Jan 15, 2012

पत्रसाहित्य भाग - ४

प्रिय क्रिसा
गतिशल समयको प्रवाहसंगैको गतिमय जीवनको अनेक अभिवादन ।
मानिसको जीवन मात्र नभएर सम्पूर्ण प्राणी र वनस्पति जगतलाई नै समयको प्रवाह अथवा प्रारुपको रुपमा लिन सकिन्छ । किनकी सारा प्राणी र वनास्पति जगतलाई समयले निरन्तर डोर्याई रहेको हुन्छ । संसारमा समयले अनेकौं कुराको उत्पति वा सिर्जना गर्दछ र त्यसलाई लोप पनि गराउँदछ । हरेक प्राणी,वनास्पति र अन्य वस्तुहरुको यस संसारमा रहने आयुको पनि निर्धारण गर्दछ । सम्पूर्ण प्राणीको,वनास्पतिको वा वस्तुको संरचना अन्तर्गत त्यस्को उपस्थितिलाई समेट्दछ । मानिसले यी प्राकृतिक चिजहरु भन्दा वढी आजभोलि कृतिमतामा बिश्वास गर्न थालेका छन् । हुनपनि हामीले किन बिश्वास नगर्ने किनकी कृतिम बस्तुहरुले हामो माग,इच्छा,चाहना,आवश्यकतालाई पूर्ति गरीदिएको छ । त्यति मात्र नभएर विलाशीताका हरेक बस्तुहरु कृतिमताले पैदा गरीदिएको छ । त्यसकारण मानिस हरेक दिन कृतिमतामा निर्लिप्त भएर लागेका छन् । आजको नयाँ नयाँ आविष्कार सबै प्रकृतिले नै दिएका उपहारहरु हुन् । विना प्रकृति ती खोज,अनुसन्धान पूर्ण हुँदैनन् । मात्र हामी कर्ता भएर आएका छौ । जो गर्छौ,भन्छौ,देख्छौ,भोग्छौ ती सबै यहि जगतमा विद्यमान भएका चीज वा विषयबस्तुहरु हुन् । तर नगर्दा,नखोज्दा,नजान्दा,नदेख्दा सम्म हामी ती कुराहरु अनुभव गर्न सक्दैनौ । हाम्रो मस्तिष्कले पनि थाहा पाउँदैन कि चीज वा विषयबस्तुहरु यहाँ छन् भनेर । अनभिज्ञतामा जीवन विताई रहेका हुन्छौ । यी सबै चीज वा विषयबस्तुहरु थाहा पाउँन खोज्नुले नयाँ आविष्कारको सुरुआत हुनु हो । आविष्कार प्रकृति र कृतिमताको मिलन विन्दु पनि हुन सक्छ । किनकी त्यो हिजो उपयोगीतामा नआएको बस्तु खोज,अनुसन्धान र आविष्कारले मानवपयोगी बनेको छ । यसरी हाम्रो खोज,अनुसन्धान र आविष्कारले कृतिमता बाँच्ने,रमाउनेर बिश्वास गर्ने भएका छौ । किनकी हामीले चाहेका अनेकौ कुरा कृतिम बस्तुहरुले पुरा गरिदिएको छ । तर त्यहाँ प्राकृतिक कुरा जोडिएको हामी विर्सी दिन्छौ र आफ्नै लयमा हुइकिन्छौ । भन क्रिसा आजका मानिसहरु किन यति धेरै कृतिमतामा बिश्वास गर्छन् ? के तिमी पनि कृतिमतालाई नै बढी मान्यता दिईरहेको छौ ? जुन कृतिमता मानिसको लागि मात्र नभएर प्राणी,बनस्पति र जगतलाई नै हानीकारक छ । आफ्नो चाहनाहरु,इच्छाहरु पूर्ति गर्न मानिसहरु जति जोखिम पनि वहन गर्न पछि परेका छैनन् । के त्यहि चाहना,इच्छा,माग,आवश्यकता,सपना,उदेश्य पुरा गर्न क्रिसा तिमीले पनि आफ्नो जीन्दगीलाई बाजी राख्न खोजीरहेछौ जोखिमतासंग ? वास्तवमा त्यो गलत सोच र कार्य हो ।
आज तिमीलाई महसुस वा अनुभव भैरहेको होला । कृतिमताले मानिसको जीवनलाई मात्र नभएर प्राणी,बनस्पति र जगतलाई कति समस्याग्रस्त पार्दो रहेछ भनेर । कति कठिन,जोखिम भोग्नु पर्दोरहेछ भनेर । हिजो ती जोखिमहरु,समस्याहरु नउठाउँदा सम्मको समय र अहिलेको कष्टमय र कृतिम समयलाई तुलना गरी हेर । कि ती समयहरुमा के,कति र कस्तो भिन्नता पाउँछौ । समय गतिशील र वेगवान हुन्छ । त्यहि गतिशील र वेगलाई उपयोग,उपभोग गर्न सक्यौ भने मानिसले नसोचेको फड्को मार्न सक्दछौ । तर समयको गतिशील र वेगलाई वास्ता गरेनौ भने हामी पाश्चताप भन्दा अरु केहि गर्न सक्दैनौ । आजका मानिसहरु चरम कृतिमताको उपभोगले विलाशी बन्न पुग्दा प्रकृति कै बिरुद्धमा उभ्ने भएका छन् । जीवन नाशवान हुन्छ भनेर आफैले मात्र सम्पूर्ण कुरा भोग्न खोज्नु नै गलत कार्य हो । आफुपछि पनि अरु पीडीहरु हुन्छन् उनीहरुको लागि पनि केहि गर्नु पर्छ भन्ने सोच आजका मानिसहरुमा हराएर गएको छ । यो सोचमा क्रिसा तिमी पनि उभेको हुन सक्छौ तर त्यो आफ्नै विरुद्धको काम हो । प्राणी,बनस्पति र जगत कै बिरुद्धको काम हो। आफ्नै बिरुद्धमा उभेर रमाउँन खोज्नु आजका मानिसहरुको नियत बनेको छ । त्यसैले क्रिसा अव तिमीलेयी जोखिम कामहरुको बिरुद्धमा लडाई लड्नु पर्दछ । किनकी थोरै सन्कि स्वभावका मानिसहरुले लाखौ,करोडौ अनभिज्ञ र सर्वसाधरणको भविष्यमा खेलवाड गरी रहेका हुन्छन् । जनचेतनाको बिजारोपण गरेर एउटा सुन्दर संसारको निर्माणमा तिमी सदैव उभ्नु,जुट्नु पर्छ । यो नै यो सुन्दर संसारको लागि,मानिसको लागि,प्राणी र बनस्पतिको लागि महत्वपूर्ण काम हो ।
समयसापेक्ष बन्ने हैसियतले आज हामी निर्धक्क विनासमा,लडाईमा धकेलिएका छौ । पशुप्राणी र बनस्पतिको त कुरा छोडी दिउ आफु जस्तै निरीह र निर्दोष मानिसहरुको सिकार गर्न माहिर भएका छौ । उनीहरुलाई सिध्याएर आफु मात्र बाँच्न,राज गर्न खोज्दछौ । यहि कुनियतले,विनासकारी सोचले, अतिक्रमणले अभावहरु सिर्जना हुन्छन् र गरीदिएको छ । त्यहि अभाव,अतिक्रमणले यो जगतबाट कति प्राणी र बनस्पति सदाको लागि लोप भएर गएका छन् । साथै अन्य रहेका प्राणी र बनस्पति लोप हुने क्रममा रहेका छन् । यी सबैले बाँच्न दिनु र बचाउँनु हामी मानिसको कर्तब्य हो । जोखिमपूर्ण समय र परिस्थिति यसरी नै लम्बिदै जानु हो भने पशुप्राणी,जीवजन्तु,बनस्पति मात्र होइन मानव जाति नै यो संसारबाट ती प्राणी र बनास्पति झैं विलुप्त हुन सक्दछ । त्यसैले क्रिसा समयमा नै संरक्षण,सम्बर्द्धनको अभियानमा जुटेनौ भने दुर्गतिहरु भोग्न त्यति लामो समय कुर्नु पर्दैन । जीवन,जगत,प्राणी,बनस्पति,जलवायु,समय एउटै रेखामा रेखाङकीत भएका हुन्छन् । तर कति कुराहरु थाहा भएर पनि आफ्नो सजिलोको लागि ती हिंस्रक र बिनाशकारी काममा लाग्दछौ । त्यसकारण क्रिसा समयमा नै जीवन,जगत,प्राणी,बनस्पति,जलवायुलाई कृतिमता र विनासबाट बचाउँनु पर्दछ । अव तिमीले सबै मानिसहरुको चेतनामा यहि मन्त्र जगाउँनु पर्दछ । नत्र समस्याको ठुलो भुमरीमा थाहै नपाई फस्न सक्दछौ ।

पत्रसाहित्य भाग - ३

प्रिय क्रिसा
यो सुनौलो विहानीको नविन आगनबाट स्वागत छ ।
नयाँ युगको आगमनसंगै हामी जीवनको गहिराईमा डुब्ने प्रयास गरीरहेका छौ । हाम्रो जीवन यति महत्वपूर्ण रहेछ जो हिजो सम्म हामीले जीवन र जगतको कुरा बुझेका थिएनौ रहेछ । किनकी हामीले यो भावनाको,बिचारको,दर्शनको चौतारीमा बसेर मज्जाले छलफल गरेका थिएनौ रहेछ । तर आज तिम्रो बिचार,भावना र चाहनाको सामुन्ने वसेर जीवनलाई जान्न खोज्दा त्यहि कुराको आभाष भएको छ । कि जीवन यति मात्र रहेनछ भनेर । जति भोग्दै आयौ,देख्दै आयौ अनि त्यसलाई कुल्च्यौं । हामीले आफ्नै बिचारसंग सामान्यरुपले ब्याख्या,बिश्लेषण गर्दा त्यस्तो गाढा अर्थ राख्दैनथ्यो । तर वास्तविकता अर्कै रहेछ किनकी हामीले अहिले उहिलेको भन्दा जीवन वेग्लै जीउँदै रहेछौ र पछिका सन्ततीहरु अझ हामीले भन्दा अर्को जीवन जीउँनेछन् । किनभने यहि समयले आजबाटै नयाँ धुवको,नयाँ दिशाको रेखाचित्र कोरी सकेको छ । जुन समयलाई आत्मसाथ गरेर जीवनका उकाली ओरालीहरु यसरी नाघ्दै आएका थियौ र नाघ्दै जानु पर्ला भन्ने सोचेका थिएनौ । जुन वेला जसरी हिडेका थियौ त्यहि नै सम्पूर्ण यात्रा हो जस्तो लाग्थ्यो । अथवा एउटा जीवन चक्रले समेटेका पलहरु नै जीवनको अन्तिम सम्पूर्णता लाग्थ्यो । तर अहिले भोग्दा भोग्दै प्रसंग परिवर्तीत भएको छ । सोच र खोज संगै जीवन जीउँने शैलीमा आकास,पातालको भिन्नता ,परिवर्तन हुदै आएको छ वा हुँदै गएको छ । यी परिस्थितीको परिकल्पना हामीले गरेका थिएनौ । तर आज हामीले जीएर ,भोगेर हेर्दा नयाँ रङगहरु,नयाँ रुपहरु,नयाँ उमाङगहरु छाउँन थालेको छ । हाम्रो कल्पनाले नभ्याउँने परिस्थिती प्रस्तुत भएको छ । यस्तो होला र भोग्नु,देख्नु पर्ला भनेर कहिल्यै ठानेका थिएनौ । कारणवस आज त्यहि समय आईदिएको छ । र यसैको सिलसिलामा थाहै नपाई हामी पनि त्यहि मार्गमा हिड्न थाली सकेका रहेछौ । हिजो ती पलहरुले हामीलाई थिच्दा आफूलाई निक्कै पुरानिया सोच्थ्यौं । नयाँ सन्ततीहरुलाई देख्दा उनीहरु मात्रै आधुनिक जस्ता लाग्थे । तर आज अचानक हामी आफै उत्तरआधुनिक समयको फेरो समातेर हिड्न पाउँदा हाम्रा ती पुरातन सोचाईहरु वासी भैसकेका रहेछन् भन्ने लागिरहेको छ । यी सवै हाम्रा जीन्दगीका मोडहरु हुन् रहेछ किनकी हिजो त्यहि कुरा सहि थियो । आज हिजो नदेखिएका,नभोगीएका,नजानिएका विषयबस्तुहरु अनुभव गर्न पाएका छौ । हिजोका ती सारा पलहरु आजको समयले लिप्दै नयाँ ढङगले पाईला बढाउँन वाध्य भएका छौ । सायद त्यसैले होला हिजोको ध्रुवसत्य ठानिएको कुरा आज आएर असत्य सावित भैदिएको छ । हिजोका असजिला क्षणहरु आज सजिला भएका छन् । हिजो हामीले टेक्दै हिड्ने एउटा बाटोआज आएर हजार बाटा भएका छन् । हाम्रा सोचाईहरु,बिचारहरु धेरै फरक ढङगले प्रस्तुत हुन थालेका छन् ।
नबुझ्दा र नजान्दा सम्म यो फराकिलो नयाँ संसार पनि निक्कै साघुरो साथै पुरानो लाग्थ्यो । हजारौ बाटाहरु,हजारौ उपायहरु हुदा हुदै पनि यात्रा विहीन र उपाय विहीन भएर बाँचेका रहेछौ । किनकी यत्रो ठुलो फराकिलो संसारमा जीवनको महत्व ,समयको महत्व बुझ्न नसक्दा ग्लानी पैदा भएको रहेछ । तर जीवन र जगत त हामीले सोचे भन्दा कता हो कता ठुला र रङगीन पो रहेछ । तिमीसंगको भेटघाटले यहि तत्व थाहा पाए । आफुले आफैलाई कुल्चिएर बाँचेका रहेकाछौ,हाँसेका रहेछौ । आज त्यस्को रहस्य पत्ता लागि रहेको छ । हामीले जीवन पाएर पनि जीउँन नजानेका रहेछौ । समय नपाएर पनि भोग्न नसकेका रहेछौ । आज पाश्चताप लागि रहेछ क्रिसा । हामीले किन समयसंग सम्झौता गर्न सकेनौ होला । हरेक समय अत्यान्तै महत्वपूर्ण हुन्छ । त्यसो हुँदा हुँदै पनि त्यो समयको महत्वलाई किन बुझ्न चाहेनौ होला । यहि आश्चर्य लाग्दछ ।
जीवनलाई बुझ्दै नबुझेका हौ की ?वा बुझेर पनि बुझ पचाएका हौ कि ? त्यो हामीले विर्सी सक्यौं । जे भए पनि अहिले आएर जीवनको महत्व,समयको महत्व अथवा वर्तमानलाई बुझ्न थालेका छौ । यो पनि हामी र हाम्रो लागि नौलो सुरुआत हो । अव हामी पहिलाको जस्तै रनभुल्लमा पक्कै पर्नु हुँदैन । केहि न केहि बुझ्दैछौ,सिक्दैछौ,जान्दैछौ । र फरक धारमा पाईला टेक्दैछौ । यसरी अव हामीले पाईला चाल्न सकेनौ भने डाईनोसरहरुले जस्तै अस्तित्व मात्र होइन जीवनै गुमाउनु पर्ने हुन्छ । नयाँ पहिचानका साथ नयाँ समयको हातोमालोमा उनीएर गन्तब्यमा पुग्ने लक्ष्य लियौ भने निश्चय नै हाम्रो जीवन यात्रा निर्दिष्ट ठाउँमा पुगेरै छाड्नेछ । तर त्यहाँ आईपर्ने आँधीहरुको सामना गर्न तयार हुनुपर्छ । नत्र आँधीको असिमित वेगले सारा जीन्दगी नै फसाई दिन सक्छ । होसीयारी वा सावधानी अपनाउँन सकिएन भने नयाँ समयको गतिले उल्टै कुल्चने छ । तर मलाई आज हर्ष लागेको छ किनभने अलिकति जीवनलाई जीवन भनेर जान्ने अवसर मिलेको छ । कति कतिले जीवन के हो भनेर बुझ्दा नबुझ्दै जीवन गुमाई सकेका हुन्छन् । मायाँ,प्रेम ,ब्यावहार भन्ने कुरा त खाली परिवार अवतरणको लागि मात्र सोचिएको हुन्छ त्यो वेलाको समाजमा । तर ती सवै हामी र हाम्रो लागि बिशेष छन् । किनभने जीवन पुन दोस्रो पटक पुन पाईएला भन्ने कल्पना भन्दा वाहिरको कुरा हो । यो जीवन अथवा हामीले जीएको जीवन प्यारो छ महत्वपूर्ण छ जस्को वर्णन गर्न सक्दैनौ । तर कति जीवनसंग हारेकाहरु जीवनलाई महत्व दिदैन न् त्यो वास्तवमा मुर्खता रहेछ । जीवनलाई अति सुन्दर ढङगले जीउँन सक्यौ भने त्यो जीवनको सार्थकता हो । त्यो नै जीवन जीउनुको मज्जा हो । वेरसले जीवन अथवा करले,वाध्यताले,विवशताले,परिस्थितीले जीउनु भनेको कहि कतै आफैलाई गल्तिबाट सच्याउनु नसक्नु हो । वा जीवनलाई वेपर्वाह गर्नु हो । त्यहाँ जीवन पीडा र आसु बाहेक अरु केहि हुँदैन । यसरी जीवन जीउन खोज्नु गलत पनि हो । जीवन जीउनको लागि सबै भन्दा ठुलो कुरा आत्मा साहस हो । आत्मा साहसले जीवनमा गति पैदा गर्दछ । र जीउने पलहरु सहज बन्दछ । जीवनको नदि बग्दै जाँदा समयको कुइनेटोहरुमा ठोक्किदै जानु त रीत नै हो । अलिकति ठक्करको चोटलाई सुम्सुम्याएर धेरै पीडा सम्झीने हो भने समय अघि बढी सकेको हुन्छ । समयसंग दौडिनको लागि त समयलाई अङगालो हाल्न सक्नु पर्दछ । दुनियाले गर्दै आएको यो काम हामीले किन गर्न सक्दैनौ र ? विसंगतिसंग पौठेचोरी खेल्दै पाईला चाल्नु त्यति सजिलो पक्कै छैन तर कहिल्यै पनि चुनौति र समस्यासंग हार्नु हुदैन क्रिसा ।

पत्रसाहित्य भाग - २

प्रिय क्रिसा
जीवन र जगतको मुलबाटोबाट जीवन जीउँनुको अभिवादन ।
हामीले समयको तीरैतीर जीन्दगीका गोरेटाहरु पछ्याउँदै जाँदा जीउँनुका आरोह अवरोहलाई पार गर्दै कुनै उदेश्यमा र्स्पर्श गर्न तम्सिन्छौ । तर ती उदेश्यहरु स्पर्श नगर्दै समय निरन्तर तन्किन्दै जान्छ जसरी रबरको पेटी तन्कन्छ । र जति यात्रा बढाउँदै लैजान्छौ उति नै हाम्रा लक्ष्यहरु,उदेश्यहरु,बिचारहरु,गन्तब्यहरु नयाँ नयाँ आउँदै जान्छन् । त्यसवेला हामीलाई समयसापेक्षताले औंला ठड्याउँन पुग्दछ । हामी यी नयाँ बिषयबस्तुसंग घुलमेल हुने कि नहुने ? नयाँको रफ्तारमा अगाडी बढ्ने कि नबढ्ने ? अथवा पुरानोलाई कुन तवरले नयाँसंग समायोजन गर्ने ? यी प्रश्नहरुको सामना पक्कै नगरी हुन्न । किनकी समयसापेक्ष बन्नको लागि हामीले नयाँ समयसंग,परिस्थितिसंग,अथवा नयाँले बोकेर ल्याएका सबै अवस्थालाई स्विकार्नु पर्ने हुन्छ । यदि पुरातन सोच,बिचार र शैली मै अल्झी रहने हो भने निश्चितरुपले समय भन्दा पछि पर्न सक्छौ । जब हामी समयको पछि पर्र्छौ तव हामीले बाँच्दै गरेको जीवनको श्रृङखला टुट्न सक्दछ । त्यति मात्र हैन अनेकौ समस्याको भुमरीले मर्डार्न सक्दछ । यो मोडमा मात्र समयसापेक्षको अर्थ बुझ्न पुग्दछौ । बिति सकेपछि त्यसको अर्थ र महत्व बुझ्नुको कुनै तुक रहदैन क्रिसा । जति पनि गर्नुपर्ने,जान्नुपर्ने,देख्नुपर्ने,भोग्नुपर्ने समयलाई त्यो परिस्थिती अनुरुप सदुपयोग गर्नु नै जीवनपयोगी हुन्छ । तिमीलाई पनि थाहा छ क्रिसा एउटै समान मान्छेमा पनि फरक वा एकरुपता पाइदैन । उसको जीवन शैली,स्वभाव,क्रियाकलाप,ब्यावहार मात्र नभएर मानिससंग जोडिएका सवै कुराहरु फरक नै हुन्छन् । तर पनि समाजमा रहेपछि फरकबाट पनि समानता अपनाउँनु पर्दछ । समयमा नै समस्याको पहिचान गर्दै सदैव अगाडी बढ्नु पर्दछ । कतिपयले समयलाई समयमा नै बुझ्न नसक्दा पछि परेको हामीले परिवारमा,समाजमा,देशमा देखेका छौ । मानिस अन्य प्राणीहरु भन्दा चेतनशील प्राणी हो तर पनि आफै कहिले कहि जानेर वा जान्दै नजानेर चेतनाबाट ओझेल परेका हुन्छ । हुनत कस्लाई पछि परौं लाग्दछ र - गर्दै भन्दै लैजादा त्यो परिस्थिति चिन्न,जान्न नसक्दा पछि परिन्छ । त्यति मात्र होइन ठुलै आपत विपतले पनि निचोर्न सक्दछ ।
क्रिसा जीन्दगीको पहिचान नै समयको पहिचान हो । समय मानिसको लागि हो । जगतसंग जोडिएका सम्पूर्ण बस्तुहरुको लागि पनि हो । तर हामी मानिसले ती सम्पूर्णलाई भन्दा पनि उच्च ठान्दछौ,वेग्लै सोच्दछौ र तिनीहरुको जीवनलाई विनाश गर्न तम्सिन्छौ । कति हामीले विनाश पनि गरी सकेर यस जगतमा उनीहरुको अस्तित्व नै लोप भएर गईसकेको छ । क्रिसा तिमीले यी सबै कुराको लेखाजोखा राखेर चेतनाको अभिवृद्धि गर्नुपर्दछ । जस्ले जगतमा भएका सम्पूर्ण प्राणी र बनास्पतिले आफ्नो जीउँने अधिकार पाउँन् । यी सम्पूर्ण कुरा जानेर बुझेर संरक्षणका पाईलाहरु चाल्नु तिम्रो कर्तब्य पनि हो । आजको विश्वले संकट मोल्नुको प्रमुख कारक तत्व नै मानिस बनेको छ । आजका आधुनिक मात्र नभएर उत्तरआधुनिक मान्छेहरुले जानी जानी आफ्नो मोजमस्ति र फाईदाको लागि आफ्नै विनाश निम्त्याउँन तम्तयार भएका छन् । सायद तिमीले यी सबै कुराहरु थाहा पाएर पनि त्यतातिर पाईला मोडेका हुन सक्छौ । तर ती गलत बाटाहरुलाई छोडेर नयाँ जीवनको खोजीमा आउँनु पर्दछ ।
यो समयको लागि मानविय मनहरु,विचारहरु,आत्माहरु,भावनाहरु जुट्नु पर्दछ । अव पनि दुनियाँसंग हातेमालो नगरी एक्लै जीवन जीउँन खोज्नु अधुरो हुन्छ,अपुरो हुन्छ । म संग म जस्तै अरुपनि छन् भन्ने सोचको विकास दिमागमा पलाउँनु पर्दछ । हामीले समाजमा यस्ता ब्यक्तिहरु पनि देख्छौ,भेट्छौ र संगत गर्र्छौ जो एक जीवन बाँच्नु वाहेक अरु जीवन नदेख्ने र नजान्ने । ती अथवा त्यस्ता मान्छेहरु साँच्चै जीवन,इच्छा,आकांक्षा,चाहना भोग्दैनन्,देख्दैनन् । जन्मनु र मर्नुलाई नै जीवनको सम्पूर्ण ठान्दछन्,त्यस्ता मान्छेहरु ।
तर जन्मेपछि हामीले परिवारलाई,समाजलाई,देशलाई र बिश्वलाई केहि गर्न सक्दछौ । हामीले देखि रहेकाछौ,आँखाले नदेखे पनि सुनिरहेकाछौ । हामी जस्तै ब्यक्तिले बिश्व हल्लाएको । न त उ भगवान नै हो न त उ मानवको अर्को स्वरुप नै हो । के हामीले त्यस्तो काम गर्न सक्दैनौ र क्रिसा ? निश्चय नै सक्छौ तर हामीमा गर्ने आँट,उत्साह,साहस,उमांग,जोस,जाँघर हुनु पर्दछ । यदि यी सबै कुराहरुलाई साहसका साथ जीवनमा लागू गर्यौ भने कहिल्यै पछाडी सर्नु पर्दैन । कायर मान्छेहरु मात्र गर्नुपर्ने कामबाट पछाडी सर्ने गर्दछन् । आत्मा विश्वासको उज्यालोले अरुले नजानेका,नदेखेका,नभेटेका बाटाहरु पछ्याउँन सक्दछौ । जीवन जीउँनुको र्सार्थकता यहि नै छ क्रिसा । त्यसैले यो पथमा मान्छेहरु धेरै अगाडी बढी सकेकाछन् । हामीले पनि अवेर गर्नु हुँदैन । केहि न केहि गरेर समयलाई,बिचारलाई र आत्मशक्तिलाई उपयोगमा ल्याउँनु पर्दछ । यो नै जीवन र जगतको लागि सबैभन्दा उत्कृष्ठ काम हुन्छ ।

Jan 14, 2012

नेताजी चलाउदै छौ सत्ता

जगत प्रसाद आचार्य

नेताजी तिमि त भयौ त बेपत्ता, चलाउदै छौ त सत्ता
जनताको मतले चुनाब जितेथ्यौ के कति खान्छौ भत्ता
प्रहरी प्रसासन तिम्रैछ सासन जनतालाई चै कुसासन
तिम्रै छ भ्रमण तिम्रै छ आसन जनतालाई खै रासन

देशको ढुकुटी रित्याई तिमीले के खान्छौ भ्रमण भत्ता
महंगी बढायौ भ्रस्टाचार गरायौ जनता लाई खै लत्ता
कर र भ्याटको रकम उठाई खै गरेको देश विकास
भिख माग्न विदेश जादैछौ बारबार गर्दैछौ अरुको आस

शान्ति र संबिधान सबैको माग सबको एकै नारा
दुराचारी , भ्रस्टाचारी कोहि चै भयौ ज्यानमारा
भयौ सत्ता भोगी बिदेशीको आखामा माग्ने जोगी
जनताहरुलाई चै पार्यौ सदै बिदेशीको ऋणको रोगी

हाल दुबई

शुन्य कोठा र म

टंक सम्वाहाम्फे

सधै यो कोठाका चार भित्ताहरु
झ्याल ढोकाहरु
कुर्सी टेबुलहरु
भाडा वर्तनहरु
कहि कतै सम्वाद गरी रहे झैं लाग्थ्यो
तर आज
यी कोठाका सवै सवै चीजहरु
चुपचाप
मुख वन्द गरेर
आँखामा पट्टी बाँधेर
हृदयको गति टक्क रोकेर
संगीत गुञ्जिरहने कोठालाई
शुन्य शुन्य
महाशुन्य
वनाई रहेछन् यहाँका प्रत्येक बस्तुहरुले
केहि अघिसम्म
प्रकाशमय थियो यो कोठा
संगीतमय थियो यो कोठा
तर केहि क्षण मै
यो कोठा कोठा रहेन
यो कोठा कोठा भएन
किनकी मेरो मनको उज्यालो
यहि कोठाको मुलढोकाबाट निस्किएर
अलप भैदियो
केहि अघिसम्म
म कोठामा उज्यालो देख्थे
म कोठामा गुञ्जन सुन्थे
तर अहिलेम केहि देख्दिन
तर अहिले म केहि सुन्दिन
मानौ म यो कोठाको
निर्जीव मूर्ती बनेको छु ।
सम्झीरहेछु कि ती क्षणहरु
कति आनन्ददायी रहेछन्
कति मुल्यवान रहेछन्
किनकी अहिले म
चाहेर पनि पाउँन सक्दिन
त्यो समय अहिले
मबाट टाढी सकेको छ
मबाट अल्पि सकेको छ
अव त्यो समय
अव त्यो परिस्थिति
अव त्यो अवस्था
अघिसम्म मेरै भएपनि
अव मेरो रहेन
अव मेरो भएन
हरेक बस्तुहरु
वास्तवमा
यसरी नै टाढीदै जाने रहेछन्
त्यो मलाई थाहा थिएन
जव म यो शुन्य कोठामा परीणत भए
तव थाहा पाए
जीवनको परिधी
शुन्यताले नै छोपेको हुँदोरहेछ
आज यो शुन्य कोठामा
म कसरी जीवनका सपनाहरु
तरङग्यान सक्छु होला ?
किनकी अहिले म संग
भोक छैन
नि द्रा छैन
शब्द छैन
किनभने यी कुराहरु
शुन्यताले चपाई दिएको छ
शुन्यताले निली दिएको छ
जहाँ म आफुलाई
आफै जस्तो ठानी रहेको छैन
के तिमी भन्न सक्छौ ?
म शुन्य कोठामा
परीणत हुनुको अर्थ
हुनत हिजो हाम्रो उपस्थिति नहुँदा
यो जगत नै
शुन्य शुन्य थियो
तर त्रि्रो मेरो
र हामी सबैको उपस्थितिले
यो जगत
यो कोठा
यो हृदय
साँच्चै सुन्दर भएको रहेछ
आज म यहि शुन्य कोठाको
कुनै भागबाट
कुनै स्थानबाट
त्यहि यथार्थ अनुभूत गर्दैछु
तिमी भन्छौ होला
तिमी सोच्छौ होला
कोठामा
चारभित्ताहरु छन्
झ्याल ढोकाहरु छन्
कुर्सी टेबुलहरु छन्
अथवा कोठामा भएका
सबै सबै बस्तुहरु छन्
तर मेरो लागि भएर पनि छैनन्
त्यसैले त कोठा
शुन्य शुन्य भएको छ
महाशुन्य भएको छ
किनकी यहि कोठाको
मुलढोकाबाट
मनको आभा निस्किएर गएको छ
हो म त्यहि सजिव मान्छे
हाँस्दा हाँस्दै
बोल्दा बोल्दै
नाच्दा नाच्दै
निर्जीव मुर्तीमा
एक्कासी परीवर्तीत भएको छु
म निर्जीव भएर पनि
यहाँको शुन्यताले कुल्चिरहेछ
त्यसैले चुपचाप
यो कोठाको चारभित्ताहरु
कुर्सी टेबुलहरु
झ्याल ढोकाहरु
अथवा यहाँ रहेका सारा चिजहरु
नियाली रहेको छु
अघिसम्म ती सबै बस्तुहरु
सजिव थिए
र म बाँचेको थिए
र म हाँसेको थिए
तर अहिले यो कोठा
एक्कासी यतिविघ्न शुन्य शुन्य लागी रहेछ ?
महाशुन्य लागीरहेछ ?
तपाई नै भन्नुहोस्
म किन निर्जीव भएको रहेछु ।

समयको बेग

कृष्णकला वनेम

समयको बेग संगै अचानक म बदलिए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

सुस्त सुस्त बोलीले पछी बाट बोलायौ
नसुने झै गरी हिड्दा झनै तिमी करायौ
प्रिय भनी डाक्यौ अचानक म झस्किए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

न्याँनो प्रेमको स्पर्शले आयौ मेरो नजिक
बनि दियौ जिवनमा नौलो मेरो प्रतीक
बाटो अर्कै थियो अचानक म फर्किए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

पौस २५ गते २०६८ सोमबार

गगनबाट चुकी(गजल्)

सावारा योङ्हाङ लिम्बु

गगनबाट चुकी तारा झर्नु पर्छ धरतिमा ।
राज्यले बली मागे मर्नु पर्छ धरतिमा । ।

सयौ जातका फुलहरु याममा फुलाउनलाई ।
आउ साथी बियाहरु छर्नु पर्छ धरतिमा । ।
...
बन जङल जमिन माथि १६९ आई एल ओ ।
महा सन्धी पुरा गर्नु पर्छ धरतिमा । ।

१८३१ साउन २२ को सन्धी अमर राख्न ।
सप्तकोसी अरुण पूर्व सर्नु पर्छ धरतिमा । ।

सङ्घिय गर्णतन्त्र नया नेपाल निर्माण गर्न ।
छलकपड हुकुमसासन टर्नु पर्छ धरतिमा

पान्थर्: नगी ५