Nov 20, 2008

खाडल भित्रका समानता


स्यानु पाईजा

हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए
तर हामी बहस मै समाय बितायौ
मेरो खाडलबाट यति माटो निस्केको
मेरो खाडल यति गहिरो, यति फराकिलो
तिमीले भन्दा पहिला मैले खनेको
तिमीले मेरो नक्कल गरेको
हामी यसैमा लड्यौ, बर्षौ लड्यौ
तिमी लङगडो, र म कानो हुदै सम्म लड्यौ
खाडल खाडल नै हुन्न जस्ले जे भने पनि
खाडल बिचको भिन्नतामा लड्नु भन्दा
कसिंगर र पातहरु खसालेको भए
कम्पोस्ट मल बन्थ्यो दुबै खाडलमा
तर अचम्म तिमीले मलाई खसाल्न चाहेयौ
मैले तिमीलाई खसाल्नु चाहे !
साहेद हामीले खाडल खनेको नै यसैलाई थियौ
अब तिमी लङ्गडो र म कानो भएर पनि
खाडलको भिन्नता मै फेरि लड्यौ भने
एक दिन यो खाडल चिहान हुने छ
एकले अर्कोलाई फसाउने धराप हुने छ
अब त हामीले बुझ्नु पर्छ, खाडल००००
हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए

पात्लेखेत-७ ,म्याग्दी

No comments: