Dec 21, 2008

सपनाको लाश


वैरागी काईला

मेरो हजुर
सपना त रातभरिलाई हो !
गञ्जी र कमेजले ढाकेको
स्याल र फ्याउराले मात्र
अपशकुनको आवाज कराउनलाई
सम्साँझै बास बस्ने
गाउँभित्रकै यौटा बुढो ओढार- हाम्रो छात्तीलाई
अफिसको फाइलको बिटाले
अरुप्रति नदेखाई नहुने
लोकाचार र बाध्यताको धर्मसंकटले
हिर्काउँदै निर्ममतापूर्वक ....
मुख पनि नधोईकन
आफ्नो आदिम अनुहार
टेबलका ऐनामा हेरेपछि
एकजना आफूलाई त साँच्चो भन्नर्ुपर्छ ः
सपना त रातभरिलाई हो !
सपना त रातभरिलाई हो,
न्रि्रा नटुटेसम्म,
बिम्झिने बित्तिकै
अज्ञानको अन्धकारबाट
सखारै सूर्य मन्दिरमा
कन्ये केटीहरुले चढाउने फूलसित
आफ्नै हातले पनि चुँडिदिनु पर्छ !
-जस्तो कि आज पनि मैले
हजुरको निम्ति भनेको मेरो मायालाई
पर --------डीलमा गाडिदिएको छु
आमाबाबुको निम्ति बलिदिएको मेरो माया,
भन्दछन्......
त्यहाँ फेरि चमेलीको बोटमा उम्रिएको छ !
मैले पनि कति खेप पहेँलो फूलको सपना पाएकेा छु ---
आजकल
आफ्नो लागि कम र अरुको लागि धेरै
बाँचिदिनु पर्ने यो जिन्दगी !
यो जिन्दगी यौटा अनुष्ठान हो !
हो, महत् अनुष्ठानको सार्थकतालाई
इतिहासमा
जीवनको बलिको दान चाहिन्छ !
ठीक हो,
हामीलाई जीवनभर तर्साउने छन्
ओछ्यानमा रातरातभरि
अतृप्त आत्माहरुले,
अनि बिहानपख
रोईराख्नेछन् रगतका आँशु कर्कलाको पातमाथि
बलि दिइएका परेवाका बचेराहरू -
कलिला कलिला हाम्रा सपनाहरूले !
तर जिन्दगी अनुष्ठान हो !
जिन्दगीको इमान राखिदिनु पर्छ !
हामीले मुठ्ठी खोलेर बाँचिदिनु पर्छ !
सि ग्रेटको खरानीसीत
टक्टक्याएर सिरानी र सिरकबाट
कतै छरिएका सपनाका अबशेषहरु
कोही डढिसकेका
कोही भाँच्चिएका
पुतलीका पखेटाहरु !
जो रातभरि लालटेनमा झुत्तिएका थिए,
पर------डाँडाको उताबाट
रगतमा चुर्लुम्म हात डुबाई
डकार्दै, टाउको उठाइरहेको सूर्यलाई,
आधि पर्दा बन्द झ्यालबाट हेरेर
चुपचाप, विवश !
उफ् ! पाइला पाइलामा
लोकाचारको पैतालाले कुल्चिदै प्रत्येक बिहान
जिन्दगीको,
मानिसले सपनाको लासमा जानुपर्छ !
प्रत्येक मानिस एक्लो मलामी हो !
प्रत्येक मानिसले

No comments: