Jan 14, 2012

शुन्य कोठा र म

टंक सम्वाहाम्फे

सधै यो कोठाका चार भित्ताहरु
झ्याल ढोकाहरु
कुर्सी टेबुलहरु
भाडा वर्तनहरु
कहि कतै सम्वाद गरी रहे झैं लाग्थ्यो
तर आज
यी कोठाका सवै सवै चीजहरु
चुपचाप
मुख वन्द गरेर
आँखामा पट्टी बाँधेर
हृदयको गति टक्क रोकेर
संगीत गुञ्जिरहने कोठालाई
शुन्य शुन्य
महाशुन्य
वनाई रहेछन् यहाँका प्रत्येक बस्तुहरुले
केहि अघिसम्म
प्रकाशमय थियो यो कोठा
संगीतमय थियो यो कोठा
तर केहि क्षण मै
यो कोठा कोठा रहेन
यो कोठा कोठा भएन
किनकी मेरो मनको उज्यालो
यहि कोठाको मुलढोकाबाट निस्किएर
अलप भैदियो
केहि अघिसम्म
म कोठामा उज्यालो देख्थे
म कोठामा गुञ्जन सुन्थे
तर अहिलेम केहि देख्दिन
तर अहिले म केहि सुन्दिन
मानौ म यो कोठाको
निर्जीव मूर्ती बनेको छु ।
सम्झीरहेछु कि ती क्षणहरु
कति आनन्ददायी रहेछन्
कति मुल्यवान रहेछन्
किनकी अहिले म
चाहेर पनि पाउँन सक्दिन
त्यो समय अहिले
मबाट टाढी सकेको छ
मबाट अल्पि सकेको छ
अव त्यो समय
अव त्यो परिस्थिति
अव त्यो अवस्था
अघिसम्म मेरै भएपनि
अव मेरो रहेन
अव मेरो भएन
हरेक बस्तुहरु
वास्तवमा
यसरी नै टाढीदै जाने रहेछन्
त्यो मलाई थाहा थिएन
जव म यो शुन्य कोठामा परीणत भए
तव थाहा पाए
जीवनको परिधी
शुन्यताले नै छोपेको हुँदोरहेछ
आज यो शुन्य कोठामा
म कसरी जीवनका सपनाहरु
तरङग्यान सक्छु होला ?
किनकी अहिले म संग
भोक छैन
नि द्रा छैन
शब्द छैन
किनभने यी कुराहरु
शुन्यताले चपाई दिएको छ
शुन्यताले निली दिएको छ
जहाँ म आफुलाई
आफै जस्तो ठानी रहेको छैन
के तिमी भन्न सक्छौ ?
म शुन्य कोठामा
परीणत हुनुको अर्थ
हुनत हिजो हाम्रो उपस्थिति नहुँदा
यो जगत नै
शुन्य शुन्य थियो
तर त्रि्रो मेरो
र हामी सबैको उपस्थितिले
यो जगत
यो कोठा
यो हृदय
साँच्चै सुन्दर भएको रहेछ
आज म यहि शुन्य कोठाको
कुनै भागबाट
कुनै स्थानबाट
त्यहि यथार्थ अनुभूत गर्दैछु
तिमी भन्छौ होला
तिमी सोच्छौ होला
कोठामा
चारभित्ताहरु छन्
झ्याल ढोकाहरु छन्
कुर्सी टेबुलहरु छन्
अथवा कोठामा भएका
सबै सबै बस्तुहरु छन्
तर मेरो लागि भएर पनि छैनन्
त्यसैले त कोठा
शुन्य शुन्य भएको छ
महाशुन्य भएको छ
किनकी यहि कोठाको
मुलढोकाबाट
मनको आभा निस्किएर गएको छ
हो म त्यहि सजिव मान्छे
हाँस्दा हाँस्दै
बोल्दा बोल्दै
नाच्दा नाच्दै
निर्जीव मुर्तीमा
एक्कासी परीवर्तीत भएको छु
म निर्जीव भएर पनि
यहाँको शुन्यताले कुल्चिरहेछ
त्यसैले चुपचाप
यो कोठाको चारभित्ताहरु
कुर्सी टेबुलहरु
झ्याल ढोकाहरु
अथवा यहाँ रहेका सारा चिजहरु
नियाली रहेको छु
अघिसम्म ती सबै बस्तुहरु
सजिव थिए
र म बाँचेको थिए
र म हाँसेको थिए
तर अहिले यो कोठा
एक्कासी यतिविघ्न शुन्य शुन्य लागी रहेछ ?
महाशुन्य लागीरहेछ ?
तपाई नै भन्नुहोस्
म किन निर्जीव भएको रहेछु ।

No comments: