Feb 3, 2009

जीवन रित्तो रित्तो


आचार्य प्रभा

रोइरहेको आकाश झै भयो यो मन
न त ---खुशिमा फूल्न चाहेको छ
न त हाँसोमा भूल्न सकेको छ
केवल तड्पन छ,जलन छ
ह्रीदयभरी अट्टहास अनी चित्कार छ ,
खै!किन बैरागिएकोछ यो दिल ?
कोलाहल र भिंडमा पनि एक्लिएको छ यो तन /
झुकेको छ नयन सधैं
मौन छ अधर पनि
भन्न चाहेर पनि बोलिहरु प्रतिबन्दित छन आँफै,
सोध्न चाहेर पनि प्रश्नहरु अनुत्तरित छन भित्र भित्रै
खुल्न चाहेर पनि मन
खुम्चिएको छ स्वयम नै
खै !किन हो कुन्नी ?
अल्पपरिचित छ यो ह्रीदय
आफ्नै तन आफ्नै आवाजसँग
शायद आफ्नो क्षितिज टाडिएर हो या ---,
आफ्नी जननीको छायाबाट
ओझेल भएर हो ,
यसैले लागेको छ
केही पाएर गुमाए जस्तो
केही गुमाएर पाए जस्तो
तर ---पनी,
यस्तै आभास भएको छ
सबै शुन्य,शुन्य अनी जीवन नै फगत
रित्तो ---रित्तो /
(अमेरिका )

No comments: