Jan 15, 2012

पत्रसाहित्य भाग - ८

प्रिय क्रिसा
आध्यात्मिक चेतनाको गहिरार्इबाट नविन सोच र ध्यानको अभिवादन ।
सदियौं देखि व्रम्हाण्डमा आध्यात्म चेतना अझ प्रगाढ हुँदै आएको छ । विकासले मानिसलाई कुल्चदै आएपछि उसको आध्यात्म चेतनालाई कुल्चन सकेको छैन । जीवनलाई सुखमय,शान्तिमय वनाउँनको लागि मानिसलाई आध्यात्मको शाहरा लिन पुग्दछ । विज्ञान चमत्कार,सार्इवर युगको फड्कोले मानिसहरु एक क्लिकमा सारा चिजहरु,बस्तुहरु पाउँन खोज्छन् । तर कम्प्युटरले जस्तै वास्तविक जीवनमा ती कुराहरु त्यसरी नै पाउँन सकिंदैन । प्रविधिले मानिसको सम्पूर्ण समय,जीवन र मस्तिष्कलाई प्रविधिमय वनाई दिएको छ । त्यसैले मानिस जीवनलाई चाहिने ती सोचहरु,भावनाहरु,र्इच्छा आकांक्षाहरु,यात्राहरु,गन्तब्यहरु बदली दिएको छ । जस्ले गर्दा क्षणभर मै हरेक कुराको सम्पूर्णता चाहन्छ । तर वास्तविकताले क्षणभरमा मानिसले चाहे जस्तै सरल तरीकाले पुरा हुन सक्दैन । र मानिसले हिनतावोध गर्दछ । हिनतावोधले मानिसको सुखशान्ति,अमनचयन खोसी दिन्छ । चमर विकासको नामले गतिशील प्रविधिको कामले मानिस अहिले अशान्त बनेको छ । मानिस अशान्त बन्नुका अनेकौ करणहरु र विषयहरु छन् । आजको विश्वमा मानिसहरु यी सम्पूर्ण कुराहरु वेहोरेर बाँच्न विवश भएका छन् । यिनै अशान्तिहरुबाट मुक्त हुनको लागि आज कैयौ ठुल्ठुला ओहदाका देखि र्सवसाधरण मानिसहरु आध्यात्म चिन्तनमा लिप्त हुन पुगेका छन्। हजारौं,लाखौं,करोडौं अशान्त भएर जीएका मानिसहरु शान्ति प्राप्तिको लागि,शान्तिमय जीवनयापन गर्नको लागि आध्यात्म चिन्तन,ज्ञान र ध्यानमा मोडीएका छन् । कतिपय मानिसहरु ध्यान गरेर नै मस्तिष्कमा,मनमा,विचारमा,आत्मामा भएका बेकार कुराहरुलाई फाल्ने गर्दछन् । र त्यसरी नै आज लोभ,क्षोभ,इर्श्या,रोश,लालचबाट मुक्ती पाएका छन्। जीवनलाई प्रभावित पार्ने यी तत्वहरुबाट मुक्ती पाउँनु निश्चय नै एउटा ठुलो उपलब्धि हो । जस्ले जीवन जीउँनलाई धेरै सजिलो बनाउँदछ । क्रिसा तिमीले पनि आध्यात्म चिन्तनमा लागेर आफ्नो जीवनलाई सुखमय र शान्तिमय बनाउँन सक्दछौ । सायद आध्यात्म चिन्तन र ध्यानले मानिसको जीवनलाई असल बाटोमा डोर्याएको कुरा देखेको,जानेको,सुनेको हुन सक्छौ ।
झण्डै साढे दुइ शताब्दि अगाडी नै गौतम बुद्धले आध्यात्म ज्ञान,चिन्तन र ध्यान गरेर बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरी सकेपछि उनले ब्यक्ति,समाज,देश र विश्वको लागि ध्यानका दर्शनहरु अगाडी बढाएका थिए । उनि आफै उदाहरण बनेर हजारौं,लाखौं,करोडौंलाई उनको दर्शनले प्रभावित तुल्याएर अनुयायी बन्न तयार भए र बने पनि । बुद्धको दर्शन अनुसरण गरेर आफ्नो जीवनलाई लोभ,क्षोभ,इर्श्या,रोश,लालचबाट मुक्त गराएर शान्तमय जीवन विताउँन सफल भए । आज कैयौंले त्यसरी नै जीवनयापन गर्दै आएकाछन् । भविष्यमा पनि त्यसरी नैआध्यात्म चिन्तनको तरङग फैलिरहने छ । विज्ञानसंग जोडिएका वैज्ञानिक,इन्जिनियर,डाक्टर,अध्येता,चिन्तक अथवा सम्पूर्णरुपले लागेकाहरुले आफ्नो मस्तिष्कको बेकार बोझ घटाउँन चर्च,गुम्वा,मस्जिद,मन्दिर आदि ठाउँमा धाउने गरेका छन् । निर्विवाद माध्यात्म चिन्तनलाई अंगाल्न पुगेकाछन् । मस्तिष्कलाई एकहोरोपनबाट बचाउँनको लागि आध्यात्म चिन्तन वा ध्यानमा वस्न आवश्यक छ । के क्रिसा तिमीले कहिल्यै आध्यात्म चिन्तन गरेको छौ ? ध्यानमा वसेर दिमागी वोझ र वेकार फालेको छौ ? यदि छैनौ भने यसको चिन्तन तिमीले सुरुआत गर्न सक्छौ । किनकी यो मार्ग विश्वका अनेकौं मानिसहरु यता लागेका छन् । वास्तवमा आध्यात्म चिन्तनले मानिसको जीवनलाई असल पथमा निश्चय नै डोर्याउँद छ ।
आध्यात्म चिन्तन र ध्यानमा वसेर आनन्द प्राप्त गर्ने अनेकौ उपायहरु,तरीकाहरु आएका छन् । त्यसलाई कुन रुपले अङगीकार गर्ने हो । त्यो आफैमा निर्भर गर्दछ । मानिसलाई हिंसा,हत्या,इर्श्या,रोष,द्वेश,क्लेसबाट बचाउँनको लागि आध्यात्म चिन्तन र ध्यानलाई अगाडी बढाउँन अत्यान्तै जरुरी छ । मानिसहरु र्सवसम्पन्न भएर पनि उनीहरु सुखी हुँदैनन् । किनकी उनीहरुलाई आध्यात्म चिन्तन गरी ध्यानमा वसेर यी वेकार सोचका बोझहरु घटाउँन सकिन्छ भन्ने ज्ञान उनीहरुमा हुँदैन । यदि उनीहरुमा आध्यात्म चिन्तन र ध्यान हुनु हो भने केहि न केहि हिसावले सुख,शान्ति र आनन्द प्राप्त गर्न सक्दछन् । तपाई हामी सबैलाई आध्यात्म चिन्तन र ध्यानको नितान्तै आवश्यकता पर्दछ । आजको नयाँ युगले,समयले,परिस्थितिले,अवस्थाले अनेकौं नयाँ कुराहरुको आविष्कार गरेको छ । जुन कुराहरु पाउँनको लागि हामी अनेकौं प्रयासहरु गर्दछौ तर पाउँदैनौ । किनकी जो हाम्रो क्षमता भन्दा बाहिरका हुन्छन् । तिनै कुराहरुले मात्र नभएर अन्य अनेकौ विषयवस्तु र प्रसंगले हाम्रो मस्तिष्कलाई विथोली रहेको हुन्छ । यहि विथोलिने क्रमलाई रोक्न दिनमा एक मिनट मात्र भए पनि आध्यात्म चिन्तन र ध्यानमा मोड्न वा केन्द्रित हुन सकियो भने धेरै बोझबाट मुक्ती मिल्दछ । हुन त ध्यानबाट विमुख हुने र आध्यात्म चिन्तनलाई वाहियत भन्नेहरु पनि यो विश्वमा नभएका होइनन् । तर उनीहरु यो आध्यात्म चिन्तन र ध्यानमा कहिल्यै आवद्ध भएका हुदैनन् । यदि यसो भन्नेहरुले एक पटक मात्र आध्यात्म चिन्तन र ध्यानमा पाईला टेक्नु हो भने सदाको लागि आफ्नो बेकार मस्तिष्कको बोझ,इर्श्या,क्षोभ,लोभ,रोषबाट मुक्ती पाउँनेछन् । दिमागी कसरथको थकाई मेटाउँन ध्यान नै सवै भन्दा उपयुक्त माध्यम हो र हुन्छ । साथै ध्यानले मानिसलाई एकत्रित पनि तुल्याउँदछ । ठुल्ठुला विचारक,अध्येताहरुले पनि आध्यात्म चिन्तनलाई मानिसको जीवनलाई चाहिने अचुक तत्वको रुपमा स्विकारेका छन् । क्रिसा आनन्दमय जीवन तिर लम्किन आजै देखि आध्यात्म चिन्तन र ध्यानमा मोडिने हो कि ?

No comments: