Aug 14, 2009

म तिम्रो प्रेरणाको 'प्रभा'बन्नेछु


आचार्य प्रभा

तिमी अघी बड्दै जाउ
म तिम्रो हर पाइलाको प्रेरक बन्दै जानेछु ,
तिमी भावनाहरुलाई शब्दहरुमा
उन्दै जाउ ,
म तिम्रो प्रेरणाको 'प्रभा'नै
बनिरहनेछु /
नरोक कलमलाई कहिल्यै पनि
त्यो त सधैं चलायमान हुनुपर्दछ
ननिभाउ मनका उदगारहरुलाई
त्यो त ''दीप ''बनेर
बलिरहनु पर्दछ ,
तिमी शब्दहरुको बिउ छर्दै जाउ
म प्रोत्शाहनको मलजल दिन
उत्प्रेतित हुनेछु ,
तिमी साहित्यरुपी आङनमा
बामे सर्दै जाउ
म तिम्रा हात समाइ
डोहोर्याउने प्रयत्न गर्नेछु /
नबांध मनका भावनाहरुलाई
त्यो त खुल्ला कागजमा
बहनु पर्दछ ,
नकस कल्पनाको शब्दहरुलाई
त्यस्ले त आजाद चरी भएर
उड्न पाउनु पर्दछ ,
तिमी शब्दहरुलाई
उज्याल्दै जाउ
म तिम्रो अन्धकारको ''आभा''नै बन्नेछु
तिमी कलमलाई साथ दिदै जाउ
म तिम्रो प्रेरणाको ''प्रभा''
नै बन्ने छु /
(अमेरिका )

(देश बिदेशमा छरिएर रहनु भएका मेरा साथी हरु ज-जस्ले मलाई लेखनक्षेत्रमा हौशला माङ्नु हुन्छ वहाँहरुलाई समर्पित)

No comments: