Aug 14, 2009

गजल


केदार श्रेष्ठ गगन

अब कसैसँग मायाप्रीति लाउँदिन म
तिम्रै लागि मठमन्दिर धाउँदिन म ।

गयौ टाढा मुर्छा पारी मुटुमा छुरा धसी
रुँदै-रुँदै दौडिदै तिम्रो पछि आउँदिन म ।

एकैछिन रमाएनि घातक हुँदो रैछ माया
प्रेम-पत्र पढी अब कहिले पनि रमाउँदिन म ।

लुक्दैभाग्दै हिड्छौ तिमी गगनभन्दा माथी
मेरै अघि हिँडे हुन्छ झुक्किएरनि समाउँदिन म ।
भीमस्थान-५सिन्धुली
हाल-अनेसास यूएई च्याप्टर

कसरी गरु तिम्रो प्रशंसा


दिलिप योन्जन

कसरी गरु तिम्रो प्रशंसा, चाँदमा कुनै दाग छैन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

तिम्रो हासो मेरो खुसी, यसै गरी जीवन बितोस
सुख त दुईपलको हो,दुखमा सधै साहारा मिलोस

कसरी देखाउ तिम्रो माया,छाती चिरी देखाउ सक्दिन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।
तिमी पाए जिबन पाए, सुख शान्ति मिले कै छ

अर्को जन्म यिनलाई पाउ,भगवनसंग यही प्रार्थना छ
कसरी भनु तिम्रो बारेमा, देउता सरी पुजेकि छिन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

अस्टिन अमेरीका

प्रदेशमा भएनी


गीता थापा

नेपाली हामी नेपाली'भै नसोचौ
पराई जो जहाँ रहेनी.

नेपालको माया औधी छ हामीलाई
प्रदेशमा भएनी।

प्रदेशमा बसी फूलेका सृजना
नेपालमा लगी सारौला।

जन्मेको भुमी भुलेका कहाँ छौ
धर्ति माता लाई सिङ्गार्न पुगौला।

उघारी हेर मनको पर्दा नेपालको
माया सबैको मुटुमा"छ

फुलाउन सके विश्वाश सबैमा नेपाल
हाम्रो स्वर्गनै बन्द"छ।

हाल
इजरायल

तिम्रो यादमा


भूपेन्द्र महत

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु

हाम्रो नेपालमा


देवराज ओली

जनता भन्दा नेता धेरै भाषान गर्नेहरु
गरिव आनी निमुखा माथि शासन गर्नेहरु

पार्टी खोल्ने मेहनतले उधोग खोलिदेउ
पार्टिका नारा भन्दा पिडा र भोक्मरीका आवाज बोलिदेउ

बन्द गर्ने नेत्त्रितो ले बिकास गर्न खोज
तछाड मछाड भन्दापनी निकाश गर्न सोच

श्वास्थ्य शिक्षा नपाएर रोगले मर्नेहरु
खान लाउन नपाएर भोकले मर्नेहरु

सोचिदेउ अबिभाबक बनेर यि जनाताका चोटहरुलाई
नबिर्स बिगतका अंमुल्ले ती जनाताका भोटरुलाई

ईमेल -indra_sagar2001@yahoo.com
घोराही नगरपालिका -३ घनिबगिया दाङ नेपाल हाल दुबइ यू. ए. ई.

गजल


बसन्त मोहन अधिकारी

खबर पढे आँशुसंगै कपिलवस्तु याद आयो
खारा बारा त्यै घटना आज राजपुरमा छायो

बैनी रुन्छिन् मझेरीमा भाउँजु चौकी भित्र
यस्ता पापि शत्रुसंग कसले मित लायो ?

छाती भित्र मुटु भए थोरै कतै सोची देउँन
विर नेपाली तिमीलाई आज कसले दायो ?

कुर्ची प्यारो रैछ तिम्लाई मर्दा पनि साथ लग्नु
यो आमाको देह लुट्न पापि राक्षस धायो ।

भोका रैछन् दाजुहरु खाना खान लडीराछन्
नाम्रद यि छोरा हुँदा हेर देह लुट्न पायो

युएर्इ चितवन

म तिम्रो प्रेरणाको 'प्रभा'बन्नेछु


आचार्य प्रभा

तिमी अघी बड्दै जाउ
म तिम्रो हर पाइलाको प्रेरक बन्दै जानेछु ,
तिमी भावनाहरुलाई शब्दहरुमा
उन्दै जाउ ,
म तिम्रो प्रेरणाको 'प्रभा'नै
बनिरहनेछु /
नरोक कलमलाई कहिल्यै पनि
त्यो त सधैं चलायमान हुनुपर्दछ
ननिभाउ मनका उदगारहरुलाई
त्यो त ''दीप ''बनेर
बलिरहनु पर्दछ ,
तिमी शब्दहरुको बिउ छर्दै जाउ
म प्रोत्शाहनको मलजल दिन
उत्प्रेतित हुनेछु ,
तिमी साहित्यरुपी आङनमा
बामे सर्दै जाउ
म तिम्रा हात समाइ
डोहोर्याउने प्रयत्न गर्नेछु /
नबांध मनका भावनाहरुलाई
त्यो त खुल्ला कागजमा
बहनु पर्दछ ,
नकस कल्पनाको शब्दहरुलाई
त्यस्ले त आजाद चरी भएर
उड्न पाउनु पर्दछ ,
तिमी शब्दहरुलाई
उज्याल्दै जाउ
म तिम्रो अन्धकारको ''आभा''नै बन्नेछु
तिमी कलमलाई साथ दिदै जाउ
म तिम्रो प्रेरणाको ''प्रभा''
नै बन्ने छु /
(अमेरिका )

(देश बिदेशमा छरिएर रहनु भएका मेरा साथी हरु ज-जस्ले मलाई लेखनक्षेत्रमा हौशला माङ्नु हुन्छ वहाँहरुलाई समर्पित)