Dec 27, 2008

गजल


बसन्त मोहन अधिकारी

कति आए कति गए नँया सालहरु ।
सालै पिच्छे बढायौ लासका खालहरु ।

हत्या हिंसा सधै गरि घर आँगनमा
जमे यहाँ रगतका सधै तालहरु ।

अझै गर्छन् रुवाँवासी रोग भोक लागी
ज्यूँको तिहुँ राखि राख्यौ यी बेहालहरु ।

शिविरमै सिरेठोले ज्यान लिने भयो
बर्षौ सम्म फेरीएन मेरा पालहरु ।

मेरा लागी हैन रैछ युद्ध हत्याहरु
देखे मैले यहाँ चाल्ने सबै चालहरु ।

दया माया गर्ने मन कतै रैन रैछ
सबै हिड्छन् मान्छे मार्ने थाप्दै जालहरु ।

यि पापीका हातबाट यहाँ मर्नु भन्दा
चाडै आउँ मलाई लिन हे कालहरु ।

No comments: