Oct 15, 2009

तिहारको सम्झना


योगेन्द्र गिरी

बसेको छु दिदि परदेशमा रोएर
बस्नु पर्यो मिसिनको तातो राप

अनि पसिनाले मुख धोएर
याद आउछ दिदि सप्तरंगी टिका निधारमा

बाचे भने आउनेछु अर्को तिहारमा
दिन,महिना अनि वर्ष बिते यो बिरानो ठाउमा

यस बर्षको तिहार पनि घकिन्न्दै छ रे मेरो सानो गाउमा
कुन दिनमा विदेश पसेछु दिदि दुखी मेरो कर्म

कसले सुनी देला, कसले भुझी देला गरिब भाइको मर्म
ओंइलियो होला सयपत्री र मखमली माला

यो परदेशी भाई लाई पर्खी बस्दा
माफ़ गर्नु है दिदि परदेशी भाई लाई

बाध्यता ले र बिबसताले गर्दा आउन सकिन
नगास्नु है दिदि सयपत्री र मखमली फूलको माला

दोबाटो र मुलबाटो मा कुरी बस्नु है दिदि
म फर्की आउने अर्को साल

धुपू-१ लेब्रंग संखुवासभा
हाल - मलेशिया
इमेल- yogendra.yogen@yahoo.com

शिशुगजल


आचार्य प्रभा

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका लाउन सकिन दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु
सयपत्रिको मालामा ,मुस्काउन सकिन दाजु ।

रमाइलो त्यो पल अनी खुशीको मिलन पनि
चाहेर पनि यो मनले,पाउन सकिन दाजु ।

तिहारको रमझम,देउसे,भैली मनमै छ
अन्धकारमा म,जून बनी छाऊन सकिन दाजु ।

(परदेशबाट )

Oct 9, 2009

सागर भेट्न जादैछु


लोकेश याक्थुंगबा

सागर भेट्न जादैछु म मुहानबाट टाढा टाढा भएर
नरोक मलाई नछेककसैले पहाड डाँडा काडा भएर

बिसाल पहिरोआएर छेके पनि अबछेकिने छैन म
लाखौ लाख बाधहरुलेरोके पनि अबरोकिने छैन म
कहिले खहरे भएर बग्न पाँउ कहिले नदी चाहि भएर
नरोक मलाई नछेककसैले पहाड डाँडा काडा भएर

गन्तब्य पुगेरयही ठाँउमा फेरिपनिफर्केर आउनेछु
बसन्त ल्याउनमनसुन भई सबैमा बहार छाउनेछु
सागर भेट्न जादैछु म मुहानबाट टाढा टाढा भएर
नरोक मलाई नछेककसैले पहाड डाँडा काडा भएर

फाकुम्बा,ताप्लेजुंग

Oct 7, 2009

नागरिक सर्बोच्चतामा मेरो मत जाहेर


डी.वी. पालुङवा

धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त
प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन

अझ यो राजनीतिक अवतरणमा
यहां लोगो र झण्डा फरक भएर
आखिर के नै भो ?
जहां नीति र सिद्धान्त एकातिर भए पनि
सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा
यी दुर्इवटा अनुहारमा एउटै आंखा, एउटै दृष्टि,
एउटै दृष्टिमा एउटै दर्शन
नत्र यिनीहरुको छातीमा पक्रेर सोधि हेर त,
कि यिनीहरु एउटै आमाका
सहोदर दाजु भाइहरु हुन की होइनन् ?

जसले भ्रष्ट, शोषक, सामन्ती, र साम्राज्यबादीहरुको सधैं
कुटी र दरबारमा र्इटा लगाई रह्यो
र ठुलठुला गेट र ढोकाहरुमा
रक्षाकवच बनेर उभियो, अनि
हरेक ढोका र झ्यालमा कालो सिसा लगायो र
कालो सिसामा कालै पर्दा लगायो अनि
त्यही भित्र कुकृत्यको श्रृंखलाहरु थप्दै र
सम्पादन गर्दै गयो,
अब यस श्रृंखलाका खलनायकहरुको छिट्टै अवसान हुदैछ

किनभने
जसले धेरैलाई अनि म समेतलाई बिरोधी बनायो
तर आजका यी निस्क्रिय दिनहरुलाई आजलाई यही बिदाई
आजको यो खैरो सांझलाई आजलाई यही बिदाई
तर भोलिको सांझ ति म्रो शोक गीत लेख्न
मलाई फुर्सद हुने छैन

किनकी यो कुटिल डबलीमा
अब म चिहान खन्दैछु ।

जहां इतिहांसको कालखण्डहरुले पुरेको
प्रजातन्त्रको बर्खिलाप गर्नेहरुको बिरुद्धमा
आम बिचारहरु संग हिड्नेहरुको बिरुद्धमा
सडक अवरुद्ध गर्नेहरुको बिरुद्धमा
अब म ब्लास्टिङ पड्कन्दैछु र
नागरिक सर्वोच्चताको सडक विस्तार गर्दैछु

अब म मोराकोट आउँदैछु
जहां नियतबस लेखिएका दर्शन र आदर्शका
दास्तावेजहरु च्यात्न
कुख्यात घुस्याहा र कामचोरहरुको
कठालो पक्रेर, जनताको अदालतमा घिसार्दै
एउटा बृत्तबाट उत्तराजनीतिक संरचनाको
गजबार भत्काउँदै पुनराबृत्तबाट
पुनःसंरचनाको घोचा गाड्दै
बिकेन्द्रीकरणको शेरमा
कम भन्दा कम मुल्य र मान्यतामा
एउटा महत्वपूर्ण टेन्डरको आव्हान गर्दैछु ।

के तिमीलाई मञ्जुर छ ?

छ भने आउ, यो संम्झौता पत्रमा
एउटा जटिल एवं महत्वपूर्ण हस्ताक्षर गरौं ।

तिमी बांच्नै पर्छ नम्रता

चकेन्द्र राई कैदी

खाना नाना र छाना मात्र होईन
मान्छेका आधारभुत आबश्यकताहरु.......।
कसैको, माया, बिश्वास,साथ र सेक्स पनि
आधारभुत आबश्यकता नै मान्नु पर्छ
आजका मान्छेहरुले...........।
उसो भए के गल्ति गरिन त नम्रताले..........?
सामाजीक जघन्य अपराध?
त्यो चौरास्तामा गरिएको कृष्ण लिला थिएन।
त्यहि प्रयोनको लागी रचिएको तमासा पनि थिएन।
यो सुनेर कति भित्र भित्रै लजाय होलान।
कतिले मज्जा लिदै ताली बजाए होलान।
कस्को के लाग्छ र सगै सुतेको साथिले
मस्त निन्द्रामा छुरी हाने पछि.............।
अरुको प्रगती नै आनो मृत्यू माने पछि।
अर्काको बेइज्वत नै आनो परम धर्म ठाने पछि.........।
दुनियात्र् हारेकै त छ आत्माघातीहरु संग.।
उ धर्म राज जस्तै विश्वासको पात्रा
राम जस्तै आदर्श...........।
तर
तेतिन्जेल मात्र.........?
यहा त पक्षको कुरा हुन्छ बिपक्षको कुरै हुदैन...........।
फेरी यहात्र्
कौरब र पाण्डबहरुको कथा दोहोरीदैछ।
जुवामा हार्ने पाण्डवहरुको कुरै हुदैन।
यहा त द्रोपतिलाई मात्र दोषि ठहराईदैछ।
निर्दोष सीता को यति धेरै चर्चा हुन्छ।
दोषी रावणको कुरै हुदैन..........।
यस्तै छन् हाम्रा सामाजिक मान्यताहरु।
तर
नम्रता बाजी हारे पनी जिवन बाकी छ।
फेरी पनि तिमी हास्नु पर्छ।
बागमती जस्तो भएर होईन साली नदी जस्तै।
पवित्र भएर तिमी बग्नु पर्छ।
सिता र साबित्रा जस्तै आदर्श भएर बाच्नु पर्छ।
हो तिमी बाच्नै पर्छ नम्रता...........

गजल

केशब आचार्य

बाढी आउंदा जिन्दगीमा,ठुलै भेल तर्नु पर्छ
हिँड्दै जाँदा कहिलेकँहि आँधीभित्र पर्नु पर्छ ।

जित मात्र कहाँ हुन्छ,खेल खेल्दा सधैं भरी
अन्जानमा चिप्लिइदा,केही तल झर्नु पर्छ ।

झुक्किएर ठेस लाग्छ,समतल बाटो हिँडे पनि
नँसोचेको कर्म पनि कहिलेकँहि गर्नु पर्छ ।

जिन्दगीका पलहरु,गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी,हाँसी हाँसी सर्नु पर्छ।

(अमेरिका )

उडाइ लग्यो सानो संसारको छानो


आचार्य प्रभा

रहेन अस्तित्व तिम्रो अब
खै!तिम्रो रूपको महत्व
अनी खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरु ,
अनी धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
"नम्र"लाग्दथ्यो तिम्रो स्वभाव
"नम्रता"नाम पाए झै
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिइे सजाए झै
त र अब लाग्यो ............,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधिबेह्री बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनी तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनी बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनी कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ "सानो संसारको छानो"
अनी सर्वाँग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ...............,
हो यही नियती भोग्नु पर्‍यो तिमीले
बैंश र रूपको आडम्बरमा फंसेर ,
अब सोँच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानिको ज्वालामा दन्केर ।

(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )