Jan 25, 2012

ए--- छोरा--के भन्दैछु

सावरा योङ्हङ लिम्बु

ए--छोरा म के भन्दै छु
सुन्दै होलास्नी ?
धर्तिबाट
आकासमा करेङ्कुरुङ्ग उडि गयो
बनपालामा लाटिकोसेराहरु
कराएको नि बेर भो
अब त
पूर्व फाट्यो,,,, है
ईङ्वा आङ कासेरो
नाम्मिङ्ग आङ पिन्देरो
ए,,,छोरा,,,,
त्,,,, युगौबाट्
कती सुत्छस ?
अब त निद्रा पुगेन्
कती सुछस्,,, ह,, ?
तेरो छातिमा
सत्रुको बुट आउलान नि
होस गर ?
के भन्दै छु म सुन्दै होलास नि ?
किन मदहोसमा छस ?
हिजो धेरै नपिई भनेको होइन ?
उफ्:::
तलाई निगार र मरचाको
मात लागे जस्तो छ
तलाई कोर्ला लगाउ छु
नत्र ,
तैले तेरो घर सम्हाल्नु सक्दैनस ?
ए,, छोरा,,,
उठ ,,छिटै,,उठ्,,
तेरो आगनिमा
बर्षऔ देखी अन्द्ङ्फुङ्
र सेक्मुरी फुङ फुलेको छैन्
तेरो फेजा-- र्लि--मा,,धेरै ,,खिया
लागिसक्यो ।
अब्,
फेजा र लि उठाउनु पर्छ
जे पर्छ पर्छ
अन्तिम कसम्
ए--छोरा म के भन्दै छु सुन्दै
होलस नि ?
तेरो दलेनी र करेसामा
सेक्मुरी रन्द्ङ्फुङ फुलाउनु पर्छ
तेरो
चेलीहरुको गहनाहरु
साम्याङ्फुङ युप्पाफुङ्
र्मुर्चुङ्गा बिनायो
लुटेर लान लाज्ञो
त्यस्को कठोर प्रतिरोध गर्नु पर्छ
छोरा,,,छिटो,, गर्
कावामा र ईङ्वामाको
सङ्लो पानी ल्याएर्
दर्सिङ ढुङ्गा र दुबो हालि
युमाको पाउमा बल माग्
छोरा
मलाई थाहा छ
पकै चुनामी जान्छ
आदी चल्छ
असिना र पानी आउ छ
यहाँ
कतिखेर जे पनि हुनसक्छ्
चाडो गर छोरा
बिहानिमा मिर्मिरे भैसक्यो
चेब्रुङ्ग निकालेर बजाउदै, बजाउदै,
तेरो घर परिक्रमा गर्
हेर मुन्दुम अनुसार्
आफ्नु घर बिहानै बद्नुरे
यो
समय सुतेर
दिवा स्वप्न देख्ने होइन
पटुकी कसेर उठ्ने बेला हो
ए--छोरा---के--भन्दै छु
सुन्दै--होलास्नी ?
जोगी सन्यासी हु ,, भन्दै
रुप फेरेर आई तिम्रा घर भित्रका
गोपनियता बुज्न चाहेमा
आन्तरिक मामलाहरु


नभन्नु नि
यदी ,
भने छौ भने
छलकपट्मा सर्बस्व हुने छौ नि
तथाकथित्
चनाखो हुन नि
छोरा,,
तिम्रा साथीहरु
मिलेर थक्सुबा र तिलिङ्गा को
समुह बनाउनु नि
कथाम कदाचित्
मलाई लुटेर बलत्कार्
गर्ने दुस्प्रायस गरेमा
खरानीताल मा प्रतिरोध गर्नु पर्छ नि

पान्थर - नगी ५

No comments: