लिलिमहाङ (२०५१)
मैले सुनेको महाभारतको कथामा
धनुवाँणका एउटा बहादुर
जसको एउटै व्यथा थियो
उसलाई जातीय कारणबाट
धनुवाँणको शिक्षा लिन गुरुबाट अस्वीकार गरियो
जुन कथामा अर्जुन जस्तो
महावीरको पनि उपस्थिति थियो
एकलब्बेले आफ्नै परिश्रमले
अर्जुनकै गुरुको मूर्ति बनाएर
धेरै धेरै अभ्यास गर्दै स्वयम् शिक्षा लियो
अन्तमा अर्जुनलाई पनि धनुविद्यामा जितिदियो
गुरुलाई असाध्येय असहृय भयो
किनभने एकलब्बे अर्कै जाति थियो
निपुणतामा अर्जुनभन्दा माथि चढ्यो
क्षेत्रीय गौरवता तल झर्यो
राजवंशमा ठूलो चोट पर्यो
धनुवाँणको चमत्कारी खेलमा अर्जुनको हार भयो
गुरुदक्षिणा भनेर दोर्णाचार्यले
एकलब्बेको बुढिऔंठा नै काटेर लियो
उनले पनि चुपचाप नै काट्न दियो
के थाहा त्यो निमुखा एकल्ब्बेलाई
त्यो त दोर्णाचार्यको एउटा षड्यन्त्र थियो
पाखण्डको महाभारत सुनेपछि
मेरो मुटु धनुवाँण भएको छ
सोझैमात्र सोच्ने मेरा दिमागहरु काँण बनेको छ
सेलाईसकेका घाउहरु फेरि बल्भिmएको छ
इतिहासको त्यान्द्रो धागोबाट
दुराचारीहरु जलाउने आगो सल्किएको छ
त्यसैले खबरदार छ मेरो तीनिहरुलाई
किनभने मेरा नशानदीहरुमा
एकलब्बे सल्वलाउन थालेको छ
अब उनी चेतनाको धनुवाँण लिएर
यहिभूमिमा जन्म लिने छन्
अब उनले धनुवाँणको शिक्षा लिन
हस्तेनापुर जानु पर्ने छैन
उनको गुरु उनको नै कुलको हुनेछ
फेरि पनि उनको औंला काटियो भने
पाखण्डि दोर्णाचार्य निर्दोष सावित भएर बाँच्ने छैनन् ।
May 19, 2010
May 14, 2010
पाँच मुक्तक

दिव्य गिरी
एक
फूलले चारैतिर सुवास बहाएजस्तै
बैँसालुको शिरमा गुराँस सुहाएजस्तै
कति सुकिलो र मोहक देखिएकी तिमी
भर्खरै हिमालले बर्षात्मा नुहाएजस्तै ।
दुर्इ
सिम्सिमे बर्षाले तिम्रो देह धोएर गयो
सिर्सिरे बतासले तिम्रो केश छोएर गयो
फूलका थुँगाथुँगामा खोजेकै हो उसले
तिमीलाई नपाउँदा वसन्त रोएर गयो ।
तीन
सौन्दर्यपूर्ण ति म्रो त्यो यौवन लहलह छ
मुस्कानमा जादु छ, अधरमा मह छ
मडारिइरहेछ मायाको आँधी म भित्रभित्रै
सम्हाल, झारिदेला ति म्रो फूलजस्तो देह छ ।
चार
घाइते भएको छु तिम्रो नजरको तीरले
सुक्दै गएको छु तिम्रो पिरतीको पीरले
छट्पटाएको छु पाखामा परेको माछा सरि
घोच्नु पर्दैन अब मलाई तातो झीरले ।
पाँच
हिँड्दा हिँड्दै अनायास नयन हाम्रो ठोकियो
लाग्यो, रातमा उदाउने जून दिनमै देखियो
किन हुन्छ यस्तो उकुस्मुकुस् छाती भित्रभित्रै
कि यतिबेला बहँदा बहँदैको पवन पनि रोकियो ।
वुढीआमा
सूर्यविक्रम याक्खा
युद्घमा शान्त्तिका नासोहरु
खोज्दै छिन् ,
क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र
हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी
वटुल्दै छिन् ।
चाउरीका अनुहारले टुलुक हेर्दै ,
आशुको तरेलीमा ,
सुस्केरा हाल्छिन् , ऊ खुर्इ
कपाल सेतै फुलेकी
कुप्रोपरि लौरोको साहाराले
ताते-ताते चालमा लम्किन्छिन ।
मन वहृकाएर
एक्लै फत्फताउदै
निरिह यात्रामा
गन्तव्य विहिन
फड्को मार्दै ,
नदेखिएका पासोहरु संग
खोई:शान्त्तिका नासोहरु
चिच्याईन चित्कार आवाजमा
आँखा राता-राता पारिन्
शरिरका रौहरु ठाडा-ठाडा पारिन् ,
जिङ्गग्रिङ्ग कपाल संगै जूरुक उठिन्
रिसले रन्थनिदै ,
छात्ती ठोकिन् ,
वुढीआमा ,……..!!
मोरङ्ग
युद्घमा शान्त्तिका नासोहरु
खोज्दै छिन् ,
क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र
हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी
वटुल्दै छिन् ।
चाउरीका अनुहारले टुलुक हेर्दै ,
आशुको तरेलीमा ,
सुस्केरा हाल्छिन् , ऊ खुर्इ
कपाल सेतै फुलेकी
कुप्रोपरि लौरोको साहाराले
ताते-ताते चालमा लम्किन्छिन ।
मन वहृकाएर
एक्लै फत्फताउदै
निरिह यात्रामा
गन्तव्य विहिन
फड्को मार्दै ,
नदेखिएका पासोहरु संग
खोई:शान्त्तिका नासोहरु
चिच्याईन चित्कार आवाजमा
आँखा राता-राता पारिन्
शरिरका रौहरु ठाडा-ठाडा पारिन् ,
जिङ्गग्रिङ्ग कपाल संगै जूरुक उठिन्
रिसले रन्थनिदै ,
छात्ती ठोकिन् ,
वुढीआमा ,……..!!
मोरङ्ग
Apr 21, 2010
प्रफुल्ल पुरूष

देवु सुदामा
माथी
देउरालीको
मुल पिउनुछ
वा-आमाले
धेरै
कर गरे पनि
यसै एकसरो
जीउनुछ
कल कले
जीवनको
छेउमारी दाउंदै
तीनखपनका
हाटमेलामा
शीरको ढाका
चोमोलुङ्मा
ढल्काउनुछ
तुफान
वैंशको भलवाडी
पकन्दीसंग
कुर्लनुछ
नुनाको पौरख
गलाको मफलर
फन्को मारेर
मनहरू
सोमितहरुको
सम्झनामा
त्यसै
भुसुक्क
भुल्नुछ
फेरी हाटमा
चारान
पालाम भनेर
चेसुङ् सोमितहरूकै
चाम्रे वुकाउनुछ
रहर
सिरिपङ्घेको
उधारै भए पनि
ताना तान्नुछ
नभए
नेत्तिफुङ्वा
अधुरो हुन्छ
उता
साहेब्नीहरूको गाउँमा
गाउनुछ
सरल गीत
जीवनको
सरलैमा..सर..
अनि
थक् थाम् थाम्
थक् थाम् थाम्
रौद्र रुप
जीवनको
नाम्दाते झार्नुछ
खै
माथी
देश वनाउनेहरू
हाम्रो चतुरेमा
कौडा हान्दैछन् कि
पीङ्को पिरा
खोसाखोस गर्दैछन्
थाहा छैन
जाने वेलामा
सहिदहरूले
के भनेर
गएका थिए
प्रफुल्ल पुरूष
म
Apr 8, 2010
पारि गाउँको निष्ठुरी

केवल गंगा गुरुङ
वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्यो यो मुटु माझ ।
उनको घरको टल्किएको टिनको छानोदेखि
उनको तिर्सना मेट्ने मेरो चाहना
उनको घर छेउको पाखुरीको बोट हेरी
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।
यो बर्खा सुरु भएपछि कति पीर
मेरो मनमा
उडी आउने वादलदेखि कति कति
डर मेरो मनमा
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा
त्यो पारी गाउँको निष्ठुरीलाई ।
आजभोलि त आली खन्न पनि आउँदैन
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?
वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्यो यो मुटु माझ ।
उनको घरको टल्किएको टिनको छानोदेखि
उनको तिर्सना मेट्ने मेरो चाहना
उनको घर छेउको पाखुरीको बोट हेरी
उसको मायाको शीतलता आभास गर्ने
मेरा वर्षौदेखिका दिनचर्याहरु
पूरा गर्न सकिन आज ।
यो बर्खा सुरु भएपछि कति पीर
मेरो मनमा
उडी आउने वादलदेखि कति कति
डर मेरो मनमा
सम्हालु म कसरी मेरो मायालु मनलाई
सम्झाउँ म कसरी मनको कुरा
त्यो पारी गाउँको निष्ठुरीलाई ।
आजभोलि त आली खन्न पनि आउँदैन
वनमा चरा मार्दै पो हिड्छ कि ?
आँखाको भाका नबुझेर उसले
अन्जानैमा मलाई भुली पो दिन्छ कि ?
गजल

इप्सुल मगर
जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?
भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?
आफ्नै रगतमा संगीन रोपे तर पाइन मैले सुख
सामन्तीको भाषा सवै बुझ्न नसकेर हो की ?
राम्रो निद्रा पनि रातमा ला’कै छैन मलाई
प्रगतिशिलहरुको खुट्टा तान्न नपाएर हो की ?
जीवन तेरो बेकार भयो भन्छन् साथी संगीनी
शायद उनीहरु जस्तै मस्तिमा लाइन नपाएर हो की ?
जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ?
निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ?
भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल
खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?
आफ्नै रगतमा संगीन रोपे तर पाइन मैले सुख
सामन्तीको भाषा सवै बुझ्न नसकेर हो की ?
राम्रो निद्रा पनि रातमा ला’कै छैन मलाई
प्रगतिशिलहरुको खुट्टा तान्न नपाएर हो की ?
जीवन तेरो बेकार भयो भन्छन् साथी संगीनी
शायद उनीहरु जस्तै मस्तिमा लाइन नपाएर हो की ?
स्वतन्त्रताको लागि आवाजहरु

टंक सम्वाहाम्फे
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
वस्ति वस्ति ,गाउँ गाउँ
गाउवस्तिवाट शहरतिर
वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु
जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर
गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि
घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि
उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि
तर आवाजहरुको स्वतन्त्र वेग लिएर
शहर पस्ने प्रतिनिधी आवाज
सपनाको मोहमा फसेर
भूलिदिन्छ गाउवस्तिका सुकोमल आवाजहरु
अनि ज्यु र हजुरीयामा
शीर निहुर्याउछ भुस्याहा कुकुरले पूच्छर तल पारे झैं
नयाँ ठाउको मादकताले गन्तव्य विर्सेर
भौतारीन्छ वटुवाले वाटो भुले झैं
र रमिते वन्छ
शहरको कुनै उद्यानमा गाडिएको निर्जीव मुर्ति झैं
यस्तै छ यहाँ भूतकालवाट वग्दै आएको
वर्तमान इतिहास
अव इतिहास कसरी भविष्यमा लेखिनेछ त्यो थाहा छैन
तर एक पेट र एक जीन्दगीको लागि
जीउदै मर्ने मान्छेहरुलार्इ
इतिहास भन्दा भोकोपेटको महत्व धेरै हुन्छ
आवाजहरु यसरी नै आवाजवाट हराउदै गए पछि
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
हरदम यसरी नै इमान्दार आवाजहरुको विश्वास लुट्दै
भन्छन् गाउवाट शहर पस्नेहरु
अव इतिहास आवाजहरुको हातले आवाजहरु कै लेखिने छ
तर इतिहासको लेखनी सुरुआत हुदा
युध्दका सामग्रीहरु थोपरीन्छन् हाम्रा हातहरुमा
या भोक , शोक र रोगहरु
कल्पना गर्नुहोस आफै
कसरी लेख्न सक्छ यी हातहरुले साचो इतिहास ?
वाच्नुको लडाइमा समस्याले धावा वोलिसहेको वेला
इतिहास समाधान वन्दैन त्यसवेला
अलिकति सपनाको चारो छरीदिएर
अलिकति इतिहासको चर्चा गरीदिएर
त्यसको अभिमानमा
व्यर्थै फस्दै आएकाछौ युगौ देखि प्रलोभनमा
जस्ले फुकाएका छौ विस्तारै कस्सिएका मुठ्ठीहरु
र भुल्दै गएका छौ दृढ संकल्पहरु
लगाम विनाको समय घोडा हाकेर
शहर पसेका घोडचढीहरु
एकाएक भीडहरुमा विलाए पछि
फसेका छौ त्यसै त्यसै अन्योलको भुमरीमा
दिशाविहीन वनेकाछन् गतिशील हाम्रा लक्ष्यहरु
त्यसैले आफ्नो भाग्यको फैसला आफै गर्न
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
वस्ति वस्ति ,गाउँ गाउँ
गाउवस्तिवाट शहरतिर
वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु
जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर
गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि
घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि
उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि
तर आवाजहरुको स्वतन्त्र वेग लिएर
शहर पस्ने प्रतिनिधी आवाज
सपनाको मोहमा फसेर
भूलिदिन्छ गाउवस्तिका सुकोमल आवाजहरु
अनि ज्यु र हजुरीयामा
शीर निहुर्याउछ भुस्याहा कुकुरले पूच्छर तल पारे झैं
नयाँ ठाउको मादकताले गन्तव्य विर्सेर
भौतारीन्छ वटुवाले वाटो भुले झैं
र रमिते वन्छ
शहरको कुनै उद्यानमा गाडिएको निर्जीव मुर्ति झैं
यस्तै छ यहाँ भूतकालवाट वग्दै आएको
वर्तमान इतिहास
अव इतिहास कसरी भविष्यमा लेखिनेछ त्यो थाहा छैन
तर एक पेट र एक जीन्दगीको लागि
जीउदै मर्ने मान्छेहरुलार्इ
इतिहास भन्दा भोकोपेटको महत्व धेरै हुन्छ
आवाजहरु यसरी नै आवाजवाट हराउदै गए पछि
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
हरदम यसरी नै इमान्दार आवाजहरुको विश्वास लुट्दै
भन्छन् गाउवाट शहर पस्नेहरु
अव इतिहास आवाजहरुको हातले आवाजहरु कै लेखिने छ
तर इतिहासको लेखनी सुरुआत हुदा
युध्दका सामग्रीहरु थोपरीन्छन् हाम्रा हातहरुमा
या भोक , शोक र रोगहरु
कल्पना गर्नुहोस आफै
कसरी लेख्न सक्छ यी हातहरुले साचो इतिहास ?
वाच्नुको लडाइमा समस्याले धावा वोलिसहेको वेला
इतिहास समाधान वन्दैन त्यसवेला
अलिकति सपनाको चारो छरीदिएर
अलिकति इतिहासको चर्चा गरीदिएर
त्यसको अभिमानमा
व्यर्थै फस्दै आएकाछौ युगौ देखि प्रलोभनमा
जस्ले फुकाएका छौ विस्तारै कस्सिएका मुठ्ठीहरु
र भुल्दै गएका छौ दृढ संकल्पहरु
लगाम विनाको समय घोडा हाकेर
शहर पसेका घोडचढीहरु
एकाएक भीडहरुमा विलाए पछि
फसेका छौ त्यसै त्यसै अन्योलको भुमरीमा
दिशाविहीन वनेकाछन् गतिशील हाम्रा लक्ष्यहरु
त्यसैले आफ्नो भाग्यको फैसला आफै गर्न
उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
Subscribe to:
Posts (Atom)