टंक सम्वाहाम्फे
जनयुद्धको चपेटाले
लपेटिएर बल्ल तङग्रीन लागेको नेपाल
लोकतान्त्रीक गणतन्त्रको
पछ्यौरी ओढ्दा नओढ्दै
असुरक्षित बनेको छ काठमाडौ
शान्ति
सुरक्षा
संविधान
अलमल्लमा परेको छन्
तर पनि जनताहरु अपेक्षाकृत छन्
देशको
उच्च ओहदामा बस्नेहरु
नेताहरु
कार्यकर्ताहरु
देशको नियम कानुन
बनाउँनु भन्दा
देशको शान्ति सुरक्षा
बलियो बनाउँनु भन्दा
सत्ताको खेलमा
जनतालाई छक्याउँन
सांसदमा होहल्ला गर्छन्
म प्रश्न गर्न चाहन्छु
म यो देशको नागरिक
भएको हैसियतले
राष्ट्रपति ज्यू
प्रधानमन्त्री ज्यू
अन्य मन्त्री ज्यूहरु
सभासद ज्यूहरु
हामी जनताको लागि
खोइ संविधान ?
खोइ शान्ति सुरक्षा ?
खोइ बास,गाँस,कपास ?
चुनाव क्षेत्रमा आएर भोट माग्दा
थुप्रै सपनाहरु देखाएका थियौ
बाटो घाटो,पुल बनाउँने छु
गरीवको लागि राहत बाड्ने छु
समाज बनाउँने छु
समग्रमा देश बनाउँने छु
तपाईको बोली हामीले
बिश्वास गर्यौं
त्यसैले त तपाई
राष्ट्रपति बन्नु भो
प्रधानमन्त्री बन्नु भो
मन्त्री बन्नु भो
सांसद बन्नु भो
अनि कुर्सीमा आसीन हुनु भो
तर हाम्रा सबै सपनाहरु कुल्चेर
आफ्नो मोजमा
आफ्नो मस्तिमा
बैदेशीक भ्रमण गर्दै
देशको गरीवी भुल्यौ
जनता भुल्यौ
तिमीलाई थाहा छ ?
टनकपुर
सुस्तामा
कालापानी
मात्र नभएर थुप्रै नेपाली भूभागहरु
मिचिएको छन्
किन देश सुरक्षाको निम्ति
चुपचाप कुर्सीमा निदाउँनु हुन्छ ?
तर आज
तिमी हिड्ने बाटो
तिमी बस्ने घर
समग्रमा असुरक्षित बनेको छ काठमाडौ
अहिले भर्खरै एउटा बम
त्रि्रो खिलाफमा पड्किएको छ
जहाँ निर्दोष र निहत्था जनता
ढलेका छन्
त्यसको अर्थ तिमीलाई थाहा छ ?
जनताहरु
संघीयताको लागि
जातियताको लागि
पहिचानको लागि
अस्तित्वको लागि
बममा परीणत भएर
त्यसरी विष्फोट भएका छन्
सत्तामा बसेर
ती सबै कुराहरुको सम्बोधन
गर्न सक्छौ कि सक्दैनौ ?
यदि सक्दैनौ भने
सरकार छोड
पार्टी छोड
ती ओहदाहरुमा बसी रहन
तिमीलाई सुहाउँदैन
नैतिकताको पाठ सिक
जबर्जस्ति बिचार लाद्न नखोज
अव जनताहरु
तिम्रो बिरुद्धमा
बम भएर बिचारहरुमा पड्कने छन्
तिमी आफुलाई सुरक्षित नठान
अव सबै ठाउँ असुरक्षित छन्
किनकी तिमी हिड्ने बाटोमा
शान्ति छैन
सुरक्षा छैन
अमनचयन छैन
हो त्यसैले त
असुरक्षित बनेको छ काठमाडौ
No comments:
Post a Comment