Apr 16, 2009

तल पर्‍यो काली खोला

लोकेश याक्थुङ्बा

तल पर्‍यो काली खोला,माथि पर्यो तारे भिर
दुई पट्टिको जोखिमले,मलाइ पार्नु पार्यो पिर

पोहोर साल पहिरो गयो,यसपाली बाढि औला
सबैको मुहार खुशी देख्छु,मेरो कहिले छाउला
यता पर्‍यो गहिरी घाट,उत्ता हिमचुलिको शिर
दुई पट्टिको जोखिमले,मलाइ पार्नु पार्यो पिर

बर्षायाम खोला उर्ली आउँदा,माया बग्ने डर
यस्तै पिर ब्यथा बोकि,बाच्नु कसरी जीवन भर
तल पर्‍यो काली खोला, माथि पर्यो तारे भिर
दुई पट्टिको जोखिमले,मलाइ पार्नु पार्यो पिर

फाकुम्बा-१,ताप्लेजुङ्
हाल-मलेशिया

No comments: