Jun 9, 2008

नेपालका प्रथम राष्ट्रपतिहरु


मोती चाम्लिड.

लीगलीग कोटको दौडजस्तै
लाखौंवाट छानएकिा धावकहरु
उछिनपाछिन धकेलेर
खुट्टा खुट्टामा छिर्के हालेर
तछांडमछांडको स्पर्धामा
हतास दौडिरहेका
देख्न आज दुर्लभ रहेन
नया युगको नया अवतार
धर्ती पलट गिराउने वराह अवतार
वन्चरोधारी पर्शुराम अवतार
महाभारतको कृष्णलीला अवतार
अयोध्यापुरीको रामचन्द्र अवतार
यस्तै थुप्रै अवतार भन्या जस्तै
आफनो जिकिरको आफनै अवतार
सपनै सपना देख्नेहरुले
लीगलीगकोटमा हंगामा चलाएर
एउटा तमासा रचिरहेका छन्
हामी रमितेहरु एकाग्र
ध्यानमग्न भएर आफनै उल्लासमा
गणतन्त्र दिवसको रात्रीभोजसंगै
आफनो अमिलो डकार आफनै नाकले तानेर
स्रि्राको अचार जस्तै तिखो मान्दै
अनायास सुंघिरहेका हुन्छौ ।।।
घुमाउरो रिले दौडको
भञ्ज्यांग छिचोल्न सास्ती खेप्दै
मुखभरी तरेलीको गाज निकाल्दै
एकापशमा गाली थोपरेको
यहिं कानले सुन्न पाइयो
जनताको छाती कुल्चेर
वनावटी दुइ फूट उचाई थप्दै
लीगलीग कोट र नेपालकोटको
योग्य अधिकारी मैहुं,
आफनो आवाज भींडभित्रै
विलाउने डरै डरमा
मै ठिक वोल्ने खेतालाहरु खोजेर
हुकुमको सन्दुकभरी सपना वुनेर
उत्रेका छन् मैदानमा
वहिस्कृत कलुशीत अनुहारहरु
नेपालका प्रथम राष्ट्रपतिहरु ।।।।।।।।।।
९ जून २००८
हेन्नेसि रोड वानचाई हंगकंग