Aug 16, 2009

पालाम् देशको मायामा


नवराज सुब्बा

यो ज्यानको माया के माया
जन्मेको भूमि ठूलो रैछ
हिमाली छायाँ देशको माया
परन्तुसम्म लाग्दो रैछ ।

तम्बरैखोला बाढी आयो
माटोको माया उर्ली आयो
परदेशै आएँ पुलै तरी
गाउँघरको मायाँ गाँठै पारी ।

यो मनले आज सम्झिल्याउँदा
कर्मैले ल्यायो विदेशैमा
लुङ्ङाज्यू पालाम सम्झि ल्याउँदा
फर्कि म आउँला स्वदेशैमा ।

No comments: