Jan 14, 2012

शुन्य कोठा र म

टंक सम्वाहाम्फे

सधै यो कोठाका चार भित्ताहरु
झ्याल ढोकाहरु
कुर्सी टेबुलहरु
भाडा वर्तनहरु
कहि कतै सम्वाद गरी रहे झैं लाग्थ्यो
तर आज
यी कोठाका सवै सवै चीजहरु
चुपचाप
मुख वन्द गरेर
आँखामा पट्टी बाँधेर
हृदयको गति टक्क रोकेर
संगीत गुञ्जिरहने कोठालाई
शुन्य शुन्य
महाशुन्य
वनाई रहेछन् यहाँका प्रत्येक बस्तुहरुले
केहि अघिसम्म
प्रकाशमय थियो यो कोठा
संगीतमय थियो यो कोठा
तर केहि क्षण मै
यो कोठा कोठा रहेन
यो कोठा कोठा भएन
किनकी मेरो मनको उज्यालो
यहि कोठाको मुलढोकाबाट निस्किएर
अलप भैदियो
केहि अघिसम्म
म कोठामा उज्यालो देख्थे
म कोठामा गुञ्जन सुन्थे
तर अहिलेम केहि देख्दिन
तर अहिले म केहि सुन्दिन
मानौ म यो कोठाको
निर्जीव मूर्ती बनेको छु ।
सम्झीरहेछु कि ती क्षणहरु
कति आनन्ददायी रहेछन्
कति मुल्यवान रहेछन्
किनकी अहिले म
चाहेर पनि पाउँन सक्दिन
त्यो समय अहिले
मबाट टाढी सकेको छ
मबाट अल्पि सकेको छ
अव त्यो समय
अव त्यो परिस्थिति
अव त्यो अवस्था
अघिसम्म मेरै भएपनि
अव मेरो रहेन
अव मेरो भएन
हरेक बस्तुहरु
वास्तवमा
यसरी नै टाढीदै जाने रहेछन्
त्यो मलाई थाहा थिएन
जव म यो शुन्य कोठामा परीणत भए
तव थाहा पाए
जीवनको परिधी
शुन्यताले नै छोपेको हुँदोरहेछ
आज यो शुन्य कोठामा
म कसरी जीवनका सपनाहरु
तरङग्यान सक्छु होला ?
किनकी अहिले म संग
भोक छैन
नि द्रा छैन
शब्द छैन
किनभने यी कुराहरु
शुन्यताले चपाई दिएको छ
शुन्यताले निली दिएको छ
जहाँ म आफुलाई
आफै जस्तो ठानी रहेको छैन
के तिमी भन्न सक्छौ ?
म शुन्य कोठामा
परीणत हुनुको अर्थ
हुनत हिजो हाम्रो उपस्थिति नहुँदा
यो जगत नै
शुन्य शुन्य थियो
तर त्रि्रो मेरो
र हामी सबैको उपस्थितिले
यो जगत
यो कोठा
यो हृदय
साँच्चै सुन्दर भएको रहेछ
आज म यहि शुन्य कोठाको
कुनै भागबाट
कुनै स्थानबाट
त्यहि यथार्थ अनुभूत गर्दैछु
तिमी भन्छौ होला
तिमी सोच्छौ होला
कोठामा
चारभित्ताहरु छन्
झ्याल ढोकाहरु छन्
कुर्सी टेबुलहरु छन्
अथवा कोठामा भएका
सबै सबै बस्तुहरु छन्
तर मेरो लागि भएर पनि छैनन्
त्यसैले त कोठा
शुन्य शुन्य भएको छ
महाशुन्य भएको छ
किनकी यहि कोठाको
मुलढोकाबाट
मनको आभा निस्किएर गएको छ
हो म त्यहि सजिव मान्छे
हाँस्दा हाँस्दै
बोल्दा बोल्दै
नाच्दा नाच्दै
निर्जीव मुर्तीमा
एक्कासी परीवर्तीत भएको छु
म निर्जीव भएर पनि
यहाँको शुन्यताले कुल्चिरहेछ
त्यसैले चुपचाप
यो कोठाको चारभित्ताहरु
कुर्सी टेबुलहरु
झ्याल ढोकाहरु
अथवा यहाँ रहेका सारा चिजहरु
नियाली रहेको छु
अघिसम्म ती सबै बस्तुहरु
सजिव थिए
र म बाँचेको थिए
र म हाँसेको थिए
तर अहिले यो कोठा
एक्कासी यतिविघ्न शुन्य शुन्य लागी रहेछ ?
महाशुन्य लागीरहेछ ?
तपाई नै भन्नुहोस्
म किन निर्जीव भएको रहेछु ।

समयको बेग

कृष्णकला वनेम

समयको बेग संगै अचानक म बदलिए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

सुस्त सुस्त बोलीले पछी बाट बोलायौ
नसुने झै गरी हिड्दा झनै तिमी करायौ
प्रिय भनी डाक्यौ अचानक म झस्किए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

न्याँनो प्रेमको स्पर्शले आयौ मेरो नजिक
बनि दियौ जिवनमा नौलो मेरो प्रतीक
बाटो अर्कै थियो अचानक म फर्किए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

पौस २५ गते २०६८ सोमबार

गगनबाट चुकी(गजल्)

सावारा योङ्हाङ लिम्बु

गगनबाट चुकी तारा झर्नु पर्छ धरतिमा ।
राज्यले बली मागे मर्नु पर्छ धरतिमा । ।

सयौ जातका फुलहरु याममा फुलाउनलाई ।
आउ साथी बियाहरु छर्नु पर्छ धरतिमा । ।
...
बन जङल जमिन माथि १६९ आई एल ओ ।
महा सन्धी पुरा गर्नु पर्छ धरतिमा । ।

१८३१ साउन २२ को सन्धी अमर राख्न ।
सप्तकोसी अरुण पूर्व सर्नु पर्छ धरतिमा । ।

सङ्घिय गर्णतन्त्र नया नेपाल निर्माण गर्न ।
छलकपड हुकुमसासन टर्नु पर्छ धरतिमा

पान्थर्: नगी ५

Dec 29, 2011

हिमचुलीको खोलाबाट

 जगत प्रसाद आचार्य













हिमचुलीको खोलाबाट बगी दिए पनी
छाल बनि आइ दिनु किनार तिर अनि
त्यै किनारमा पर्खी बस्छु तिम्रै बाटो हेरी
नभुल्नु है मेरो कुरा तिमि नै हौ मेरी

त्यो बनमा फुल्छौ भने गुरास बनि फुल
तिमीलाई गुमाउनु नै मेरै थियो भूल
घास दाउराको निउ गरि त्यै बनमा आउछु
त्यै गुरासको रुखमा बसी तिम्रै गित गाउछु

मेरो लागि तिम्रो दिलमा खाली भए ठाउँ
भनि मात्रै देउ प्रिय कहिले देखि म आउ
बिपनिमा भन्छौ भने धेरै टाडाहामी जाउ
सपनीमा भन्छौ भने कति बजे भेट्न आउ

हाल दुबई

Sep 4, 2011

तिम्रो यादमा

कृष्णकला वनेम

तिम्रो यादमा हिजो आज आफै भित्र हराउछु
तिम्रो कोमल छाती भरी जही तही लहराउछु

सयौ डाडा पारी तिमी यादमा आउछौ मनभरी
कल्पनामा भेट्न आउछु यो मनको सागरतरी
आखाको नानीमा तिम्रो तस्बिर राखी सके
मुटुको पाना भरी तिम्रै नाम लेखी सके
तिम्रो यादमा ……………………………

जहा तिमी भए पनि धड्कि दिन्छौ छातीभरी
साथै तिमी नभए नि पाउछु सधै सपनाभरी
रोज्नु थियो एउटा मैले तिमीलाई रोजी सके
जुनी भरी जिउने मैले कसम खाई सके
तिम्रो यादमा ……………………………

8/27/2011,Saturday……

पत्रसाहित्य भाग - १

टंक सम्वाहाम्फे
प्रिय क्रिसा
नयाँ सन्दर्भको मझेरीबाट उज्यालो आभा सहितको अभिवादन
समयले मोड्दै ल्याउँदा यो मोडमा आईपुगेर जीवन र जगतलाई बुझ्ने प्रयास गर्दैछौ । हुन त हाम्रा पूर्खाहरुले पनि यो जीवन र जगतलाई आफ्नै ढङगले नबुझेका अवश्य होइनन् तर समयको अन्तरालसंगै ती बुझाईहरु फरक हुदै गएकाछन् । किनकी तिमीले र मैले भोग्दै गरेको जीवन र जगत त्यो पहिलेको समय भन्दा निक्कै भिन्न खालको छ । सोचाईमा उस्तै लागे पनि बुझाइले र भोगाईले ती फरक हुनुका रङगहरु देखि सकेका छौ । हुन त कतिलाई यी रङगहरुको अभास नभएको हुन पनि सक्छ । किनकी जीवन केवल कामसंग मात्रै,ब्यवहारसंग मात्रै,द्रब्यसंग मात्रै वा आफुले अरुलाई सम्वन्ध सेतुको हात नबडार्इ एक्लै अथवा आफ्नै मात्र सोचेर जीवन जीउदा भोलिका आपति दिनहरु एक्लै ब्यहोर्नु पर्ने हुन्छ । त्यसवेला मात्र आफन्त विनाको जीवन जीउनु कति पीरो हुन्छ भन्ने कुराको अनुभूत हुन्छ । त्यो हामीले जीउदै गरेको जगतमा नभएको होइन तर ती कुराहरु पाठको रुपमा सिक्दै पाईला अगाडी बढाउँनु एउटा साग्लो र चेतनशील मानिसको कर्तब्य पनि हो । खाली एउटा जीवन जीउनु मात्र जीवन अवश्य होइन र त्यसले समाजमा त्यति ठुलो महत्व पनि राख्दैन । किनकी मानिसले समाजमा सामाजिक भएर बाँच्नु पर्दछ अनि बाँच्नु सक्नु पर्दछ । यदि सामाजिक भएर बाँच्न सकिएन भने मानिस हुनुको अर्थ पनि रहदैन ।
मानिस मानिसको लागि,परिवारको लागि,समाजको लागि,देशको लागि अहिले आएर अन्तर्राष्ट्रको लागि पनि बन्न पुगेको छ । यसरी हरेक कुराको परिभाषा,ब्याख्या,बिश्लेषण,अर्थमा परिवर्तनको प्रकाशले पहिलेको भन्दा बेग्लै वा नविन बन्दै ,बनाउँदै ल्याएको छ र लगेको छ । जो हामी हरेक दिन ती क्षणहरु संग,परिस्थितीहरु संग हातेमालो गर्दै आईरहेका छौ । यो नयाँ समयसंग सम्झौता गर्दै हामी ती अवस्थाहरुको सामना गर्न तत्पर हुनु पर्दछ र भैरहेकाछौ । नत्र समयको धुलोले नराम्ररी पुर्न सक्दछ ।
जीवन जीउनको लागि त कर्तब्य संग,बिचार संग,भावना संग,मानवियता संगर्,दर्शन संग,सम्भावना संग,ब्यावहार संग, आत्मियता संग अथवा जीवनले पुरा गर्नुपर्ने सबै बिषयबस्तुहरुसंग गासीनु पर्दछ । यदि यी कुराहरु हामीले हाम्रो मार्गमा उठान गर्न सकेनौ भने कामहरु अधुरा हुन्छन् अनि हामी आफै पनि अधुरो नै रहन पुग्छौ । किनकी त्यहाँ बुझ्नु पर्ने,जान्नु पर्ने,भोग्नु पर्ने,देख्नु पर्ने,अनुभव गर्नुपर्ने कुरा छुट्दछन् । यी सबै महत्वपूर्ण तत्वहरु जीवनमा छुटे भने निश्चय नै अलङकार विहीन हुन्छौ अथवा अशोभनीय जीवन मात्र बाँच्न पुग्दछौ । एक जीवन वा एक जुनीमा ती हामीले सोचेका,भनेका,देखेका कुराहरु पुरा हुने छेकछन्द हुँदाहुँदै बेपर्वाह बन्नु हाम्रो ठुलो कम्जोरी हुन पुग्दछ । उपाय खोज्न नसक्नु,उपाय भेट्न नसक्नु,उपाय देख्न नसक्नु झन कम्जोरी माथीको अर्को कम्जोरी हो । हामीले जान्दाजान्दै वा थाहा पाउदा पाउदै आफ्नै बेहासीलाई पाल्नु जीवनबाट आफैलाई बाहिर पार्नु हो । यो जगतमा,यो जीवनमा अनेकौ विकल्पहरु हुँदाहुदै जीवन यति मात्रै हो भनेर अथवा सपना पनि यति नै मात्र हुन भनेर तिमीले आफैलाई किन नियन्त्रणमा लिन खोज्यौ ?र प्रकृतिको बिरुद्धमा किन उभ्यायौ क्रिसा ?
अहिले सम्मको जीव विज्ञानले पनि कुनै जीवजन्तु वा प्राणीहरुको जीवन यति र यस्तै हो भनेर किटान गर्न नसकेको अवस्थामा तिमीले किन जीवनलाई अन्तिम रुपमा सोच्यौ होला यहि आश्चर्य लाग्दछ मलाई । जीवशास्त्री चार्ल्स डार्बीनले भनेका छन् हरेक प्राणी त्यो समयसंग अनुकुल हुन आफ्नो स्वरुप र सीलस्वभाव परिवर्तन गर्दै लैजान्छन् । यो पाठ अलिकति तिमीले अध्यायन गरेको भए निश्चय नै यो समस्याको उपस्थित हुदैन थियो होला । मानिसले जीवन र सपनालाई यति नै हो भनेर कसैले जीउन र सपना देख्न छोड्दैनन् । किन तिमीले आफ्नै बिरुद्धका सोचहरु उभ्यायौ ? मानिसहरु आफ्नो संरक्षणको लागि के के गर्न चाहन्छन् । र साच्चै भन्ने हो भने आफ्नो बिरुद्धमा कसैले पाइला चाल्न सक्दैनन् । चाल्नु पनि हुँदैन ।
तिमीले सोच्यौ होला एक बिन्दुमा पुगेपछि रहरहरु ,इच्छाहरु,आकांक्षहरु अथवा जीवनले चाहेका सबै कुराहरु अर्को बिन्दुमा सर्दैनन् । तर तिमी अलिकति गलत मार्गमा रहेछौ । किनकी आफुले जीएको संसार नै सारा हो । आफुले देखे,भोगेका नै अन्तिम देखाई र भोगाई हुन् । तर त्यो तिम्रो भ्रम मात्र हो अथवा तिम्रो अज्ञानता हो । किनभने कुनै कुराको अन्तिम भन्ने कुरा हुँदै हुँदैन यो संसारमा । तर हामी भने अन्तिम सत्यको खोजीमा हुन्छौ । तर कसैले पनि अन्तिम सत्य देखेका,भेटेका,जानेका हुदैनन् । सानो अन्दाज मात्र गर्ने गरीन्छ त्यहि हो कि भनेर । आज तिमीले जीएको संसार भन्दा अर्को संसारको किन कल्पना गर्दैछौ । अर्को यात्राको, बिचारको, भावनाको,चाहनाको,इच्छाको किन आकांक्षा राख्दैछौ ? त्यो वेला त्यहि र त्यति नै सारा ठानी दिँदाको परिस्थितीले आत्मग्लानीमा पक्कै परेका छौ होला ।
भ्यागुताले कुवा भित्र रहदा कुवालाई सम्पूर्ण संसार ठान्दछ तर जव कुवा भन्दा बाहिर निस्कदछ तव मात्र अर्को ठुलो,राम्रो,फराकिलो,रङगीन संसार देख्न पुग्दछ । र उसले हिजोको भोगाई र सोचाईबाट पाश्चताप महसुस गर्न पुग्दछ । हो आज त्यसरी नै जीवनलाई,संसारलाई बुझ्न नसक्नुले यो दुर्गती भोग्न विवश हुनु परिरहेको छ । तिमीले सोच्यौ होला त्यसवेला ठिक गरे तर आज त्यो कर्म बेठीक भएको छ । आजको यो गतिशील समयले एकछेउमा ठीक भएको बिषयवस्तु अर्को छेउमा पुग्दा बेठीक भैसकेको हुन्छ । हामीले आजको परिवर्तीत समयलाई आत्मसाथ गर्न सकेनौ भने अत्यान्तै ठुलो गलतको ब्लाक होलमा फस्न सक्छौ जस्ले हामीलाई सिनित्तै निली दिन्छ र हाम्रो अस्तित्वको अन्त्य भैदिन्छ । हामीले आफ्नै खुट्टामा बन्चरो हानेर घाइते बन्नु छैन । तर आज तिमी आफ्नो गलतमा प्रायश्चित गरी रहेकी छौ होला । गलत पछिको समयलाई सच्याउँन निक्कै गाह्रो हुन्छ तर केहि हदसम्म सच्याउँन नसकिने भने पक्कै होइन । अव आउँने नयाँ समयलाई हामीले र्स्पर्श गर्न नयाँ बिचारसंग,जीवनसंग अथवा नयाँले बाधेर ल्याएका सबै अन्तरबस्तुहरुसंग परिभाषीत हुन सक्नु पर्दछ । सार्थक जीवन जीउँनको लागि समयमा नै सोचविचार गरेनौ भने बाँच्ने ठाउँहरु आफै साँघुरीएर जान्छन् । अध्यायनसंगको अनुभवले नयाँ चेतनाको अभिवृद्धि हुन्छ । हामीलाई नयाँ चेतनाको अवश्यक पर्दछ । चेतना जीवनको मुल प्रवाह हो । चेतना जीवन यात्राको उज्यालो प्रकाश हो । जस्को उज्यालोले एउटा सुनिश्चित बाटोमा निर्धक्क पाईला बढाउँन सक्दछौ । हामीले नयाँ जीवन जीउनको लागि आफुलाई चाहिने पुराना आधारहरु लिदै नयाँ समयको यानमा चढेर अगाडी बढ्नु उचित हुन्छ । अव हामीले यहि उचित अवधारणाहरु अवलम्वन गर्दै नयाँ जीवनको खोजीमा पछि नपर्न आग्रह गर्छु क्रिसा तिमीलाई ।

जीन्दगी भित्र

सुरेश सुब्बा

जीन्दगी भित्र जेलिएको यो जीन्दगी ।
दुःखै दुःख र पिडाहरुमा पिल्सीएको यो जीन्दगी ।
कहिले तिम्रो यादहरुमा अल्झील्छ यो जील्दगी ।
कहिले तिम्रो तस्बीरहरुमा बल्झीन्छ यो जीन्दगी ।

सँगसगै मर्नेबाच्ने कसम खाएको यो जीन्दगी ।
बाचा र बन्धनले नछेकीदो रहेछ यो जीन्दगी ।
न त सँगै मर्न नै सक्यो यो गीन्दगी ।
न त सँगै बाच्न नै सक्यो यो जीन्दगी ।

जीन्दगीको कथा अन्त्य भएको यो जीन्दगी ।
सँगै या एक्लै जीउनु नै रहेछ यो जीन्दगी ।
तिम्रो अनुपस्थितमा आत्तिएको छ यो जीन्दगी ।
तिम्रो सम्झनामा तड्पिएको छ यो जीन्दगी ।

मर्नु र बाच्नुको दोसाधमा छ यो जीन्दगी ।
सधैसधै आँशुमा डुबेको छ यो जीन्दगी ।
थाहाँ छैन् कति बाच्छ अब यो जीन्दगी ।
थाहाँ छैन् काहाँ र कहिले मर्छ यो जीन्दगी ।

जीन्दगी बिनाको जीन्दगी भएको छ यो जीन्दगी ।
सदा सदाको लागी टाढीए छ तिम्रो त्यो जीन्दगी ।
के नै गर्न सक्छु र एक्लीएको छ यो जीन्दगी ।
अर्को जन्ममा भेट्ने आसामा जीएको छु यो जीन्दगी ।।।