Dec 12, 2008

खोज्नु पर्ने बेला


स्यानु पाईजा

बोन्साईमा कुजीएका धुपीका रुखहरु
उज्यालोको खोजीमा झयाल तिर तन्किएका
मनी प्लान्टका लहरे बोटहरु
शान्तीको शन्देस छर्ने बुद्वका तस्बीर
भित्ता मा सजाईएका जोर तरबार
अनि नजिकैको जोर नाल बन्दुक
मानव अधिकारका लामा लामा नारा
महान मानवको बाणीले सजिएको भित्ता
टेबुल मा सजाईएको बिश्बको मान चित्र
दराज मा दार्शनिकका मोटा मोटा कितावहरु
नपढिकन सोल्युट कस्दै हरेक मान्छेलाई
फुर्सद कहाँ थियो र हाम्रो पुर्खालाई
शब्दकोश को पङत्तीमा लुकेको शब्द
अब बल्ल खोज्न थालिएको छ
मोटो पवर लागेको चश्मा लगाएर
समाय सँगै परिमार्जन भएका शब्दहरु
नोकर, नोकरी, जागीर, जागिरे, लाहुरे
कहिले राज्य खोसेर लखेटे
कहिले जात खसालेर तुक्राए
खुब चर्चामा छ अचेल, जनजाति शब्द
प्रजातन्त्र,पन्चायत,निरदल, बहुदल
लोकतन्त्र, गणतन्त्र, अब अरु शब्द बन्दैछन
यी त जनता कराए भने अल्मलाउने
रँग दलेर राखेका मिठाईका नाम हरु हुन
जनता कराए पछि रयापर खोलीन्छ
या रयापर मा सजाएर देखाईन्छ
यो फलाना तन्त्र हो, फलाना मन्त्र हो,
यो आए पछि जनताको दिन आउछ।
दिन त आएकै छ कहाँ रोकिन्छर ?
तर,,, हरेक दिन झन कठिन हुदैछ
शब्दकोश को पङत्तीमा लुकेको शब्द
अब बल्ल खोज्न थालिए जस्तै
अस्थिरता, अशान्ती को जड पनि
खोज्नु पर्ने बेला आएको छ ।
साहेद हाम्रा आँखाहरु कम्जोर होलान
मोटो पवर लागेको चश्मा लगाएर
अब फेरि बिभिन्न जाती र समुहमा छरियौ भने
अर्को तिन पुस्ता यसैमा बित्नेछ
सोच्नु पर्ने बेला आएको छ ।
हरेक सभा र सम्मलेन पछि
जाम सकेर रंगिन साम मा
धन र समाय खर्चनु भन्दा
खोलावारी र खोलापारी को नाममा
संध र संस्थामा छरिनु भन्दा
साझा हितको बारेमा सोच्न सिक्नु जरुरी छ
सोच्नु पर्ने बेला आएको छ ।

No comments: