May 20, 2009

ठूली


केदार श्रेष्ठ गगन

ठूली,
म कसरी भूल्न सक्छु ?
तिम्रो र मेरो त्यो प्रेम
मेरो आँखामा बसेकी छौ
आँखाको नानी बनेर,

जब
तिम्रो र मेरो भेट भयो
तब,
मिल्यो आँखामा आँखा,
हातमा हात,
मनसँग मन
र,
त्यसपछि भयौं हामी
एकअर्काको मुटुको ढुकढुकी,

तिमीले सोच्दी हौँ है ठूली-
मलाई छाडी अर्कै भूगोलमा,
अर्कै संसारमा,
विरानो शहरमा रमाउँदै
रमाइरहेको होला निश्ठूरी
तर
म कहाँ भूल्न सक्छु र तिमीलाई,
कहाँ रमाउन सक्छु तिमी बिना,
कहाँ सक्छु तिम्रो माया मार्न
म कुनै नेपाली नेता हु र -
आफ्नो कर्तब्य,
र नैतिक्ता गुमाउनलाई,

बिश्वास गर ठूली मलाई
तिमीलाई मैले भूल्नु भनेको
आफ्नै छायाँ भूल्नु हो
आफ्नै माया मार्नु हो,
प्राण त्याग गर्नु सरह हो
त्यसैले
ठूली,
म तिमीसँगै छु
भौतिक शरीर जहाँ भए पनि
जहाँ गएपनि
भूगोलको जुनसुकै ठाउँमा,
कृतिम घरहरुको भीडहरुमा
वा
भौतिक सुखको संसारमा,

ठूली,
धड्कन हौ तिमी मुटुको
खोजिरहनु पर्दैन
आँखा पसारेर टाढा-टाढासम्म
मुटुसँगै छौ तिमी
मेरो मुटु मसँगै छ
त्यसैले,
मलाई शंका नगर्नू,
निश्ठूरी नभन्नू,
पापी नभन्नू है ठूली..........,

मलाई मन पर्दैन तिमीले
मेरो तिर्सना र सम्झनामा
आँखा चिम्लेर
भवनामा डुब्दै
विरही गीत सुनेको ।
भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू.ए.र्इ.च्याप्टर

No comments: