Apr 11, 2012

खबरदार

लोकेश याक्थुंबा

मान्छेले मान्छे नसम्झेको
म एउटा मान्छे
म कुटिए
म लुटिए
त्यो दिन ,
मेरो अस्तित्व लुटियो
मेरो पहिचान लुटियो
मेरो मौलिकता माथि धावा बोलियो
मेरो सर्बस्व खोसियो/
त्यो दिन
म हेरिरहे
टुलुटुलु नियाली रहे
मात्र हेरे
मात्र नियालीरहे
न त प्रतिकार नै गरे
न त केहि बोल्न नै सके
त्यो दिन,
मेरो हातखुट्टा बाधिएका थिए
मेरो मुखमा बुच्चो लगाइएको थियो/
तर ,
म पहिले जस्तो थिए
अहिले त्यस्तो छुइन
पहिले जहाँ थिए
अहिले त्यहाँ छुइन
त्यसैले ,
खबरदार
मलाई छुन नखोज
मलाई कुट्ने प्रयास नगर
मलाई फेरी लुट्ने प्रयास नगर
अब म,
एक मुठी सास रहे सम्म कुट्न सक्ने छैनौ
एक थोपा रगत रहे सम्म लुट्न सक्ने छैनौ /

No comments: