Aug 14, 2009

हामी नेपाली


मुकेश राई

क्षितिज त एक दृष्‍टिभ्रम हो, आकाश कहाँ झुक्छ र ?
कमजोर नसम्झ् हाम्रो मौनता, अन्याय अघि कहाँ झुक्छ र ?
ढुकढुकीका हरेक स्पन्दनमा स्वदेशको माया छल्कन्छ
जहाँ रहे पनि नेपाली हाम्रो देशप्रेम कहाँ लुक्छ र ?
आफ्नै सपुत सन्ततिहरुको पिडामा मातृभूमी रुदाँ
गह भरिएका अश्रुधारा हाम्रो नयनमा कहाँ सुक्छ र ?
शिरमा हिमाल, छात्तीमा अस्तित्व बोक्ने पाइला रोकिन्दैन
जीवन बलिदान गर्ने नेपाली सानो चोट कहाँ दुख्छ र ?
अटल छन हाम्रो जोश, जाँगर र लक्ष्यहरु
हिमाल झै उच्च विश्वाश र एकता कहाँ डग्छ र ?
ईलाम हाल बेलायत

No comments: