Nov 2, 2008

कबिताको बाध्यता


स्यानु पाईजा

अचेल कबिताले गाली बोकेको छ
कतै पार्टीको प्रचार र ब्यानर बोकेको छ
कतै स्वार्थ र षड्यन्त्रको भण्डार पोखेको छ
कतै बैशको कामुकता पनि बोकेको छ
तर यति मात्र होईन कबिताले कहि त !
तितो यथार्थको धरतल पनि बोकेको छ
चेतनाको मधुर दियो पनि बोकेको छ
साहित्य र सृजनाको सम्बाहक बनेको छ
सृजनाको दरिलो मियो पनि बनेको छ
माया, पिरती, मिलन, बिछोड र सम्झना
बाँचा, चाहना, कामना, बेदना पोखेको छ
बिचरा कबिता माथीको कबिताले फेरि
रिमिक्स गित जस्तै हित हुने दाँऊ मा छ
एउटा बर्षौ पुरानो कबिता गाऊँमा छ
पुरानो कपिमा ध्वाँसोले पुरिएको छ
साहेद कति कबिता यसरी नै च्यातिए होला
कबिताको बाध्यता यस्तै नै रहेछ
कसैलाई नसुनाई, च्यातिनु परेको छ
यस्तै छ कबिता अचेल गालीले किच्चिएको छ
पार्टीको प्रचार र बिचारले थिच्चिएको छ
स्वार्थ र षड्यन्त्रको भण्डारले भरिएको छ
यस्तै छ अचेल कबिता को बाध्यता ।
लाहुरे सँग कबिता प्रदेस पोईल गएको छ ।
गाऊँको सम्झनामा धेरै चोटी कबिता रोएको छ।

पात्लेखेत-७, म्याग्दी

No comments: