Feb 10, 2009

सम्झना


स्यानु पाईजा

यो रात अलग
साउतीमा गरेका बात अलग
सम्झनाका तरेलीमा
उनको आँशु छल्केको सम्भन्छु
झिसमिसेमै भाले अबेर बास्यो रे
तिनधारे पधेँरीमा पानीको रित्तो गाग्रो
भेटिनु भन्दा पहिले साईत लाग्नु पर्नेरे
उनको सबेरै खसेका आँशु
लागन कै पहिलो महिनामा प्रदेशिने
खसमको बिरोधमा हुनसक्थो
मुग्लाने चलनको रिसमा हुनसक्थो
उनको आशुँले नरोकेको मेरो बाटो
धन्टौको पैदल, रात्रिबस, प्लेन, ट्रेन
हुदै चल्दैछ, निरन्तर
सम्झनाका पान्ना पल्टाउदै
सम्झनाको त्यो रात अलग
साउतीमा गरेका बात अलग
मन भित्रको उनको आकृर्तिले
मन नअधाएर सिरानी मुनिको तस्बीर
हजारौ पटक हेर्दै र सम्हाल्दै
मेरो करार अरु थपिन्छ
महिनौ लागेर आएका चिठ्ठी
लेमिनेसन गरेर सम्हालेको
दोहराई दोहराई पढनलाई
अर्को चिट्ठी नआउदै सम्म पढ्नलाई
फेरी दोहराई तेहराई पढनलाई
अब ती दिन सम्झना मात्रै हुन
अचेल त मर्निङ किस
गुडनाईट मिस, मिसकल च्याट हुन्छ
हरेक दिन खर्च र बिलको कुरा हुन्छ
अचेल यस्तो लाग्छ
दुई पुस्ता थेकेको पुरानो पुल
कुन दिन भत्किन्छ
अनि खोलो तर्न गाह्रो हुन्छ
फेरी पनि सम्झनाको स्वर्णिम युगमा
पटक पटक पुग्न मन लाग्छ
सम्झनाको त्यो रात अलग
साउतीमा गरेका बात अलग

पात्लेखेत-७, म्याग्दी

No comments: