Jan 15, 2011

रेखा संसार


लोक सिंगक

सुन्यमा विन्दुबाट शुरुभएर
रेखाहरु
भुगोलमा व्यप्त छन्
पर्दाले छेक्दैंन रेखा
रेखाहरुको
पर्दा अगाडि, पर्दा पछाडि
सम्बन्ध उस्तैछ
-बादलसँग
-मानवसँग
-अरुसँग
-या भनौं सबैसँग
थाहा छैन हामीलाई रेखा सागर
जताततै रेखै रेखा
यानेकी संसारनै अनुबन्ध छ
रेखाहरुबाट-
आर्किमिडिजको सिद्घान्त
आइज्याक न्यूटनको सिद्घान्त
अल्बटआइन्सटाइनको सिद्घान्त
रहन सक्दैनन् टाढा
त्यस्तै बाधिएको छ पनि
मथिङ्गलमा
विगत, वर्तमान र भविष्यका
दस्तावेज प्रश्तुत भईरहेको बेला
रेखा सम्बन्धछ
कल्पना-यथार्थसँग
यथार्थ-कल्पनासँग
प्रत्यक्ष र अप्रक्ष रुपमा
त्यस्तै यथार्थमा-
रेखाहरु
रेटिना र वस्तुको सम्बन्ध जस्तैं
ढुङ्गा र माटोको संयोजन जस्तैं
अपरिहार्य छ
भनौं कल्पनामा
काल्पनिक रेखाहरु हुन्छन्
यथार्थमा
यथार्थ रेखाहरु हुन्छन्
रेखाहरु छन्
कल्पना भन्दा पनि पर
भावना भन्दा पनि पर
तर कुन रेखाले जीवन सम्बन्ध राख्दछ
र कुन रेखा घातकछ
थाहा हुदैन अर्कै कुरा हो
तर रेखाबाट जन्मिएर
हामी रेखामा उभिएका छौं
जुन रेखाहरु-
अनन्त सम्म छन्
नदेखिने तर महशुस गर्न सकिने
देखिने तर महशु गर्न नसकिने
दृश्य , अदृश्य, सुषुप्त रुपमा
भौतिक-अभौतिक
यत्र-तत्र सबैतिर

No comments: