Jan 22, 2011

समय र रेखाहरु


टंक सम्वाहाम्फे

जव समयसंगै रेखाहरु
कहि सामान्य
र कहि असामान्य हुदै दौडिन थाल्छन्
तव त्यसको आकृति र प्रकृतिसंग
रुमल्लिन पुग्छौ
अनि युक्लिड बनेर
रेखिय बिचारहरुको जन्मलाई
बिश्लेषण गर्न थाल्दछौ
त्यतिले मात्र नभएर
पाइथागोरसको ज्यामितिय रेखाहरुबाट
स्वयम सिद्ध तथ्यको खोजी गर्दै
जीवनका नयाँ तथ्यहरु
निरन्तर खोतल्न थाल्दछौ
के हामी युक्लिडको
रेखिय बिचारहरु संग मात्रै
सहमत छौ र ?
के हामी पाइथोगोरसको
ज्यामितिय तथ्यहरु संग मात्रै
अंगालिएका छौ र ?
पक्कै हामी यी बिचारहरु संग मात्रै
सहमत छैनौ
किनकी हामीसंग पनि बिचारहरु छन्
किनकी हामीसंग पनि तथ्यहरु छन्
त्यो वेलाको समय रेखा
र यो वेलाको समय रेखामा
निश्चय नै धेरै फरकहरु जन्मि सकेका छन् ।
लाग्दछ हरेक प्राणीका
आ आफ्नै रेखाहरु हुन्छन्
जहाँ उनीहरुको जीवन यात्रा
शुरुआत भएर अन्त्य हुँदछ
र हामी मान्छेहरुको
चेताना/ यात्रा
गन्तब्य/सपना
बिचार/भावना
र जीवन
सवैको बेग्ला बेग्लै हुन्छन् ।
यहाँ कतिलाई हामी
सामान्य रेखाभित्र पाउँछौ
यहाँ कतिलाई हामी
असामान्य रेखाहरुको कोणमा भेट्दछौ
यहाँनेर यसरी रेखाहरु
विभाजित भएर गएकाछन्
समयसंग
परिस्थितीसंग
बिचारसंग
अथवा रेखासंग जोडिएका अनेकौ कुराहरुसंग
के त्यसो भए समयसंग
रेखा हुन्छ त ?
वास्तवमा समय भन्दा यताका रेखाहरु
हामी देख्दछौ
हामी अनुभूत गर्दछौ
त्यसैले त रेखाहरुबाट सम्मोहित भएका हुन्छौ
समय भन्दा उताका रेखाहरु
अदृश्य छन्
तर समयलाई छिचोलेर
यहाँ सम्म आई पुग्दा
अनायासै रेखामा
पाइताला उचालि रहेका हुन्छौ
त्यस कारण समय र रेखाहरु
हाम्रो जीवनसंग गाँसीएर बाँचि रहेकै हुन्छन् ।
रचना काल - २०१०/१०/२९

Jan 16, 2011

आई दियौ


करिना सुब्बा

आई दियौ मायाँ लिई बैशाकको हुरी भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु
किनार भई साथ देउ सागर वनि चुमी दिन्छु
वजाई दियौ वासुरी मन छुने धुन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

वषन्त तिमी वनि देउ फूल वनि फूलि दिन्छु
रात भई साथ देउ जुन भई चम्कि दिन्छु
वहि दियौ सीतल मनमा विहानीको पवन भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

Jan 15, 2011

रेखा संसार


लोक सिंगक

सुन्यमा विन्दुबाट शुरुभएर
रेखाहरु
भुगोलमा व्यप्त छन्
पर्दाले छेक्दैंन रेखा
रेखाहरुको
पर्दा अगाडि, पर्दा पछाडि
सम्बन्ध उस्तैछ
-बादलसँग
-मानवसँग
-अरुसँग
-या भनौं सबैसँग
थाहा छैन हामीलाई रेखा सागर
जताततै रेखै रेखा
यानेकी संसारनै अनुबन्ध छ
रेखाहरुबाट-
आर्किमिडिजको सिद्घान्त
आइज्याक न्यूटनको सिद्घान्त
अल्बटआइन्सटाइनको सिद्घान्त
रहन सक्दैनन् टाढा
त्यस्तै बाधिएको छ पनि
मथिङ्गलमा
विगत, वर्तमान र भविष्यका
दस्तावेज प्रश्तुत भईरहेको बेला
रेखा सम्बन्धछ
कल्पना-यथार्थसँग
यथार्थ-कल्पनासँग
प्रत्यक्ष र अप्रक्ष रुपमा
त्यस्तै यथार्थमा-
रेखाहरु
रेटिना र वस्तुको सम्बन्ध जस्तैं
ढुङ्गा र माटोको संयोजन जस्तैं
अपरिहार्य छ
भनौं कल्पनामा
काल्पनिक रेखाहरु हुन्छन्
यथार्थमा
यथार्थ रेखाहरु हुन्छन्
रेखाहरु छन्
कल्पना भन्दा पनि पर
भावना भन्दा पनि पर
तर कुन रेखाले जीवन सम्बन्ध राख्दछ
र कुन रेखा घातकछ
थाहा हुदैन अर्कै कुरा हो
तर रेखाबाट जन्मिएर
हामी रेखामा उभिएका छौं
जुन रेखाहरु-
अनन्त सम्म छन्
नदेखिने तर महशुस गर्न सकिने
देखिने तर महशु गर्न नसकिने
दृश्य , अदृश्य, सुषुप्त रुपमा
भौतिक-अभौतिक
यत्र-तत्र सबैतिर

Jan 12, 2011

खिचे तस्विर




करिना सुब्बा

खिचे तस्विर तिम्रै लागि हृदयमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

हुरी आउदा पहाड बनि मलाई छेकी देउ है
घाम लाग्दा बादल बनि सीतल र्छाई देउ है
फूलि दिए तिम्रै लागि फूलवारीमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

फूल हुँ म टिपी लान्छन् काँडा बनि देउ है
मुटु भित्र मेरो मायाँ साँची राखी देउ है
सपनी हुँ तिम्रो लागि निदरीमा सजाउ
अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ

Jan 7, 2011

एकान्तमा एक्लै


करिना सुब्बा

एकान्तमा एक्लै एक्लै हाँस्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु

लाज लाग्छ कता कता तिम्लार्इ सम्झी दिदा
पहिलो भेटमा तिमीसंग न्यानो मायाँ साटी दिदा
वन पाखामा तिम्रै गीत गाउँन थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु

फूल टिपी मेरो शीरमा तिम्ले सीउरी दिदा
मेरो उजाड संसारमा तिमी आर्इ दिदा
जुनेली तिम्रै छायाँ देख्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु

Jan 2, 2011

गीत


करिना सुब्बा

गोदाबारी फूलबारीमा पहिलो मायाँ साट्यौ
दुर्इ आत्माको मिलन संगै संसारलाई भुल्यौ

सिरीरी बताससंगै हाम्रो मायाँ उड्दै थियो
कोइलीको भाका संगै हाम्रो मायाँ गाउँदै थियो

शिशिरको उजाडमा पनि बषन्त झैं हरियाली थियो
दुर्इ आत्माको तृष्णा मीठो प्रेममा लिप्त थियो

जुन पनि हामीलाई देखि लजाएको थियो
हिमाल पनि हामीलाई देखि मुस्कुराएको थियो

हाम्रो चोखो मायाँ संगै धड्कन बढ्दै थियो
प्रकृतिले पनि हामीलाई चिहाई रहेको थियो

Dec 9, 2010

गित

सुरेश सुब्बा

झापा मोरङ्ग सुनसरी कीन मिचिदै छ ?
हाम्रो हक र अधिकार कीन खोसिदै छ ?

अरुण पूर्व मेची सम्म लिम्बुवानमा पर्छ ।
उत्तर चीन दक्षिण भारत सीमा कायम गछौँ ।
एकसय नब्बे बर्षौ हाम्रो र्इतिहास छ ।
सन्धी पत्र लालमोहरले यही पुष्टी गर्छ ।

झापा मोरङ्ग सुनसरी कीन मिचिदै छ ?
हृाम्रो हक र अधिकार कीन खोसिदै छ ?

ऐतिहासीक लिम्बुवानको राज्य हुनु पर्छ ।
सीमा मिच्ने दलालहरुलाई खबरदारी गछौँ ।
हाम्रो सीमा मिचिएमा खुन बग्न सक्छ ।
लिम्बुवानको र्इतिहासले यही पुष्टी गर्छ ।

झापा मोरङ्ग सुनसरी कीन मिचिदै छ ?
हाम्रो हक र अधिकार कीन खोसिदै छ ?