Nov 23, 2009

दिलकी चरी


खगेन्द्र थापा

पिजडामा नथुन्दिनू वनमा रम्ने चरीलाई
तन दिनू मन दिनू एक्ली दुखी बरीलाई

माया दिएमा खुसी हुन्छे नदिएमा दुखी
खुसी पार्न गाह्रोरैछ कलियुगका हरिलाई

मन मुटु पोलिरहे हिउद बर्खा कैले हुन्न
लाज हुन्न वैरी हाल्छ आँखाको झरीलाई

जालीकुरा गरिहिड्ने बेइमानीको भर हुन्न
आँखा लाउने धेरै हुन्छन् स्वर्गकी परीलाई

केही पल बिताएथे

केशब आचार्य

केही पल बिताएथे तिमीसँग बात लाग्यो
आज एक्लै एकान्तमा सुन्य मात्र हात लाग्यो ।

के पो रैछ जिन्दगी कहिले कहाँ,कहिले कहाँ ?
सम्झनाको सागरमा डुब्दा आज किन मात लाग्यो ।

सुकी सक्यो सम्झनाको कुलो,साँचै आज सुकी सक्यो
जिन्दगी नै कल्पनामा बाण्च्नु रैछ घात लाग्यो ।

रमाएरै काटौँ भन्थें जिन्दगीका पलहरु मैले
"केशु"मात्र साथी रैछ आज त्यही साथ लाग्यो ।

(अमेरिका )

ढाँटे पनि तिमीलाई


केवल गंगा गुरुङ

ढाँटे पनि तिमीलाई आफु सँग सत्य वोले
एकान्तमा मनको चाह आफैलाई खोले

तर्किन मन लाग्छ किन तिमीले हात माग्दा
म इन्कारको नाटक गर्छु तिमीले साथ माग्दा
लाग्छ मलाई तिमीले हुन्थ्यो जबर जस्ति लगे
मनको चाह लुकाई मैले आफैलाई ठगे

मन त भन्छ तिमीलाई गएर अंगाली दिउँ
हरजन्म तिम्रै हुन्छु भनि मुख खोली दिउँ
फेरि पनि झुक्याई तिमीलाई आफैलाई ढाँटे
तिम्रो सामु पर्दा पनि मन मनै पग्ले

मुक्तक


इप्सुल मगर


जादै जान्न त्यो बाटो म दोबाटो भेटिने भए
वीरहरुको रगतले कोरिएको सीमाना मेटिने भए
आहुती दिन्छु यो सिनो म आफ्नो माटोको लागि
मातृभूमीको ऋण मेरो विना पक्षपात काटिने भए


लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ?
वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ?
हत्या हिँसा आतङक अनि मारामार जताततै
वुझ्न खोज्दा आफै माथि संगीन रोपीने पो हो कि ?


गर्न त्यतिकै गाह्रो हुन्छ भन्न जति सजिलो
व्यथाहरु धेरै भए नी हाँस्नु रे पारी मन दरिलो
तर ओठमा मुस्कान पनि कसरी छाउँथ्यो
जव नैराश्यताको जंजाल भित्र मनै भएछ अमिलो

आशुको जिन्दगी


योगेन्द्र गिरी

आशु मात्र कति बग्छ यो आखाबाट
यो आखा केवल रुनको लागी मात्र पो हो कि ?

हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

सुख अनि हर्स त केवल छदै छैन यो जिन्दगी
केवल दूखै दुखको लगी मात्र हो की जिन्दगी

सधै बिर्सन खोज्यो खाली सम्झना मात्र आउछ
केबल यो जिन्दगी सम्झनाको लागी मात्र पो हो कि?

केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?
यो जिन्दगी दूइ खोलाको पनि भएर पो हो कि किन ?

धुपू-१ लेब्रंग
संखुवासभा खाँदबारी नेपाल
इमेल-yogendra.yogen@yahoo.com

Nov 17, 2009

आजका मान्छे


बसन्त मोहन अधिकारी


खोजी र अनुसन्धान
मानव सुख शान्तिको
आवश्यकता
विकास
यसैले महल, पजेरो, जहाज बन्यो ।

विकशीत स्वरुपमा
कल्पबृक्षको निर्माण
स्वयमको लागि,
वंश र धर्मको लागि,
पाटीको लागि,
देशको लागि
राख्न र उपभोग गर्न
ऊ लागिपरिरहेछ
जोगाउँने होडवाजी
बम, बन्दुक, मिसाएल बनाईरहेछ ।

उपलब्धि र निर्माण
स्वयमको लागि
परिवार मार्छ
वंश र धर्मको नाममा
युद्ध गर्छ
पाटीको नाममा
जनता जुधाउँछ
एकै घर यो पृथ्वीको भागवण्डा
आफ्नो देशको रक्षार्थ
अर्को देशको जनता मार्छ ।

अन्ततः जसले
जे जे खोजे पनि
जे जे गरे पनि
मर्ने र मार्ने
यहि मानव भयो ।

आजका मान्छे
यो विकशीत स्वरुपमा
सुन्न त सुन्छ
बुझ्दैन
हेर्न त हेर्छ
देख्दैन
यसैले रोदन र चित्कारका
ऐया... ऐया.. आवाज गुञ्जीरहेछ ।
यो भयाभव दृष्य देखाईरहेछ ।
मानव आत्माको खोजी नभएर
मानव ह्रदय बोधो भएकोछ ।

प्रतिफल
यत्रो विकास र उपलब्धिमा पनी
स्वयम आजका मानव
रोईरहेछन् ....
रोईरहेछन्.....

गजल


समृध्दि शायद

क्या झुर !माने भयो साला जिन्दगी
भाँड्मा जाने भयो साला जिन्दगी

देख्दा अरुको लाग्दछ उम्दा किन ?
इर्श्याले खाने भयो साला जिन्दगी
चडछु उभो भन्ठान्यो आँफैले
उधोँ नै लाने भयो साला जिन्दगी

भएका पनि बाटो लागे क्यार्!
बेकार ठाने भयो साला जिन्दगी

कसै गर्दा पनि नभएपछि
चिलिम ताने भयो साला जिन्दगी

अरुको दुखमा


दिलिप योन्जन

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए !

बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने
सबले देख्छ हासो खुसी, बाचेकोछु पल-पल मरी
फाट्ने मन केले सिलाउ, च्याती रहन्छ घरी-घरी !

दबैसग रोग साटदैछु आजा, रात दिन पर्खी ऐले
ओइलिए पछि फुल्ने आसमा,बिताउदैछु बाकि जिबन मैले
पुछेर आसु सकिन कहिले, मनको मन्दिर जले पछी
पुजेर ढुङ्गा पाइन जिबन, रोगले भित्रै खाए पछी !

अस्टिन, अमेरिका