Feb 26, 2009

पत्रकार उमा सिहंलाइ श्र्रद्धान्जली.....

हस्त गौतम मृदूल

हे उमा सिंह अचानक गयौ छोडेर हामीलाइ
कसरी सहौं निर्दोष शरीर चित्तामा जलाइ।

महिलाको एउटा प्रेरणा बनी भर्खरै बढदैथ्यौ।
चेतनाको दियो राष्टमा बाल्दै शिखर चढदैथ्यौ।

पत्रकार थियौ साक्षेतकार सृजनशिल ब्याक्तित्व।
दानवीय दूष्टले निसाना बनाइ मेटाए अस्तित्व।

भरोसा थियो साहास माथी नेपाली जनको।
यथार्थ कूरा एफएमद्धारा बोल्दथ्यौ मनको

आफ्नो पाप लूकाउन खोजी बिभत्स मार्दिए
जल्दो बल्दो जिवन तिम्रो ओझेलमा पार्दिऐ

कानूनी शासन, मानव अधिकार देशमा खाली भो।
जनताले राहात पाएनन कैलै शासक जाली भो।

निर्धालाइ मारी शक्तीशाली भै आफ्नै नी मार्दैछन।
देशको अस्मिता सूख र सान्ती संकटमा पार्दैछन।

हे उमा तिम्रो महान त्याग कहिलै मेटिन्न
शरिर जस्तै कहिलै पनी बिचार रेटिन्न।

सत्यको आवाज दबाउन खोजे मृत्यको छायामा।
कहिल्यै उमा मर्दिनौ तिमी नेपाली मायामा।

बिर्सने छैन राष्टले तिम्रो अमूल्य बलिदान
प्रेरणा ठानी गाउने छौ संधै कृतिको जयगान।

चीर शान्ती मिलोस आत्मालाइ यही छ पूकार
शहीद उमा, वीरगना नारी श्र्रद्धान्जली स्वीकार

No comments: