Sep 27, 2009

अभियान


टंक सम्बाहाम्फे

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
के कस्तो अभियानमा छु होला भनेर
तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ
वास्तवमा अभियान
संकल्पको यात्रा हो
विश्वासकोगोरेटो हो
कसैले नगरेको हुन सक्छ संकल्प
कसैले नवुझेको हुनसक्छ दायित्व
तर जिवन भए पछि
स्वतह त्यो एउटा अभियानमा समाहित भएको हुन्छ
कसैलाई व्यस्तताले थाहा नहोला
कसैलाई वास्तै नहोला
कि जिवन कुनै अभियानमा छ भनेर
जव हामी अभियान थाहा पाउछौ
तव संकल्पको शुरुआत गर्र्छौ
जिवन यात्राको अनेकौ मोडहरुमा
र केहि गर्ने आट भरोसा वाधेर
संकल्प संगै दायित्वलाईअगाडी वढाउने
उत्साह जन्माउछौ
अथवा अभियानलाई दायित्वको संगालो भने पनि हुन्छ
किनभने संकल्प छैन भने दायित्व पनि हुदैन
दायित्व छैन भने संकल्प पनि हुदैन
दायित्व र संकल्प छैन भने जिवनै हुदैन
जिवनै नभए पछि संकल्प पनि हुने कुरो भएन
त्यसैले मानिसमा संकल्प र दायित्व भए झै
जिवनसंग सपनाहरु पनि गासीएका हुन्छन्
कसैलाई लाग्दो हो
अभियान नचलाए पनि जिवन चलिरहन्छ
तर त्यसलाई त्यहि कुरा थाहा नभएको हुन सक्छ
कि जिवन सुचारु हुनु नै अभियान हो भनेर
वास्तवमा
विना संकल्प
विना दायित्व
विना अभियान
जिवन सम्पूर्णता वन्न सक्दैन
बाच्नुसंग सम्झौता गर्दा
अभियान अभियान जस्तो नलाग्न सक्छ
तर अभियान भने थाहा नपाउनुसंगै चलिरहेको हुन्छ
त्यसकारण
कुनै अभियानमा छुर्इन भने पनि
कुनै दायित्व लिन्न भने पनि
कुनै संकल्प गर्दिन भने पनि
अभियानमा जुटेकै हुन्छ
दायित्वले थिचिएकै हुन्छ
संकल्पमा वाधिएकै हुन्छ
अभियानको आभाष नहुनेलाई
दायित्ववाट मुक्त भए झै लाग्दो होला
दायित्वको वोझ थाहा नहुनेलाई
संकल्प नगरे झै लाग्दो होला
तर थाहा नहुनेलाई थाहा नहुनुसंगै
उसको सम्पूर्णता चलिरहेको हुन्छ
तसर्थ जिवन भए पछि
अभियान हुन्छ
दायित्व हुन्छ
संकल्प हुन्छ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
त्यो वेग्लै कुरा हो
तर अभियान भने निरन्तर चलिरहेकै हुन्छ

No comments: