Jul 31, 2009

धर्म


बसन्त मोहन अधिकारी

संसारको यात्रा गर्दा
हर ब्यक्तिको सोधाई
परिचय दिदै गए
उनिहरु सोध्दै गए
कहाँबाट आयौ -
मेरो उत्तर धर्तीबाट
चन्द्र र सुर्यबाट त म आएको होइन ।
तिर्मो धर्म के हो ?
मानव कल्याण
एउटै मानव जातिमा बिभिन्न धर्म हुन सक्दैन ।
कयौ स्थानमा
कतिले पागल भनेँ
कयौले ज्ञानि भनेँ
तर म दुवै होइन ।
म त बिध्यार्थी हुँ ।
यो संसारसंग सिक्दैछु ।
मानवका विसङ्गती र बिक्रिती चिर्दै
प्रकृती स्वरुपको सत्य खोज्दै छु ।

बिभिन्न स्थानमा
बिभिन्न समयमा
आवश्यकता अनुरुप
तिमीले जे लेख्यौ
तिर्मा धर्महरु
मानव सविधान न हो ।
परिर्वतनशिल संसारमा
तिर्मा धर्महरु यथास्थितीमा रहेँ
आज समय र कालसंगै चल्न नसक्ने भए ।

यो एकले अर्कोलाई दोषारोपण
धेरैले धर्मकै प्रश्न गर्ने भए
धर्मयुद्ध लड्दै रहेँ
तिमीले भने जस्तै
धर्म
इसाई
मुस्लिम
हिन्दु
र बौद्धिष्ट इत्यादि भने होइनन् ।
यि त मानव लिखित
मानवकै बौद्धिक सम्पतीहरु हुन् ।
एउटै मानव वंशमा
एउटै सत्य धर्म
मानव कल्याण कसैले लेख्न सकेनन् ।
सबै भौतिकवादी हुन् ।
क्षणिक सुख खोजी रहेकाछन् ।
यसका उपलब्धिहरु
महल, पजेरो, जहाज र कामवासना हुदैँ
बम, बारुद र मिसाएल सम्म आएकाछन् ।
आ आफ्नो स्वार्थ पुर्तीका आधार
आआफ्नै धर्म स्थापित गर्न
यो धर्ती र मानव वस्तिहरुमा
तिनै उपलब्धिहरु ठोकिरहेकाछन् ।
मानव मारिरहेकाछन् ।
लिङ्ग भेद र अमानविय कार्य गरिरहेकाछन् ।

यो अध्यात्मिकतामा भौतिकवादको प्रकोप
क्षणिक सुखभोगको कामनामा
म आफ्नो भाग खोजी रहेको छु ।
उँ उसको भाग खोजी रहेछ ।
नपाए उहि धर्मको नाम छ ।
सोझा सिधालाई लडाई रहेछन् ।
यहि सत्यता र यर्थाततालाई
हामी धर्म भन्छौ भने
चैतन्यशिल मानवलाई
मेरो भन्नु केही छैन ।
चितवन

No comments: