेन्
यस्तालाई मैले दिने रेडिमेड
जबाफ छ – थाह भएन !
अर्कोले थप्छ- पलाँसको फूल भेटनु भो ?
यो लिङ्क हेर्नुस मेरो कबिता छ
यो लिङ्क मा जानुस .... छ
सत्ते ! बासी तरकारी सोध्ने बाहेक
मलाई जिस्काउने अरु केटी छैनन
मलाई बेला बेला मा जिस्काउने
कसैले पसलमै आलु छ सोध्दा पनि
मलाई उनैको याद आलो हुन्छ
अचेल उनको पनि आगमन छैन
साहेद टपिक पुरानो भएहोला
रस सकिएको चुईगम जस्तै
लागे होला- हाय फ्रेश दाई
बासी तरकारी छ ?
अब उनलाई के स्वाद
उनि सित मेरो गुनासो छैन
बरु ईस्कुसलाई रूखमा फल्ने मुला भन्देउन
बेमौसमको जोक होईन
मेरो ईङलीस कम्जोर भएर हो
किन कि मेरो किताव र डिक्सनेरीमा
के माने ईस्कुश भन्ने नै थिएन
सरी भाई नरिसाउ है ।

पात्लेखेत-७ म्याग्दी

गीत


दिलिप योन्जन

ननिभ्ने दिप हो, हाम्रो माया प्रिती
हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी।

दुख सुख जिन्दगीको, जिउने मिठो आधार
जन्म२ रहन्छ माया, इतिहास भै अमर
नसुक्ने खोला हो, हाम्रो प्रेम काहानी
हासी२ जिबन बिताउ, मरे हुन्छै खरानी।

माया ठुलो सन्सारमा, हिरा मोती भन्दा
मरेर नि बाचेकाछन, मायामा ज्यान दिदा
नरोकिने यात्रा हो, युगै युग भरी
हासी२ जिबन बिताउ, लानु केछ मरी।

अस्टिन, अमेरिका

गजल


भूपेन्द्र महत

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछी भेटदा तिम्रो ओठ थरथरायो

तिम्रो प्रेम माग हो कि अनुरागको दाग
काँडा रैछ तिम्रो मनमा मुटु दरफरायो

नजर नजरमै नजर बोली मन घोल्थेयौ
खाटा बसेको घाऊ बल्झी फेरी परपरायो

फुल जस्तो सुकोमोल म्रिगको जस्तो नयन
त्यो नयनमा किन आज आगो भरभरायो

भर नपर


आचार्य प्रभा

जे भन्यौ ठिकै भन्यौ
मनकै ब्यथा पोख्यौ ,
अस्पट भावनाहरु ओकलेर
मन शान्त गरायौ ...
हो ---सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा
असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा ।
मन शान्त गराउने बहनामा तिमी
समर्पित भयौ कसैमा
अधरमा मुस्कान ल्याउने प्रयासमा
तिमी कोमल बन्यौ आँफैमा ,
त र ---सावधान !
जस्लाई मनका ब्यथाहरु पोख्छौ
ऊ तिम्रो पीडाको श्रोता मात्र नबनोस
जस्लाई भावनाका लहरहरु बिछ्याउछौ
ऊ तिम्रो कोमलताको क्रयता मात्र नहोस्
किन कि संसार अब स्वार्थमा मात्र डुबेको छ
कसैको साथ क्षणभङुर मात्र हुन सक्छ
तिम्रो भावना केवल ,
दन्त्य कथा मात्र बन्न सक्छ ।
यो भ्रममा ''तिमी '' ''उ ''
हामी सबै फंसि सकेकाछौ,
त्यसैले ---पोख मनका ब्यथा
त र आफु नाङिएर हैन
सुनाउ पीडाका वाक्यहरु
त र ---आफु बिश्वस्त बनेर हैन
जस्ले सुन्ने बहानामा
तिमीलाई मोल्न सक्छ ,
जस्ले आश्वासन दिने भरोशामा
तिमीलाई लुट्न सक्छ
किन कि ---अब ती सत्य र धर्मी
मनहरुमा कलंक र अधर्मले
बास गरिसकेको छ ।

(बोल्डर् )

Mar 23, 2009

गणतान्त्रिक धुन


टंक सम्वाहाम्फे

आजभोलि गणतान्त्रिक धुन
निरन्तर वजिरहेछ
हामी त्यहि धुन सुनेर
खुशीयालीको मनाईरहेछौ
यी धुनहरुसंगै
अरु धुनहरु पनि वज्न थालेकाछन्
र तालहरु पनि फेरिन थालेकाछन्
त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन्
धुनहरुमा विभिन्नता देखिन थालेकाछन्
यसरी हामीहरु आआफ्नै धुनमा
खुशीयाली मनाईरहेछौ

कोही भन्छन्
राजाको अवशान पछि
संघीय गणतन्त्रको धुन बजेको हो
कोही भन्छन् दशवर्षे जनयुद्घले
कोही भन्छन् बाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले
कोही भन्छन् आम नेपालीको चाहानाले
जेसुकै भएपनि गणतन्त्रको धुन
आजभोलि निरन्तर वजिरहेछ
माथि देखि तलसम्मकाले
यो धुन बजाईरहेकाछौ
अथवा त्यसको उपभोग गरिरहेछौ
त्यसैले त अनेकौ धुनहरु सुनिरहेकाछौ
अव कुन धुनलाई कसरी सुन्ने होला ?
किनकी कसैका धुनहरु मिल्दैनन्
थरिथरिकाछन्
कसैका तालहरु मिल्दैनन्
परिपरिकाछन्
यहाँ मात्र आआफ्नै धुनहरु बजिरहेकाछन्
सवैको एउटै धुन बन्न सकेको छैन
सवैको एउटै ताल हुन सकेको छैन
तर यो गणतन्त्रको धुनमा
नाच्नेहरु आआफ्नै तालमा नाचेकाछन्
कोही हर्षे नाचेकाछन्
कोही विस्मतले नाचेकाछन्
धुनहरु बज्न थालेपछि
सवैलाई आआफ्नै तालले नाच्न मन लाग्छ
यो गणतान्त्रिक धुन हो
त्यसकारण धुनको समान अधिकार छ
सायद त्यसैले होला मान्छेहरु
कोहि राष्ट्रिय धुनमा छन्
कोहि अन्तर्राष्ट्रिय धुनमा छन्
कोहि संघीय धुनमा छन्
कोहि क्षेत्रीय धुनमा छन्
कोहि जातीय धुनमा छन्
कोही छुट्टै राज्यको धुनमा छन्
जे होस् गणतान्त्रिक धुनलाई
सवैले सुनेर उपयोग गरिरहेछन्
भोलि यो धुन कसरी वज्दै जाने हो
थाहा छैन
तर धुनले हरेक दिन उचाई लिदैछ
स्थायित्व कायम गर्दैछ
त्यसैले त धुनहरुसंग
समूह देख्न थालिएका छन्
मण्डली भेट्न थालिएका छन्
तर यहाँ अझै पनि मान्छेहरु
कति शास्त्रिय धुनमाछन्
कति आधुनिक धुनमाछन्
कति उत्तरआधुनिक धुनमाछन्
यसर्थ सवै नेपालीहरु आआफ्नै धुनमा छन्
सवै नेपालीहरु आआफ्नै तालमा छन्
कसैले कसैका धुन सुनेका छैनन्
कसैले कसैका ताल बुझेका छैनन्
मात्र गणतान्त्रिक धुन बजिरहेछ
सत्ताकालाई सत्ताको धुन बजिरहेछ
पदकालाई पदको धुन बजिरहेछ
तर जनताहरुलाई भने
महङ्गी ,गरिवीको धुन बजिरहेछ
चोरी,डकैती,हत्या,अपहरणको धुन बजिरहेछ
यथार्थमा असुरक्षाको धुन बजिरहेछ

एउटै देशका भिन्नभिन्नै धुनहरु
एउटै देशका वेग्लावेग्लै तालहरु
गणतान्त्रिक धुनसँग मिसीएर
निरन्तर वजिरहेकाछन्
कतै चर्को कतै मधुरो बजेकाछन्
कतै मधुरो कतै चर्को सुनिएकाछन्
तर धुनहरु सवैतिर बजिरहेकैछन्
वास्तवमा सत्ताका धुनहरु
तल धेरै सुनिएकाछन्
जनताका धुनहरु माथि थोरै मात्र सुनिएका छन्
यहाँ गणतान्त्रिक धुन यसरी नै गुन्जिरहेछ

हामी सवैले सुनिरहेकाछौ गणतान्त्रिक धुन
मज्जैले सुनिरहेकाछौ
त्यहि धुन सुनेर
खुशीयालीको मनाईरहेकाछौ
तर यो धुन
अव कहिले सम्म बज्ने हो थाहा छैन
तै पनि हरेकले धुनको आशा गरेकाछन्
तै पनि हरेकले धुनको भरोसा गरेकाछन्
किनकी यो धुन युगौंपछि
गुन्जेको मौलिक धुन हो
त्यसैले धुनसँग हरेकको जिवन गुन्जिनु पर्छ
त्यसैले धुनसँग हरेकको विचार समेटिनु पर्छ
किनभने यहि धुनको लागि
धेरैले रगत वगाएकाछन्
धेरैले पसीना पोखाएकाछन्
धेरैले सिंदूर पुछेकाछन्
धेरैले आफन्त गुमाएकाछन्
तसर्थ गणतान्त्रिक धुन मात्र धुन वन्नु हुदैन
देशको धुन वन्नु पर्छ
विकासको धुन वन्नु पर्छ
शहिदको सपनाको धुन वन्नु पर्छ
समग्रमा नेपाली जनतालाई सम्वोधन गर्ने धुन वन्नु पर्छ

पापी समय र निष्ठूरी मायालु

केदार श्रेष्ठ'गगन'
समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला ,त्यसको कुनै लेखाजोखा छैन । जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरु एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन्, कस्ता भए अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले । तर, मैले सोचेजस्तो हुँदोरहेनछ । समय मान्छेको माउते नै रहेछ । करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले ।
खाना खाइसकेपछि टी.भी. हेरिरहेको छु । आज दिशानिर्देश आउने दिन, त्यसैको प्रतीक्षामा छु । प्रायः दिशानिर्देश म कहिल्यै छुटाउँदिन किनकि म विजयकुमार पाण्डेको फ्यान हुँ । म उनको प्रश्न सोध्ने शैली- बाट अति प्रभावित छु । त्यतिमात्र नभएर यो कार्यक्रम ज्ञानवर्द्धक पनि छ । टी.भी.मा कार्यक्रम सुरु भयो । आजको पाहुना का रहेछ भनि नियालिरहेको थिएँ । तर, आजको पाहुना व्यक्ति नभएर देश रहेछ । कर्णालीमा मोटर पुगेको अवसरमा जुम्लाको यथार्थ देखाइएको रहेछ । साँच्चै नै त्याहाँका मान्छे कति खुसी भएका मोटर गाडि देख्दा, कति अन्जान देखिन्थे मोटर गाडि चल्दा । अलि बाठो देखिने वालक विजयकुमारसाग कुरा गर्न कहिले आइपुग्थ्यो त कहिले अलि माथि डाँडामा गएर जुम्लामा गाडि आयो भन्दै कुर्लन्थ्यो । लाग्थ्यो, उसको बालाजीवनको पहिलो आत्मैदेखि नै खुसी भएको क्षण हो यो । कार्यक्रम विश्लेषण गर्ने क्रममा विजयकुमार पनि कहिले प्रफुल्ल मुद्रामा देखिन्थे त कहिले भावुक र गम्भिर मुद्रामा देखिन्थे । उनले सयौ भाग दिशानिर्देश चलाए होलान्, अरु भागले के कस्तो असर पार्यो मान्छेलाई त्यो त थाहा छैन मलाई तर यो भागले भने एउटै मुलुकमा दुइ देश रहेछ भन्ने संकेतमात्र नभएर शासकवर्ग सत्ता र सुविधामा मात्र झुम्मिदा रहेछन् र देशको अवस्थासँग अनभिज्ञ हुँदारहेछन् भन्ने कुराचाहिँ उजागर गर्न सफल भए उनी । म उनीप्रति ऋणि छु । घरमै बसी-बसी जुम्लाको बारेमा धेरथोर जान्ने मौका पाएकोमा । साह्रै मार्मिक थियो यो भाग ।
कार्यक्रम सकियो । पल्टेको छु ओछ्यानमा । नानाथरिका कुराहरु खेलिरहन्छ मनमा । घरिघरि आइरहन्छ मानसपटलमा सिनेमाको दृश्यजस्तै कोही खुसीले, कोही डरले ती अवोध बालबालिकाहरु गाडि देख्दा कराएका र भागेका क्षणहरु । झन विजयकुमारलाई कति यादले सताउँदो हो कार्यक्रम सुटिङ्ग गर्न जाँदा देखेको समाजको वास्तविक परिदृश्य, जुम्लाको परिवेश र भू-वनोटले । जसरी म आफ्नो जीवनको एक मोडमा भएको क्षणलाई कहिल्यै भुल्न सक्दिन । त्यो क्षण यसरी सुरु भएको थियो-
पारिवारिक अवस्था अलि कमजोर भएकोले एसएलसी पछि पढ्न सकेको थिइनँ । गाउँमै प्लस टु खुलेपछि पढ्न सुरु गरेको थिएँ । कक्षा सुरु भएको एक महिना पछि एउटी गोरी केटी हाम्रो कक्षामा पढ्न आउन थालिन् । ऊ साह्रै हिस्सी परेकी थिई । ऊ बोल्न नडराउने र नलजाउने वहिर्मुखी स्वभावको रहेछ । ऊ आएकै दिन मलाई सोधी-हाम्रो ऐच्छिक विषय कुन हो ?
मेरो छुच्चो मुख उघ्रिहाल्यो नेपाली भन्दै उसतिर प्रश्न तेर्स्याउछु-वैनीको घर कता पर्यो होला - मन्द मुस्कानमा भन्छे-साखामाढी।
अनि तपाईँको नि ?
केदार श्रेष्ठ'गगन' भीमस्थान एकै सासमा भनिदिन्छु नाम सहित ।
वैनीको नामचाहिँ ?
सरु
भर्ना गर्न किन ढिला गरेको त ? जिज्ञासा राखछु उसको बारेमा । अर्काको ढोका पोत्ने जात भनेर बुबाले नपढाउने भन्नुभयो पहिले मैले रोइ कराइ जिद्धी गरेपछि पढ्न जाउ भन्नुभयो। त्यही भएर.............।
मनमा सोच्छु एक्काइसौं शताब्दीका भएर पनि समइलाई चिन्न सकेका छैनौ हामीले । अझैँ छोराछोरीमा भेदभाव गर्छौ । अझै जनचेतनाको कमी छ हामीमा ।
हजुरबुबाले जसरी पनि बुबालाई बोलाइदे भनेर कर गर्नु भएको धेरै दिन भइसक्यो । नेताहरुले भाषण गर्दा कोही सिङ्गापुर बनाउछु भन्छन्, कोही स्वीजरल्याण्ड बनाउँछु भन्छन् नेपाललाई । तर, खै धेरै वर्षबितिसक्यो हाम्रो ठाउँमा न मोटर देखियो न विजुली झुल्कियो । न टेलिफोनको तार नै झुण्डियो । त्यसैले फोन गर्नको लागि सिन्धुली बजार जानुपर्ने भयो । बिहान उठेर लागेँ फोन गर्न बजारतर्फसाथमा गोपाल पनि छ । ऊ मेरो साह्रै मिल्ने साथी हो ।
फोन गरेँ बुबालाई ।
हेलो ! कमल सरलाई पाउन सकिन्छ होला ?
हजुर म बोल्दैछु । तपाईँ को बोल्नु भएको हो ?
सायद मलाई चिन्नुभएन होला । म केदार बोलेको, सन्चै हुनुहुन्छ बुबा ?
सन्चै छु । के छ हालखवर घरतिरको ?
राम्रै छ । बुबा घर आउने हैन ?
एक महिना पछि आउँला । अहिले पैसासैसा पठाइदिन्छु घरब्यवहार मिलाउदै गर्नु हुन्न र ?
अहँ हुदैन पैसाले । दुइ वर्षभइसक्यो अझै घर आउने विचार छैन जसरी भए पनि तपाईँ घर एकपल्ट आउनै पर्छ । ढिपी गर्छु
त्यसो भए तँ पनि काठमाण्डौं आइज न त एकदुइ दिनपछि सँगै फिरौँला ।
काठमाण्डौं जाने भएँ । त्यसदिन सिन्धुली बजारमै बास बसेँ । अर्को दिन विहानै म काठमाण्डौंतिर लाग्छु, गोपाल घरतिर लाग्छ ।
मोकामा चौका हान्नु पर्यो भनेर काठमाण्डौ. पुगेको भोलिपल्टै लागेँ भोटाहिटीतिर आफूलाइृ चाहिएको दुइचारवटा किताब किन्नको लागि । किनकि आफूले खोजेको लेखकको किताब हाम्रोतिर पाइदैन । खाए खा नखाए घिच भने जस्तै हो ।
वेलुका बुबा अफिसबाट फर्के पछि हजुबुबाले भनेको सबै कुराहरु सुनाउछु । त्यसपछि बुबाले घर जाने निधो गर्नु भयो । म हतारिन्छु । डर छ मलाई पढाई छुट्छ भन्ने । अलिअलि झल्को सरुको पनि । एक हप्ताको काठमाण्डौंको बसाइ पछि घरतिर लागियो बुबा,म र फुपूको छोरा जीवनसँगै ।
घर गएको भोलिपल्टै जान्छु प्लस टु पढ्नको लागि । ऊ हताश मुद्रामा देखिन्थी । मैले ङीच्च दाँत देखाउदै सोधेँ-कति पढाउनु भयो सरहरुले ? एकएक टपिक्स अगाडि बढेको छ भन्दै मलाई एउटा खाम दिई ।
म झस्किन्छु । के दिई यो । के छ यसमा । थाहा छैन मलाई । हेर्न आतुर छु डरडर लागिरहेको छ । मैले केटीको हातबाट आजसम्म खाम यसरी पाएको थिइन । सायद, त्यही भएर होला धड्कन बढिरहेको ।
मैले त्यो खाम स्कुलमा खोल्ने आँट गरिन । घरमा गई ढाका बन्द गरेर पढ्न सुरु गरेँ । त्यसमा यस्तो लेखिएको थियो-
समुद्रभन्दा गहिरो, नदीभन्दा लामो मुटुभरिको माया । कहाँबाट सुरु गरौं मनको बह पोख्नलाई । हजुरको अगाडि मुख खोल्न सकिनँ त्यसैले यो दुइ अक्षर लेख्दैछु । केटा मान्छेको जात कस्तो हुँदोरहेछ - यत्रो दिनसम्म कहाँ जानुभएको थियो ? यहाँ जान्छु पनि छैन त्यहाँ जान्छु पनि हैन । साह्रै निष्ठूरी हुँदोरहेछ । आफूलाई एकदिन नदेख्दा एक वर्षनदेखेजस्तो हुन्छ हजुर भने..............।
रातमा निद्रा छैन दिनमा भोक
बैंसमा लाग्यो हजुर मायाको रोग ।
खै ! के भएको यस्तो मलाई । आजभोलि यो गीतमा भनेजस्तै हुन्छ । मेरै व्यवहार थाहा पाएर गीतकारले यो गीत लेखेजस्तो लाग्छ । भावनामा हावासँगै बहिरहन्छ मन । पढ्रदा पनि किताबका पानाहरुमा तपाईँलाई मात्र देख्छु । म जहाँ भएपनि मेरो मन हजुरसँगै हुन्छ । मलाई हजुर अति मन पर्छ । मेरो मुटुको ढुकढुकीमा हुनुहुन्छ । सायद, तपाईँ नभए मेरो मुटु चल्नै छाड्छ होला ।
म तपाइँसँग टाढा भएर बस्न सक्दिन । जसरी आकाश र तारा, नदी र पानी, नङ्ग र मासु छुट्टदिैनन् । त्यसरी नै म तपाईँसँगै जीवन बिताउन चाहान्छु, म तपाईँको दुःखमा दुःख मिलाएर यो छोटो जीवन व्यतित गर्नलाई तपाईँको जीवनमा बेहुलीको घुम्टो ओढी आउनलाई तयार छु । हजुरको न्यानो अङ्गालोमा बाँधिन आँतुर छु । तपाईँको के बिचार छ त्यो थाहा छैन मलाई । तर पनि यो दुःखीलाई घृणा र यो दुःखीको अनुरोधलाई तिरस्कार गर्नुहुन्न भन्ने आशामा छु । तपाईँको सुकोमल हातबाट लेखिएको दुइ अक्षर मेरो प्रस्ताव स्वीकारसहित आउने प्रतिक्षामा बसिरहेकी छु । ल त अहिलेलाई विदा ।
उही तपाईँकी प्यारी, सरु
चिठी पढिसकेपछि प्रथम रजस्वला भएपछि स्नान गरी घाम ताप्दै गर्दा एउटा नवयौवनालाई जस्तै केही पाएजस्तो, केही गुमाएजस्तो, कताकता डर लागेजस्तो, कताकता खुसी भएजस्तो भइरहन्छ । चङ्गासरि हावासँगै उडिरहन्छ मन ।
केही दिन मनमा गनथन गरी दिमागले शब्द मनथन गर्दै उसको
प्रेमप्रस्ताव स्वीकारसहित दुइ अक्षर लेखेर दिएँ । उः धेरै खुसी भई । यसैगरी दिनहरु बित्दै गए । यस समयमा हुनेनहुने सबै राम्रा नराम्रा कामहरु भए हामी बीचमा । तड्पाइमा बस्नुपर्दा मात्र रात-दिनहरु लामा र कहाली लाग्दा हुँदा रहेछन् । उसको र मेरो साथमा बितेका यी क्षणहरु दुइ बर्षदुइ दिनमै गएजस्तो लाग्यो मलाई । प्लस टु को पढाई सकियो । पढाई राम्रै भएकोले दुबैजना पास भयौ ।
उसले सिन्धुली बजारमा नै आफू पढ्ने नपढ्ने टुङ्गो नभए पनि मलाई पढ भन्ने योजना बनाएकी रहिछिन् । मेरो हात सुमसुम्याउँदै भन्छिन् ढुङ्ग्रेवास क्याम्पसमा नै पढौँ है ? बेलाबेलामा भेट भइरहन्छ । टाढाको अनुभव हुन पाउँदेन नि, टाढा नजानुस् है ?
घरको खर्चले प्रइभेट क्याम्पस पढ्न नसक्ने र वीरगञ्जतिर सानोतिनो काम गर्दै सरकारी क्याम्पस पढ्ने योजना गोपाल र मैले बनाएको बताउँछु । गोपाल वीरगञ्जतिरको भुक्तभोगी हो । उसलाई वीरगञ्जतिरको बारेमा सबै थाहा छ । तिमी मेरो लागि र म त्रि्रो लागि जन्मेको र स्वच्छ पवित्र माया भए कसैगरी पनि हामी हाम्रै हुन्छौ, धेरै कुरा नखेलाउनू मनमा मेरो बारेमा केही चिन्ता लिनुपर्दैन । पीर चिन्ताले ज्यान खान्छ । यसरी उसलाई शब्द सान्त्वना दिन्छु ।
मेरो निर्णयले सरु धेरै बेर मेरो काखमा घोप्टो परेर रोइरही । उसको बगेको आँसुलाई पुछ्दै सम्झाउछु यसरी रोएर हुन्छ त लाटी, आँसुले प्रगतिको बाटो रोक्छ, रुनुहुन्न ।
सुँक्कसुँक्क गर्दै फेरि भन्छे यता पढ्न नसक्ने भए बरु पढ्नु पर्दैन ।
म केही बोल्दिन । चुप लागेर उसको अनुहारतिर आएको कपाललाई खेलाएर बसिरहन्छु । म पढ्नलाई छाड्न चाहान्नथेँ । नपढेर मैले धेरै हण्डर, गोत्ता र पीडा भोगिसकेको थिएँ ।
समय परिस्थितिले नै मान्छेलाई नजिक र टाढा पुर्याउँदोरहेछ । मान्छेले बल गरेर हुन्न रैछ ।
गोपाल र म लाग्छौ वीरगञ्जतिर । उता लाग्नु भन्दा अघिल्लो दिन सरुलाई भेटेर फर्किने बेलामा गहभरि आँसु पार्दै भनेकी थिई- हाम्रो भेट कहिले हुन्छ ? शंका लागिरहेछ मलाई । यो अन्तिम भेट त हुने होइन ? मेरो विहे गरिदिने कुरा चल्दैछ घरमा ।
बोल्न खोज्छु । बोली अबरुद्ध हुन्छ । बल्लबल्ल भन्छु एक महिना पछि भेट भइहाल्छ नि, आफैलाई सम्हाली बस जस्तै हुरीबतास आएपनि केही हुने छैन ।
खै उसले के बुझी टोलाएर हातको औला पड्काउँदै मुण्टो हल्लाउँछे ।
यताउति हेर्दै एकपटक छातिमा टास्छु र बिदा हुन्छु । उसले डाँडाले नछेकुन्जेल मलाई हेरिरही । जव ऊ र म देखिन छाड्यो तब मेरो मनमा पूर्णिमामा ग्रहण लागेजस्तो भयो ।
क्याम्पस जाडो विदा भयो । घर फर्के । उसलाइृ छेट्न मन हतारिरहेको छ । तर कसरी के निहुँ बनाउने हो ढिला भएकोमा सोचिरहेको छु । जे होला भनेर लाग्छु भेट्नलाइृ उसको घरतिर । तर, भेट हुन सकेन । उनी त अरु कसैको भइसकिछ । बिजुली चम्केर चट्याङ्ग बज्रेजस्तो भयो । साह्रै रिस उठ्यो । मसँग बिहे गर्छु भन्नलाई जातले छेकेको भए तापनि एक वर्षबिहे गर्दिन भनेको भए भइहाल्थ्यो होला नि । म उतै जिन्दगी बिताउन गएको हैन आखिर । फेरि सोच्छु मैले उसले भनेको मानेर यतै पढेको भए सायद यो पीडा खप्नु पर्दैन थियो होला । पछुतो लाग्छ उसको कुरा नसुनेकोमा मलाई । मनमा वेदनाको भेल नदी बगेजसरी बगिरह्यो, चैत्रको खडेरीमा आगो दन्केसरि आगो दन्किरह्यो छातिभित्र, रातभरि निद्रै परेन । त्यही पनि पल्टिरहेँ ओछ्यानमा ।
रातभरिको छटपटाइपछि बिहानीपख एउटा गीति कथा लेख्छु पीडा र पश्चातापले भरिएको र पठाउछु सुरसंगममा ।
ऊ सधै सुन्थी सुसंगम । अहिले पनि प्रत्येक बिहिवार राति साढे नौ बजे नवजीवनसाथीसँगै रेडियो कानमा राख्छिन् होला ।
सरु अहिले अर्कैको भए पनि मेरै भएर नाचिरहन्छिन् आँखाभरि बिर्सु भन्छु झन उर्लिएर आउँछ वेदनाहरु, अधुरै रहे उसले मैले देखेका सपनाहरु ।
गल्ती कोबाट भयो ऊबाट वा मबाट थाहा भएन तर धोका भयो पहिलो प्रेममा । पहिलो प्रेम त क्यान्सर नै हुँदोरहेछ बिर्सु दुख्छ,
सम्झु दुख्छ
मृत्युवरण गरुँ
असफलताको जीत हुन्छ
खै के गरुँ ? खै के गरुँ ?
टाउके डाँडाभरि अझै प्रत्येक वसन्तमा रातै गुराँस फुल्ने गर्छ, त्यही फूल चुल्ठोमा सिउरेर गुराँसको फेदमुनि मेरै प्रतिक्षामा बसिरहेकी छिन् कि जस्तो लागिरहन्छ । दौडेर जान्छु, खोज्छु मेरो मायालुलाइृ तर त्यहा हुन्न । त्यहाँ गिज्याएर जान्छ हावाले मलाई । टाढा-टाढा कुनै घरमा मधुर स्वरमा कर्णदाशको यो गीत बजेको सुनिरहन्छु टोलाएर-
भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो
हामीबिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो ।
र धन्यवाद दिन्छु पापी समय र निष्ठूरी मायालुलाई ।
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्ट

Mar 22, 2009

म दिलबहादुर लिम्बू


किराँती भोगेन एक्ले

हजुर, म दिलबहादुर लिम्बू
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सन्की सिपाहीको
यो सम्पतिले पुरिएको सहरमा
सयौंतले खण्डहरहरुको घुइँचोभित्र
मेरो लागि खाली मात्र म अटाउने
एउटा छिँडी नमिल्दा
हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर
एकलासको एकान्तमा लुकेको म
आज शिकार भएको छु एउटा आततायी शिकारीको
के थियो मेरो त्यस्तो बिराम्
यो समाजमा उभ्याउन नसकेर आफूलाई भागेको म
यो समाजबाट अर्घेलो भई खेदिएको म
कसको लागि त्यत्रो खतारा बनेँ
र मेरो खप्परमा सजाय गोली लेखियो
के म दिनदहाडै सहरमा गर्जने ताइलो थिएँ ?
कि शरीरमा बारुद भरेर निस्किएको आत्माघाती थिएँ हँ ?
मैले लिका सिङहरुको घरबारी खरबारी लुटेको थिइनँ
न मैले अराजकता नै फैलाएको थिएँ यो मुलुकमा
होला, बिराएँ हुँला केही
एउटा नाबालकले ओछ्यान मुतेजस्तो
नपाएर साथीभाइको जस्तो खेलौना
हीनताबोधले तड्पिएको बेला
तमासा मच्याएँ हुँला उफ्रिएर
यतिकैमा गुमाएर होस
ठोकेर मेरो निधारमा गोली
उतार्नु मिल्थ्यो त रीस अभिभावकले ?
मेरो रगतको रङ्ग पनि उस्तै त थियो
उसकैजस्ता थिए होलान् सपनाहरु पनि धेरै
मेरो तस्बीर शिरानी लाएर सुत्ने पत्नी
बाबा कुरेर बसेका बचेराहरु
म फर्की आउने बाटो हेर्ने धमिला आँखाहरु
उस्तै त थिए मेरा पनि उसकोजस्तै
खै त मानवता ?
खै त यो सभ्य समाजको
सभ्य तालिम प्राप्त विवेक ?
थुप्रै सपनाहरु किन्न निस्किएको म पर्देश
यो जाली समयले आज उल्टै मलाई बेचिदिएपछि
जीवनलाई बगाउन नसकेर अरु धेर
किनारा लाग्दा एकाछेउ
यो मान्छेहरुको सहरमा
म एउटा मान्छे
मान्छे हुनुको पहिचान हराएर
अमान्छे बाँचेको बेला
ममा मान्छे खोज्दै मलाई
एउटा मान्छेले नै निलेको छ आज
ठूलो माछाले सानो माछा निलेजस्तो स्वात्तै
महिनौँदेखि भोक र शोकले गलेको ज्यान
बाउँठी सकेका हात गोडाहरुमा के थियो र पाइन
एउटा हट्टाकट्टा सिपाहीलाई लतार्ने
के थियो र त्यस्तो शक्ती ममा
र उ सुरियो मेरो निधारमा गोली दाग्न
होसियार
ऐ हेनेन्सी रोडबासी मोहमद आलम
सामसुइपो पार्कबासी अपो, लोयम र स्युख्यङहरु
आकाशे पुलमुनि ओतिहिड्ने मेरा सजातिहरु
यो माउसुलीहरुको स्वर्णद्वार
पुतलीहरुको पासो
यो कालो माकुरी जालोले
भोलि तिम्रो पनि परिचय माग्न सक्छ
तिम्रो पनि थाँतबास खोज्न सक्छ
र त्यो बेला
नरन्कनु तिमी आफ्नो परिचय हराएको झोँकमा
नभन्नु उसलाई आफू बेवारिसे, बेघरबार भएको सत्य
नत्र उसले आफ्नो बहादुरी देखाउन सक्छ
मलाई जस्तै निधारमा तिमीलाई पनि गोली ठोक्न सक्छ
ड्याङ, ड्याङ, ड्याङ ।

(१७ मार्च २००९ का दिन होमान्तीनमा एक हङकङ प्रहरीको गोलीबाट अनाहकमा मारिएका नेपाली दीलबहादुर लिम्बुलाई श्रद्धाञ्जलीस्वरुप ।)

गजल


आचार्य प्रभा

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?

रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?

शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?
(अमेरिका )

Mar 18, 2009

नयाँ संयुक्त शब्द-लुकेको दर्द


स्यानु पाईजा

मौरी चाहेर पनि पुन: डस्न सक्दैन
साहेद उसैलाई थाहा हुदैन
उस्को डसाई अन्तीम डसाई हो
उस्को डसाई नजानिदो आत्महत्या हो
ब्याख्या फरक फरक होलान
कहि आत्महत्या भनिएला
कहि सच्चा सिपाही
कतिले शहिद नै भन्लान
आत्मरक्षाको लागी झुकेन
लडेर मर्यो शाहासिक मृत्यु
शब्दहरु मनचाहे बटुल्न सक्छौ
शब्दको हामीलाई अनिकाल छैन
हामी बेला बेलामा भन्छौ
शहिद शब्दको बजन घटेर
सहिद हुन लागेको छ
हामीलाई अभिनय गर्न राम्ररी आउछ
नक्कली आँसु निकाल्न जानेका छौ
शब्दको अर्थलाई बङ्गयाएर
अनर्थ ब्याख्या गर्ने जानेका छौ
मानव अधिकारका लामा लामा लेखमा
हृदय छुने सुन्दर सुन्दर कबितामा
नाँचु नाँचु मनै चम्काउने गीतमा
कति मार्मिक प्रयोग गरेका छौ हामी
छानी छानी सुन्दर शब्दहरु
तर यस्ता शब्दहरु छन जस्ले
बिभेदलाई पुन: जन्माउदैछ
दलित शब्द यो कतिले सुनेको
कतिले भोगेको आजिबन सजाय हो
जन्म सँगै जोडिएरको
अचेल जनजाती शब्दलाई उचालिदैछ
मलाई लाग्न लागेको डर
यो पनि एक दिन हाम्रो लागी
जन्मजात सजाय बनेर जोडिनेछ
हामी बिस्तारै माथि उठ्न लागेको बेला
हामी केहि पाईला अगाडी बढ्न थालेको बेला
यि शब्द उचालिदैछ ...................
हामीले मलमलगाई सकेका धाँऊहरु
फेरी बाहाना बनाएर कोट्याईदै छ
फेरी शब्दहरु उट्काएर
तिमी दलित हौ
तिमी जनजाती हो
हुदा हुदा अहिले दलित-जनजाती
नयाँ संयुक्त शब्द निर्माण गरेर
जनजाती पनि दलित थिए
भन्ने अर्थ निकाल्दै
राजनितिक पासा फेकिएको छ
यो मुद्दा उठाएर १/२ नेता सत्तामा पुग्लान
३/४ जनाले भत्ता पकाउलान
तर देश र बिभेद झन नयाँ भर्जनमा जन्मनेछ
बरू हुन्छ भने यो शब्दहरु नै प्रतिबन्ध हुन पर्छ
बिकास भयो भने यो आफै उन्मुलन हुन्छ
कुनै युगको दरलाग्दो कुष्ट रोग र पलियो उन्मुलन भयो
बिकासले यो फलाना- ढिस्कान हेपाहा शब्दहरु
ऊन्मुलन हुनेछन, यस्लाई बल गरेर उचाल्नु भन्दा
त्यो भन्दा कम बल बिकासमा लगाए हुन्छ
हेरेक तहले यस्तो बेलामा योगदान दिनु जरुरी छ
शब्द र अर्थको राजनितिक पासा बाहेक
हामी र नेपाली भएर हातेमालो गरौ
हामी माग्ने मान्छे होईनौ अधिकार लिन जानौ
हामीले पटक पटक दिएका छौ
आन्दोलन, भोट, चन्दा................??
शब्दको धनचक्करले जेलेको छ हामीलाई
अझै अन्तिम लडाई बाँकी ??
कति लडाई लड्ने ? हरेकले सोचेर लडौ
हामीलाई जाती,दलहरु मा बिभाजन गरेर
फाईदा लिने बिरुद्व एक जुट भएर लडौ

पात्लेखेत-७ , म्याग्दी

आमा तिमीले छाडेर जाँदा


सुनिता गिरी

संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो,
जिवनमा शोकको बाढी आउँदा,
अनायासै जिवनमा पहिरो जाँदा
ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा
जाली रुमाल झै बुनेका सपनाहरु ,
छरपस्ट भुइभरी छताछुल्ल पोखीदा,
कलम बाट कविता होइन,
आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।२
आकाश नै खस्दो रहेछ ,धर्तिनै फाटदो रहेछ
ममता लुटिएर एक्लो हुँदा ,खुर्सानी लगाएको घाउझै यो मन
मुटु चहराएर पोल्दो रहेछ
पदचाप आफै रोकीदो रहेछ ,अश्रुधारा बग्दो रहेछ
कलम कोक्काइ कोक्काई रुदोरहेछ ,सृष्टिनै कम्पमान हुदोरहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।२
किनेर कतै नपाइदो रहेछ
खोजेरै पनि नभेटिने रहेछ ,
र्साईनो गासेर नजोडीने रहेछ ,
आमामा आत्मियताको भंडार रहेछ
यो पल शोकले छोइरहेछ ,यो नयन साउन झै रोइरहेछ
आमा तिमीले छाडेर जाँदा ।।।२
कति निष्ठुरी रहेछौ ,इश्वर ,
आमाको माया खोसीदियौ ,
मैनबत्तिको शिखाझै पग्लीरहेछु ,आशुकै सागरमा डुबिरहेछु ,
आमालाइ लग्यौ टपक्कै टिपेर,
पहिरो जस्तै भत्किरहेछु ,असहज समय गुजारी रहेछु ,
आमा तिमीले छाडेर जाँदा ।।।२

हङकङ
नोट - सम्पूर्ण हाम्रा शुभचिन्तकहरुमा धन्यबाद टक्राउन चाहान्छु यस दुखद क्षणमा आफनो आफनो स्थानबाट हामा्रे परीवारलाइ सान्त्वना र शान्तिको कामना गर्नु भएकोमा यहाँहरु प्रति आभारी छु ।

कवि एस्. पी. कोइरालालाई प्रश्न



भानेन्द्रकुमार लिम्बू

कविज्यू !
के कविता कोरा कल्पना मात्र हो ?
न्याय र सत्यका कुरा
के कविताका बान्की मात्र हुन् ?

कुन त्यस्तो साहित्य छ ?
जहाँ कविले
न्यायको हत्या गरेको छ
निर्मम् र क्रुर बनेर !

म बाँचेको संसारमा
मैले पढेको कवितामा
मैले पढेको इतिहासमा
ठूला-ठूला तानाशाहहरु
तहसनहस भएका छन्
अनि
ढलेका छन्
तिनका आलिशान महलहरु
तासका घरसरी
कविका शब्दबमबाट
न्यायको पक्षमा
के कविज्यूको संसार अर्कै हो ?

कविज्यू !
के कविता मिथ्या हो ?
के कविता आडम्बर हो ?
होइन भने-
कविज्यू !
तपाई केका लागि
लेख्नुहुन्छ कविता अथवा गीत ?
सौन्दर्य बयानको लागि !
त्यो पनि त-
न्यायकै पक्ष हो नि !
होइन र कविज्यू ?


कविता 'सृजना' हो
सृजना विनासको द्योतक
हुनसक्दैन कदाचित् पनि
कि हुनसक्छ त कविज्यू ?
कविता 'जीवन' हो
जीवन्तता यसको धर्म
'कविता' हृदयको मर्म पनि
कि होइन त कविज्यू ?
ठूला-ठूला संग्राम बोल्छन् कविता
अन्याय भयो भने
बलिदान दिन्छन् कवि
आवश्यक परेमा
किनभने-
कदाचित् देख्न सक्दैनन् कवि
न त सहन नै सक्छन्
अन्याय अनि अत्याचार ।

तर कविज्यू !
तपाईको कलमले
मसिको ठाउँमा
रगत छादेको छ
सौन्दर्यको बयानको सट्टा
जघन्य अपराध लादेको छ
अनि
दिनलाई रात
रातलाई दिन
लेख्दैछ दम्भकासाथ ।

विनम्र अनि शालिन शैलीमा
र्इमान्दार कानून्को पालक भएर
न्याय माग्दैछ वर्षौदेखि
जसलाई-
विवेकमा बिर्को लगाएर
पट्टी बाँधेर आँखामा
निरापराधलाई सजाय दिइयो
मालिकको ठाडो आदेशमा
कविज्यूबाट
कविको धर्मलाई बन्धकीमा राखेर,
तर
कविज्यूको कलम
चुपचाप छ
सुनुवाइमा कन्जुस्याइँ गरेर
बरु
समर्थनमा पाखण्डपूर्ण कुकर्मको
लागेको छ छाती खोलेर अहोरात्र
नयाँ नयाँ षडयन्त्र रच्न
अभ्यस्त भएर दुष्कर्म गर्न
मालिकको सेवामा ।

वास्तविक कवित्व धर्म
के यही हो
कवि एस्. पी. कोइरालाको ?
के देख्नै नसक्नेगरी
मोतिबिन्दु भएकै हो
कविज्यूको आँखामा
२१० र २१२ छुट्याउनै नसक्नेगरी ?
कविज्यूको आँखामा
फुलो परेकै हो त ?
फुलो परेकै भए पनि
भित्री आँखा त
बन्द नहुनु पर्ने ?

कविज्यू !
जनताको अधिकार खोसिएको छ
देखेर हो वा नदेखेर ?
तर
न्यायको हत्या भएको छ कविज्यूबाट
एउटा कवि
हत्यारा भएको छ
मेरो दृष्टिमा ।

कविज्यू !
छद्मभेषमा अपराधी
मीठो भाषा बोल्ने
नौरङ्गीको रुपमा
अत्याचारी प्रशासक
के एस्. पी. कोइराला
कविको रुपमा
साक्षात्कार भएको मात्रै हो त ?
'कवि' बहाना मात्रै हो त ?
होइन भने-
किन जोतियो न्याय लेख्ने कविको कलम
जनताको भाग्य विनास गर्न ?
किन वञ्चित गरियो त्यो कलमबाट
ऐनप्रदत्त अधिकार भोग्न ?
किन बोल्दैन कवि हृदय
आँखा अघिल्तिर
हजारौं जनता न्याय मागिरहँदा ?
त्यसैले-
यो चेतावनी कविज्यूलाई
"बस्दैनन् जीवनहरु
मूक दर्शक भएर
हातमा दही जमाएर
समय परिवर्तित् भइसकेको छ ।
आवाजहरु दब्दैनन्
कदमहरु पछि र्सर्दैनन्
किनकि-
जीवन, आवाज र कदम
जनता हुन्
संघर्ष गर्न अभ्यस्त भइसकेका छन्
समय तिनका गुरु ।"

काठमाण्डौ
२०६५/११/२०

द्रष्टव्यः कवि एस्. पी. कोइराला नाम चलेका गीतकार पनि हुन् । यिनी लोकतान्त्रिक नेपाल सरकारका वर्तमान जलस्रोत सचिव हुन् । सचिवको रुपमा यिनी शंकरप्रसाद कोइरालाको नामले चिनिन्छन् । यिनले आफ्ना सिर्जनामार्फत जनमानसमा जसरी आफूलाई सत्य र न्यायको पक्षपातीको रुपमा प्रस्तुत् गरेका छन् त्यो झुठो रहेछ भन्ने प्रमाण स्पार्क कम्पनीमाथि गरेको अत्याचारबाट स्पष्ट हुन्छ । नेपालका नदीनाला आफ्नो पैतृक सम्पत्ति ठान्ने जलमाफिया र राजनीतिक बेस्याहरुका दलालको रुपमा यिनी प्रस्तुत् भइरहेका छन् । यिनलाई नेपालका नदीनालाहरु आफू सचिव हुँदै बेच्न हतारो छ । विस्तृत जानकारीको लागि स्पार्कको अपील सम्लग्न गरिएको छ । तपाई सचेत र न्यायका पहरेदार साहित्यकारहरुबाट न्यायिक संघर्षको लागि सहयोगका हार्दिक अपेक्षा राखिन्छ ।

खौल परेको देश दाम्ला परेका नेता


पुरुशोत्तम सुबेदी

थिय तिनका कुनै घडी सिखा टुपिका - जुल्पी लर्काउने भय ।
थियो सोझो जमाना शान्त पटलमा - नेता भनाउदा भय ।।
थान्कोट देखी सुरुहुने भुमी जनतालाई - बुझाई नेपालको थियो ।
शोझा जनता देउतासरी थिय त्यसबखतमा - सास्ती राणाले दियो ।।

गाउमा रगरग मुखिया जिम्मुवालको - जिल्लामा काजीसाप ठालु ।
बिना सित्तै तिरोभरो उठाइ खान्थे तिनले -फलाउथे तालुमा आलु ।।
मुद्धा अधिक हुन्थे अड्डा अदालतमा - गाउमा फटाहाको हुल ।
बन्थ्यो तमसुक ५० लाई सुन्य थपेर - ५०० मा औठाछाप कबुल ।।

स्कुल पढ्थे भनाउदा ठुला ठालुले - थियन गरिवको भलो ।
पाएनन जनताले कुनै राज्य सुबिधा -बरु पाउथ्यो कुकुरले कलो ।।
बाइसे चौबिसे राज्य सबै ढली गय - मासिय राजारजौटा पनि ।
चौबिसै राज्य आउदैछन नानाथरिका-भांड तन्त्रलाई गण तन्त्र भनी ।।

झगडा हो यो ओडार सामन्तिको -कही कतै नभेटिदाको पल ।
बडा बाद नौलो ल्याउने जनहरुले - गर्दैछन जनतालाई छल ।।
जन्मायो भारतले कुकुर बिराला नेपलमा -अहित नेपलकै हुने गरी ।
बने दुत पराइहितमा दलाल भरौटेहरु-रुवाउदैछन नेपाली धरधरी ।।

धोकै धोका ७ -१७-३६ छयालिसमा -जनतानिरास बनी गय ।
कोही थरी आय बोकेर छडि जादुको -देश जग नै कम्प बनाय ।।
देखे न यिनले सभ्यता कही कतै - न सिके राज्यको बागडोर ।
पारे खाडलमा सिंगो देश नेपाललाई-परीसके यी पनि जनखोर ।।

सहजै घर चलाऊन नजान्ने जनबिच- पुग्यो राज्यको लगाम ।
प्रकृतिले दियको सौन्दर्य सगुन पनी - भयन यीनलाई हजम ।।
फाटो पारे बिभिन्न थरबिच जातिहुन - अग्रपङ्तिमा देखिदा भय ।
समाली सक्नु साध्य भयन अहिले-घांटिमा बल्झेको हाडसरी भय ।।

न रह्यो बांस सुन्दर नेपालको - न बज्यो खै सुरिलो बांसुरी ।
भेट्न सके जतिका बेचेसबै यिनले-हात्ती गैंडादेखी सबै कस्तुरी ।।
कंगाल बनिसक्यो आज विश्व बिच - संस्कृतिको धनी देश नेपाल ।
नास्तिक हरु बिर्सें धर्म संस्कार पनि -हिड्छन बोल्दै जय नेपाल ।।

बेल्जियम

गजल

केशब आचार्य

माया हाम्रो बतासले झारेको त्यो पात भयो
मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो ।


अजम्बरी होला भनी औंठी चिनो लाइदिए
पिरतिले उनिएको माला च्यात्ने हात भयो ।

एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु
निष्ठुरिको अङालोमा भुल्दा आज बात भयो ।

फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो
मेरोलागी तिम्रो माया नपिएको मात भयो ।


(अमेरिका )

नगर बधुहरुको आवाज


दयाकृष्ण रार्इ

लाटाको देशमा गाँडहा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसि रहेको छ नारायणहिटी !
नयाँ नेपालको नयाँ संबिधान चाहि
के भएर आउने हो कुन्नी -
सबै कुरा नाँपे,
सबै कुरा लेखे भन्लान
नेताहरु.......!
र्इस.......तिनीहरुको संबिधान !
खै कहाँ अटायौं हामी -
नयाँ संबिधान लेख्न जनमत संकलन गर्न
हाम्रो कोठी सम्म,
किन आएनन प्रचण्ड,
किन आएनन गिरिजा,
किन आएनन माधव नेपाल
बल्ल-तल्ल एक चिम्टी नुन जति
बैस साँचेर आएका मधेसी प्रतिनिधिलाई
नेल ठोकेर, जेलमा कोचारे
हामी भनि रहेछौं
कठैबरा-बिचरा
हामीलाई माया गर्ने एउटै मात्र सभासदज्यु
आई लभ यु !
तर अरुले भन्छन बेसै भयो
अझै थोरै भयो सालेलाई
यो भन्दा पहिला
को वरिष्ठ को कनिष्ठ सबै आई रहेकै थिए
हामीले नयाँ नेपालको
नयाँ जिन्दगी चलाई रहेकै थियौं
एउटै थालमा खाएर,
एउटै ओछयानमा सुतेर
सानो कुरामा चित्त नबुझे पछि
रङ्गेहात पक्राउ,
हामीलाईनै नेल ठोकेर जेल चलान गरेर
पालेको चराले आँखा ठुग्ने
र्इन्स्पेक्टर, डेस्पी र एस्पी सबै
मुर्दाबाद !
र्इन्क्लाव-जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !
खोई हाम्रो बाँच्ने अधिकार -
खोई हामीलाई अर्को रोजगार -
हाम्रो स्वतन्त्र बाँच्ने अधिकारबाट
बन्चित गराउने सबै
मुर्दाबाद !
रेड लाईट एरिया घोषणा गर
हाम्रो घर परिवार को लागि हामी मरि सक्यौ ।
प्रतिष्ठित समाजको लागि हामी मरिसक्यौ ।।
तरै पनि
बेश्या बादिनी
जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !

वेल्स कार्डिफ बेलायत

नयाँ वर्ष


केदार श्रेष्ठ'गगन'

पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न
एक खुडि्कलो उक्लियो जीवन

वेहुली अनिमएको घर मन
प्रत्येक आफ्नो बुढ्याईसँगै
सृजना गरिरहेछ नयाँ-नयाँ संस्मरणात्मक कृतिहरु
र अभाव अनुभूति गरिरहेछन् आँखाहरु

प्रत्येक वसन्तसँगै उपस्थित हुने नयाँ वर्षाई
देखेजस्तै मान्छेले
खै ! कहिले देख्लान्
पूरा भएको यी आँखाहरुले
उसले बनाउदै गरेको अमूर्त चित्र

पशुपति र रत्नपार्कको छेउछाउमा
हात पसारेर बस्ने
मान्छेहरुको पेटभरि अन्न,
आँखाभरि सपना पाल्दै
भारी बोकेर जीवनभरि
पिठ्यू रित्तै देखाएर हिड्ने
भरिया दाइको आङ्गभरि लुगा
र परदेशीएका मायालुहरुको खोजीमा
गाइने असिमित गीतहरुको अन्तिम अन्तरा ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

म निरीह देश


आचार्य प्रभा

आरोप प्रत्यारोप ,
विश्वाश ,अबिश्वास ,
घाट ,प्रतिघात
न्याय ,अन्याय को चक्रब्युहमा
फँसेको म निरीह देश
मेरो स्वाभिमान आज भोली
हरेक जनताको अभिमान अनी प्रतिशोधको
ज्वाला बनेर जलिरहेछ ।
स्वाभिमानको अग्लो शीर बनेर
उभिएको मेरो सगरमाथा पग्लिएर
हर आँखामा छचल्किएकोछ ।
चन्द्र,सूर्य छात्तिमा टाँसेर
फर्फराउने मेरो प्रतिक
केवल ---लाजको पछयौरिमा मात्र परिणत छ ।
बिडन्बना हो या सतिको सराप भनु ?
मेरो छात्ती कौरव ,पान्डवको
युद्धरूपी रणभूमी बनेको छ ।
स्वयम्भूको त्री नेत्रले
तान्डव न्रीत्य हेर्न मात्र बिवस छ
अधीर बनेर मलाई सदा सर्वदा
आषिश दिने पशुपतिनाथ
यथार्थ मा नै''पशुहरुको ''पतिमा मात्र अनुवाद छ ।
''हामी एक हौ ''भन्ने बाणी
अनेकतामा बिभाजित छ
''मेरी आमा ''''मेरो देश ''भन्ने
भावना र शब्दहरु इेर्ष्या र जलन अनी घ्रीणामा
परिवर्तित् छ ,
त्यसैले म निरीह देश
मेरो ललाटमा केवल ---
''निरीह ''कोरिएको छ
मेरो आफ्नो स्वाभिमान ,अस्मिता
बन्धकमा परेको छ ।

(अमेरिका )

मुङलाने मन


केवल गंगा गुरुङ

धेरै.....................
लामो समय भो मेरो नाममा
सेतो क्यान्भासमा रातो र निलो धर्काले
रङ्गएिको खाम नआएको
किन टुट्यो खै -यात्रा) नाता
कसले रोक्यो कुन्नी त्यसको बाटो
यहाँ तड्पेर मात्रै के हुँदो रहेछ र आखीर
उसले पाईला डेग नसारे पछि
दिनानु दिन पहिरिदै छु मन
तिमीलाई प्यारो गर्ने थेवा आमा भन्ने
शब्द दोहोर्याउँन नपाउँदा
हुनत त्यता पनि त्यस्तै होला
नेपाल बन्द चक्का जाम
पहाडको त्यो झुपडीमा मेरी थेवा आमालाई
भयो ..कि अहिले के खाम भरै के खाम
फेरि बन्दुकको थ्रीनाल सफा गर्दैछन् रे
राष्ट्रवादीहरु
कहिले कहि त यतै मरु की
जस्तो लाग्छ बरु
हतासीएर मनहरु
किन कमजोर बनि रहेछ
मेरो झुपडीको टुकी उकास्ने सपना
किन धर्मरार्इ रहेछ
आज सम्म थेवा आमाको घलेक
छुन पाएको छैन
मेरो मन यहाँ छोडी
त्यहाँ नपुगेको पनि होइन
बिवशी रहेछ जिन्दगीमा एउटा
जा ............गीर भन्ने
ब्यथित मनलाई समुद्र पारी
खै कसरी बाँध्ने
हावा हुरी भए त मन
उडि जान्थ्यो क्षण मै
मेरो गाउँ नेपाल हेरि बाँच्नु पर्यो आज
सिनेमाको घर मै

Mar 10, 2009

कुकुरहरुले ताराहरु समाते

विमल गुरुङ्ग

तिम्रो पाएँ पत्र
थाहा पाएँ
गिरफ्तार
भएछन् ताराहरु !

समातेछन्
कुकुरहरुले ताराका जमात ।

मेरा प्रिय ताराहरु !
तिमीहरु अझ
जोडतोडले चम्क
म पनि चम्कन्छु ।

कुकुरहरुले
ताराहरु समाते !

कुकुरहरुले
चन्द्रमाहरु समाते ! !

तर, कहाँ छौ यति सीमित ?

तर, कहाँ छौ र यति मुीभर
कहाँ सकिएला र !
सम्पूर्ण ताराहरु झोलामा हाल्न ! !
कहाँ सकिएला र !
सम्पूर्ण चन्द्रमा दराजमा हाल्न !

कुकुरहरुले ताराहरु समाते
कुकुरहरुले
मौरीका गोलाहरु समाते ।

परिचय
नाम स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ (बस दुर्घटनामा)
कृति कविता संग्रह 'आगो बल्दैछ'

गजल


बसन्त मोहन अधिकारी

हाँसेको देख्छन् सबै मलाई
म दुःख पोखु खैं कसलाई

कहाँ छौ तिमी आउँन प्रिय
जिउँदै यहाँ दिए जलाई

पाए त चोखो त्यो आत्मालाई
म बसन्त हुँ दिन्छु पलाई

स्वार्थी दुँनिया मतलवी छ
खोज्दैछु निस्वार्थी मनलाई

सक्दिन ढाट्न म आफैंलाई
जलाई राछु बसन्तलाई

गीत


केदार श्रेष्ठ'गगन'

बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि
सँगै मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि

कहिले आउछौ सिन्दुर हाल्न मेरो सिउदो माथि
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

तिमी मेरो म तिम्रो जति दुःख पाए पनि
छुट्ने छैन हाम्रो माया जत्रै हुरी आए पनि

भाकी देउता देउरालीलाई चढाउछु वेलपाती
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.र्एर्.इ.च्याप्टर

अध्यारोमा चम्कने काठको कला


स्यानु पाईजा

यो शहर मैन बत्तीमा अल्झीएको बेला
मान्छेहरु आधुनिक बन्दै निसासिएको बेला
मेरो गाँउमा एउटा अचम्मको भेला छ
अध्यारो रातको चम्किलो बिम्व हेर्नलाई
“करेशा फ्रेश” पिक्निक् पार्कमा
यो पार्क को नयाँ बिशेषता-
यो पार्क मात्रै पार्क होईन
यो त कसैको सपनाको सन्सार नै हो
यहाँ कला मुस्कुराउछ , सृजना बलेको छ ।
जीवनलाई जिउने प्रेरणा दिन्छ
साहेद नै यस्तो पार्क सन्सारमा कमै होला
या नभएको हुन पनि सक्छ
यो बिशाल छ ,यो पार्कलाई
चारै तिर ताजा तरकारी खेतीले घेरेको छ
मौसमी र बेमौसमी ड्याङका लहर ले
“करेशा फ्रेश” पिक्निक् पार्कमा
रिटायर्ड बुढाहरु नाती-नातीनी सँगै मर्निंङ वाक गर्नेछन
र फर्कदा फ्रेश तरकारी किनेर फर्कनेछन
यहाँ जो कोहि दिन भरि पिकनिक मनाउछन
आफ्नै हातले मनचाहे तरकारी तिप्छन
मन चाहे को तरिकाले परिकार बनाउछन
जब रात हुन्छ अध्यारो मा चम्किएका
हिम श्रृखलाका आकृतिहरु मुस्कुराउछन
साना साना कटेजका कुर्चि र खात बाट
केटा केटी बुढा-बुढी धित मरुन्जेल हेर्छन
सगरमाथा, धबलागेरी, अन्नपूर्ण, मकालु
अरु हिमाल थपिदै छन रे एकै लहरमा।
यो सबै जंगलमा कुहिईए पछि
अध्यारोमा चम्किने काठ/ दाउरा बाट बनाईएका हुन
कला मा नयाँ प्रयोग यसको अरु के उपयोग गर्न सकिन्छ ?
नेपाल मौन होला यो बिदेशिले ल्याब मा प्रयोग गर्लान

सम्भाबनाको खोजी होला कुनै बेला
यो अध्यारो रातको बिम्बलाई-
जुनेली रातमा चम्किने बनाउन लाई
के गरे होला जुनको रोशनीमा चम्कीने
काँचका कबज को प्रयास भै रहेको छ
यो नयाँ कला लाई दिर्धकाल लाई जोगाउने
एक दिन यसको नाम टाढा टाढा फैलिनेछ
ताजमहल को जस्तै नाम नहोला
तै पनि यो शुन्य बस्तीमा फेरी
केटाकेटी चिच्याई चिच्याई खेलेको सुनिने छ
यो बस्ती फेरी बस्नेछ, फेरी हाँस्नेछ
निर्माणधिन गेटको छेउ मै एउटा बोर्ड लेखिदैछ
करेशा फ्रेश- साईनिङ पार्क तपाईको स्वागत गर्दछ
पहिलो पटक चम्कने काठका धुलो को प्रयोग हुदैछ
अक्षरको बिचमा रातमा यो बिजुली बिना नै पढ्न सकिनेछ
म पनि सोच्दैछु यहि अध्यारोमा चम्कने काठको
दकुमेन्ट्री बनाउकी- साईनिङ आर्ट इन डार्क
अर्को ओस्कार - साईनिङ आर्ट इन डार्क लाई
यसपाली हामी गरीबी बेचेर होईन
सम्भाबना बेचेर जितौ .....................।

पात्लेखेत-७, म्याग्दी

इतिहासको खालमा किन च्याँखे दाउ ?


टंक वनेम

हौ लुङवा ! मालुम हुनु पर्छ
यि इतिहासका अनुछेच्दहरु
किरात शब्द इतिहासको गहना मात्र हो
मुन्धुम्को हरक सुङघेर
कति चढ्नु स्वाभिमानको पहाड ?
कति घोक्नु बेचैन हुँदै
दिवोदास र सम्बरको इतिहास
लेलिम्सो र खाम्सोसोको भाई वेमिलाप
उवाहाङ र चाङवाहाङको धार्मीक आस्था
ठुङ्दै अरुनको सति ढुङगा
बगाले बाँदरको हुल भएर
कमिलाहरुले बोके झैं टाउकोमाथि अण्डा
एक ठाउँबाट सार्दै अर्को गुँड
छाडेर विरक्ततिन्दै थातथलो
बरु गाड्नै पर्छ भने अस्तित्वको मेहे
गाडौं आफ्नै माटोमा साकेलाको लिङगो
उभौं आफ्नै आँगनमा
तङसिङको याग्राङसिङ ।

किन ताक्नु ?साम,दाम,दण्ड र भेदको वाण
गुरु पुराहितहरुको मन्त्र छाँदेर
बली राजाको ऐश्वर्य
गुथेर पगरी विभिषणको आधुनिक मान्छे
रगतको साइनोमा घोल्दै विषका प्यालाहरु
मालुम हुनु पर्छ लुङवा
सति ढुङगामा जून घाम साक्षी बसेका थिए
के तिमीले थाहा पायौ र ?
इतिहासको गिद्धे भोज खान जाँदा
जून घाम ठुङगीएर आँखा फोरिएका छन्

नदी मृत्युको राग अलाप्दै मरी रहेको छ ।

लुङवा !
आस्थाका थुम्काहरुलाई
सम्याउँनु भन्दा अग्ल्याउँनु राम्रो हो
जहाँबाट
सूर्योदयको रातो घाम नाच्छ
उज्यालो घाम देख्नु
सपनाबाट ब्यूँझनु हो
मुक्तिको नाममा वारुद झोसेर
नीलो सपनाको कथा लेख्नुको के मज्जा ?
इतिहासको गहनालाई
आत्माको चोखो थानमा थन्काउँ
इतिहासको बाघे ऐनामा कति थाप्नु
वर्तमानको च्याँखे दाउ ?
रमाउँदै आत्मरतिको छलाङमा पौडी खेलेर ।

Mar 7, 2009

तिमी बिना


दिलिप योन्जन

तिमी बिना उराठ-उराठ भो जिन्दगी
तिमी बिना खल्लो-खल्लो भो जिन्दगी
न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ
तिमी बिना एक्लो-एक्लो भो जिन्दगी।

तिमी बिना फुल पनि काँडा भयो
तिमी बिना बाँच्न पनि गारो भयो
एल्लो जिबन के जिबन, एक्लो यात्रा के यात्रा
तिमी बिना बेसाहारा-बेसाहारा भो जिन्दगी।

तिमी बिना पल२ बर्षौ-बर्ष भयो
तिमी बिना जिउनुको नकुनै अर्थ भयो
न दिनले साथ दियो, न रातले बास दियो
तिमी बिना बरबाद-बरबाद भो जिन्दगी।

अस्टिन अमेरिका

मलाई छाडि


केदार श्रेष्ठ'गगन'

मलाई छाडि के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।

झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला ।

संगत ति म्रो धेरै गरेँ बुझ्न गाह्रो रै’छ वानी
त्यही वानीले मलाई झैँ कति बसाइँ सार्यौ होला ।

हल्ला थियो गाउँघरमा ति म्रो मेरो माया बस्या
झूटो हल्ला गर्या भनि दोष मलाई लायौ होला ।

बाहिर रुप फूल जस्तो भित्र-भित्रै खाक्रो रै’छ
'गगन'लाई जालमा पार्न बादल बनि धायौ होला ।
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

बुद्घ

विमल गुरुङ्ग

शास्त्रीय बुद्घ , बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुवस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
हयाक्सोको काम गर्छ ।

धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
विश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडि राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरु, आँखा हटाएको छ
धर्मः सिर्फ मर्फियाको इन्जेक्सन !
बुद्घ ! सैनिक पोशाक लाउँछौ ??

परिचय
नाम स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ (बस दुर्घटनामा)
कृति कविता संग्रह 'आगो बल्दैछ'

पलासको फूल कुन हो ?


स्यानु पाईजा

साथीको बिहे बाट फर्के पछि
म कहि हराएको जस्तो भएको छु
मेरो सब्जी पसल हराएर
फूल पसल जस्तै भएको छ
जहाँ पनि नयाँ थप्नु नै पर्ने
मेरो साथीको नौलो नमुना बिवहा
वाह ! मलाई पनि नमुना नै लाग्यो
साच्चै परिबर्तनको थालनी लाग्यो
त्यहाँ कसैले महँगो ऊपहार दिएनन्
कसैले हनिमुन प्याकेज गिफ्ट गरेनन
सय जनामा एकले पनि कण्डम र
रोमान्टीक साहित्य उपहार गरेनन
सोमरस लेपन गरेको कुरा गरेनन
रयापर मा नबेरिएका फूलहरु
कसैलाई रयापरमा के होला कौटुहल भएन
मात्रै फूलहरु थिए उपहारमा
नगद थिएन, रूमाल थिएन , खादा थिएन
केही कृर्तिम फूलका बुकेट थिए
केहि गिफ्ट सप मा किनीएका बुकेटहरु
प्राय सबै बगैचाका फूलहरु नै थिए
पञ्चे बाजामा नाँचे मन खुलेर म पनि
एउटा नयाँ थालनी को खुसीमा
ऊपहारको नाममा पसेको नगद रोगले
मेरा दुई पुस्ता कुँजिएको बेला
एड्स उन्मुलनको खबर सुनेझै म खुसी छु
अब जन्मने सन्तानलाई यो बिमार सर्ने छैन
बिबाहाको भोज सकिए पछि
फूलका थुङगा सित नानी हरु खेले
प्लाष्टिकका फूलहरु घरभित्र ओसारिए
केहि गिफ्ट सप मा किनीएका बुकेटहरु
बाँकि सबै बाहिर पसारिएका थिए
मेरो साहनुभुती ति फूलका थुङगालाई
सक्ने जती ल्याए आफै सँग
त्यसैले मेरो सब्जी पसल हराएर
फूल पसल जस्तै भएको
कयौ थरि फुलहरु बासना थरि थरि
मेरो ग्रहाकले गरेको प्रश्न अब सब्जी बेच्नु हुन्न ?
सबैलाई मैले फूल बेच्न थाले जस्तै लागेछ
कति केटा केटी त फूल मागेरै लगे
तर मलाई कहिल्यै नसोघीएको प्रश्न
सात बर्षे बालक ले सोध्छ
अंकल यी फूलहरुमा पलासको फूल कुन हो ?
किन कि सबै फूल राम्रा थिए
भए जति फूलको एक एक थुङ्गा उस्लाई दिए
तर पनि उ मलाई पलासको फूलनै माग्दै थियो
बाबु प्लाँसको फूल राम्रो फूल होईन रे
मैले दिएको जवाफले उ रिसायो
एक एक गरेर फूल टोकरीमा फर्कायो
उस्ले उस्को आन्टीको डायरीमा लेखेको भेटेको रे
म पलासको फूल हुँ – उस्को आन्टी बेस्ट आन्टी रे
द्वण्डको बेला मा मारिएकी रे बिचरी
पलासको फूल पनि बेस्ट हो उस्को अनुमान
तर म अनुमान बिहिन छु
किन कि मैले पलास देखेको पनि छैन
तै पनि मैले उस्लाई ढाँटेको छु
यो पलास फूल्ने सिजन होईन भनेर
त्यसैले म आजै देखी पलासको खोजीमा छु
मैले पलासको फूल ल्याईदिने बाँचा गरेको छु
अचेल मेरो मन पलासको खोजीमा हराएको छ ।
कस्तो होला पलासको फूल ?
गीतहरुमा भेटीए झै होला पलास ?
म प्लाँसलाई बगैचामा फुलाउन चाहान्छु
तपाईले चिन्नु भएको छ भने मलाई उपहार दिनुस।
मैले चिन्ने जतिलाई सोध्दै छु पलास कस्तो हुन्छ ?
मैले दिन नसकेको जबाफ र नभेटेको जबाफ
म पलासको खोजिमा छु ।

पात्लेखेत-७, म्याग्दी

निष्ठुरी बाटो


चन्द्र गुरुङ्ग

एउटा बाटो
गाउँको कोमल छातीलाई चिर्दै
मस्त नाचिरहेको वन-जङ्गललाई बेवास्ता गर्दै
मौन पहाडको फेदमुनिबाट
खुसुक्क गा’को छ
र पसेको छ अन्जान सहरमा ।

वनभोजमा सामेल
स-साना स्कुले नानीहरू जस्ता छालहरूलाई
नाचगानमा नै छाडी राखेर
खोलाको किनारै-किनार हुँदै
यो बाटो
कति निष्ठुरी भएर
पसेको छ पराया सहरमा ।

त्यो बाटोले
सहरमा पसेर
आफ्नो एक पोको इमान बेचेपछि
थुप्रै बेइज्जत कमाएको छ
आफ्नो मुटुको निश्चल फूलबारीमा
काँडाहरूको ठूलो झयाङ उमारेको छ
र इज्जतको निर्मल आकाशमा
टाँगेको छ बदनामीको कालो तक्मा ।

आज
उसको प्रदूषित हृदयबाट
हराएको छ गाउँको स्वच्छ मुहार
उसका निर्मम हातहरूले
निमोठेका छन् कलिला यादहरूलाई
र उडिसकेका छन् मस्तिष्कको क्षितिजबाट
सम्झनाका रमाइला बादलहरू ।

फर्की नआएको निष्ठुरी बाटोलाई
किन होला ?
अझै पनि पर्खिरहेको छ त्यो गाउँले ।

जब मुटु दुःख्छ


भानेन्द्रकुमार सम्बाहाम्फे

खै के भनी सम्बोधन गरुँ !
म तिमिलाई ?
'मेरी प्रियतमा' भनुँ भने
गाली पो मिल्ने हो कि !
मायाले रसिएका
प्रितिले कसिएका
स्नेहले भरिएका
सुन्दर अनि नशालु
ती तिम्रा नयनहरु
मतिर प्रश्न गरिरहेछन् झैं लाग्छ
'के तिमी मलाई माया गर्र्छौ ?'
'के तिमीलाई शरम लाग्दैन ?'
'के तिमीले आफ्नो उमेर बिर्स्यौ ?'
खै के भनी सम्बोधन गरुँ !
म तिमिलाई ?
'मेरी प्रेयसी' भनुँ भने
कतै तिमीप्रति अन्याय पो हुने हो कि !
तर,
खुलस्त ती तिम्रा अभिव्यक्तिहरु
सत्य बोलिरहेछन् इमान्दारीका साथ
माया बिक्ने चिज होइन
बगरेको पसलमा
खसीको मासु किलो-किलोमा बिके झैं,
अनि होइन खेलौना पनि
जतिखेर मन लाग्यो खेल्यो
नयाँ र सुन्दर अर्को पाउँदा
मिल्काउने अर्थहीन पुरानो वस्तु
सम्झेर डस्बिनमा ।
गहभरी आँशु
मनभरी चाहना
भनुँ म कसरी तिमीलाई ?
मेरा मनका वेदना !
समय धेरै गुज्रिएछ
तर यो मन सुध्रिएन
चाहना अपुरो छ
जीवनलाई माया पुगेन ।
बिन्ती गर्छु तिमीसंग
मलाई गलत नसम्झ
म माया गर्छु तिमीलाई ।
मलाई थाह छ
हाम्रो उमेर मिल्दैन
तर
भावनाको उमेर पनि त हुँदैन ।
माया भनेको
सुन्दर भावना हो
काँडामाझ गुलाफ झैं
फुलिदिने ढक्कमक्क भएर
बेपर्वाह,
सुन्दर मनको बगैंचामा ।
सम्झाउँ म कसरी आफूलाई !
धेरै पटक
प्रयाश गरें एकान्तमा
तर यो मन
पटक्कै मान्दैन
उसलाई माया चाहिएको छ
ऊ पवित्र मायाको भोको छ ।
मायाप्राप्तिको मृगतृष्णा लिएर
मायाको सागरमा
भौंतारिरहेको छ आशावादी बनेर ।
स्वीकार गर या नगर
मलाई तिमी
प्यारी लाग्छ्यौ
आफ्नै लाग्छ्यौ
तिमी मात्र मेरी
स्वप्न सुन्दरी
स्वर्गकी परी
मनको अँध्यारो फटाउने
मात्र मेरी जुनकिरी ।
तिमीलाई पाउन म
मस्त जवान
महसुस् गर्दैछु,
शायद म ति म्रो मायामा
अन्धो भएको छु ।
तर
मलाई गर्व छ
किनभने
अलिकति भए पनि
हिउँ झैं कञ्चन
माया पाएको छु तिमीबाट ।
माया अमृत रहेछ !
चोखो माया पाए
स्वर्ग
धर्तीमा नै पाइनेरहेछ
जीवन
अजर-अमर बन्नेरहेछ ।
माया शक्ति रहेछ !
साँचो माया पाए
कस्तै आपदविपद पनि
सामान्य लाग्नेरहेछ
काँडैकाँडाको बाटो पनि
मलमल बिछ्याए झैं लाग्नेरहेछ ।
त्यसैले त म-
चोखो माया खोजिरहेछु
मुस्कानले युक्त
ती ति म्रा सुन्दर अधरहरुमा
निश्वार्थ माया चाहिरहेछु
मायाकी देवी तिमीबाट ।
किनकि-
मैंले धर्तीमा
'स्वर्ग' ल्याउनुछ
अजर-अमर जीवन बाँच्नुछ
आपत्विपत्का ज्वालामुखीमाथि
विजय प्राप्त गर्नुछ
यसर्थ मलाई
मायारुपी शक्तिको खाँचो छ ।
अन्यथा नसोच तिमी
यी त मेरा
अतृप्त मनका चाहनाहरु हुन्
प्रकट् हुनेगर्छन् कहिलेकाहीं
तँछाड्मछाड् गर्दै
साँघुरा गल्लीहरुमा मनका
जब मुटु दुःख्छ ।
आज-
मेरो मेरो मुटु
बेजोड्ले दुखेको छ
मैंले भोगे जस्तै
मैंले देखे जस्तै विगतमा
जब
मैंले ती ति म्रा निश्चल, निश्पाप
आँखाहरुमा, शब्दहरुमा
माया शंकटमा परेको पाएँ
त्यसैले-
यो हृदय फेरि भक्कानियो
यो मनमा
लाखौं तरङ्गहरु उठेका छन्
अशान्त मनका
यिनै तरङ्गहरु हुन्
यी मेरा भावनाहरु
जन्मन्छन् मनका भित्री पत्रहरुमा
अनायशै
जब-जब मुटु बेस्सरी दुःख्छ ।

२०६५/०९/०८
काठमाण्डौ ।

गजल


आचार्य प्रभा

अल्झिरैछु लहरामा सहारा तिम्रो हात देउ
बैँशालु झैं नशा चढोस् मिठो मलाई मात देउ।

सबैले सोध्छन मलाई,तिम्रो पहिचान के भनी ?
परिचय नै खुल्ने गरी स्थाइ बरु जात देउ ।

कती कांटु हरेक पल अनिदो भै तारा गनी
सपनिमा नै हराइरहुँ मिठो शुन्य रात देउ ।

धेरै आए आँखाहरु परेलिमा बास दिन्छु भनी
चाहिदैन मलाई अरु केही, तिम्रै अमिट साथ देउ ।

(बोल्डर कोलोराडो )

Mar 3, 2009

फक्ताङ्लुङमेल्ले कुदुख्खेन


नगेन्द्र ईङनाम "आठराईली"

फक्ताङ्लुङमा ए !
मिङ्लेङमा ओ याप्मी हा:रे
पनु नुबा खेने केमिङिन
कुम्भकर्ण नु कन्चनजङघा मेईसुआङ
अख्खेलरिक केम्ईगे ई
थप्मा मेन्छुकमेन्छुक् केदुक्ल केवा
याक्थुङ लाजेन केधप्पा
केभक्ताङिन मेनिसुआङे
कन्चनजङघा केमिङ मेजोगुईया
याक्थुङ लाजेदाङ्बा हा:रे निङ्वानकुसिक
से से दाङ्बा केम्निसेआङे
कन्चनजङघाआङ केम्मेतेबा ई या
निस्से रो,
निस्से रो हो, फक्ताङ्लुङमा ए !
केईङिन क यो सिराधाङे
केजन्निनाङ सिराधाङे,
कर केमिङीन सिरा मेधाङेन
ओ कप्मो ओ
मिङ्लेङमा रे केदुख्खेन् ग वा ए वा
फक्ताङ्लुङमा ए मेप्मा केगोप्पा हा
खेने नु लेयाङ चारिक
निङ्वा तुख्खे ओ मवा,

फक्ताङ्लुङमा ए !
केमिक तगाङबा हा नु
केभक्ताङमो केयुङ्बा केरेक्ले
खुन्छि सक्मान् ने केम्ईत्ते,
खुन्छि ईङिन्ने केम्ईत्ते
लाङघेक्नु लाङघेक्नु मेबेगेल्ले
लामतुख्खे हा मेघोसुसाङ
केमिङिन मेईत्तुआङ
खुन्छि मुईन मेभुक्सु
निस्से रो,
निस्से रो हो, फक्ताङ्लुङमा ए !
केमनाहा:नु खेनेईन्
आभेल्याङ मेम्बुप्ना का:ई वा
हेक्याङ्सा फक्ताङ्लुङमा केमिङ ओ
चन्जननु नु हाङ्हाङ् मेईत्छिङ
कुम्भकर्ण नु कन्चनजङघा केम्मेतिल्ले
सोसोरिक खुन्छि निङ्वानाङ तुक
अक्केलरिक मिङलेङमा रे तुख्खेन
अभङे खेने नु ग वा ए वा
फक्ताङलुङमा ए खेम्मा केगोप्पा
केरेक् खेने केयाप्मी हा:आङ
सारिक्के निङ्वा तुख्खे ओ मवा,

फक्ताङ्लुङमा ए !
कुम्भकर्ण नु कन्चनजङघा केम्जोग्याङ
अख्खेलरिक आनि आमईगे
याक्थुङलाजे रे साम्जिकिन्ने ईरेयाङ वा
ओ आम्भा कप्मो ओ
याक्थुङलाजे ताङ्बा हा:रेन्
खुन्छि सेम्लाप्मा वा
खेने केमिङिन -
खुन्छि मेईत्तुबा ए ईसिक
फक्ताङ्लुङमा ए पोख्खेल्ले
थेमान् फेल्लार बा मु बे ?
कर अख्खे मेबोखेन्नाङ्
के ईङिन् फेत्लारे बा ओ
कुम्भकर्ण नु कन्चनजङघा
केउप्मा मिङ पोखेबा ओ
खेने केमिङ ओ केहिङ्बा हा
केरक ए निङ्वा तुख्खे ओ मवा
अक्केरिक मिङ्लेङमा रे तुख्खेन
अभङे खेने नु ग वा ए वा
केमिङ् ओ केसप्पा हा आङ्
चारिक्के निङ्वा तुख्खे ओ मवा !!

गीत


अचार्य प्रभा

प्रेममा न कुनै जात हुन्छ
प्रेममा न कुनै रङ हुन्छ ...
मनले चाहे कसैलाई
जिउनुको बेग्लै ढंग हुन्छ ...
असमानता यस्ले जान्दै जान्दैन
जाती र रङ्भेद मान्दै मान्दैन ...

छुवाछुत र भेदभावको
कुनै अर्थ ठान्दै ठान्दैन ...
प्रेम एउटा संजोग हो
मिलन केवल बहना हो...
प्रीत लगाइ बाँच्नु नै
जीवनको अमुल्य उपहार हो ...
सत्य प्रेम स्विकार्य हुन्छ
धनी र गरीब समान हुन्छ ...
मनमा स्वछ माया भए
कुनै दिन यसैको बिजय हुन्छ ...

(गंगा टेली सिरियलकोलागी तयार पारीएको गीत २०६१ साल )

बन्धकी जिबन


मुकेश राई

बन्धकी पर्‍यो जिबन मेरो दिल दिएर सारा
धरतीमा फुल्दोरहेछ फुलहरु जत्ती आकाशमा तारा

सिरसिरे बतास मन्द मन्द गोधुली सांझैमा
सजाएको छु तस्वीर तिम्रो यो दिलको माझैमा
मनको अंधेरीमा चोखो प्रितको दिप जलाई
तिम्रो माया बाहेक अरु केही मोह छैन मलाई

रंगीचंगी फुलहरु हाँसे बसन्तको बेला
तिमीसँग लाग्छ जीबन संधै रमाइलो मेला
मदहोश बनी म त तिमीलाई खोजीरहन्छु
सपनीमा पनि हरपल तिम्रै साथ रहन्छु

ईलाम हाल बेलायत

गीत

केशब आचार्य

कँहा हुनछ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया ---

आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया ---

गीत बनी शुसेलिमा रमाउछ माया
कहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---

खोजी हिँड्दा पाइेन्न त्यो मनको साँचो माया
जता ततै खोज्दा भेटने सस्तो छैन माया ---

बिछोडको बेदनामा कहालिन्छ माया
मिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---

(बोल्डर कोलोराडो )

तिम्रो ईमेल को जवाफमा


स्यानु पाईजा

हाम्रो देश तिमीले सुने जस्तो छैन
प्रमाणीत गर्न देश बोकेर
तिमी सामु ल्याउनु सक्दैन
तिमीले सुने जस्तो गरिबी
तिमीले देखे जस्तो असुरक्षित
तिमीले देखे जस्तै हाहाकार
तिमीलाई देखाए जस्तै अन्धकार
तिमीलाई देखाए जस्तै बेरोजगार
यो सतप्रतिशत होईन
हामीले देखेको सस्तो बजारको
सस्तो समाग्री मात्र हो
बिदेश गएकाहरु नफर्किउन
फर्कन चाहानेहरु तर्सिउन
भनेर केहि समुहले फैलाएको
बिज्ञापनको उपज मात्र हो
किन कि नेतालाई
निरक्षर बुढाबुढिको सामु
लाप्चे बटुलेर झुक्याउन सजिलो भएको छ
त्यसैले यो दिनको अन्त नहोस भनेर
यस्ता अपबाह फैलाएको मात्र हो
केहि अल्छीहरुलाई बियर खुबाएर
टायर बाल्नु लगाएको मात्र हो
मजदुरलाई मालिकको बिरूद्व
उक्साएको मात्र हो
केहिलाई नेताले अह्राएको मात्र हो
केहि ले नेतालाई रिस पोखेको मात्र हो
केहिले जनतालाई दु:ख दिएको मात्र हो
बिदेश छिर्नु मनलागेकाहरुले
आमा बाबुलाई झुक्काएको मात्र हो
किरयाको घरमा बिदेशको पैसाले
मस्ति गर्नेहरुले तिमीलाई नफर्क
भनेको मात्र हो
किन कि कोहि त छन यहाँ
जो सन्जिबनी पेलेरै भए पनि
डिजेलको बिकल्प खोज्ने पनि छन
बनमारा झारको ईन्धनले
ग्याँसको बिकल्प हताउने हरु पनि छन
खोज्ने हो भने ओझेलमा
अरू कति प्रेरेकहरु पनि होलान
तिमीले सुने जस्तो छैन मेरो देश
उब्जायौ भने हामीलाई बढीहुने
खोरियाहरु बाँझो छन यहा
प्रकृतिका अनमोल उपहारहरु
चलाएका छैनौ हामीले
किन कि हामी अझै पनि
ऋण बोकेर जागीर खोज्छौ
बिदेश पुगेर देशभक्तीको कबिता लेख्छौ
खोरिया बेचेर घडेरी किन्छौ
अनी देश मा शान्ती छैन भनेर
उतै बस्ने बाहाना खोज्छौ
किन कि हामीलाई आफ्नो भन्दा
पराई प्यारो लाग्दै छ
साच्चै तिमी ले सुने जस्तो छैन हाम्रो देश
सतहको कुरा अलग होला
हामीले मायाले हेर्यो भने
तिमीले देखे जस्तो छैन
तिमीले सुने जस्तो छैन
हाम्रो देश को भबिष्य

पात्लेखेत-७, म्याग्दी

गजल


बसन्त मोहन अधिकारी

जसको लागी बाँच्थे मर्थे उहि आज परार्इ भयो ।
उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो ।

उनको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागवती खुवाई भयो ।

गाँउमा हल्ला फिजाएर बदनाम गरार्इ छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो ।

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँ माँझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो ।

लिएर दोष, बदनामी मैले मात्र जिउँनु पर्यो
आज जिउँन नसकेर जीवन आगोलाई भयो ।

बुद्धको देशमा युद्ध


दिलिप योन्जन

बहुदलको घोषणा
नब दुलही झै
ओल्लो सडक तल्लो चोक
वारीको बस्ति र पारीको छितिज
तिर मिर....... तिर मिर... मान्छेको आकृति
शहिदको सालिकहरुले
एक तमास हेरी रहे..... हेरी रहे......
बहुदलिय ब्यबस्या जिन्दाबाद
सहिदको सपना साकार पार्छौ
एकै स्वरमा ....... सुगा झै
कमिलाको ताती
गुड भत्काएर खेदे झै
हात भरी- भरी झन्डा
मुख भरी-भरी जिन्दाबाद........ मुर्दाबाद........
चोक चर्किए............. गल्लि हल्लिए..............
मिरमिरेमा मान्छे तर्सिए
डोको भरी अदुवा र खुर्सानी
तोक्मामा भारी अडाएर भरीया
चुपचाप - चुपचाप हेरिरहन्छ
जिन्दावाद र मुर्दावादको मलामी।

छितिज उघियो मिर-मिराउदै
कठोर रात अन्त्यको घोषणा
शहिदको सपना संकल्प
बर्षौ-बर्ष जेलका नेता
भाले झै डाकमा बस्न थाले
कोरा सपना देखाउदै जनतालाई
तछाड... मछाड.... भाषण
बिजयमा रङिने अबिरले
मान्छे र राछेस चिनेन
त्यो भिडमा....... त्यो हुलमा.......
राजनीति माथि राजनीति
गुठबन्दी, नातबाद-किर्पावाद
न गरिबी..............
न शिक्षा ....................
न रोजगार..................
खुलेआम कुर्लेकोछ
न टुपा न गाठो
बर्षौ-बर्ष भोकाएका
गिद्ध र श्याल झै।

बिधुवा ती शहिद
बालक ती शहिद
आश्वासन र भाषण
तछाड मछाड पार्टी-पार्टीको
आजा नि यस्तै छ हिजो जस्तै
राष्ट्र प्रेमी नेता
नातावाद र भ्रष्टाचार
नुनको भाउ सुन
बिरोध सडक सदन
बारुद गनाए....... मान्छे हराए........
बिद्रोहमा......... हतियार उठाए
कहिले सेना, पुलिस ........... कहिले बिद्रोही...........
कहिले बिद्रोही ........कहिले सेना, पुलिस ..........
देशले राष्ट्र सेवक, सपुत गुमाए
दिउँसै डर.... त्रास..... भय......
शान्ति छेत्र नेपाल
कतै बम कतै गोली
रुकोछन् कराकाछन्
बुद्धको देशमा युद्ध
मानब अधिकारको ढुवाङ्
कानुनका ठुला- ठुला ठेली
देशमा रगतको होली
भाईले दाजु ..... दाजुले भाइ......
बहिनीले दिदी........ दिदीले बहिनी.........
कतिन्जेल.....? कहिलेसम्म........?

अस्टिन, अमेरिका

होशियार !


भानेन्द्रकुमार सम्बाहाम्फे

डर राख्ने गर
बाठो हुँ भन्ने
ए मानव !
भित्ताको पनि आँखा हुन्छ
सुन्ने कान पनि ।
बेअर्थको छ
बेतुक्को चलाखी तिम्रो
खुबै सावधान छु भन्ने ।
क्षणिकको सज्जन मानवको नाटकमा
यथार्थ लुकाउन-छुपाउन सकिन्न
सधैंलाई झूठ्को जलपमा ।
लाज राख्ने गर
सज्जन भनाउदो
ए स्वघोषित महोदय !
नाङ्गनिे नगर
निर्लज्ज निर्वस्त्र भएर
तिम्रो अघिपछि, वरपर
थुप्रै थुप्रै आँखाहरु, कानहरु
कहीं भित्ता बनेर
कहीं हावा बहेर
कहीं आवाज भएर
कहीं आत्मा बनेर
सूक्ष्मातिसूक्ष्म रुपमा
तिम्रा सारा करतूत्हरुलाई
नियालीरहेछन्, सुनिरहेछन्
त्यसैले-
रमाउने नगर दिवा स्वप्नमा
भ्रममा नपर
म सधैं सफल छु भनेर
आफ्ना घृणित् अनि पाशविक कार्य
लुकाउन अनि छुपाउनमा
किनकि-
हत्केलाले घाम छेकेको
इतिहास कहीं कतै छैन ।
थाहा छ बाठो हुँ भन्ने ए मानव ?
मान्छे मारे बराबर
महापाप लाग्छ
विश्वासघात गर्दा ।
आमाको हत्या गरे बराबर
अक्षम्य हुन्छ
र्इमान्दार विश्वासको हत्या ।
शायद तिमीलाई
थाहा हुनुपर्छ
कुकर्मको बदलामा
पाइने लात र रापको स्वाद !
त्यसैले-
भ्रमलाई छोड
आँखा खोल
कान खोल
होशमा आऊ
लोकलाज राख्ने गर
भगवानसंग डराउने गर
कम्तिमा-
आफूलाई विश्वास गर्नेलाई
विश्वासघात नगर
नत्र-
ति म्रो अन्त्य निश्चित् छ ।
होशियार !
होशियार !!
होशियार !!!
प्रभुको अदालतमा
त्यस्तो इजलास छैन
जहाँ तिमी
मनमौजी चलखेलका लागि
साट्न सक्छौ बहसलाई भनेर
पैसाको बदलामा
महंगा अनि आत्मारहीत वकिलहरु ।
२०६५/०५/०९
काठमाण्डौ ।