Jul 31, 2009

उज्यालोको प्रतिक्षामा


खगेन्द्र थापा

के नै छ र दुनियामा मन फाटे टाल्ने कुरो
छोडिदेऊ मुलुकमा अब राँको बाल्ने कुरो

ज्योति छर्नु घाम जून झै सारा संसारभरि
गर्नु हुन्न कहिल्यै पनि तनमन गाल्ने कुरो

दिन बिते वर्षबिते युगौं युग बिति सके
नभन है भोली भोली शुभकर्म थाल्ने कुरो

नया नेपाल बनाउन सोच नै नयाँ हुनु पर्छ
वीरहरुले गर्नु हुन्न पेट मात्रै पाल्ने कुरो

उन्मत्तभै हिंड्नु हुन्न बुद्धिविवेक लाउनुपर्छ
बाँकीनै छ अझैपनि दुःखपीडा फाल्ने कुरो

No comments: