Nov 20, 2008

बन्दुकले


ऐत राज तुम्रोक

बन्दुकले धेरैलाई सलामि चडायो
बन्दुकले धेरैलाई मलामी बनायो
र देशले धेरैपटक फुल चडायो लासमाथि।
अब त गोलिको बर्षा हुँदैन भन्छन
रगत नै पानी बनेको गाउमा
आलो रगत हरायो भन्छन
तर कटकटिएको रगतको टाटा
फुर्बा दाइको पनि हुन सक्छ
सुब्बा दाइको पनि हुन सक्छ
समावेशिको कुरा चलेको बेला समावेशि पनी हुनसक्छ
भर्खरै मरेको आतंकको पनि हुन सक्छ
भसक्कै नबिर्सनु है साथी
खुनले सराप्न पनि सक्छ।
सिमखेतको एक मुल पानी
सङ्लिन थाल्यो रे
अब त फसल फल्छ होला खेतबारिमा
भाईले पर्म लाउन थाल्यो रे
बाझो बसेको पाखो बारीमा
हर्क दाई बहर दाउन थाले रे
अब त नाका खुल्छ होला सिमारेखामा
साझा पत्र तयार भयो भन्छन
सधियारले सही गर्‍यो भन्छन
तर होस गर है साथी
सलह फेरी पस्न सक्छ
घाउ फेरी दुख्न सक्छ।
अन्न छैन भन्छन खारातिर
फ्याक्स गरेको एक बोहर चामल
बहिनिले पायि कि पाइनन
ईमेल गरेको एक ढिको नुन
बहिनिले भेटिन कि भेटिनन
सोधिदिनु है साथी एक फेरा
टि टि गरेको एकजोर कुर्ता
लाइन कि लाइनन।।
.
दोह कतार

No comments: