Jul 31, 2009

फर्कि आउनू


केदार श्रेष्ठ गगन

सम्झिएर फर्कि आउनू पर्खि बसुँला
आँटो पिठो जे छ घरमा पकाइ राखुँला ।

लोग्ने मान्छे कुन्नी किन भर हुँदैन भन्छन्
घरको विर्सी जता राम्रा उतै मन लान्छन्
जहाँ गए नि मन नडुलाउनू पर्खि बसुँला
आँटो पिठो जे छ घरमा पकाइ राखुँला ।

पराइ ठाउँ पराइ मान्छे कठै भन्ने कोही हुन्न
फर्कि आऊ चाँडै घर आफ्नै खोरियाबारी खन्न
तिमी आउने बाटो हेरी पात्रो कोर्दै बसुँला
आँटो पीठो जे छ घरमा पकाइ राखुँला ।

भीमस्थान-५सिन्धुली
हाल-अनेसास यूएई च्याप्टर

No comments: