Jan 15, 2012

पत्रसाहित्य भाग - ५

प्रिय क्रिसा
जीवन जीउँनुका अनन्त रेखाहरुवाट रेखिय अभिवादन ।
जन्म लिएर मृत्यु नभईन्जेल सम्म हरेकले जीवनको,भाग्यको,कर्मको,सपनाको,यात्राको,गन्तब्यको अथवा जीवनसंग गासीएका सम्पूर्ण रेखाहरु लिएर आएका हुँदा रहेछौ । त्यो रेखा आजभोलि महसुस वा अनुभव गरीरहेको छु । सायद क्रिसा तिमीले पनि यी रेखाहरुको अनुभूति गरीरहेको छौ होला भन्ने मलाई लाग्दछ । जीवनको भोगाई,ठम्याई,हेरार्इ,सोचाईआ-आफ्नै खाले हुन्छ जीवन उस्तै भएपनि । जीवन जीउँदै जाँदा कसैको सरल रेखामा पर्दछ र हाँसो,खुशी,उत्साह,उमाङग मिल्दछ । कसैको बक्ररेखामा पर्दछ र दुख,रोदन,कठिनाई,असफलता मिल्दछ । यो मानिसले चाहेर वा नचाहेर हुने कुरा होइन । समयले,परिस्थितिले,बाध्यताले,विवशताले जुराउँदै ल्याएका अवस्थाहरु हुन् । तर कहिले कहि भने आफ्नै अज्ञानता,भूल,अशिक्षा र कमजोरीले पनि यस्ता समयहरु आईपर्दछन् । यी क्षणहरुलाई बिश्लेषण गर्दा कतिपय कुराहरु भाग्यसंग,कर्मसंग ,लेखासंग जोड्न पुग्दछौ । हामीलाई जुनकुराले लत्याउँदछ,पीर्दछ,थिच्दछ तव गुनासोरुपी आफ्नो खप्परलाई दोस्न पुग्दछौ । त्यो एउटा हाम्रो विश्वास मात्र हो जन्मेको सातौं दिनमा भावीले जीवनमा भोगीने,देखिनेवा प्राप्त गरीने सम्पूर्ण कुरा निधारमा लेख्दछ । त्यसलाई मात्र विश्वास गरेर बाँच्ने हो भने त आफुले सोचेका,चाहेका,भनेका कामहरु अधुरै रहन सक्दछ ।
पूर्खाको पालादेखि भन्दै,सुनिदै आएका विषयबस्तु भएकोले कतिपय कुराहरुले प्रत्यक्ष प्रभाव पनि पारी नै रहेको छ । र त्यसलाई विश्वास पनि गर्दछौ। हुन त मानिसको लागि सबै भन्दा ठूलोकुरा बिश्वास नै हो । सारा संसार नैसाँच्चै भन्ने हो भने बिश्वासमा अडेको छ । परीवारसंग,ब्यवहारसंग,जीवनसंग जोडिएका अनेक कुराहरु बिश्वासले नै बाँधेर राखेको हुन्छ । यति हुँदाहुँदै पनि आजको विश्वमा धेरै अविश्वासहरु बढ्दै गएकाछन् । जसको कारणले गर्दा लर्डाई,काटमार,रीसराग,झगडा अत्याधिक बढेर गएको छ । बिश्वका कैयौ देशहरुमा शान्तिको वातावरण छैन । अन्य देशको कुरा छोडी दिउ हाम्रै देशमा बिश्वासको ठूलो खाँचो छ । नेताहरु बिच,कर्मचारीहरु बिच,जनताहरु बिच अविश्वासको दुरी बढेकोले निर्दोष मानिसहरु ठूलो मारमा परेकाछौ । हामीले चाहेको शान्ति र सम्विधान निर्माण हुन सकेको छैन । यो देशलाई चाहिँने मुख्य तत्व नै वन्न नसक्नुले हामी सारा नेपाली विचल्लीमा,अन्योलमा परेकाछौ । झिना मसिना कुरा मै नेपाली नेपाली बिचमा अविश्वास मौलाए पछि ठूल्ठूला कुराहरु कसरी सुल्झाउँन सकिन्छ र ? सोच क्रिसा आजको परिस्थिति किन र कसरी आईरहेको छ ,भईरहेकोछ । के तिमी र म बिचमै पनि अविश्वासको खाडल वा दुरी छ त ? यो अनुत्तरीत प्रश्न हो । न तिमी भन्न सक्छौ न म भन्न सक्छु । यसको उत्तर समयले आफै दिन्छ । किनकी समयको अन्तरालहरुमा हाम्रा ब्यवहारहरु प्रतिविम्वित हुन्छन् । तव अविश्वास त्यहाँ आफै उभिदिन्छ । जीवनलाईउस्तै सोचेर उस्तै यात्रामा दौडिरहेका हुन्छौ । एउटै परिवेशमा पाईला नचालेका हुन सक्छौतर उहि धरती आकास उहि बिश्व उहि समय हो। कसैले समयको पावन्दिलाईरोक्न,छेक्न सक्दैन । समयलाई अलिकति काममा,सिर्जनामा छेक्न सक्दछौ । हो त्यसैलेजीवन,मायाँ,संगत,भावना,चाहना,यात्रा,गन्तब्य,र्इच्छा आदि समयले नै जन्मार्इदिन्छ,उभ्याईदिन्छ । हस्याङफस्याङ गर्दै,अलिकति नपुग्दै,नहुँदै,नचाहदै जीवन धेरै विताई सकेका हुन्छौ । कस्लाई र्इच्छा हुँदैन होला र जीवन सम्पूर्ण कुराले भरीपूर्ण होस् । तर त्यो हामीले भने जस्तै कहाँ हुन्छ र ? बरु दुख दर्दसहदै,पसीना पोखाउँदै,आसुँ पीउँदै बाँच्नु पर्दछ । आफ्नो लागि,परीवारको लागि,समाजको लागि,देशको लागि मात्र नभएर बिश्व कै लागि पनि बाँच्नु पर्दछ । यी अनेक कुराहरुसंग लड्दै,भिड्दैजीवन जीउँनु नै त वास्तवमा जीन्दगी रहेछ । जीवनसंग टाँसीएर आएका समस्याहरु हल गर्नको लागि अर्को साथको कल्पना गर्ने गर्दछौ । चलन चल्ति अथवा विधि विधानसंग वाँधिएर परीवार बनाउँदछौं । ती सवै जीवन जीउँनुका औपचारीकताहरु हुन् । एक जीवन जहाँ रहेपनि आफ्नो काम र कर्तब्यले पछ्याउँन छोड्दैनन् । यिनै क्रम उपक्रमहरुसंग कहिलेमेल कहिले विमेल हुन्छौ। क्रिसा हामीले चाहदा चाहदै पनि ती चीजहरुसंग,परिस्थितिहरुसंग,ब्यवहारहरुसंग बितृष्णा जाग्दछ । नयाँ र राम्रो विषयबस्तुले तान्दछ । यी सबै मानविय स्वभावहरु हुन् । जीवनको असल रेखामा हिड्दा हिड्दै कहिले कहि खराव रेखामा धकेलिन पुग्छौ । र गर्दा गर्दैका कामहरु,कर्तब्यहरु निभाउँदा निभाउँदै भूलका,गल्तिका,अज्ञानताका रेखाहरु अनायासै कोरीन्छन् । हो त्यसवेला क्रिसा हामीले ध्यान केन्द्रित गर्नुपर्दछ । कुन कामलाई कसरी अगाडी बढाउँदा पुरा गर्न सकिन्छ त्यसका सुरक्षित उपायहरु खोजेर बुद्धिमत्ता पूर्वक हिड्न सकियो भने जीवनले एउटा गन्तब्य प्राप्त गर्न सक्दछ । हामी सबै कुनै न कुनै कुराको प्राप्तिको लागि भौतारी रहेका हुन्छौ । तर त्यो कसैलाई प्राप्त हुन्छ कसैलाई हुँदैन । कुनै न कुनै प्रयासका रेखाहरु तानी रह्यौ भने भएरै छाड्दछ । त्यसैले किसा जीवनमा साहसका,प्रयासका,यात्राका,गन्तब्यका,बिचारका,भावनाका रेखाहरु कोर्न कहिल्यै पछि पर्नु हुँदैन ।

No comments: