Nov 28, 2008

जमाना र हामी


मोती चाम्लिड. /अनेसास हंगकंग

कोही भन्दैछन्, हाम्रो आयो जमाना
कोही भन्दैछन्, हाम्रो गयो जमाना
साच्चिकैमा जमाना स्थिर नभएर
नदि झैं अटल वग्दो छ निरन्तर
राजनितिमा गएको जमाना हेर्दै
राजावादीहरु सवै राष्ट्रवादीमा फर्के
भन्नलाई मिठो तर अंकमाल गर्न तितो
राजनितिमा पाएको जमाना हसुर्दै
जनवादीहरु पनि सवै राष्ट्रवादीमा फर्के
हिजो राजावादी मात्र सच्चा राष्ट्रवादी हुन्थे
आज फेरि जनवादी मात्र सच्चा राष्ट्रवादी भए
राष्ट्रवाद एउटा सौदाको शव्द हो की
कि राष्ट्रवाद, राजावाद र जनवादको उपमा
वादको खात लागेको रुग्न देशको नागरीक म
मुलुक हराएको मुगलानको अनागरीक म
सगरमाथाको महिमा वोल्दा स्वभिमानी हुं म
चोकीदार, पहरेदारको लेप लागेको सम्झदा
आत्मास्वभिमानको हत्यारा एक अपमानी हुं म
कोही मुंग्लानवाट मुलुक वोकेका छौं भन्दछन्
कोही धर्तीवाटै मंगलको धरातल टेकेका छौं भन्दछन्
पाले पहराको गीत गाउंदा हिनतावोधको लघुताभाष
आत्माग्लानीको शीकार हुंदा नौरंगी निराश
म कस्तो छु ऐनामा छदम हेर्न छोडिदेउ
मनवारीको करेशालाई वरु गोडन छोडिदेउ
२५ नवम्भर २००८
हेन्नेसि रोड वानचाई हंगकंग

No comments: