Dec 12, 2008

आमा तिमी समुन्द्र हौ


आचार्य प्रभा

आमा ---
तिमी समुन्द्र हौ
त्यसैले त ---,
शान्त लहर भै बगिरहेछौ
सुस्त ---सुस्त,
न त कहिल्यै थकानको महसुश गर्यौ
न,त उर्लिदो भेल बनेर तिमीले
साराको सपना बगायौ ,
बरु ---आफु निश्चिन्त बनेर
किनारालाई साथ दिइ बगिरह्यौ /
तिमीले छहरा झै आफ्नो यौवन
उदाङ पारीनौ,
अनी ---तिमिले झरना बनेर
कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ ,
त र ---तिमी त धैर्य बनेर बगिरह्यौ ,
केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ /
तिमीले खहरे झै मात्तिएर
क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ
तिमीले उर्लिदो खोला बनेर
बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ
बस ---बगिरह्यौ ,
सदाबहार बनेर /
तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन ,
तिमीले शरद,ॠतु पनि पर्खन परेन ,
तिम्रो यौवनले चन्चलताको
प्रदर्शन पनि गरेन /
खोला,झरना,छहरा,छांगा झै
तिम्रो रूपले फेरिनु पनि परेन
कहिले अन्धाधुन्द बाढि बनेर
बहुलाको नियती भोग्नु परेन
अनी ---कहिले बगरलाई नीरिह एक्लो बनाएर
तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन
तिमी त निस्वार्थी समुन्द्र बन्यौ
जस्ले शितलता दिने कोशीश मात्र गर्यो /
तिमी सतहको प्रीय बन्यौ
आकाश छुने उदेश्य कहिल्यै बोकिनौ
जस्ले ---साथ दिइरहयो किनाराको
भरपर्दो सहारा को अस्तित्व बनेर /
(अमेरिका )

No comments: